स्थानीय जनप्रतिनिधिलाई काम गर्न अन्योल : के–के प्रशिक्षण दिइँदै छ ?

स्थानीय जनप्रतिनिधिलाई काम गर्न अन्योल : के–के प्रशिक्षण दिइँदै छ ?

जेठ २६, काठमाडौं – सरकारले स्थानीय तह ऐन र नियमावली समयमै जारी नगर्दा पहिलो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई काम गर्न गाह्रो भएको छ । तत्काल काम गर्न स्थानीय कार्य सञ्चालन निर्देशिका जारी गरेपनि सबै जनप्रतिनिधिको हातमा नगुग्दा प्रभावकारी काम हुन नसकेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बिहीबार धुलिखेलमा आयोजना गरेको स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिले काम गर्ने विषयमा अलमलता देखिएको बताए । अभिमुखी कार्यक्रममा ३ नम्बर प्रदेशका १३ जिल्लाका प्रमुख र उपप्रमुख गरी एक सय १८ सहभागी थिए । तीन दिने कार्यक्रम शनिबारसम्म सञ्चालन हुनेछ ।

स्थानीय तहका जनप्रतिनिधिलाई के–के प्रशिक्षण दिइँदै छ ?
प्रशिक्षणमा स्थानीय तहका जनप्रतिनिधिलाई संघीयता र स्थानीय शासन, स्थानीय शासन सञ्चालन तथा व्यवस्थापन, स्थानीय तहमा सदाचार एवं सुशासन प्रवद्र्धन, स्थानीय तहमा वित्त व्यवस्थापन, योजना निर्माण तथा कार्यान्वयन, बजेट तर्जुमा स्वीकृति र कार्यान्वयका विषयमा तालिम दिइनेछ । त्यसैगरी, स्थानीय तहमा पूर्वाधार विकाससम्बन्धी मापदण्ड, विधायिकी, कार्यपालिकी एवं न्यायिक कार्यसम्बन्धी व्यवस्था, इगर्भर्नेन्स र आइटी बेस सेवा र ग्रामीण तथा सहरी विकासका विविध आयामका विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूले तालिम दिने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मुख्य–सचिव सोमलाल सुवेदी र महालेखा परीक्षक कार्यालयका महानिर्देशक टंकमणि शर्माले बिहीबार स्थानीय तहका विविध विषयमा जानकारी गराएका थिए । अभिमुखीकरण कार्यक्रममा पूर्वमुख्य–सचिव विमल कोइराला र स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललगायत स्थानीय तहसम्बन्धी विज्ञले प्रशिक्षण दिने भएका छन् ।

स्थानीय तहका विषयमा पर्याप्त ज्ञान नहुँदा समस्या
भक्तपुरको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकामा सामाजिक कामलाई प्राथमिकता दिई चारवटा सुधारका काम अगाडि बढाए । तर, स्थानीय तहका विषयमा पर्याप्त ज्ञान नहँुदा विश्वासका साथ काम गर्न नसकिएको उनको भनाइ छ । ‘पहिलोपटक धेरै अधिकार दिई स्थानीय तह बनाइएकाले काम गर्न अयोलमा परेका छौँ,’ श्रेष्ठले भने, ‘प्रमुखलगायत अरू पदाधिकारीले के–के गर्ने भन्ने विषयमा समस्या छ ।’

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रभावकारी काम गर्न विज्ञहरूको टोली बनाएको बताए । स्थानीय तहलाई पहिलोपटक धेरै अधिकार दिई गठन गरेकाले काम गर्न विज्ञ समूहको गठन गरेको उनको भनाइ छ । नुवाकोटको बेलकोट नगरपालिकाकी उपप्रमुख कविता ढुंगानाले सिहंदरबारको अधिकार गाउँगाउँमा पुर्याउन आफैँमा चुनौतीपूर्ण रहेको बताइन् ।

आफूलाई मत हाल्ने-नहाल्ने दुवैलाई समान व्यवहार: स्थानीय विकासमन्त्री

संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छादारले आफूलाई मत हाल्ने र नहाल्ने दुवैलाई समान व्यवहार गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । धुलिखेलामा बिहीबारदेखि तीन दिनसम्म आयोजना गरेको स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्री गच्छादारले यस्तो बताएका हुन् ।

‘तपाईंहरू जुनसुकै पार्टीबाट विजयी भए पनि आमसर्वसाधारणलाई राम्रो काम गरेर देखाउनुस्,’ गच्छदारले भने, ‘राम्रो काम गरेमा मन्त्रालयबाट जस्तोसुकै सहयोग गर्न तयार छु ।’ स्थानीय तहलाई आवश्यकता परेमा थप अधिकार दिन सकिने स्पष्ट पारे ।

मुख्यसचिव सोमलाल सुवेदीले स्थानीय तहलाई धेरै अधिकार दिएकाले काम गर्न नसकेमा समस्या आउन सक्ने बताए । उनले इन्डोनेसियालगायत धेरै मुलुक संघीयताबाट केन्द्रीकृतमा आएकाले राम्रो काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गरे ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले संघ, प्रदेश र स्थानीय तहमा विरोधीले विभाजन ल्याउन सक्ने भएकाले चनाखो हुनुपर्ने बताए । आफ्नो क्षेत्राधिकारक

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल