आन्दोलन सकियो भन्नेहरु सुत्न पाउने छैनन् : उज्ज्वल प्रसाईंसँगको अन्तर्वार्ता

आन्दोलन सकियो भन्नेहरु सुत्न पाउने छैनन् : उज्ज्वल प्रसाईंसँगको अन्तर्वार्ता

उज्ज्वल प्रसाईं साहित्य र समाजशास्त्रका अध्येता हुन् । पत्रकार र राजनीतिक टिप्पणीकारका रुपमा परिचित उनले अनुवाद पनि गरेका छन् । उनले गरेको प्रशान्त झाद्वारा लिखित ‘ब्याटल्स अफ द न्यू रिपब्लिक’को नेपाली अनुवाद ‘गणतन्त्रको सङ्घर्ष’ नाममा प्रकाशित छ भने अहिले मञ्जुश्री थापाको उपन्यास ‘अल अफ अस इन आवर ओन लाइभ्स्’को अनुवाद गर्दैछन् । अध्येता उज्ज्वल प्रसाईंसँग रातोपाटीका लागि नरेश ज्ञवालीले सामाजिक आन्दोलनमा अध्ययनको भूमिका विषयमा लामो कुराकानी गरेका छन्, त्यसको सम्पादित अंश ।

सामाजिक आन्दोलनलाई सजिलो शब्दमा कसरी व्याख्या गर्न सकिएला ?

समाजमा मौजुदा सामाजिक सम्बन्धहरु बदल्ने कुरा नै मूलतः सामाजिक आन्दोलन हो । जस्तैः मानिस जाति, वर्ग, लिङ्गहरुमा विभाजित छ र त्यसैले असमानताहरु छन् । यो असमान सम्बन्धलाई पुनरपरिभाषित गर्ने, विद्यमान सामाजिक सम्बन्धलाई मानवीय बनाउने काम सामाजिक आन्दोलनले गर्छ ।

जस्तैः महिला र पुरुषबीच जुन असमान सम्बन्ध छ, त्यसलाई समान र मानवीय बनाउन त्यसलाई पुनरपरिभाषित गर्नु जरुरी छ । यसरी पुनरपरिभाषित गर्ने काम सहज हुँदैन; त्यसका लागि सङ्घर्ष नै गर्नुपर्छ । यो यस्तो क्रियाकलाप, पहल, चिन्तन र सङ्घर्ष हो, जसले मानिसहरुबीच स्थापित सम्बन्धलाई मानवीय बनाउँछ, हिंसात्मक सम्बन्धको अन्त्य गर्छ ।

सामाजिक आन्दोलनमा समाजका बौद्धिक तथा मिडियाले कस्तो भूमिका खेलेका हुन्छन् ?

बौद्धिकहरु सामाजिक आन्दोलनको पक्षधर हुन्छन् । त्यो समाजिक आन्दोलनमा मान्छेको एउटा समूह सङ्घर्षरत छ, असमान सम्बन्धलाई पुनरपरिभाषित गर्न र अमानवीय सम्बन्धलाई बदल्न जुन समूह सङ्घर्षरत छ, त्यो सङ्घर्षमा सघाउने काम बौद्धिकले गर्छन् । कहिलेकाहीँ बौद्धिक स्वयं सम्लग्न हुन्छ, आफै त्यसका कर्ता हुन्छन्, आफै त्यसको कार्यकर्ता हुन्छन् र सामाजिक आन्दोलनको अभियन्ता बन्छन् ।

कहिलेकाहीँ अभियन्ताहरुलाई सघाउने काम गरिरहेको हुन्छ । अध्ययन गरेर, अनुसन्धान गरेर, ती सङ्घर्ष गरिरहेका मान्छेहरुका लािग डिस्कोर्स निर्माण गरिदिएर, उनीहरुका आफ्ना सङ्घर्षबारे आर्टिकुलेट गर्ने भाषा निर्माण गरिदिएर, आन्दोलनका मुद्दालाई सम्प्रेषणीय बनाउनमा बौद्धिकहरुले सहयोग गरेका हुन्छन् । बौद्धिकहरुले जटिल र अप्ठ्यारा प्रश्न गर्न सक्छन्, समाज बदल्न सकिन्छ भन्नेमा उनीहरुको विश्वास हुन्छ; त्यसैले उनीहरु सामाजिक आन्दोलनका पक्षधर नै हुन्छन् ।
अब मिडियाको कुरा गरौँ । मिडिया अहिलेको पुँजीवादी दुनियाँमा नाफामुखी कर्पोरेट हो । मिडियाभनेको नाफाखोर संस्था हो । उसले आफ्नो अस्तित्व नै त्यस्तोखालको आधारभूमिमा चलायमान बनाएको हुन्छ । त्यस्तो खालको ल्यान्डस्केपमा उसले आफूलाई अपरेट गर्छ । जहाँ नाफा र लेनदेनको कुरा हुन्छ, त्यस्तो ठाउँमा अपरेट गरेको मिडियाले चाहेर पनि सजिलोसँग सामाजिक आन्दोलनहरुलाई धेरै सघाउन सक्दैन ।

जहाँ मूलधारको मिडियाले एक हिसाबले काम गर्छ वा सूचना उसले चाहे जति मात्रै दिएर, कर्पोरेटको अनुकूल सूचना दिएर, सत्ताको अनुकूल सूचना मात्रै दिएर वा पुँजी र सत्ता अनुकूलको कथ्य निर्माण गरेर मिडियाले प्रभुत्वलाई सहयोग गरेको हुन्छ । त्यस्तो स्थितिमा वैकल्पिक मिडियाहरु आउन थालेको सत्य हो ।

एउटा विन्दुसम्म सघाउन सक्छ, उनीहरुको आवाज मुखरित गर्ने कुरासम्म सामाजिक आन्दोलनका अभियन्ताहरुले गर्ने गरेका क्रियाकलाप, कार्यक्रम र कतै देखिने गरी ठूला सङ्घर्ष गरे भने त्यसको इम्प्याक्टलाई कभर गर्ने हदसम्ममिडियाले सघाउन सक्छ । तर त्यसका सीमितता हुन्छन् । अहिलेकै हामीले जुन मिडिया भनेर बुझ्छौँ, विद्यमान संसारमा पुँजीवादी दुनियाँमा, त्यो मिडियाको सीमितताबीच पनि कामै नभएको होइनन् । मिडिया सधैँभरि सामाजिक आन्दोलनको विपक्षमै छ; त्यस्तो बुझ्नु हुँदैन । किनभने सबैतिरको मिहिन ढङ्गले अध्ययन नै गरियो भने मिडियाले सत्ताको विरोध नै गरिरहेको देखिन्छ ।

तर एउटा खास विन्दुसम्म मात्रै हुन्छ; जो आँफैमा टुङ्गोमा पुर्याउने खालको योगदान होइन । सञ्चार माध्यमहरुकै कारण सामाजिक आन्दोलन सफल भएको उदाहरण कमै होलान् । बरु ठूला सामाजिक आन्दोलनहरुलाई फैल्याउनभन्दा तिनको तेब्बर घटाउन नै नाफामुखी सञ्चारमाध्यमले भूमिका खेले होलान् । बौद्धिकहरुबाट आशा गर्न सकिन्छ, सञ्चार माध्यमसँग सतर्क हुनुपर्छ ।

वैकल्पिक मिडियालाई हेर्ने पनि त खास दृष्टिकोण चाहिएला नि ? अनि प्रत्यक्ष संलग्न नभएका बौद्धिकहरुको कस्तो योगदान हुन्छ ?

जहाँ मूलधारको मिडियाले एक हिसाबले काम गर्छ वा सूचना उसले चाहे जति मात्रै दिएर, कर्पोरेटको अनुकूल सूचना दिएर, सत्ताको अनुकूल सूचना मात्रै दिएर वा पुँजी र सत्ता अनुकूलको कथ्य निर्माण गरेर मिडियाले प्रभुत्वलाई सहयोग गरेको हुन्छ । त्यस्तो स्थितिमा वैकल्पिक मिडियाहरु आउन थालेको सत्य हो । साधारणतया हामीले मिडिया भनेर जे बुझ्छौँ, हामीले प्रभावलाई इङ्गित गरिरहेका हुन्छौँ । हामीले टेलिभिजन बुझछौँ, नेपालकै हकमा ठूला मिडिया बुझ्छौँ; जसले लेखेर ठूलो प्रभाव सृजना हुन्छ, त्यस्ता मिडिया बुझ्छौँ । तिनीहरुले कामै नगरेको होइनन् ।

उनीहरुले सामाजिक आन्दोलनलाई सहयोगै नगरेको होइन । मैले अघि भने उनीहरुले आफ्ना सयौं सिमिततामा बसेर काम गरेका छन् । हो, मौजुदा नाफाखोर मिडियामा सामाजिक आन्दोलनलाई सघाउन चाहाने व्यक्ति वा समूह नभएका होइनन् तर त्यही सीमितताले उनीहरुलाई खास विन्दुभन्दा अघि बढ्न दिँदैन । त्यही बुझेर नेपालमै पनि वैकल्पिक प्रयासहरु भएकै हुन् । पहिले महिलाका मुद्दा उठाउने ‘अस्मिता’ जस्ता पत्रिका नचलेका होइनन्; तिनले प्रभाव नपारेका हैनन् । तर, क्रमैसँग ती पेसिफाइड भए, भुत्ते बनाइए ।

नारीवादी आन्दोलन भनौँ, मधेस, दलित, किसानको आन्दोलन भनौँ वा मजदुरको, प्रत्यक्ष रुपमा संलग्न नभएका बौद्धिहरु कसरी सघाउन सकिएला भनेर चिन्तनरत रहन्छन् । सङ्र्घष गरिरहेका मान्छेहरुलाई हाम्रो सङ्घर्ष ठीक छ है भन्नेमा विश्वस्त बनाउँछन् । त्यसमा उनीहरु आत्मविश्वासी भए भने त्यो सङ्घर्षले आकार लिन्छ । त्यो विश्वासै भएन भने अप्ठेरो हुन्छ । तर, अभियन्ताहरुले गरेका क्रियाकलापमा ठूला गढबढी वा भ्रमहरु छन् । आन्दोलनको गरिमा कायम राखेरै त्यस्ता कमजोरी औंल्याउने काम पनि बौद्धिकले गर्न सक्छन् । सङ्घर्षरत मानिसहरुलाई भाष्य पनि चाहिन्छ; त्यो बौद्धिकहरुले निर्माण गर्न सहयोग गर्छन् ।

सामाजिक आन्दोलनका अभियन्ताहरुले जानेका हुँदैनन् भनेको होइन । आफ्ना मुद्दा बुझेर नै उनीहरु सङ्घर्ष गरिरहेका हुन्छन् । तर राम्रोसँग आर्टिकुलेट भैरहेको हुँदैन । त्यसकारण त्यो आर्टिकुलेट गर्न पनि बौद्धिक र लेखकहरुले निर्माण गरेका साहित्य र सृजनाको सहयोग लिने गरेको पाइन्छ । भारतको उदाहरण लिऊँ न, बन्दना शिवा भन्ने एक जना हुनुहुन्छ, जो जेनेटिकल्ली मोडिफाइड सिडका विरुद्धमा अभियान चलाउनु हुन्छ । उहाँ आफै ठूलो लेखक र राम्रो अनुसन्धानदाता पनि हो । उहाँका बग्रेल्ती किताब छन् ।

उहाँले लगातार यो विषयमा लेखिरहनुभएको छ । थुप्रो किताब लेख्नुभएको छ, ठाउँ ठाउँमा गएर बोल्नुभएको छ, एकपटक सोसल साइन्स बाहाको कार्यक्रममा काठमान्डु आएर बोल्नुभएको छ । भूमण्डलीकरण र नवउदारवादले गरिब किसानहरुलाई झनै गरिब कसरी बनाउँछ ? त्यसले पर्यावरणमा के असर पार्छ ? धनी र गरिबबीचको खाडल निर्माण गर्न त्यसले कस्तो भूमिका खेल्छ ? सीमान्तकृत जनता झनै सीमान्तमा कसरी धकेलिएका छन् । वालमार्ट जस्तो ठूला सपिङ सेन्टर खोल्दा स–साना इन्टरप्राइजर्सलाई वा साना उद्यमबाट गुजारा चलाउनेलाई कसरी असर गरेको छ भन्नेबारे लामा–लामा व्याख्या र अध्ययनहरु गर्नुभएको छ ।

उहाँको जीवनको ठूलो भाग नै उहाँ स्वयं फिल्डमा उत्रेर अभियान चलाएर बिताउनुभएको छ । आफू नै एक्टिभिस्टका रुपमा देखिनुहुन्छ । तर एक्टिभिजम सँगसँगै उहाँको मुख्य काम भनेको लेखन र अनुसन्धान पनि हो । रोमिला थापर, निवेदिता मेनन, उहाँहरुको मुख्य काम भनेको अनुसन्धान गर्ने, लेख्ने र पढाउने हो । उहाँहरुले पढाउने र रिसर्च गर्ने काम त गरि नै रहनुहुन्छ । तर उहाँहरुले परेको बेलामा जस्तै विद्यार्थीहरुको आन्दोलनमा प्रत्यक्ष सहभागी भएर काम गर्नुभएको छ । एकपटक कपिराइटवालाले चर्को कुरा उठाए, विद्यार्थीले किताब फोटोकपी गर्न पाउँदैनन्, यो अवैध हो भने । किताब फोटोकपी पनि गर्न नपाउने स्थिति बन्यो ।

ठूला पब्लिकेसनले गरिब विद्यार्थीलाई किताब उपलब्ध हुने सामान्य माध्यम नै रोकिदिने खतरा भयो । भारत र नेपालजस्ता देशका गरिब विद्यार्थीहरुले महँगा किताब किनेर एमए, एमफील, पीएचडी गर्दा धेरै आर्थिक व्ययभार बहन गर्नुपर्ने हुन्छ । छात्रवृत्ति नै पाउँदा पनि त्यो जीवन धान्ने गरिएको आर्थिक साहायता हुँदैन । विद्यार्थीहरुले आन्दोलन चलाए । विद्यार्थीहरुको माग भनेको फोटोकपी गर्न पाउनु पर्छ भन्ने थियो ।

त्यो माग पढ्न पाउने अधिकारसँग सम्बन्धित थियो । पुस्तक लेख्ने प्रोफेसरहरुले विद्यार्थीको आन्दोलनालई सहयोग गरे । यिनै निवेदित मेनन जस्ता लेखक र प्राध्यापकहरुले त्यसमा ठूलो भूमिका खेलेका थिए । उनीहरुले ‘कपिराइट’ हैन, ‘कपिलेफ्ट मुभमेन्ट’ भने । हामीले लेखेको कुरा सबैसँग पुग्नुपर्छ भन्ने उनीहरुको भनाइ थियो । बौद्धिकहरु परेको बेलामा अन्यायको प्रतिरोधमा उभिन्छन् । उनीहरुले बोलिदिँदा मात्रै पनि त्यसले ठूलो सहयोग पुगेको हुन्छ ।

आहुतिको त्यो कविता पढेपछि मैले दलित जिन्दगीको बारेमा, दलितले गरेको सङ्घर्षको बारेमा, दलितको जेन्युन मुद्दाको बारेमा म बढी सचेत भएँ र मैले अब त्यो भाषालाई प्रयोग गरेँ । आहुतिले मलाई भाषा र विम्ब दिए; दह्रो संवेदनशीलता दिए । हेर्दा त सानो कविता हो नि तर त्यतिले मात्र पनि मलाई सङ्घर्षको भाषा र त्यसप्रतिको संवेदनशीलता दियो ।

समाजमा हुने विभिन्न बहस; त्यसलाई सघाउ पुर्याउने आन्दोलन र अध्ययनबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?

मलाईं के लाग्छ भने सामाजिक आन्दोलनलाई मान्छेले भोगेका कुराले ट्रिगर गर्ने हो । तपाईंले म शोषणमा छु भनेर रियलाइज गर्नु भयो भने हामी बीचको सम्बन्ध असमान छ । एउटा ठूलो समूह आफ्नो छालाको रङ्गका कारणले, कुनै खास क्षेत्रमा जन्मिएका कारणले, असमान छ भने तपाईंले महशुस गरेको दिनदेखि त्यो आन्दोलन ट्रिगर गर्नै हो । तपाईं जस्तै अरु धेरै मानिसले महसुस गरे भने त्यसले सामाजिक आन्दोलनलाई ट्रिगर गर्ने हो ।

तर त्यसपछि आन्दोलनलाई अगाडि बढाउन भरथेग गर्न आन्दोलनलाई एउटा निष्कर्षसम्म पुर्याउन, अध्ययन अनुसन्धान र बौद्धिक कृयाकलापको ठूलो जरुरत हुन्छ । संसारभरि हेर्नुस्, आन्दोलनका बारेमा कति किताब लेखिएका छन् । किन लेखिन्छन त ? जरुरी भएर लेखिएको हो । कसैले बुद्धिविलास गर्न मात्र लेख्ने होइन । आन्दोलनलाई आफ्नो बुद्धिविलासको माध्यम बनाउनका लागि त्यो किताब लेख्ने होइन । दलितका विषयमा कविता किन लेखिन्छन्, बुद्धिविलास गर्न लेखिने होइन ।

भर्खर एउटा ‘आफर’ नामको कविता सङ्ग्रह किन प्रकाशित गरियो त नेपालमा ? मान्छेहरुको हातहातमा किन पुर्याइयो त्यो सङ्ग्रह ? त्यो दलित जिन्दगीलाई चित्रण गर्ने कविताहरु मात्र एक ठाउँमा किन सङ्ग्रह गरियो ? आन्दोलनलाई भरथेग गर्न र सङ्घर्ष गरिरहेको मान्छेलाई आत्मविश्वास र आडभरोसा दिन त्यो सङ्ग्रह उपयोगी हुन्छ । बुझ्न चाहनेका लागि पनि उपयोगी हुन्छ । सङ्घर्षको मर्मवृहत्तर समाजसम्म पुर्याउन र त्यसलाई भाषा दिन पनि हो । ‘गहुँगोरो अफ्रिका’ भन्ने कविता मलाई सबभन्दा मनपर्ने कविता हो ।

आहुतिको त्यो कविता पढेपछि मैले दलित जिन्दगीको बारेमा, दलितले गरेको सङ्घर्षको बारेमा, दलितको जेन्युन मुद्दाको बारेमा म बढी सचेत भएँ र मैले अब त्यो भाषालाई प्रयोग गरेँ । आहुतिले मलाई भाषा र विम्ब दिए; दह्रो संवेदनशीलता दिए । हेर्दा त सानो कविता हो नि तर त्यतिले मात्र पनि मलाई सङ्घर्षको भाषा र त्यसप्रतिको संवेदनशीलता दियो ।

अमेरिकामा ठूलो सुख समृद्धि छ भनेको हो । विकसित सुपरपावर र सबैभन्दा उन्नत लोकतन्त्र भनेको ठाउँमा वर्किङ क्लास रिसाएर के भयो ? लिवरल डेमोक्रेसीले वर्किङ क्लासलाई फाइदा पुर्याउन नसकेको कारणले त्यो आक्रोस आज डोनाल्ड ट्रम्प जस्ता दक्षिणपन्थीले पुँजीकृत गरे । मोदीको हेर्नुस्, मनमोहन र सोनिया गान्धीबाट अपेक्षा गरेको कुरा नपाएपछि, त्यहाँ असमानता बढ्दै गएपछि, मोदीको विकासको गफ विकेको हो ।

तर अब आन्दोेलन गर्ने समय सकियो; विकास गर्नुपर्छ भन्छन् नि ?

आन्दोलन थन्क्याउनुपर्छ र धमाधम विकास गर्नुपर्छ भनेर जसले भन्दैछ त्यसले कहिल्यै पनि सुत्न पाउने छैन । किनभने आन्दोलन रोकिँदैन । सामाजिक आन्दोलनहरु ज्हिल्यै पनि जारी रहन्छन् । कहिले सुस्त गतिमा हुन्छ होला, कहिले मुखर हुन्छ होला । त्यो सडकमै कहिले प्रष्ट देखिन्छ होला, कहिले प्रष्ट नदेखिने गरी चलिरहेको हुन्छ । समाजमा ऊँचनीच रहेसम्म, समाजमा शक्ति संरचना रहेसम्म, विभेदहरु रहेसम्म, समाजमा सामाजिक सम्बन्धहरु असमान रहेसम्म यो आन्दोलन चलिरहन्छ ।

हामी कस्तो दुनियामा प्रवेश गर्दैछौँ ? हाम्रो समाज त बाजरले चलाउन थाल्यो भने असमान सम्बन्ध त यसै बन्यो । यहाँ त अस्पताल र विद्यालयहरु दुई थरी छन् । यहाँ मान्छे बस्ने घरहरु नै दुई थरी छन् । अहिले विकासको डिस्कोर्स जुन आएको छ नि, हाम्रा नेताहरुले अब आन्दोलन सकियो अब समृद्धि भन्दैछन् नी, तिनले परिकल्पना गरेको विकासले अझै असमानताहरु बढाउन थाल्नेछन्, वातावरणीय विनास निम्त्याउन थाल्नेछन् । त्यसैले त्यो विकासको झिल्के गफ आफैमा एउटा ठूलो राजनीति हो ।

असन्तुष्टिहरु एक समयसम्म सुसुप्त रहलान् तर एउटा समयपछि त त्यहाँ खलबल आइहाल्छ । अमेरिकामा ठूलो सुख समृद्धि छ भनेको हो । विकसित सुपरपावर र सबैभन्दा उन्नत लोकतन्त्र भनेको ठाउँमा वर्किङ क्लास रिसाएर के भयो ? लिवरल डेमोक्रेसीले वर्किङ क्लासलाई फाइदा पुर्याउन नसकेको कारणले त्यो आक्रोस आज डोनाल्ड ट्रम्प जस्ता दक्षिणपन्थीले पुँजीकृत गरे । मोदीको हेर्नुस्, मनमोहन र सोनिया गान्धीबाट अपेक्षा गरेको कुरा नपाएपछि, त्यहाँ असमानता बढ्दै गएपछि, मोदीको विकासको गफ विकेको हो । मनमोहन सिंहको एउटा प्रसङ्ग कतै पढेको थिएँ । मनमोहन सिंहले उद्योगपतिहरुको क्लबमा गएर ठूलोठूलो कम्पनीहरुका सीईओहरुको तलब अति नै भयो, अब तपाईंहरुको तलबलाई यसरी नबढाऊँ, किनभने यहाँ कन्जम्पसनको प्याटर्न हेर्दा सामान्य मजदुरले गर्ने उपभोग र तपाईंहरुले गर्ने उपभोगमा ठूलो भिन्नता देखियो । ठूलो खाडल देखिन थाल्यो र त्यसले समाजमा राम्रो गर्दैन भन्दा उनलाई भोलिपल्टका सबै पत्रिकाहरुले सम्पादकीय लेखेर उडाउनु उडाए । जब कि मनमोहन सिंह त्यही मान्छे हुन्; जसले नवउदारवादी अर्थतन्त्र भित्र्याउन सबैभन्दा ठूलो भूमिका खेलेका हुन् । उनले त खासमा ती सीईओहरुलाई आफन्त सम्झेर यसो सम्झाउन खोजेका थिए । मैले जोड्न खोजेको कुरा के भने असमानता रहन्छ भने सामाजिक आन्दोलनहरु पनि त रहिरहन्छ । जो मान्छेलाई अब आन्दोलन सकियो अब विकासतर्फ लागौँ भन्ने छ नि, त्यसले कि त झुठ कुरा गर्दैछ कि त्यसको बुझाइमा अल्पत्ता छ । आन्दोलन भनेको उसले सडकमा बलेको टायरलाई मात्रै बुझ्दछ । त्यसै ऊ कहिलै निदाउनेवाला छैन ।

हामीले पढ्ने किताब र गर्नुपर्ने अध्ययनको बीचमा ठूलो खाडल छ भन्ने गरिन्छ । के वास्तवमै त्यस्तो छ अथवा एउटै सिक्काका यी दुई पाटा हुन् ?

अध्ययनभित्रको सामान्य उपक्रम हो पढाइ । अध्ययन भनेको अलिक फराकिलो अवधारणा भयो । अध्ययन धेरै किसिमले गर्न सकिन्छ । आन्दोलनमा प्रत्यक्ष सहभागी भइरहँदा पनि अध्ययन त भइरहेको हुन्छ । अनुभवहरु सँगालिएको हुन्छ; त्यसलाई विश्लेषण संश्लेषण गर्ने हो । मान्छे सोच्ने प्राणी हो । त्यसैले सोच्ने चिन्तन गर्नै काम त जहिले पनि मान्छेले गरिरहेकै हुन्छ । पढाइ भनेको त्यसलाई सघाउने सहायक कुरा हो । तर पढाइ भनेको आफ्नो रुचिको कुरा पनि हो । अब कसैले एक ढङ्गको पढाइ मात्र गर्न सक्छ । चेतन भगतको किताब ल्याएर मस्त मनोरन्जन लिन सक्छ ।

त्यो आफैमा गलत होइन होला तर त्यस्तो खाले पढाइले सामाजिक परिवर्तनलाई सहयोग नपुर्याउन सक्छ । सबैले पढ्दा यो दुनियाँ राम्रो भइहाल्थ्यो नि, त्यो भन्न सकिन्थ्यो । पढेका महान विद्ववानहरुले मात्र दुनियाँलाई राम्रो बनाउने त होइन । त्यो पढाइ सामाजिक आन्दोलनको पृष्ठभूमि तयार पार्न आन्दोलनलाई सघाउने किसिमको हुन्छ भने त्यसको सम्बन्ध हुन्छ । त्यो उपयोगी हुन्छ भनेर देखिन्छ, होइन भने पढाइ डिग्री र मनोरञ्जन लिने उपक्रम मात्रै पनि हुन सक्छ ।

सामाजिक आन्दोलनका लागि पनि पढाइ जरुरी छ । आन्दोलनलाई ट्रिगर गर्ने भनेको त भोगाइले नै हो । तर भोगाइले मात्र पुग्दैन । नपुग्ने भएपछि त्यहाँ विचार सिद्धान्त, वैचारिक बहस र छलफलको आवश्यकता भयो । हाम्रो मूल सङ्घर्ष कोसँग हो भनेर छुट्याउनुपर्ने भयो । त्यो सङ्घर्षलाई मानवीय कसरी बनाउने, असरल्ल हुन नदिन के गर्ने ? त्यसैले साहित्य, सिद्धान्त, दर्शन सबै जरुरी हुन्छ ।

राजनीतिक नेतृत्वबाट के सुन्ने गरिन्छ भने समाज बिगार्नमा बुद्धिजीवीकै हात छ । के प्रश्न गरिदिएकै भरमा समाज बिग्रने हुन्छ ?

राजनीतिको मूलधारमा बनिसकेका, शक्ति अभ्यास गर्न थालिसकेका, सुखसुविधामा पुगिसकेका राजनीतिक दलका नेताले यो भन्नु समान्य हो । बौद्धिकका प्रश्नले उनीहरु उभिएको धरातल कमजोर बनाउँछ । तपाईं जहाँ उभिनुभएको छ, त्यहाँको धर्तीमा कम्पन्न पैदा भयो भने तपाईं सङ्कटमा पर्नु हुन्छ । बौद्धिकहरुको पश्न अथवा सामाजिक आन्दोलन आफैमा प्रश्न हो । सामाजिक आन्दोलन अथवा बौद्धिकहरुले गरेको प्रश्नले ऊ उभिएको धरातललाई समस्यामा पार्छ; त्यसपछि उसमा आउने बेचैनीको अभिव्यक्ति हो त्यो । यो नयाँ कुरा होइन ।

भारतमा हेर्नुभयो भने तीन चारजनालाई त मारी नै दिए । कलबुर्गी, पानसारे लगायतलाई मारे । जीएन साई बाबालाई भर्खरै जेल हालिएको छ । उनी ह्विल चेयरमा हिँड्ने प्राध्यापक हुन्, निहत्था छन् । उनको अपराध भनेको भारतीय संस्थापनले राख्ने बुझाइभन्दा उनको फरक बुझाइ हुनु हो । नक्सलाइटले उठाएका केही मुद्दाप्रति उनी सहानुभूति राख्छन्, के त्यो अपराध हो ? त्यसलाई अपराध मानियो किनभने उनले गरेको प्रश्नले शक्तिशाली मोदीको सरकारले आफूलाई असुरक्षित महशुस गर्यो । बेचैन हुन्छन् शासकहरु अनि त्यो बेचैनी कहिलेकाहीँ बौद्धिकहरुलाई गोली हान्ने हदसम्म पुग्छ । त्यस्तो केही गर्न सकेनन् भने हाम्रो खड्गप्रसाद ओलीले झैँ बौद्धिकहरुको खिल्ली उडाउने गर्छन्, त्यो डराएर गरेको हो ।

नेपालका सामाजिक आन्दोलनहरुको अवस्था कस्तो छ ?

हाम्रो सामाजिक आन्दोलनहरु सबै कमजोर छैनन् । तर हाम्रो आन्दोलनहरुले जुन अपेक्षा गरेको परिवर्तन थियो; असमान सम्बन्धलाई जसरी बदल्न पर्ने थियो; त्यो बदलाव आएको छैन । त्यो किन आएन भन्ने खोजको विषय हो । त्यो तपाईंलाई अहिले नै उत्तर दिएर चित्त बुझ्नेवाला छैन । आज दलित समुदाय भारतमा निकै असुरक्षित छ, दिनदहाडैमा रिएका छन् । त्यो प्रत्यक्ष यहाँ त देखिँदैन तर हिजो अस्तिको कुरा हो नि बोक्सी भनेर आरोप लगाएर दिसापिसाब खुवाउने, पिट्ने हरेक कुराबाट वञ्चित गर्ने गरेको ।

अहिले पनि काठमाडौँका घर मालिकहरुले दलित भएकै आधारमा डेरा नदिने गरेका छन् । त्यस्ता अनेक खालका असमान सम्बन्धहरु अहिले पनि मौजुद छन् । आन्दोलनले कति प्रभाव पार्यो भनेर खोज्न र अध्ययन गर्न चुक्यौ भनेर ‘आफर’हरु प्रकाश नगर्न छोड्यौँ भने अलिअलि भएको बदलिएका सम्बन्धहरु फेरि उही ठाउँमा पुग्न सक्छन् । पछिल्लो समय धेरै एजेन्डा उठेका थिए नि, संविधान बनाउने बेला, ती सबै मुद्दालाई डाइल्युट गर्ने बलजफ्त प्रयत्न भयो । अङ्कगणितका बलमा परिवर्तनलाई रोकिएकै हो । यो रोक्ने क्रम जहिले पनि रहन्छ । लेफ्ट आन्दोलन कमजोर किन भयो ? नेपाली समाजकै अध्ययन कम भयो कि ?

कम्युनिस्ट आन्दोलनमा लागेकाले नेपाली समाजको विभेदहरुलाई हटाउन यहाँको जात–व्यवस्थादेखि लिएर अध्ययन गर्नुपर्ने थुप्रै विषयप्रति उदासिन बनेर हो कि ? नेपाली समाजकै चरित्रलाई राम्ररी बुझेर कम्युनिस्ट आन्दोलन अगाडि बढेको भए अर्कै रुप लिन्थ्यो कि ? यो खोज र अध्ययनको विषय हो । भारतमा लेफ्ट मुभमेन्ट कहाँ पुग्यो ? अहिले एकदमै शुष्क देखिन्छ । किनभने भारतीय समाजका जटिलताहरुमा लेफ्ट मुभमेन्ट फँस्न चाहेन ।
आफ्नै अगाडि भएको दलदलमा खास चासो नदिने भएकाले भारतीय लेफ्ट मुभमेन्ट कमजोर भएको हो । रसिया र चीनको शुद्धताको कसीमा आफ्नो आन्दोलन नापेर बसिबियाँलो गर्ने ब्राह्मणहरुको हातमा बिलाएको छ भारतको लेफ्ट मुभमेन्ट । त्यही असफलताको परिणाम स्वरुप मोदी र हिन्दुवादको उदय भएको हो ।

एनजीओहरु नै किन आए भन्ने नै पहिलो प्रश्न हो । निकै सोचे–सम्झेर ल्याइएको हो कि ? आफै उत्पादन भएको हो ? अथवा यसको अब जरुरी पर्छ भनेर कतैबाट भित्र्याइएको हो कि ? शीतयुद्धभन्दा अघि दुई धु्रव थिए । दुवैले संसारका विभिन्न मुलुकहरुलाई आफ्नो पक्षमा पार्न खोज्ने । त्यही समय नै एउटाको प्रभाव कम गर्न भनेर विकास गर्ने नाममा सुख सुविधा दिने, मानिसलाई उपभोक्ता बनाउने र समाजमा भएको विद्रोहीपनलाई भुत्ते बनाउन एनजीओ ल्याइयो भन्ने बुझाइ छ ।

सामाजिक आन्दोलन कमजोर हुँदा दक्षिणपन्थ हावी हुन्छ भन्न खोज्नुभएको ?

असमान सम्बन्धलाई कायम राख्ने कसले हो ? त्यसको सबैभन्दा ठूलो शक्ति भनेको दक्षिणपन्थ हो । त्यो कहिले राजनीतिक रुपमा मुखर भएको देखिन्छ, कहिले समाजमा विद्यमान रहे पनि ठोस राजनीतिक आकार ग्रहण नगरेको हुन सक्छ । त्यो असमान सम्बन्धमा प्रहार गरिरहने आन्दोलनले नै हो । त्यसकारण आन्दोलन एक हिसाबले सक्रिय भइरहन्छ; सक्रिय रहिरहनुपर्छ । त्यसो भनेर आन्दोलन मात्रै गर्ने अनि आफ्नो अरु काम नगर्ने भनेर प्रश्न गर्छन् । घरमा भात पकाउने काम छोडेर जहिले पनि हल्ला गर्न हिँड्ने भन्ने हुन्छ मान्छेको बुझाइ ।

आन्दोलनको स्वरुप भनेको हल्ला गरेर हिँड्ने मात्र हुँदैन । आफना दैनन्दिन गर्ने काम त मान्छेहरुले गरेकै हुन्छन् । त्यो सबै सँगसँगै जाने हो आन्दोलन । आन्दोलन भनेको अग्र्यानिक प्रक्रिया पनि हो । आन्दोलन भन्नाले सबै कुरा छोडेर झण्डा मात्र बोक्ने हो भन्ने होइन । सामाजिक आन्दोलन भनेको मान्छेको जीवनसँग जोडिएको हुन्छ । सामाजिक आन्दोलनलाई अलिक अग्र्यानिक प्रक्रियाका रुपमा बुझिनुपर्छ । सामाजिक आन्दोलन नै के हो भन्ने कुराको बुझाइ अलिक फराकिलो बनाउँदा हामीलाई अलिक सजिलो हुन्छ । त्यसो भयो भने समाजमा सधैँ विद्यमान रहने दक्षिणपन्थी शक्तिले मुन्टो उठाएर जथाभावी गर्न पाउँदैन ।

एनजीओ/आईएनजीओले उत्पादन गरेको ज्ञान र त्यसको जगमा खडा गरिएका सामाजिक आन्दोलनले हामीलाई कुन ठाउँमा पुर्याउला ?

एनजीओहरु नै किन आए भन्ने नै पहिलो प्रश्न हो । निकै सोचे–सम्झेर ल्याइएको हो कि ? आफै उत्पादन भएको हो ? अथवा यसको अब जरुरी पर्छ भनेर कतैबाट भित्र्याइएको हो कि ? शीतयुद्धभन्दा अघि दुई धु्रव थिए । दुवैले संसारका विभिन्न मुलुकहरुलाई आफ्नो पक्षमा पार्न खोज्ने । त्यही समय नै एउटाको प्रभाव कम गर्न भनेर विकास गर्ने नाममा सुख सुविधा दिने, मानिसलाई उपभोक्ता बनाउने र समाजमा भएको विद्रोहीपनलाई भुत्ते बनाउन एनजीओ ल्याइयो भन्ने बुझाइ छ ।

खासगरी सोभियत सङ्घको दबदबा दक्षिण एसियामा समाजवादी प्रभाव देखिएपछि त्यस अवधारणामा प्रहार गर्न केही काम गरेजस्तो गर्ने तर ठोस केही पनि नगर्ने संस्थाका रुपमा गैसस बनाइयो भनिन्छ । सामाजिक आन्दोलनहरुको एनजीओकरण भएको छ । दाताहरुले आएर आन्दोलनहरुमा पैसा लगानी गर्ने, त्यो आन्दोलनको साहित्य उत्पादन गर्ने, विद्यार्थीहरुलाई छात्रवृत्ति दिने । कार्यक्रमहरु चलाउन पैसा दिने । तर एनजीओकरण भयो भन्दैमा सबै सकियो भन्ने होइन । ठ्याम्मै परिवर्तन ल्याएकै छैन भन्ने होइन । नेपालमा महिला, दलित, जनजाति, धेरै आन्दोलनहरुको एनजीओकरण भयो । सन्देह गर्ने ठाउँहरु प्रशस्त छन्– ती आन्दोलनमा एनजीओ सहभागी भएर उनीहरुले आफ्नो तेवर गुमाए ।
मानिसको जीवनमा प्रत्यक्ष अनुभूत गर्न सक्ने परिवर्तन नल्याएपछि यो गफै गर्ने र केही सीमित मान्छे धनी हुने धन्दा हो भन्ने भयो । एनजीओलाई देखाएर आन्दोलनलाई बद्नाम गर्ने खेती चलाइएको छ नेपालमा । जनजाति आन्दोलन पूरै आईएनजीओले चलाएको हो भनेर स्थापित गरियो, अहिले मधेस आन्दोलनलाई त्यसै भनिएको छ । दलित, महिला आन्दोलन पनि पूरै एनजीओको कमाल हो भनेर आन्दोलनको वैधतालाई सिध्याउने डरलाग्दो प्रचार गरिँदैछ । यसरी निर्माण गरिएको कथ्यले सामाजिक आन्दोलनलाई निष्क्रिय बनाउँछ । त्यसैले अहिलेसम्म उत्पादन गरिएका ज्ञानलाई दुत्कार्न जरुरी छैन तर आन्दोलनको प्रभाव बढाउन दाताको सहयोगको भरमा मात्रै पर्नु प्रतिउत्पादक हुन्छ ।

तपाईं आफैले पनि आईएनजीओमा काम गर्नुभएको छ नि ?

म व्यक्तिगत रुपमा एनजीओमा काम गर्न गएँ तर यो प्रश्न मेरा अगाडि मात्र उभिएको प्रश्न होइन । मैले छोटो समय आईएनजीओमा काम गरेँ । त्योभन्दा अगाडि स्वतन्त्र रुपमा वैकल्पिक मिडिया फोरम बनाएर काम गर्न सकिन्छ कि भन्ने प्रयास पनि गरेको हो । त्यसअघि कर्पोरेट मिडियामा काम गरेकै हो । मुख्य प्रश्न के हो भने यतिका वर्ष एनजीओ र आइएनजीओको खेती कसको हितमा गरियो ? त्यसबाट सबैभन्दा बढी फाइदा उठाउने समूह कुन हो ? नेपालका सबैभन्दा ठूला एनजीओहरु कतिवटा परिवारको कब्जामा छ र तिनले वृहत्तर नेपाली समाजमा कस्तो असर पारेका छन् ? प्रश्न यो हो ।

आईएनजीओहरु मूलतः कम्फोर्ट जोनमा बसेर काम गर्ने हो त्यसैले उनीहरुलाई शक्ति र सत्तासँग दह्रो पहुँच राख्ने मानिसहरु वरपर चाहिन्छ । त्यस्ता मानिसलाई पोस्ने धन्दा नै नेपालमा बढी भएको छ । बाँकी रहेका आनासुका ‘अन्य’हरुले पाउने हुन् । सुविस्ताको घेरा कटाएर अथवा त्यहाँभन्दा अगाडि बढ्न कोही खोज्यो भने शक्ति र सत्तामा पहुँच भएका सुकिलाहरुका तीन नेत्र बल्छन् । उनीहरु आफै डलरखेती भन्दै बडो राष्ट्रवादी भाषण छाट्न थाल्छन् । अत्यन्तै प्रतिभाशाली प्राज्ञिक व्यक्तित्वहरुको ज्ञान पनि एनजीओको कम्फोर्ट जोनबाट बाहिर आउन नसकेको सत्य हो । उहाँहरुले थुप्रै गतिला कामहरु गरेर नेपाली समाजलाई ठूलै गुन लगाउन सक्नुहुन्थ्यो तर अपेक्षा अनुसारको काम हुन सकेन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल