मृत्युसंस्कार परिवर्तनमा समाजको भूमिका

वविता थापा  |   -

मृत्युसंस्कार परिवर्तनमा समाजको भूमिका

पत्रपत्रिका, सामाजिक सञ्जाल अदिमा आजभोलि आफन्त बितेका समवेदना, सम्झनाका पोस्टहरू देखिन्छन्, सुनिन्छन् । हरेक त्यस्ता पोस्ट हेर्दा त्यो परिवारप्रति माया जाग्छ, समवेदना आउँछ । हुन त जन्म र मृत्यु आफ्नो हातमा हुँदैन । दिन आएपछि कसैको केही लाग्दैन । जब आफन्तहरु साथमा हुन्छन्, यी दुई यथार्थमा हाम्रा धर्म संस्कारसँगै जोडिएर आउने क्रियाकलाप कतिपय अवस्थामा सहज भइदिन्छन् र कतिपय अवस्थामा असहझ भइदिन्छन् ।

babita
करिब एक महिनाका अन्तरालमा हाम्रो परिवारका दुई सदस्यको मृत्युसंस्कारका क्रममा धर्मसंस्कार गर्दाले आफन्त, मान्यजनका सल्लाह, सुझावले हामीलाई अति नै कठिन बनायो । हुन त म जन्ममृत्युसँग संस्कार सम्बन्धी जानकार व्यक्ति त होइन तर तर यसको चित्त बुभm्दो कारण नभेट्दा केही खुल्दुली भइरहेको छ ।

जब व्यक्तिले परिवारको अभिन्न सदस्य गुमाउँछ, परिवारमा आलो घाउसर पीडा र रोधन हुन्छ । यी पीडालाई कम गर्न धेरैजसो आफन्तजन, साथीसङ्गी, छरछिमेकीका सहानुभूति र समवेदना पाउछौँ । तर दुःखका घडीमा वरिपरि बसेका केही आफन्तजन व्यवहारले नै पीडालाई झन् बढाउने रहेछ । त्यसैले सहानुभूति जनाउन पुगेकाहरुले नै संयमित अनि संवेदनशील नबनी व्यक्त गरेका भावनाले पीडा कम गर्नुका सट्टा बढाउदो पो रहेछ ।

हाम्रा धर्म संस्कृतिका अनि कर्मकाण्डमा परिवारले असहज महसुस गरेका कतिपय विधिविधान देखाउनैका लागि यसको अनुयायी हुन दबाब दिनु न्यायोचित होला ? विधवालाई सामाजिक तिरस्कारबाट बचाउन, रातो साडी चोलो, पोते दिई सम्मान गर्ने लहर चलेको बेलामा आफ्ना श्रीमान गुमाएका महिलालाई मृतआत्माका शान्तिका लागि भनी सेतो लुगा लगाउन बाध्य पारिने कार्य कदापि न्यायोचित हुँदैन । बाचुन्जेल म मरे पनि तिमी अहिलेझैँ बस्नु भनी बितेका श्रीमान भनेका हुन्छन् तर आफन्तजनबाट लादिएका सेतो पहिरन र छुवाछूतले कसलाई शान्ति दिन्छ ।

९० वर्षिया हजुर आमालाई श्रीमान वितेपछि सेतो लुगा लगाई कठोर कर्ममा लगाउनु कुनै पनि अवस्थामा ठीक हुँदैन । उनका नातेदारबाट तिनको दुख, पीडाको घडीमा उनको स्वास्थ्य कसरी मेन्टेन गर्ने भन्नेतिर लाग्नुपर्छ । यस्ता अशक्तहरुलाई मृत्युसंस्कारका कठिन कार्यहरु लागू गर्न बाध्य पारिनु हुँदैन । मृत्युसंस्कार गर्दागदै ज्यान गएका समाचार हामीले धेरै पढेका सुनेका छौं । पातलो लुगामा बस्नुपर्ने, चिसो भुइँमै सुत्नुपर्ने, अलिनो खानुपर्ने भएर हुन सक्छ ।

यसर्थ यस्ता कठिन संस्कार समय परिस्थिति अनुसार बदल्नुपर्छ । हाम्रा राम्रा कुरा रहिरहून, नराम्रा कुरा हटाउनुपर्छ । हुन त अहिले पहिलेका तुलनामा धेरै कुरा सुधारिएका छन् तर पनि ठाउँ, जातजाति र समय परिस्थिति अनुसार फरक छ । समाज, इज्जत र संस्कारका नाउमा कुलीन भनिएका परिवारमा यस्ता पीडा झन् धेरै छन् ।

परिवारसँगै युरोप, अमेरिकालगायतका अन्य विकसित मुलुक पुगेका कतिपय नारीहरु यहाँभन्दा सुखी र खुशी मैले पाएकी छु । समग्रमा हेर्दा ती खुशी छन्, सुखी छन् । किनभने, आफ्नो कमाइमा रमाएका छन्, यी अनावश्यक धर्म संस्कारका नाममा गरिने कार्य त्यहाँ माने पनि हुने नमाने पनि हुने स्थिति छ । स्वतन्त्र महसुस गरेका छन् । मृतात्माको शान्ति र स्वर्गको द्वार खोल्ने नाममा कुनै नारी १३ दिन मात्रै त हो भनेर बाध्य पारिँदैन ।

त्यसैले यस्ता पीडामा परेका आफन्त, साथीभाइ, इष्टमित्र, छरछिमेकीको भूमिका नजानिदो तवरले पीडालाई मृत्युसंस्कारको पालना कठोर बनाउनु भन्दा समय र परिस्थिति अनुसार सजिलो बनाउनु सबैका लागि सहज र पितृका लागि शान्ति हुनेछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल