म्यादी प्रहरीले गरे नाराबाजी

म्यादी प्रहरीले गरे नाराबाजी

जेठ २४, ललितपुर – स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । आजको कान्तिपुरमा खबर छ ।

सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे ।

आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ ।

ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । तलब, विभिन्न शिर्षकका भत्तासहित कुल ५२ हजार ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल