युवा नेतृत्वमा हराउँदै गएको सभ्यता

-  |   तिलक मगर

युवा नेतृत्वमा हराउँदै गएको सभ्यता

देशको विकास हुने या नहुने कुरा राजनीतिक चेतनाले निर्धारण गर्दछ । सुसंष्कृत समाजको निर्माण अथवा अराजक समाजको निर्माण त्यही समाजका प्रतिनिधिले निक्र्यौल गर्दछन् । भोलिको समाज कस्तो बन्दै छ भन्ने कुरा राजनीतिको आधार खोज्दै बामे सर्न आतुर आजको युवाहरुको काँधमा छ । माओ चतुङले “यो संसार अन्तिम अर्थमा युवाहरुको हो ।” भनेझैँ आजका युवाहरु नै भोलिको नेपालका मेरुदण्ड हुन् । यसर्थ भोलिको नेपालको नेतृत्वकर्ता युवाहरुको चिन्तन शैली, अवलम्बन गरिरहेको संस्कृति र व्यवहारबाट नै भोलिको नेपाल कस्तो बन्दैछ भन्ने भविष्यवाणी गर्न सकिन्छ ।

कम्युनिस्टहरु संसार गतिशील मान्छन्, गतिको कारण वस्तुमा निहित अन्तरसङ्घर्ष हो भन्छन् । उनीहरु संसारको हरेक चीजमा रुपान्तरण हुन्छ भन्ने मान्यता राख्छन् । काल माक्र्सकै शब्दमा ‘संसार बदल्नु मुख्य कुरा हो । दार्शनले संसार जान्न र बुझ्न सकिन्छ । तर संसार बुझ्ने चेष्टा आजका युवा राजनीतिकर्मीले गरिरहेका छैनन् । वैज्ञानिक ढङ्गले समाजको विकास क्रम हेर्ने र त्यसलाई वैज्ञानिक ढङ्गले बदल्ने कोशिस आजका युवाहरुले गर्छ कि गर्दैन, ईतिहासले नियालिरहेको छ।

पुरातन संस्कार र संस्कृतिबाट नेपाली समाज पूर्णरुपमा मुक्त हुन सकेको छैन । पुराना कुराहरु तोडिँदै गएका पनि छन् तर नयाँलाई स्विकारिँदै पनि छन् । आजको युवा पुस्ता पूर्ण रुपले नयाँको खोजीमा छन् । तर उनीहरु नयाँको अन्वेषणतिर होइन कि तुच्छ गालीगलौजतिर समय खर्चिराखेका छन् । विडम्बनाको कुरा युवा नेतृत्वको दिमागमा सभ्य र विकसित समाजको सपना छैन । केवल विचलित मानसिकता र अराजक सांस्कृतिक व्यवहार छ । त्यही मानसिकताको एउटा प्रतिनिधि पात्र आरसी लामिछाने हुन् । उनी अनेरास्ववियुको केन्द्रिय सचिव तथा प्रवक्ता हुन् ।

प्रजातान्त्रिक व्यवस्थामा आफूलाई लागेको कुरा भन्न पाउनुपर्छ । तर यी व्यक्तिले केही युवाको माझमा प्रचण्डको टाउको काटेर फुटबल खेल्ने भनेर चिच्याए । यसले उनको राजनीतिक चेतनाको स्तर कस्तो रहेछ भन्ने दर्शाएको छ । एउटा राजनीतिक नेतृत्व गर्ने व्यक्तिको भाषा, शैली र चिन्तन र अभिव्यक्ति गल्लीहरुमा आफ्नो हैकम चलाउन खोज्ने छोटे डन जस्ता देखिनु स्वभाविक होइन ।

विद्यार्थीहरु सत्यको खोजी गर्ने वर्ग हुन् । यो नयाँपनलाई सजिलै ग्रहण गर्ने र राष्ट्र समृद्धिको रेखाङ्कन गर्ने भावि दक्ष जनशक्ति पनि हो । तर यिनले नै आम विद्यार्थीलाई गुण्डागर्दी सिकाएउनु कतिको सही हो ? आज नेपालले खोजेको युवा नेता यस्तै हो ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल