जेठ २४, काठमाडौं – कतारमाथिको कूटनीतिक संकटपछि त्यहाँ कार्यरत नेपाली नागरिक समस्यामा परेको गुनासो भने नआएको परराष्ट्र मन्त्रालयले बताएको छ । ‘हामी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासस“ग निरन्तर सम्पर्कमा रहेर रिपोर्टिङ लिइरहेका छौँ,’ मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, ‘अहिलेसम्म नकारात्मक खबर केही पनि आएको छैन ।’ आजको नयाँ पत्रिकामा खबर छ ।
हवाई भाडा बढ्ने आशंका
कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका मुलुकका वायुसेवा कम्पनीले कतारको दोहामा हुने सबै उडान रद्द गरेपछि नेपाल–दोहा गन्तव्यको हवाई भाडा वृद्धि हुने आशंका बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार खाडी मुलुकका वायुसेवा कम्पनीले नेपालबाट दोहा जाने यात्रुको टिकट काट्न बन्द गरिसकेका छन् ।
तर, त्यहाँ पुग्ने विकल्प भने बन्द भइसकेको छैन । ‘अब वायुसेवा कम्पनीले मौकाको फाइदा उठाउँदै दोहा गन्तव्यको भाडा बढाउन सक्छन्,’ एरोलिना ट्राभलका प्रबन्ध निर्देशक तथा सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेसन (सोट्टो) नेपालका निर्वतमान अध्यक्ष यमबहादुर खड्का भन्छन्, ‘यसलाई नेपाल एयरलाइन्सले हस्तक्षेप गर्न सक्नुपर्छ ।’ एयर इमिरेट्स, इत्तिहाद एयर, एयर अरेबिया र फ्लाई दुबईले दोहा उडान रद्द गरेका छन् ।
अब कतार उड्ने र नेपाल फर्कने उडान
काठमाडौं–दोहा : कतार एयरलाइन्स
काठमाडौं–दोहा : नेपाल एयरलाइन्स
काठमाडौं–दोहा : हिमालय एयरलाइन्स
काठमाडौं–ढाका–दोहा : विमान बंगलादेश
काठमाडौं–मस्को–दोहा : ओमन एयर
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..