चक्रव्यूहमा मधेस आन्दोलन

  |   ज्योति अनुज झा

चक्रव्यूहमा मधेस आन्दोलन

File photo

मधेसको राजनीति कङ्ग्रेस र एमालेले दिने दयाको भीखजस्तो भएको छ । मधेसकै राजनीतिक अगुवाको माग मधेसकै एनजीओ अगुवाहरूको दृष्टिकोणभन्दा पृथक् छ । मधेसवादी दलले फेरि सङ्घीयता, सीमाङ्कन, नागरिकता विषयक मुद्दामाथिको बहस सुरु गरेका छन् । यसले तिनै मुद्दा कमजोर पो हुन् कि भन्ने प्रश्न उठ्न थालेको छ । त्यस्तो महसुस गर्नेहरू मधेसी नागरिक कङ्ग्रेस र एमालेसँग नजिकिन थालेका छन् । नागरिकताको विषयमा दिपेन्द्र झा, रिता साहहरूको विमति छ भने राजनीतिक दलहरु अङ्गीकृतको मुद्दा हाम्रो माग होइन भनेर मिडियामा प्रस्तुत हुन थालेका छन् ।

संशोधन दर्ताको विषयले युवा प्रतिनिधित्व मानिने अधिकारवादीहरुको जमातमध्येका दिपेन्द्र झाले उपलब्धि ठानेका छन् । यसलाई आफ्नो पोल्टामा राखेर अगाडि सङ्घर्षको निम्ति अघि बढ्नुपर्ने कुरा सामाजिक सञ्जाल फेसबुक स्टाटसमा उल्लेख गर्दै आएका छन् ।
मधेसी राजनीतिक दलहरूको सङ्घठन सङ्घीय गठबन्धनबाट उपेन्द्र गुट विस्तारै बाबुराम भट्टराईको नयाँ शक्तिसँग नजिकिँदै गएको हुँदा गठबन्धनभित्र मनोमालिन्यता झनै बढ्ने देखिन्छ छ । उपेन्द्र र भट्टराईको संयुक्त प्रेस विज्ञप्तिले सो आधार पनि प्रष्टयाइ नै दिएको छ ।

हुन त तिनिधित्वको सवाल, संशोधन दर्ताको औचित्यता मधेसको निम्ति ठूलो बहसको विषय पनि हो । यहीँ अवस्थामा मधेस ठूलो रणनीतिक धरापमा फस्दै गएको तथ्य सबैका सामु प्रष्ट छ । जसको मार सम्पूर्ण नेपालीले व्योहोर्नु पर्नेछ । त्यति बेलाको मार कुनै अन्य देशले खेप्न मान्ने छैनन् ।

–संशोधन दर्ता र मधेसको राजनीति
६ महिना पहिलेको स्थिति र हालको स्थितिमा निकै फरक देखिएको छ । अहिले मधेसको राजनीतिक भूगोलमा कङ्ग्रेसको ध्रुवीकरण बढ्न थालेको छ । त्यसको ठूलो कारक तत्व मानिन्छ कङ्ग्रेस सम्बद्ध मधेसी गृहमन्त्री विमलेन्द्र निधि । हालको संशोधन प्रस्ताव दर्ता पछाडि निधिकै पूर्ण हात रहेको मान्नेहरुको सङ्ख्या ठूलो छ । ६ महिने मधेसको कठोर सङ्घर्षपश्चात पनि शून्य हात लागेको अवस्थामा नाम मात्रको भए पनि मुद्दा सुनुवाइ ‘दर्ता’ भन्ने शब्दमै मधेसलाई आह्लादित पार्न खोजिएको र केही भएको अवस्था पनि छ ।
मधेसमा फेरि कङ्ग्रेसको सरगर्मी बढेको छ । यसको श्रेय लिन मधेसवादी पछाडि परेका वा चुनावी रणनीति हुनसक्छ ।

सबल आन्दोलनको नेतृत्व वर्ग मधेसवादीको पदीय आचरणले गर्दा मधेसभित्र नेतृत्वप्रति जनगुनासा निकै बढेका छन् । कुनैबेला संविधान नमान्ने तर प्रक्रियामा सामेल हुने, त कुनै बेला कङ्ग्रेस र एमाले विरुद्ध जाइलाग्ने र फेरि स्वागत गर्नेजस्ता विरोधाभाषपूर्ण राजनीतिले प्रष्ट नेतृत्वको खोजीमा रहेका मधेसी जनता ६ महिने आन्दोलनको उपलब्धि नाम मात्रको हुने हो अथवा ‘दर्ता’ भएको विधेयक कङ्ग्रेसले पास गराइदिए सम्पूर्ण आन्दोलनको जस पाइन्छ भन्ने उद्देश्यले धेरैको छ ।

–नेपाली कङ्ग्रेस र निधिको व्यवहार
मधेसमा विमलेन्द्र निधिले चालेको अहिलेको पाइलालाई ओली मन्त्री भएपछि चालिने कदम ठानिएको थियो । तर निधिले आफ्नो कार्यकालमा सो संशोधन दर्ता र पास गराइदिए मात्र आन्दोलनताका गौण छवि पूर्ण सुधारिएर कङ्ग्रेसको किल्ला मधेसमा अझ मजबुत हुने अवसर पनि हो । अर्को, निधि आबद्ध मधेस व्यक्तित्वको छनौटसमेत निधिको क्षेत्र छविका लागि अति महत्वपूर्ण छ ।

–के हुँदैछ मधेसमा ?

अहिले मधेस पूर्ण रुपले दोधारको अवस्थामा छ । एक जमात यो धोकापूर्ण दर्ता हो । यसमा झापा मोरङ, सुनसरी समेटिएको छैन । प्रतिनिधित्व विषय अझै असमान रहेको छभन्दै यो दर्तालाई, कागलाई बेल पाक्यो हर्ष न बिस्मतको रुपमा लिएका छन।

मधेसवादीको उक्त विरोधलाई आफ्नो प्रेस विज्ञप्ति मार्फत असहमति जनाएका छन् । तिनको विश्वसनियतामा माथि मधेसमा फेरि ठूलो प्रश्न चिन्ह खडा भएको छ।
प्रश्नचिन्ह उठ्नुका कारणहरूः
१. आन्दोलन पछाडि मधेसविरोधी राजनीतिक दलसँग साठगाँठ गरेको आरोप ।
२. अस्वीकार्य संविधानलाई अपनाएको ।
३.आम मधेसीको जनभावना बुझ्न न आएको।
४.भोगविलासबाट टाढा हुन न सकेको ।
५. मधेस मुद्दाभन्दा पार्टी प्रवेश कार्यक्रमलाई ग्राह्यता दिएको ।
६. गैरराजनीतिक दललाई समेट्न न सकेको ।
७. ओलीको चियापान समारोहमा हर्षित मन सामेल भएको । कङ्ग्रेस र एमालेसँग सम्बन्ध स्थापित गर्दै स्थानीय मधेसवादी दलका नेताहरू प्रतिको शंका ।
८. संशोधन दर्ता, विरोध, आन्दोलन अल्टिमेटम नाटक भएको विश्वास । इत्यादि !
अर्थात, मधेसवादी पुनः पहिलेकै अवस्थामा फर्किएको छ । आन्दोलन चाहँदा पनि जनसर्थन कमजोर हुँदै गएको अवस्था छ । त्यसैले उनले सुरु गर्ने आन्दोलनलाई महिना बितिसक्दा मात्र आम मधेसी सघाउने मनसायमा देखिएका छन । यसभन्दा पूर्वको आन्दोलनमा जनताले लेट नै समर्थन जनाएका थिए स्मरण रहोस।
तर पनि पटक–पटकको हत्या हिंसाको शृङ्खलाबाट मधेसी जनता आन्तरिकरुपले मुक्ति चाहन्छन् ।
मधेसलाई नयाँ फड्को मार्न सुझाव दिनेहरुको एक वर्ग पनि छ जसले आर्थिक र प्राविधिक सबलीकरणतर्फ लागे मात्र मधेस अधिकारको लडइँ लड्न सक्ने स्थितिमा पुग्न सक्ने भने विचारधारामा विश्वास गर्छन् । अतः मधेसवादीबाट सो कार्य असम्भव देख्दैछन् ।

–सीके राउत पथ
शासकको दयापात्र भइरहेको सोचाइले मधेसमा जरो गाडेको अवस्था छ । यसलाई सीके राउतको मागले नै शासकलाई तह लगाउन सक्छ भन्ने विचार फैलिँदै गएको छ । सांसद अभिषेक प्रताप साह त्यसकै उपज हुन् ।
राउत पछाडि जनताका लाग्नुका २ मूल कारण हुन्ः
१. ओली प्रवृत्ति हाबी नहुन दिनु ।
२. विनाहत्या हिंसा राज्यलाई थ्रेट दिनु ।
आश्चर्यको कुरो के छ भने राउत नियन्त्रण प्रकरण ओली सरकार र प्रचण्ड सरकार दुवैमा एकनासकै देखिएका छन् ।

– फेरिएको मधेसभित्रका कार्यक्रमः

मधेसमा आन्दोलनको समयभन्दा पनि तीव्र गतिले विभिन्न कार्यक्रम भइरहेका अवस्था छन् । दिनहुँ होटल, एनजीओ आदि ठाउँहरूमा मधेस उत्थान विषयक कार्यक्रमहरु जोडतोडले हुँदै गरेका छन् । पहिलेको कार्यक्रम मधेसवादीहरुको सभापतित्वमा हुने गरेको थियो भने अहिलेको कार्यक्रम कङ्ग्रेसको संयोजक्तवमा हुनेगरेको छ । मधेसदेखि काठमाडौँका फाइब स्टारसम्म घन्टौँ मधेसबारे छलफल र अन्तरक्रिया चल्ने गरेका छन् ।

–मधेस आन्दोलनको उपलब्धि
यसअघिका वर्षको तुलनामा पहाडका पर्यटक मधेस झर्ने र मधेस आन्दोलन हेर्ने गरेका छन् । मधेस आन्दोलनले एकपल्ट फेरि मधेसवादीलाई ‘राजनीतिक हाइट’ प्रदान गरेको छ जसको प्रभुत्व मधेसवादी दलले आगामी दस वर्षका लागि राजनीतिक पकड कायम गर्ने देखिन्छ ।
यस आन्दोलनले काठमाडौंका केही व्यक्तित्वलाई समेत पहिचान दिलाएको छ । यसले मधेसको पक्षमा वकालत गरे पनि तिनै मधेस विरोधीसामु आफ्नो समर्पण जनाएका पनि छन् । आन्दोलनपछि मधेस मामिलामा अनेक कार्यक्रम बहस गर्न पाइएको छ ।

– अहिलेको अवस्था
मधेस आन्दोलनको प्रतिकार गरेका वर्गहरुसँग हातेमालो गरी अहिले मधेसले मध्य मार्गको खोजी गरेको अवस्था छ । यसले अधिकार प्राप्त गर्नेभन्दा पनि मधेसको आन्दोलित मन जसरी पनि निस्तेज पार्न भूमिका खेलिएको भन्ने आरोप छ ।
अतः अब आउन सक्ने अल्पमतले पश्चाताप गर्नुबाहेक कुनै विकल्प नरहने स्थिति छ । त्यतिबेला कङ्ग्रेस र एमालेलाई दोषारोपण गर्न दण्डहीनता, बिडम्बना, अदूरदर्शिताबाहेक केही पनि हुने छैन ।

–चक्रव्यूहमा मधेस
मधेस सर्जक आफै कङ्ग्रेस, राउत, एमाले र मधेसवादीको चक्रव्यूहमा फस्दै गएका छन् । अधिकारको आन्दोलनबाट कोशौं टाढा हुँदै सत्ता लिप्साको राजनीतितर्फ ढल्किँदै गएका छन् । यसले विस्तारै विस्तारै मधेसवादीको राजनीतिक धरातल कमजोर हुँदै गई मधेस समस्यालाई पुनः कमजोर हुन नदिई यसको उपयुक्त निकास तुरुन्त खोज्नु जरुरी छ ।

जनकपुर

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल