ब्लग : नेपाली ‘ट्रम्प’ बन्लान् ओली ?

-  |   नरेन्द्र चुदाली

ब्लग : नेपाली ‘ट्रम्प’ बन्लान् ओली ?

narendra paudelकुनै सन्तानलाई आमाको मायाप्रति प्रश्न उठाउनु कहिल्यै सान्दर्भिक हुँदैन । किनभने एउटा सन्तानको आमाप्रति सद्भाव र मायालाई दुई चार अक्षरमा सीमित गर्न सकिँदैन । त्यसरी नै जनताको लागि राजनीतिमा होमिने नेतालाई पनि देशप्रेमप्रतिका सवाल फगत सावित हुनुपर्ने हो । तर अपसोच हाम्रो देशमा देश र जनताको लागि भनेर राजनीतिमा होमिने नेतृत्वप्रति राष्ट्रप्रेमका सवालहरु प्रशस्तै उठ्ने गरेका छन् । चाहे त्यो त्रिभुवन वीरेन्द्र र महेन्द्र युग किन नहोस या त बीपी, गिरिजा र अहिलेका केपी, प्रचण्ड र शेरबहादुर युग किन नहोस् । सबै युगमा राष्ट्रवादका कुराहरु चर्कैसँग उठ्ने गरेका छन् ।

सायद यी पुस्ताका पात्रहरु राष्ट्रप्रति देखाउनुपर्ने उत्तरदायित्वमा पटक पटक विचलित भएकैले यस्ता सवालहरुको जबरजस्त जन्म भएका होलान । नत्र देश र जनताको कसम खाएर नेतृत्वमा पुग्ने पात्रहरुको चरित्रमा यस्ता सङ्गीन सवाल नजन्मनु पर्ने हो । हाम्रो देशमा राष्ट्रवादी र राष्ट्रघातीको पनि विचित्रको संयोग हुने गरेको छ । कुनै कालखण्डमा घनाघोर राष्ट्रघातिका रुपमा चित्रित गरिएको नेतालाई अर्को कालखण्डमा राष्ट्रवादी नेताको रुपमा चित्रितगरिन्छ भने कुनै कालखण्डमा देशभक्त भनेर उपमा दिइएको नेतालाई अर्को कालखण्डमा राष्ट्रघाती जस्तो अप्रियबिल्ला भिराउन पछि परिदैन् । हामीकाहा यस्तो संवेदनशील विषयलाई राजनीति गर्ने अस्त्र बनाइन्छ र यसैमा टेकेर निहित स्वार्थ पुरा गरिन्छ ।

अहिले संविधान जारी भएर कार्यान्वनका कुराहरु अगाडि आइरहँदा पनि हाम्रो देशमा राष्ट्रवादका सवालहरुले ठूलै स्थानपाएको छ । कुनै बेला भारतसँग सुरुङयुद्ध लड्छु भनेर कुर्लिने प्रचण्डलाई अहिले आम जीवनमा लम्पसरावादको खोल ओडाइदिने प्रयास भइरहँदा कुनै बेला माहाकाली बेच्ने राष्ट्रघाती भनेर आरोप लगाइने केपी ओलीलाई राष्ट्रवादी नेताको रुपमा चित्रित गरिन् थालिएको छ । जुनसुकै देशका जनतालाई आफ्नो देशप्रति अथाहा माया हुन्छ । त्यसरी नै केपी ओलीले नाकाबन्दीका बेला माभारतविरुद्ध देखाएको अडान, नागरिकता, सीमाङकन र अन्य राष्ट्रहित विपरीतका कुराहरुमा मधेसवादी दलहरुले उठाएका एजेन्डमा केपी ओलीको कडा प्रतिवादले गर्दा उनको उचाई अहिले राष्ट्रवादी नेताको रुपमा जबरजस्त रुपमाउदाएको कुरालाई नकार्न सकिँदैन् ।

राष्ट्रवादलाई राजनीतिक भर्याङ बनाउने नेपाली नेताहरुको परम्परालाई तोडेर केपी ओलीे अहिले वास्तविक रुपमै देशहितमा अगाडि बढेका हुनभने त्यो एकदमै सकारात्मक कुरा हो । मधेसको अधिकारको नाममा समग्र मधेसी जनताको भावनाविपरीत मधेसवादी दलहरुले केही राष्ट्रहित विपरीतका कुराहरु उठाएकै हुन् । त्यसलाई रोक्नु अहिलेको आवश्यकता हो । पहाडलाई मधेसमा मिलेर बस्न कुनै आपत्तिन हुने तर तराईलाई पाहाडसँग छोइनै नहुने जस्तो मधेसवादी दलहरुको तर्क अतिवादी नै हो । यसमा केपी ओलीको अडानलाई अन्यथा लिनु आवश्यक छैन । तर समावेशी लगायतका मधेसका जायज सवाल भने सम्बोधन हुनै पर्छ ।

राष्ट्रवाद र राष्ट्रघातका कुराहरु पछिल्लो समयमाझ नै सुनिन थालेका छन् । जब मधेसले अधिकारको लडाइँ लड्छ र अधिकारको लडाइँमा अगाडि आउन खोज्छ । त्यसमा राष्ट्रवाद र राष्ट्रघातका कित्ताहरु अझ फराकिलो रुपमा छुट्टिने गरेका छन् । हाम्रो सन्दर्भमा राष्ट्रवादलाई छिमेकी भारतको सम्बन्धका आधारमा परिभाषित गर्ने गरिएको छ । यसको मतलब जसले भारतको चर्को विरोध गर्छ त्यो राष्ट्रवादी र जो भारतप्रति अलि नरम छ त्यो राष्ट्रघाती हुने आमबुझाइ छ ।

जुन तथ्यगत र विवेकपूर्ण हुन सक्दैन । राष्ट्रवादलाई समग्र देश र जनताको हितको सवाल र अन्तर्राष्ट्रिय समानान्तर सम्बन्धको आधारमा परिभाषित गर्नु पर्नेमा त्यसको इन्डिकेटर भारतलाई बनाउनु निकै गलत र पराधीन सोचको उपज हो ।
यदि नेपथ्यमा कुनै राजनीतिक अभीष्ट र रणनीतिहरु पूरा गर्न केपी ओलीले अहिले राष्ट्रवादको अस्त्र प्रयोग गरेका हुन् भने इतिहासले ओलीलाई उदाङ्गो पार्ने निश्चित छ ।

तर केपी ओलीको पछिल्लो समय देखिएको राष्ट्रवादी छवि इमानदार रुपमा देश विकास, समृद्धि र राष्ट्रियताका पक्षमा नै हो भने ओली नेपाली ट्रम्प बन्ने निश्चित छ । तर उग्र राष्ट्रवाद र अतिवाद प्रतिउत्पादक हुन्छ भन्ने कुरा ओलीले समयमा बुझ्नै पर्दछ । आम जनताको आशा यो पनि हो कि देशका लागि आफ्नो जीवनका धेरै समय खर्च गरेका नेताहरुप्रति यस्ता राष्ट्रघाती जस्ता अप्रिय शब्दहरु प्रहार नहुन् । यस्तो वातावरणको सिर्जना हुन नदिने जिम्मेवारी नेतृत्वकै हो । देशको नेतृत्व गर्ने कोही कतैबाट राष्ट्रहित विपरीतका क्रियाकलाप नहोस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल