निर्वाचनमा हाम्रो हैन, राम्रो रोजौँ

निर्वाचनमा हाम्रो हैन, राम्रो रोजौँ

बीबी श्रेष्ठ

करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले समग्र देश नै तताइरहेको बेला गाउँगाउँमा आकाङ्क्षीहरुले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यो लोकतन्त्रको मूल मर्मअनुसार नै जनताद्वारा अनुमोदित हुने र स्थानीय स्तरमा नै आफ्नो निपुणता क्षमताको बलमा समाज र राष्ट्र निर्माणमा योगदान दिने महत्वपूर्ण अवसर पनि हो । लामो समयको अन्तरालपछि हुन लागेको यो चुनावले राजनीतिकर्मी मात्र नभई आम जनताका बीचमा पनि कुशल र नेतृत्व गर्न सक्ने व्यक्तिको खोजी हुने अवसरले गर्दा सम्पूर्ण समाज नै उद्वेलित भएको पाइन्छ । जननिर्वाचित सरकार नहँुदा र केन्द्रीय सरकार मातहत कर्मचारीको नेतृत्वमा देश चलिरहँदा पनि हालसम्मको विकास निर्माणलगायतका गतिविधि प्रायः शून्य र धरापमा परेको कुरालाई सबैले मनन् गरेका छन् ।

देश विधि, प्रक्रिया, ऐन, नियम, विद्यान र संविधान अनुरुप चल्नुपर्ने हो । तर त्यसो नभई राजनीतिक दलको नेतृत्वको योग्यता, क्षमता र अकमण्र्यताका बीचमा गुज्रिरह्यो । विधि प्रक्रियाभन्दा पनि आफू अनुकूलको व्याख्यतामा नै गतिविधिहरु अगाडि बढिरहयो । त्यही रोग र देखासिकी केन्द्र हुँदै क्षेत्र, जिल्ला, हुँदै टोलसम्म आइपुग्यो । नेतृत्वमा रहने व्यक्तिहरु क्षमतावानभन्दा पनि आशीर्वाद र गणेश प्रवृत्तिको हुन थाल्यो । त्यही क्रमको निरन्तरता परापूर्वकालदेखि अनादिकालसम्म चलिरहनेछ भने त्यसको वन्धक वर्तमान परिस्थितिमा पनि उजागर भइरहेको छ ।

सम्पूर्ण नीतिको पनि मूल नीति राजनीति सफा, प्रष्ट हुनुपर्नेमा व्यक्तिको असक्षमताका कारण धुमिल बनिदियो । त्यही धूमिलताले समान, टोल हुँदै माथिसम्म धमिलो बनाइदियो । अन्धकार र धमिलो वातावरणमा सफा, पारदर्शी, कुटिल, सफल छायाँमा परिदियो । प्रष्ट हुन र यथार्थपरक हुनका लागि नेतृत्वपङ्क्तिमा नै यथार्थ दूरगामी दृष्टिकोण, योग्यता, क्षमता, कार्यकुशलता हुनुपर्दछ । जुन कुनै पनि राजनीतिक नेतृत्वपङ्क्तिमा देखिएन । जब आफैमा त्यो गुण, योग्यता, क्षमता र निपुणता हँुदैन, त्यसको कल्पना गर्नु भनेको उसको चेतनाभन्दा बाहिरको कुरा हो । ‘भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ’ भने झैँ व्यक्तिमा क्षमता नभएपछि आफू नै सबैभन्दा योग्य सम्झनु सबैको साझा चिन्तन हो । अनि जसरी पनि आफै हुने, त्यसका लागि आफ्नो व्यक्ति र गुट निर्माण गर्ने सबैको एकमना चिन्तन नै समाजको सबैभन्दा हानिकारक तत्व हो । जसले अनन्तकालसम्म जकडिइरहनेछ ।

हरेक राजनैतिक नेतृत्वमा व्यक्तिको चेतनास्तर, योग्यता, क्षमता होइन, हाम्रो र मेरो व्यक्ति मात्र हुनुपर्दछ भन्ने मानसिकताले जरा गाडेको छ । आफ्नो गुणगान गाउने व्यक्ति मात्र जुनसुकै पदमा पनि योग्य, कुशल र परिवर्तनकारी देख्नु भनेको ‘भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देखेझैँ’ मात्र हो । हरेक राजनीतिक पार्टी र नेतृत्वको कमजोर पक्ष भनेको यही हो । यसको समाधान गर्नुभन्दा पनि यसलाई मलजल गर्ने चिन्तन नै घातक रहेको छ ।

राजनीतिक पार्टी मात्र होइन हरेक क्षेत्रमा गुटबन्दी समान्य बनिसकेको छ । व्यक्तिको चेतनास्तर, योग्यता, क्षमता होइन, हाम्रो व्यक्ति मात्र हुनुपर्दछ भन्ने मानसिकताले जरा गाडेको छ । आफ्नो गुणगान गाउने व्यक्ति मात्र जुनसुकै पदमा पनि योग्य, कुशल र परिवर्तनकारी देख्नु भनेको आँखा फुटेको गोरुले सधैँ हरियो देखेझै हुनु मात्र हो । हरेक राजनीतिक पार्टी र नेतृत्वको कमजोर पक्ष भनेको यही हो । यसको समाधान गर्नुभन्दा पनि यसलाई मलजल गर्ने चिन्तन नै घातक छ । जबसम्म हाम्रो होइन राम्रो हुनुपर्दछ भन्ने मानसिकताका विकास हुँदैन, तबसम्म समाज र देशमा अस्थितरता, भष्टाचार र अराजकताले प्रस्रय पाइरहन्छ । यसले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सधैँ समाज र देशलाई नै असर गरिरहेको छ । जुन अत्यन्त हानिकारक तत्व हो । स्वच्छ प्रतिष्पर्धाभन्दा पनि मुढेबलको, गुण्डागर्दी प्रतिष्पर्धा अति नै घातक हुन्छ भन्ने कुरा जबसम्म राजनीतिक दलका मुख्य नेतृत्वकर्ता र सरकारको नेतृत्वले बुझन सक्दैन तबसम्म देश र समाजमा अराजकता, स्थिरता भइरहन्छ । प्रतिस्पर्धा विचार, क्षमता, योग्यता, कुशलता र दृष्टिकोणमा हुनुपर्दछ । भौतिक, आर्थिक र पाखुरामा होइन । कुनै पनि असक्षम व्यक्ति पदमा पुगिरहँदा निश्चित समय र वर्षका लागि मात्र असर पर्ने होइन कि त्यसको असर दीर्घकालसम्म पर्दछ भन्ने कुरा अब बुझन ढिला गर्नुहुँदैन । कुनै पनि समाजमा रहने व्यक्तिको सम्पन्नता, योग्यता, क्षमता र कुशलताले उसको एक पुस्तालाई मात्र होइन, धेरै पुस्तासम्म यसको प्रभाव र असर परेझैँ नेतृत्वकर्ताको योग्यता क्षमताले लामो समयसम्म प्रभाव पार्ने कुरा स्वयंसिद्ध तथ्य हो ।

‘विषवृक्ष रोपेर अमृतको आशा र अपेक्षा राख्न नसकिएझै’ अयोग्य, असक्षम, अदुरदृष्टि व्यक्तिको चयन गरेर समाज र देश निर्माण गर्छु भन्नु मुर्खता बाहेक केही हुन सक्दैन । जनप्रतिनिधिको चयनले पनि नेतृत्वको क्षमतालाई उजागर गर्दछ । लामो समयपछि हुन लागेको स्थानीय निकायको चुनावमा इच्छा व्यक्त गर्नु अत्यन्त सराहनीय भए पनि त्यो पदको भूमिका, गरिमा र व्यक्तिको योग्यता, क्षमता, निपुणता र कार्यकुशलतालाई मुख्य आधार बनाएर चयन गर्नु नै समाजका लागि हित हुनेछ ।

२१औँ शताब्दीको यो अन्तरालसम्म आइपुग्दा हिजोको नेतृत्वले पुरानै दृष्टिकोण र मान्यतालाई अगाडि सार्नु भनेको नेतृत्वको चरम असफलता र चेतनाविहीनताको परिचय हो । जुन भए पनि हाम्रो हुनुपर्ने भन्ने मान्यता भन्दा पर रहेर अहिलेको स्थानीय निकायको चुनावमा जनप्रतिनिधिलाई छान्नु नै अहिलको आवश्यकता हो । नेतृत्वको क्षमताको मापन गर्ने भरपर्दो माध्याम पनि बनेको छ यो चुनाव । ‘विषवृक्ष रोपेर अमृतको आशा र अपेक्षा राख्न नसकिएझैँ अयोग्य, असक्षम, अदुरदृष्टि व्यक्तिको चयन गरेर समाज र देश निर्माण गर्छु भन्नु मुर्खता हो ।

जनप्रतिनिधिको चयनले पनि नेतृत्वको क्षमतालाई उजागर गर्दछ । लामो समयपछि हुन लागेको स्थानीय निकायको चुनावमा इच्छा व्यक्त गर्नु अत्यन्त सराहनीय भए पनि त्यो पदको भूमिका, गरिमा र व्यक्तिको योग्यता, क्षमता, निपुणता र कार्यकुशलतालाई मुख्य आधार बनाएर चयन गर्नु नै समाजका लागि हित हुनेछ । सधैँ हाम्रो मात्र राम्रो भन्ने परिपाटीबाट मुक्त भएर अब साच्चै राम्रो र नेतृत्व गर्न सक्ने क्षमताको व्यक्ति चयन गर्नु नै सबैका लागि सकारात्मक पाटो बन्नेछ । अवसर र समयमा उचित निर्णय गर्न नसक्ने अनि गर्न सकेन भनेर भन्नु भनेको नेतृत्वकर्ताको नै असफलता हो । सधैँ असफलतामा नै रमिरहने कि, यथार्थपरक र नवीनतम परिवर्तनमा भूमिका खेल्ने ? विगतमा खेलेको भूमिका, त्यसले पारेको सकारात्मक तथा नकारात्मक प्रभावलाई मुल्याङ्कन गर्नु नै अहिलेको आवश्यकता हो । आजको नयाँ पुस्ताले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । नयाँ पुस्तालाई पनि थाहा छ, एउटा माघले जाडो जाँदैन । हरेक वस्तु र व्यक्तिको भूमिका निश्चित समयसम्मका लागि मात्र हुनेछ भन्ने कुरा भुल्न हँुदैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल