मधेसमा मडारिन थालेको कालो बादल

मधेसमा मडारिन थालेको कालो बादल

विजय ज्ञवाली

अहिले सम्माननीय राष्ट्रपतिज्यूको भारत भ्रमण गर्ने उचित समय थिएन । देशमा अस्थिरताका लागि विभिन्न दलले यति कोकोहोलो मच्चाइरहेका छन् । यसको समाधान नगरी भारत जानुको खासै अर्थ थिएन । तर यो अस्थिरताको दोष राष्ट्रपतिलाई दिन त मिल्दैन । तैपनि राष्ट्रपति जस्तो देशको गरिमामय पदमा आसीन व्याक्तित्वको अहिले आन्तरिक समस्यामा केन्द्रित हुने महत्वपूर्ण समय हो । २६ दिनका दिन चुनाव हुँदैछ । वर्तमान समयका नेपालको विकसित घटनाक्रमअनुसार भारतको भ्रमण गर्नुको खासै औचित्य पनि देखिँदैन । जसले जेजस्ता तर्क गरे पनि राष्ट्रपतिको भारत भ्रमण सद्भाव मात्र हुनेछ । कुनै नयाँ सन्धिसम्झौता हुने वा पुनरावलकन हुने कुरा सुन्नमा आएको छैन । यसले केवल सद्भावका लागि मात्र हो भन्ने देखाउँछ ।

देश अहिले चुनावी चटारोमा छ । संविधान संशोधन नभएको बाहानामा मधेसवादी दलहरुले चुनावलक्षित विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपालको ९५.५ जनप्रतिनिधिद्वारा समर्थित संविधानलाई अझै पनि भारतले नोट मात्रै गरेको छ । नेपालको संविधानलाई पूर्ण रुपमा स्विकार्न ऊ अझै तयार छैन । पछिल्लो समय भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा पनि भारतले नेपालको संविधानप्रतिको उही पुरानै धारणा दोहोर्याए । यसले के देखाउँछ भने सबैको स्वामित्वलाई समेटेर संविधान संशोधन गर्ने र मधेसवादी दललाई सहमतिमा ल्याएर मात्र चुनावमा जानुपर्ने भारतको पुरानै अडान यथावत छ ।

यसपालि राष्ट्रपतिको भारत भ्रमणमा पनि उही पुरानै कथन हुनेछ– मधेसवादी दललाई पनि सहमतिमा ल्याएर मात्र निर्वाचन गरियोस् । यता भने मधेसवादी दलको जतिखेर पनि रुन्चे बालकझैँ व्यवहार गर्छ । गहिरिएर विचार गर्दा मधेसी मोर्चाको नियत त्यति सफा पनि देखिँदैन । देशैभरि निर्वाचनको माहोल बनिरहँदा मधेसी मोर्चा पनि निर्वाचनको चेपुवामा त छ, तर मधेसमा उनीहरुको जनाधार कमजोर छ ।

यसै पनि अधिकांश मधेसी मोर्चाका शीर्ष अनुहार यसअघिको निर्वाचनमा पराजित अनुहार हुन् । बारम्बारको मधेस आन्दोलनमा प्राप्ति भन्दा पनि धेरै गुमाउनुपरेको तीतो यथार्थ सबैसामु छर्लङ्ग छ । भाषणमा उत्तेजना, तर व्यवहार र प्राप्ति शून्यमा झरेको मधेसी मोर्चाको वर्तमान फ्रेम हो । हो, यही कमजोर फ्रेमले गर्दा नै मधेसी मोर्चालाई चुनावमा होमिन गाह्रो छ ।

अर्कोतर्फ मधेसमा जतिपटक आन्दोलन भएको छ, त्यतिपटक नै बिहारी गुण्डा शैलीको आन्दोलन भएको छ । मान्छे जिउँदै जलाउने, बलात्कार गर्ने, बिरामीलाई एम्बुलेन्सबाटै थुतेर कुटीकुटी मार्ने, एम्बुलेन्समा आगो लगाउने, घरेलु हतियार र धारिलो हतियारले मान्छेलाई जिउँदै छप्काउने जस्ता घृणित कार्य मधेस आन्दोलनका पर्याय भएका छन् । त्यसैले मधेस आन्दोलनमा जेजति क्षति हुन्छ, पशुवत र राक्षसी शैलीमा हुन्छ । आन्दोलन त पहाडमा पनि हुन्छ तर पहाडमा त यस्ता वीभत्स व्यवहार देखिँदैनन् ।

तर मधेसमा यी सबै वीभत्स हिंसा हुनेगर्छ । यसमा मधेसी नेताको शैतानी दिमागले पनि काम गरिरहेको छ । उनीहरु पनि बिहार र उत्तर प्रदेशमा अपनाइने गुण्डागर्दीकै सिको गर्न खोजिरहेका हुन्छन् । त्यस्ता गतिविधिलाई नजिकबाट नियालिरहेका हुन्छन् । अनि पटक पटकका मधेस आन्दोलनमा त्यही वीभत्स हिंसाको फर्मुलाको प्रयोग गरिँदै आइएको छ । त्यसैले मधेसमा सानो समूहको आन्दोलन पनि साह्रै कहाली लाग्दो हुने गर्दछ । निकृष्टताको हदसम्म गिरेर भए पनि आन्दोलन गर्ने, आन्दोलन गर्न उक्साउने र मर्ने निर्दोष नागरिकलाई कथित सहिद र नगदको हरियो घाँसमा भुलाएर आफूहरु भने उन्मत्त हुनेगरेका छन् ।

अहिले मधेसको दरिन्दगी (हिंस्रक) आन्दोलनको विषय किन उठान गरियो भने मधेसी मोर्चाले फेरि पनि चुनाव बहिष्कारका साथै चुनाव बिथोल्ने घोषणा गरेको छ । सरकार चुनावबाट पछि हट्नै नसक्ने अवस्थामा छ भने मधेसी मोर्चालाई सधैँको केटाकेटी पाराको रुवावास मात्रै छ । यस्तो अवस्थामा सरकारले चुनावी सुरक्षाका लागि भनि सुरक्षा व्यवस्था चुस्त पर्नैपर्ने हुन्छ ।

त्यसको लागि प्रहरी, सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाको प्रयोगको धारणा आइसकेको छ । जसरी पनि चुनाव गराइछाड्ने सरकारी अडान अनि चुनाव बिथोलिछाड्ने मधेसी मोर्चाको घोषणाबीच तराईमा भयङ्कर दुर्घटना हुनसक्ने सङ्केत देख्न सकिन्छ । मधेसमा अहिलेसम्म भएका विरोध शान्तिपूर्ण कहिल्यै भएका छैनन् । निकै निकृष्ट, अराजक एवं गुण्डागर्दी शैलीमा भएका छन् । सम्भावित गडबडीको आँकलन गरेर त्यसको विकल्प खोज्नु आवश्यक छ । त्यासे गर्न सकिएन भने चुनावमा राष्ट्रले धेरै नोक्सानी बेहोर्नुपर्ने पक्कापक्की जस्तै छ ।

                                                                फाइल तस्बिर

संविधान संशोधन गरेर चुनावमा जानुपर्ने भारतको बारम्बारको दबाबको प्रतिक्रिया यसपालि पनि मधेसवादी दलको माध्यम देखाइछाड्नेछ । सीमाङ्कनलाई बटमलाइन बनाएको मधेसी मोर्चाले माग गरेअनुरुपको संविधान संशोधनको प्रस्ताव सदनबाट पास हुनसक्ने स्थिति पनि छैन । यो कुरा मधेसी मोर्चालाई पनि राम्रोसँग थाहा छ । तर थाहा हुँदाहुँदै पनि उसको बचपना सुध्रिने छाँटकाँट देखिँदैन । निर्वाचन कुनै पनि हालतमा विथोल्नका लागि मधेसी मोर्चाले दुईवटा रणनीति अपनाएको देखिन्छ । त्यसमध्ये पहिलो सकेसम्म संशोधनको नाममा निर्वाचन अलिक पर धकेल्न बाध्य बनाएर आफ्ना मागमा जसरी हुन्छ गलाएरै छाड्ने ।

संशोधनको बाहाना निर्वाचनलाई अलमलमा पार्ने, निर्वाचनदेखि आफू पनि भाग्दै जाने उसको रणनीति रहेको छ । दोस्रो, मधेसमा रक्तपात मच्चाएरै भए पनि निर्वाचन भाँड्ने यिनीहरुको भित्री आशय प्रष्ट बुझ्न सकिन्छ । उनीहरुको यस प्रकारका हर्कतमा पर्दा पछाडिबाट भारतको साथ र सद्भाव त रहने नै छ । मधेसमा हुनसक्ने सम्भावित नरसंहार र त्यस्तो नरसंहार रोक्नका लागि सरकारी पक्षबाट हुने सुरक्षा बल प्रयोगको बाहाना बनाई अन्तर्राष्ट्रिय समुदायमा मानव अधिकारको अलाप अलाप्ने मोर्चा भारतीय पक्षको रणनीति देखिन्छ । यसरी मानव अधिकारको अलाप अलापेर नेपाललाई कमजोर एवं आलोचित बनाई आफ्ना मागलाई सम्बोधन गराउन सरकारलाई घुँडा टेकाउनु यिनीहरुको भित्री मनसाय हो ।

मधेसी मोर्चालाई चुनावमा जान प्रोत्साहन नगर्ने भारतको नियत पनि प्रष्ट छ । प्रदेश नं. २ को गेम प्लान त सफल भएको छ नै अब प्रदेश नं. ५ को गेम प्लानमा भारत हात धोएर लागिपरेको छ । प्रदेश नं.२ मा झैँ प्रदेश नं. ५ मा पनि पहाडी भूभागका अवशेषसम्म पर्न नदिएर सिङ्गो समथर भूमिलाई अलग्गै प्रदेशका रुपमा निर्माण गरिछाड्ने भारतीय चाहना हो । यसै प्रयोजनका लागी प्रयोग गरिएका मधेसी मोर्चाको अन्तिम बटमलाइन सीमाङ्कन नै हुनु कुनै आश्चर्यको विषय होइन ।

संविधान संशोधनमार्फत प्रदेश नं. ५ लाई पनि समथर भूमि मात्रको प्रदेश बनाउन सकियो भने भारतिय नेपाला गेम प्लानले धेरै हदसम्म सार्थकता पाउनेछ । त्यसपछिको बाँकी कैलाली र कन्चनपुरको कुरा त चुट्किभरको काम हुनेछ । जब समग्र तराईको भूभागलाई दुई प्रदेशमा सीमित गरिसकेपछि बाँकी दुईवटा जिल्लालाई तराईका प्रदेशमा गाभ्न उनीहरुलाई केही गाह्रो हुनेछैन । सके सरकार र सदनमा दबाब दिएर हुन्छ या रक्तपात गराएरै भए पनि ती दुई जिल्ला पनि हडप्ने भारतीय नीति देखिन्छ । आफूले अघिसारेका कदमले नै तराईको नदीनाला, ढुङ्गागिटी, जङ्गल, जमिन र जडीबुटीमाथी सम्झौता एवं हस्तक्षेप गर्न सहज हुनेभयो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल