एउटै पदका लागि बाबु छोराको भिडन्त

एउटै पदका लागि बाबु छोराको भिडन्त

जेठ २३, प्युठान – प्युठान नगरपालिका डा नम्बर ९ मरन्ठानामा बाबु छोरा फरक फरक दलबाट वडाध्यक्षका उम्मेदवार बनेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

बुबा भरतबहादुर केसी नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यासी हुन् भने उनका छोरा बाचुन केसी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षकै पदका लागि उममेदवारी लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

दुवैजानाले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

‘छोरालाई उम्मेदवारी फिर्ता गरेर मलाई सहयोग गर भनेँ तर मानेन,’ ६४ वर्षीय बाबु भरतले भने, ‘कांग्रेस छाडेर राप्रपाबाट उठ्नुस अनि मात्र समर्थन गर्छु भन्यो ।’

०५२ सालदेखि कांग्रेस राजनीतिमा लागेका उनले पार्टी परिवर्तन गर्न नसक्ने बताएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । बिपीको विचार र सिद्धान्त मन परेर कांग्रेसमा लागेको उनको भनाइ छ । उनले आफूले ९० प्रतिशत मतदाताको मत ल्याएर जित्ने दावीसमेत गरे ।

४० वर्षीय छोरा बाचुन  विद्यार्थी  जीवनदेखि राजनीतिमा लागेका थिए । उनलाई राप्रपा सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार उठाएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल