जनचाहनामा स्थानीय नेतृत्व

जनचाहनामा स्थानीय नेतृत्व

रमेश भट्टराई ‘सहृदयी’

पहिलो चरणको निर्वाचनसँगै जोडिएर दोस्रो चरणका बारेमा सञ्चार माध्यम, अनलाइन, पत्रपत्रिका, फेसबुक, ट्विटर मात्र नभई चोक, चिया पार्टी आदि स्थान निर्वाचनमयनै बनेको छ । बीस वर्षपछि भइरहेको निर्वाचनले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने आशासँगै ग्रामीण जनतामा उत्साह बढेको पाइन्छ ।

मत परिणामका व्याख्या र अनुमान उत्तिकै भइरहेका छन् । स्थानीय स्रोतको परिचालन गर्दै ‘आफ्नो गाउँ, आपैmँ बनाऊँ’ भन्ने आदर्श विचारले अलिकति देशको शक्ति विकृन्द्रीकृत बन्दै गएको आभाष हुन्छ । देश विकास हुन व्यक्ति, परिवार हुँदै समाज, टोल, क्षेत्र, प्रदेश विकसित बन्दै जानु आवश्यक पर्छ नै । सहरीकरणले निम्त्याएको जटिलतालाई ग्रामीण विकासको सोचले घटाउने अर्को आशाको किरण पलाएको छ । खचाखच खाँदिएर त्यसमा पनि चर्को भाडा तिर्दै विषादि मिसिएको सब्जी खानुपरेका तीता यथार्थमा कतिपय घरबेटीले गरेका अमानवीय कर्तुतले मन चसक्क पारेको छ । त्यसमा पनि काठमाडौँको प्रदूषणले उमेरमै रोगको सिकार बन्नुपर्ने विवसता घट्ने अनुमान लगाउन थालिएको छ ।

विशेषतः शिक्षा, स्वास्थ्य, नव परिवर्तित सञ्चार, बाटोघाटो, रोजगारका अवसर, बिजुलीजस्ता सुविधाका कारण ग्रामीण समुदायले सहरतिर लम्किनुपरेको बाध्यता हो । स्थानीय निर्वाचनपछि सो सुविधाले ग्रामीण बस्ती सुसज्जित हुने अपेक्षासँगै गाउँ फर्क अभियानमा एउटा रौनक ल्याएको प्रतीत हुन्छ । चुनावी दौडानसँगै घोषणपत्रमा कोरिएका सपनाले भने जनतामा उस्तो विश्वास नगरेको पनि उत्तिकै छ । तथापि केही परिवर्तन हुने तथा केन्द्रीय शक्तिका कारण भोगिएको सास्ती कम हुने जनसोच पनि बढेको पाइन्छ । विगतका चुनावमा भैmँ भोट माग्ने बेलामा जनताका घरदैलोमा जाने तर अरु बेला जनगुनासालाई भाषणमा सीमित राख्ने परिपाटीले विकासमुखी भावनालाई समेटिएका पार्टीका घोषणापत्रप्रति जनतालाई विश्वास लाग्दैन । जनताका पीर मर्कालाई बेलाबेलामा बुझ्ने आदत हुने हो भने यसरी चुनावमा घरदैलोमा हात जोड्ने आवश्यकतै पर्ने थिएन होला । यद्यपि स्थानीय निर्वाचनमा भने आफ्नै छरछिमेकी वा आफन्त उम्मेदवार भएका कारण सर्वसाधारणलाई चासो र उत्साहको विषय बनेको छ ।

प्रचारमय बनेको चुनावी माहोलमा भइरहेका आचारसंहिता उल्लङ्घन, झडप मात्र नभएर हत्यासम्मका कार्यले जनतालाई स्वच्छ, स्वस्थ निर्वाचनप्रति भय उत्पन्न भएको छ । एउटा सभ्य नागरिकले यहाँसम्मको निर्ममतालाई रुचाउन सक्दैन । कसैलाई दोषी बनाएर आपूm इमानदार भएको पुष्टि गर्नुभन्दा आदर्श व्यक्तित्वको सोचले जनताको भावनालाई बुझ्नु बुद्धिमानी हुन्छ । हरेक नेतृत्वले सङ्कीर्ण सोचलाई त्यागेर सिङ्गो समाज र देशको समुन्नतिलाई हेरेमा मात्र आदर्श नेतृत्वको परिचय झल्किन्छ । सामाजिक सञ्जालमा आचारसंहिता उल्लङ्घन गर्दै एक अर्काप्रति अनावश्यक आरोप प्रत्यारोप गर्दै आपूmलाई राम्रो भन्ने सङ्कीर्ण सोचले पनि जनतामा भावनात्मक दमन भएको भैmँ लाग्छ । यसको साटो जनताको भावना जित्नलाई जनचाहना बमोजिमका सुविधामा ध्यान दिनु उपयुक्त हुने थियो ।

अझ भोट हाल्न नजानेर बदर हुने मतदातालाई सिकाएर सहयोग गरेमा झनै बुद्धिमानी होला नै । विरोधी भावनाले आपूm राम्रो हुँ भन्ने प्राचीन सोचलाई अब हरेक दल, कार्यकर्ता या त सचेत नागरिकले बदल्नु अत्यावश्यक छ । कतिपय स्थानमा गठबन्धनको उम्मेदवारीका कारण जनतामा कता–कता भावनात्मक दोधारको स्थिति उत्पन्न भएको बुझिन्छ ।

चोक, समुदायमा कसले जित्ला भन्ने प्राक्कल्पनाले वादविवाद सृजना गर्दै गर्दा चर्काचर्की पनि चलेको सुनिन्छ । आशाको गोरेटासँग हुर्किएको चुनौतीलाई जनता आपैmँले सुझबुझमा राख्नु साँचो पहिचान बन्ला । त्यसमा पनि चुनावलाई धाँधलीरहित, स्वच्छ, स्वस्थ र दबाबरहित बनाउनलाई बाधा पुर्याउनु भनेको आफ्नो अधिकारलाई आपैmँले डढाउनु हो भन्ने कुरालाई प्रत्येक नागरिकले मनन गर्नु आवश्यक छ । आज पनि हाम्रो देशका कुना कन्दराले गरिबीको रापबाट उम्कन नपाएको बाध्यताले नोटमा बिक्ने भोटको कारण अधिकार कुण्ठित छ । नेताहरू गरिबका टहरामा गएर भोट माग्न जान्ने तर जितेर गएपछि फर्केर नहेर्ने प्रवृत्तिले पनि जनताले उक्सिन पाएका छैनन् । जनतालाई गाँस टिप्ने समस्या छ । फलतः कर्णाली क्षेत्रजस्ता बस्तीले निर्वाचनलाई भन्दा यार्सा टिप्ने कामलाई प्राथमिकतामा राख्नुपरेको विडम्बना छ ।

आफ्नो गाउँको समुन्नतिप्रतिको समृद्ध सोचलाई मूर्तता दिने सर्जकले बाटो खोजिरहेका छन् । राज्यले निर्वाचनका लागि ठूलो लगानीबाट मतदाता नामावली प्रकाशनदेखि मतपेटिका निर्माण र मतपत्र छपाइ, मतदाता शिक्षा कार्यक्रम, स्थानीय निर्वाचन अधिकृतको कार्यालय स्थापनापश्चात् मतदाता पत्र प्रदान गर्दै गएको छ । यसर्थ अब त स्थानीय सम्भाव्यता र विकासशील अवस्थाको उत्खनन हुनु, योजनामा जनसहभागिता जुट्नु पक्कै विचारणीय बन्ला । अझ पार्टीका सभामा हजारौँले दिएको समय र त्यो सभामा खर्चिने रकमको उत्साहजस्तै हरेक नागरिकले विकासमा जुट्न थाल्ने हो भने मुलुकले कति चाँडो मुहार फेथ्र्यो होला । अब बन्ने हरेक नेतृत्वले रामराज्यको सोचलाई चिन्नु आवश्यक छ । अनेक बखेडाका अड्को थापेर देशलाई झुलाउन जान्ने तर गरिबका शरीरमा एक सरो कपडा फेरिदिन आँट नगर्ने हाम्रा स्वभावको परिणाम गरिबीको पीडा नै हो । समस्यामा झुल्ने आदतले कैयौँ वर्ष विकासका महान् योजना पछि परिरहेका छन् । भ्रष्ट्राचारीलाई पक्षपोषण गर्ने ठीक विपरीत कर्मशीलको प्रशंसा र प्रोत्साहनको साटो खुट्टो तान्ने पुरानो स्वार्थी आदतले राम्रै नेतृत्व कतै न कतै चुकेका यथार्थ छन् ।

कैयाँै जनताले आफ्नो सीप र क्षमतालाई घर, टोलमा पोख्न पाउने आशा बोक्दै घरपरिवारसँग नातो गाँस्न चाहेका छन् । थप अभिलाषामा चुनावी आस्थासँगै मनका पीडा र रोजगारी अभावका पीडा भाव पस्किरहेका छन् । यो पनि असत्य होइन, दशौँ वर्ष यतादेखि देशका मोटा–मोटा रकमले नैतिकता र अनिर्णयको बन्दीमा डुबाउँदै विकासको साटो विनास, मारपिट, आन्दोलन, चक्काजामजस्ता आर्थिक दुरुपयोगी भड्किला व्यवहारबाट अब भने जनताले पाठ सिक्नु आवश्यक छ । यो रकम र यो जनशक्ति दशौँ वर्ष यसरी विकासकै मार्गमा एक भएर होमिने हो भने देशले गरिबीको पगरी गुथिरहनुपर्ने बाध्यता पक्कै समाप्त हुन्थ्यो होला । आ.व. २०७२÷०७३ को आँकलन अनुसार एउटा नेपाली शिशुले नेपाली भूमिमा जन्मदा उसको टाउकोमा रु. २१,४१५ ।– ऋण बोकेको हुन्छ । गरिबीको वेदनाले छटपटिँदै पसिनालाई पैसामा साट्ने ठूलो स्वप्ना बुनेर हजारौँ नेपाली युवायुवतीले विदेशिनुपरेको पीडाले कसको मन नदुखेको होला । जति नियम बनून् तर मेनपावरमा घरखेत धितो राखेर ल्याइएको लाखौँको बिटो बुझाए पनि तोकिएको रकम मात्र तिरेको बिल पेस गरी विदेशिनै पर्ने बाध्यताले श्रमप्रेमीका कलेजीमा दर्द छ । कति नेपालीले परदेशकै भूमिमा आफ्नो प्राण छोड्नुपरेको, कतिका हत्या गरिएका हृदयविदारक घटना सञ्चार माध्यममा आइरहेकै छन् । अतः स्थानीय निर्वाचनसँग स्वरोजगारीका सपनालाई नेपाली जनताले बुन्न थालेका छन् ।

जनताले नेता र नेतृत्वलाई जताततै गाली गर्छन् । सत्तोसराप गर्छन्, यतिसम्म कि राम्रो काममा समेत विश्वास नलागेर विरोध गर्न बाँकी राख्दैनन् । कारण राजनीतिले उत्पन्न गराएको वितृष्णा नै हो । तर, हामी सबै सकारात्मक उन्नति चाहन्छौँ तर अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ । आजसम्म त भ्रष्ट्राचारको क्षेत्र सानो थियो तर स्थानीय चुनाव हुँदै जाँदाभ्रष्ट्राचारको आशा गर्नेहरू गाउँ–गाउँ, चोक–चोकबाट जन्मिनु हुँदैन । देशमा पीडा र जनभावना पर्दापछि नै रहेको गुनासा छन् । भूकम्प पीडितमा फास्ट ट्रयाकको नीति बन्न सकेन । बृद्ध, बालबालिका, सुत्केरी असक्त खुल्ला आकाशमा सहारा माग्दै गरेको दुःख देख्न नसकेर कसैले अलिकति दया गर्यो । नेपाली मरे । नेपालीलाई दुःख भयो भन्दै गर्दा मनकारीहरूले दिएका राहतलाई सजिलै कुम्ल्याउने घृष्टतामा नेपालीले नै कञ्जुस्याइँ गरेनन् । त्यसैले त नेपाली जनताले नेताको भ्रष्ट्राचारी, स्वार्थी प्रवृत्तिका कारण राष्ट्रवादी विचारलाई पनि छुट्याउन पाएका छैनन् ।

सेवा र जिम्मेवारी बाँडफाँड गर्ने उद्देश्यले देशका कुना कन्दरालाई विकसित तुल्याउँदै सम्पूर्ण जनताका हक र अधिकारको सुनिश्चितता गर्न तथा समृद्ध बनाउने मूल आधारशीला स्थानीय निर्वाचनले चुन्ने आशा जनतामा जागृत भइरहेको छ । केवल नेतृत्व छान्नेभन्दा गाउँ विकासमा सबल जनप्रनिधि चयनलाई लिएर जनतामा उत्साह छ । आफ्ना हक र अधिकार सुनिश्चित गर्दै शक्ति विकेन्द्रीकरणको आशाले जनमानसमा उमङ्ग बढ्दो क्रममा छ । भ्रष्ट्राचार नियन्त्रण गर्दै गाउँको विकास गर्नसक्ने ‘हाम्रोलाई होइन राम्रोलाई भोट’ भन्ने नवसोच र नारा जन्मिरहेका छन् । आफ्नो दुःख आपैmँसँग हुन्छ । मर्दापर्दा चाहिने इष्टमित्रको स्वाभिमानी नेपाली परम्पराको प्रेम विश्वका कुनै देशमा छैन । तर, हामीले हाम्रो घरायशी ससाना विषयलाई पनि पराइसमक्ष लाजमर्दो गरी झोली पैmलाएर सहयोगमा साथ माग्नु आवश्यक र नैतिकताका लागि पाच्य नहोला । देश हाम्रो हो, देशको परिमाण भलै सानो होला तर देशप्रतिको श्रद्धा हरेक देशप्रेमीका लागि सदैव महान् हुन्छ । जनताका समस्यालाई बुझ्ने प्रेमी भावलाई चिनौँ । अतः अब भाषणले होइन व्यवहारले जनभावनालाई समेट्ने राष्ट्रवादी नेतृत्वले समाजको मनलाई जित्ने समय आएको अनुभूत हुन्छ ।

bhattarairamesh353@gmail.com

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल