जिम्मेवार भई गरौँ राष्ट्र निर्माण

-  |   बाबुराम पन्थी

जिम्मेवार भई गरौँ राष्ट्र निर्माण

baburam-panthiनेपालमा हाल देखिरहेको राजनीतिक अवस्थाले करोडौँ नेपालीको मन खिन्न भएको छ । २०४६ सालको जनआन्दोलनदेखि हालसम्मको राजनीतिक उतार चढावलाई एक सामान्य नागरिकले भोगेको दुःख र अनुभवको महसुस राजनीतिक दलका नेताहरूले कहिल्यै गरेनन् । जनताप्रति उत्तरदायी नभएर, राष्ट्रप्रतिको माया भएर नै हो ।
सामाजिक क्षेत्रमा काम गर्ने निकाय, सरकारी कर्मचारी, शिक्षक, ब्यापारीलगायत सबैले आफ्नो काम, कर्तव्य जिम्मेवारीलाई इमानदारका साथ कार्यसम्पादन गर्ने हो भने हामीले चाँडै नै सम्पन्नता प्राप्त गर्ने छौं । अहिले पछाडि पर्नुको मूल कारक तत्व नै राष्ट्रप्रति जिम्मेवार नभएर नै हो ।

आफ्नो जिम्मेवारीलाई इमानदारी साथ गर्ने हो भने केही सुधार तुरुन्त देखिन्छ भन्ने पछिल्ला उदाहरणहरूमा लालबाबु पण्डितले कर्मचारी तन्त्रमा गरेको पीआर कारवाही, सर्वेन्द खनालको फुटबल म्याच फिक्सङ सम्बन्धी कारवाही, नेपाल प्रहरीको अप्रेसन क्वाक, कुलमान घिसिङको लोड सेडिडङ मुक्त गर्ने सुरूवात, लीलामणि पौडेलको बाग्मती सफाई अभियान, धुर्मुस सुन्तलीको पुनर्वास कार्यक्रम आदि हुन् । एक दुई जना पात्रहरूको सक्रियताले नै यति धेरै राम्रो काम हुन सक्दो रहेछ भने सबै नेपालीको सक्रिय सहभागिताले देशको मुहार फेर्न एक दशक काफी हुने छ ।
नेपालमा राजनीतिक पार्टी र सरकार नै गैह्रजिम्मेवार देखिँदै आएका छन् । मेडिकल क्षेत्रको सुधारमा सम्बन्धित मन्त्री, मन्त्रालय र सिङ्गो स्वास्थ्य संयन्त्रको काम गर्नु पर्नेमा डा. गोविन्द केसी किन अनसन बस्नु पर्ने ?
मिडियाहरूले नागरिकलाई सरकारी निकायबाट के कस्ता गलत काम भइरहेका छन् भनेर सूचना दिने र सरकारलाई खबरदारी गर्ने होइन र ? तर टेलिभिजन, रेडियोलगायत पत्रपत्रिकाहरु समेत तरकारीवालीको पछि लागेर समय बर्बाद गरिरहेका छन् ।
अस्ति समाचारमा आयो विद्युुत प्राधिकरणका कुलमान घिसिङलाई लोडसेडिङ मुक्त गरेकामा कार्यालय छिर्न नदिने रे । नालायक कर्मचारीलाई तुरून्त अयोग्य ठहरिने गरी नोकरीबाट किन निकालिएन ? यिनै हुन् हामीलाई पछाडि पार्ने कारक तत्वहरू ।
नेपाललाई पछाडि पार्ने मुख्य कारक तत्व राजनीति नै हो । हाम्रो राजनीतिक पद्धति र संस्कार सुधार्नु अहिलेको पहिलो आवश्यकता भएको छ । राजनीति पद्धति सुधार गर्न निम्न कार्य गर्नु जरुरी छ ः

१. प्रत्यक्ष निर्वाचित कार्यकारी
२. निर्वाचनमा समानुपातिक प्रणालीको खारेजी
३. थ्रेसहोल्डको व्यावस्थासहित संविधान संशोधन ।
देशको विकाससँग हाम्रा सन्ततीको भविष्य र प्रतिष्ठा जोडिएको छ । तसर्थ नेपाल सरकार, राजनीतिक दल, सांसद, राष्ट्र सेवक कर्मचारी, जनता सबैले आआफ्ना काम जिम्मेवार भई सम्पादन गरौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल