रामराज्यपुरकी दुई बालिकाको शंकास्पद मृत्यु

रामराज्यपुरकी दुई बालिकाको शंकास्पद मृत्यु

जेठ २२,भरतपुर – चितवनको माडी ६ रामराज्यपुरकी ११ बर्षीया दीपशिला परियार र १० बर्षीया दीपिका सुनारको शनिबार शंकास्पद मृत्यु भएको छ । आजको कान्तिपुरमा खबर छ ।

दुईमध्ये एकको बलात्कारपछि हत्या गरिएको भन्दै पीडित परिवारले अधिकारकर्मीको पहलम छानबिनका लागि आइतबार जिल्ला प्रहरीमा जाहेरी दिएका छन् ।

पोखरीमा डुबेको अवस्थामा फेला पारे पनि बालिकाको शरीर, आँखा र योनांगबाट रक्तस्रव देखिएको छ ।

प्रहरीले आशंकामा दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल