–तीन दलले यस्तै गर्ला भनेर नै हामी शुरुदेखि आन्दोलनमा छौं । अब उहाँहरुले सबै प्रकृयालाई मानमर्दन गर्दै बिना सहमति जबर्जस्ती संविधान ल्याइ रहनुभएको छ । त्यसैले संविधानसभाबाट अधिकार सम्पन्न सहमतिको संविधान ल्याउन अब आन्दोलन झन् सशक्त भएर आउँछ ।
–अहिलेलाई जस्तो (अनिश्चितकाल मधेश बन्द) छ, त्यस्तै रहने छ । तर अवस्था हेरेर त्यसको स्वरुप परिवर्तन हुन पनि सक्छ ।
–शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन नै हुन्छ । तर, राज्यले त्यसमाथि दमन गर्न खोज्यो वा त्यसलाई भड्काउन खोज्यो भने केही भन्न सकिँदैन र त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी स्वयं राज्य नै हुनेछ ।
जनताको जायज मागमाथि यसरी नै कुठाराघात हुँदै गयो भने विखण्डकारी तत्वलाई फाइदा भने पुग्न सक्छ । यदि त्यस्तो भयो भने त्यसको जिम्मेवारी स्वयं राज्यले नै लिनुपर्छ ।
–कसैलाई कुनै प्रकारको टिप्पणी गर्न रोक्न सकिँदैन । विभिन्न किसिमका टिप्पणी हुनु स्वभाविक हो । तर, मधेशी जनता देश टुक्राउने आन्दोलनमा जाला जस्तो मलाई लाग्दैन । मधेशी जनता नेपालमै अधिकार लिएर बस्न चाहन्छन् । मधेशी जनता नेपाल एक होस्, कसैमाथि विभेद नहोस्, सबै मिलेर
बसौ भन्ने चाहेका छन् । तर, जनताको जायज मागमाथि यसरी नै कुठाराघात हुँदै गयो भने विखण्डकारी तत्वलाई फाइदा भने पुग्न सक्छ । यदि त्यस्तो भयो भने त्यसको जिम्मेवारी स्वयं राज्यले नै लिनुपर्छ । तीन दलको क्रियाकलापले मधेशी जनता झन् उत्तेजित भएका छन् । सडकमा उपस्थिति बाक्लिँदैछन् ।
–संविधानसभा छ कहाँ ? त्यो खोज्ने बेला आएको छ । तीन दलले संविधानसभालाई ‘हाइज्याक’ गरेको छ । संविधानसभालाई कहिले बालुवाटारमा लगेर राखेका छन् भने कहिले लाजिम्पाटमा लगेर राख्छन् भने कहिले धुम्बाराहीमा पुर्याउँछन् । बानेश्वरस्थित संविधानसभा भवनमा कहाँ छन् संविधानसभा । खोज्ने बेला आएको छ । तीन दलका नेतालाई जे मन लाग्यो त्यही गर्छन् संविधानसभामा । संविधानसभा उनीहरुकै पेवा हो जस्तो गर्छन् । अहिले अब संविधानसभामा को छन् ? कोही छैन । तीन दलका नेताहरु संविधानसभालाई आफ्नो झोलामा लिएर घुमिरहेका छन् । अरु दलहरु त्यसलाई खोजिरहेका छन् । त्यसैले अपहरणमा परेको संविधानसभालाई फिर्ता गराउन पनि आन्दोलन गर्नुपर्ने अवस्था देखिएको छ ।
–उहाँले यो काम धेरै पहिला गर्नुपथ्र्यो । अब ढिलो भयो । ढिलो भएपनि बुद्धि फर्केको छ । स्वागत छ । तर उहाँ साँच्चै संविधानसभाबाट निस्किनु भएको हो । चार दलको सिन्डिकेटबाट निस्किनु भएको हो त्यो कुराको विश्वास अझै दिलाउन सक्नु भएको छैन । तीन दलको नेताले भोली यसो केही भनि दिएपछि फेरि त्यहाँ जानु हुन्छ कि भन्ने पनि आशंका छ ।
–उहाँ सुध्रिएर आउनु भयो भने सहकार्य हुनसक्छ । हाम्रो एजेण्डा, विचार र मुद्दामा वहाँ सहमत हुनुभयो भने सहकार्य हुनसक्छ । तर उहाँले जनतालाई विश्वास दिलाउन सक्नु हुन्छ जस्तो मलाई लाग्दैन । पहिला उहाँ मधेशमा आएर मधेशी जनतालाई विश्वास दिलाउनु पर्छ कि साँच्चै म त्यो ठाउँ छाडेर आएको हुँ ।
–हामीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट वार्ताका लागि चार बुँदे शर्त पठाएका छौं । ती शर्तहरु मान्न तयार भए भने वार्तामा बस्न तयार छौं । नत्र बस्दैनौ । वार्ताको वतावरण बनाउने जिम्मेवारी राज्यको हो । वार्तामा आउ भनेर मात्र हुँदैन त्यस अनुसारको वातावरण पनि बलाउनु पर्छ ।
–आन्दोलनकारीले किन लिने ? आन्दोलनकारीले उठाएको माग पूरा गर्ने जिम्मेवारी राज्यको हो । हामी वार्तामा बस्ने भनेका छौ । त्यसको वतावरण बनाउने काम राज्यको हो । हामीले शर्त राखेका छौ । त्यो पूरा गरोस् वार्ता हुन्छ ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..