वैदेशिक रोजगारीको फितलो नीतिको असर

-  |   पासाङ तामङ

वैदेशिक रोजगारीको फितलो नीतिको असर

unnamedएक्काइसौँ शताब्दीमा विश्वमा विज्ञान, प्राविधि र सूचना, सञ्चारको विकास चरम चुलीमा पुगिसकेको छ भने विश्वाव्यापीकरण अनि भूमडलीकरणको अवधारणाले अजाको विश्वालाई खुम्च्याएको हामी अनुभव गर्न सक्छौँ, जब विश्वाको विभिन्न ठाउँबाट विविध विशेषता भएको विविध धर्म संस्कृत भाषाको मान्छेहरु एउटै कार्यथलोमा साझा लक्ष्य प्राप्तिको लागि काम गरिरहेका पाउँछौँ । त्यसैले भौगोलिक रूपमा सिमानाहरु याथवात रहे पनि आज विज्ञान प्राविधि सूचना र सञ्चारको विकास कुनै एउटाभूगोलभित्र मात्र सीमित छैन भने अर्कोतिर विश्वको एउटा कुनामा भएको विज्ञान अनि प्राविधिको विकासले दोस्रो मुलुकलाई टेवा पनि अवश्य पु¥याएको छ । परिणाम स्वरूप आज हाम्रो मुलुकको उत्पादन नभए पनि हातहातमा स्मार्ट फोन, ल्यपटप बोक्न सम्भव भएको पनि विश्वाव्यापीकरणकै उपज हो । एउटै मुलुकका मानिस विभिन्न मुलुकमा अनि विभिन्न मुलुका मानिसहरु एकै ठाउँमा काम गरिरहेको अनेकतामा एकताको परिदृश्याहरु हामी देख्न सक्छौँ । त्यसैले यहाँबाट हामी के आँकलन गर्न सक्छौँ भने आजको विश्वाव्यापीकणको युगमा एउटा मुलुकको मान्छे अर्को मुलुकमा गएर काम गर्नु कुनै नौलो विषय हैन ।

अर्थिक, सामाजिक, विज्ञान प्राविधिको हिसाबले अगाडि रहेको अमेरिकी अनि युरोपेली जस्तो विकसित मुलुकको नागरिकहरू पनि विश्वको जुनसुकै ठाउँमा विश्वा बजारमा काम गरिएको देख्न सक्छौँ । के यो उनीहरुका लागि आफ्नु देश छोडेपछि विदेश भएन र ? विदेश नै हो जो कोहीलाई आफ्नो भूमि छोडेपछि । तर यहाँ फरक अवश्य छ ती विकसित देशको नागरिकहरु जहाँ काम गरे पनि सुरक्षित अनि आत्मसम्मानका साथ काम गरेको हामी देख्छौँ । कारण विश्व श्रम बजारमा कस्तो कामदार उपलब्ध गराउने हो र कामदारले पाउनुपर्ने सुविधा आदि लिएर सामाजिक सुरक्षासम्बन्धी सबै वैदेशिक श्रम नीति अनि रोजगारदाता मुलुक र कामदार आपूर्ति गर्ने मुलुकबीचको सम्झौतामा निर्भर राख्ने कुरा हो । जुन आज विकसित मुलुकहरूले अपनाएको छ । विश्व श्रम बजारमा दक्ष जनशक्ति मात्र हैन, श्रमिक हक र हितका लागि बलियो नीतिको प्रभावकारी कार्यान्वयन पनि हो ।

हाम्रोजस्तो मुलुक प्राविधिक जनशक्तिको खाँचो छ । विश्व श्रम बजारमा प्राविधिक रूपमा दक्षता हासिल गरेको जनशक्ति उपलब्धि गराउन सक्ने कुरा पनि भएन । तर यति हुँदा हुँदै पनि हामीले आफ्नो स्तर अनुसार सुधार गर्नुपर्ने कुराहरु धेरै छ । तर आज हाम्रो सरकारको वैदेशिक श्रम बजारमा कस्तो कामदार दिने हो भन्ने विषयलाई गम्भीरतासाथ नलिनु नै ठूलो भुल हो । अदक्ष कामदार विश्वा श्रम बजारमा उपलब्ध गराउने सरकारको नीति नै गलत छ । सरकारको यो कदम लाखौं नेपालीलाई अभिशाप भएको छ । विश्वको अधिकांश ठाउँमा लाखौं नेपाली सबैभन्दा जोखिम अनि असुरक्षित काम गर्न बाध्य छन् ।

गरिबी र अभावले अक्रान्त बनाएपछि वैदेशिक रोजगारीमा घर खेत बन्दक राखेर विदेश पलायन हुन बाध्य छन् । खाडी मुलुकहरूको ठूलाठूला आँखाले हेर्न नभ्याउने गगनचुम्बी भवनको छानो सफा गर्नेदेखि हरेक शौचालय सफा गर्ने कार्यमा व्यस्त छन् । ५० डिग्रीको गर्मीमा मरुभूमिमा भेडा चराउने नेपालीहरु नै छन् । विश्व श्रमबजारमा अदक्ष कामदारलाई गैरजिम्मेवारी ढङ्गले अनुमति दिने नीति अनि खराब छ । लैङ्गिक विभेद गर्नु हुन्न भनेर समानताको बहानामा महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाउने सरकारको कमजोर नीतिले गर्दा नै विदेशमा नेपालीले सास्ती खेप्नुपरेको छ । त्यसैले सरकारले तत्काल यो नीति परिवर्तन गर्नुपर्छ । जबसम्म सक्षम कामदार उत्पदन गर्न सकिँदैन तबसम्म कामदार पठाउनु हँुदैन ।

आजको विकासक्रमलाई बुझेर विश्व बजारमा कस्तो जनशक्ति आवश्यकता छ सोही अनुरुपको श्रम शक्ति उत्पदन गर्नसके विदेश आउने हरेक नेपालीले अरु देशका श्रमिक जत्तिकै सेवा सुविधासहित मानवीय व्यावाहर पाउने थिए । सरकारसँग अझै पनि वैदेशिक रोजगारका लागि प्रभावकारी नीति नै छैन । वैदेशिक रोजगारको लागि न्यूनतम आधारभूत शिक्षा कति हो । कुनै मापदण्ड नै छैन । आफ्नै देशको सहरहरुमा सडक पार गर्न ज्ञान नभएको अनि नेपालीमा लेखिएको सूचना बोर्डहरु स्पष्ट पढ्न नसक्ने नेपाली कामदारहरुलाई धमाधम वैदेशिक रोजगारीका लागि नेपाल सरकारले अनुमति दिएको छ । विदेशमा नेपालीले नै बढी दुःख झेल्नुपरेको पनि यही कारणले हो । विदेशमा सडक काट्न नजानेर सयौं नेपालीको ज्यान जाने गर्छ भने अर्कोतिर आफ्नै कम्पनीको नियम कानुनलाई नबुझेर पनि अन्तरिक समस्या झेल्न बध्य छ । यो सबै हाम्रो देशको वैदेशिक नीति प्रभावकारी नहुन हो । श्रमिकको सामाजिक सुरक्षा , अधिकार हकहितमा सरकार उदासिनता देखिएको बिप्रेषणमा मात्र ध्यानाकर्षण जस्तो देखिन्छ ।

नेपाली श्रम बजारमा बर्सेनि साढे पाँच लाख युवा थपिन्छन् । तीमध्ये साढे चार लाख युवा कामको खोजीमा विदेश पलायन हुन्छन् । यो तथ्याङ्कलाई हेर्दा देश विकराल समस्यामा गुज्रिरहेको आभास हुन्छ । हाल कायम रहेको बेरोजगारीको हल गर्न दीर्घकालीन रूपमा वैदेशिक रोजगारी त हुनै सक्दैन । त्यसैले देशमा नै रोजगारको सिर्जना गर्नुबाहेक कुनै विकल्प नै छैन । तर आज वार्षिक श्रम बजारमा पाँच लाख पचास हजार युवा श्रम बजारमा आउँछन् भने चार लाख पचास हजार युवा रोजगारको अभावमा विदेशिने गर्छन् । सरकारको यति ठूलो श्रमशक्तिका लागि रोजगारसम्बन्धी स्वादेशमा नै युवालक्षित कार्यक्रमहरु पनि देखिँदैन । वर्तमान परिप्रेक्षामा यति ठूलो सङ्ख्यामा श्रम बजारमा आएको युवाशक्तिलाई स्वादेश नै रोजगारीको व्यवस्था गर्नु तत्काल असम्भव भए पनि उक्त युवालाई सीप र विकासको प्रभावकारी तालिमको मध्यमबाट अद्क्ष जनशक्ति लाई दक्ष जनशक्तिमा रूपान्तर गर्नु सरकार को दायित्व हो । देशमा नै रोजगारीको सिर्जना गर्न नसक्नु दक्ष जनशक्ति उत्पदन गर्न नसक्नु सरकारको कमजोरीपना हो भने रोजगारीका वैकल्पिक रूपमा ठूलो सङ्ख्यामा अदक्ष कामदारलाई वैदेशिक रोजगारको निम्ति अनुमति दिनु माहा भुल हो । जबसम्म दक्ष कामदार उत्पदन गर्न सक्दैन तबसम्म अदक्ष कामदार लाई बिदेशी भुमिमा नपठाएको राम्रो सुरक्षाको हिसाबले पनि अद्क्ष कामदारका लागि विदेशी भूमि ठीक छैन । आज गरिबी अनि अभावले अक्रान्त बनएको मुलुकमा हातमा कुनै सीप नभए पनि बध्याता र विवसताले घर खेत बन्दक राखेर विदेश हिँड्नेको सङ्ख्या दिनदिनै बढ्नुको पछाडि सरकारले लिएको अदक्ष कामदारलाई वैदेशिक रोजगारीका लागि गैरजिम्मेवारी ढङ्गले अनुमति दिने सरकारी नीति साथै स्वादेशमा नै रोजगारको सिर्जना गर्नु नसक्नु मुख्य कारण हो भने अर्कोतिर वैदेशिक रोजगारको बहानामा नेपालीले अनेक सास्ती भोग्नुपर्ने अदक्ष कामदार अनि कमजोर नीति फितलो कार्यान्वयन कै परिणाम हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल