विश्व बजारमा नेपाली चियाको स्थान

-  |   दीपक काफ्ले

विश्व बजारमा नेपाली चियाको स्थान

करिब १ सय ४८ वर्ष पहिला कर्णेल गजराजसिंह थापाले चीनबाट उपहार स्वरुप प्राप्त चियाको बीउ इलामको चिया बगानमा रोपेपछि नेपालमा चियाखेतीको प्रारम्भ भएको पाइन्छ । deepak-kafle

त्यसको एक शताब्दीसम्म चियाको विकास र विस्तार नभए पनि यही समयमा भारत सुरु भएको मानिन्छ । सन् १८६२ मा शुभारम्भ भए पनि चियाखेतीले सन् १९६० बाट मात्र विस्तारित रुप लियो । त्यस यता झापामा निजी स्तरमा चियाखेती सुरु भएको पाइन्छ । त्यसपछिका दिनमा मात्र इलामको फिक्कलमा व्यावसायिक रुपमा चियाखेती गरिएको हो । हाल चियाको व्यावसायिक रुपमा पाँचथर, तेह्रथुम, धनकुटा, ललितपुर र नुवाकोट, काभ्रे लगायतका जिल्लाहरुमा सुरु भएको छ ।

चियाखेतीको सम्भावनालाई देखेर तत्कालीन राजा वीरेन्द्रले इलाम, पाँचथर, झापा, तेह्रथुम र धनकुटालाई सन् १९८० मा चिया क्षेत्र घोषणा गरेका थिए । अन्य बालीको तुलनामा चियाबाट अधिकतम आय आर्जन गर्ने भएकोले यस तर्फ किसानको आकर्षण बढ्दो छ । चिया एकपटक धेरै श्रम लाग्ने बाली हो । धेरै रोजगागरी सिर्जना गर्ने यो काममा बढी महिला कामदार छन् । विश्वका ४५ वटा देशमा खेती गरिने चिया सबैभन्दा प्रचलित तथा सस्तो पेय पदार्थ हो । यसलाई सबै उमेरका मानिसले प्रयोग गर्दछन् । सबैभन्दा बढी चिया उत्पादन गर्ने देश चीन र दोस्रोमा भारत भए पनि नेपालमा चियाखेतीको विस्तार गुणात्मक रुपमा हुँदै आएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार नेपालका चियाक्षेत्र घोषणा गरेका जिल्लामा ८ हजार ७ सय ५५ हेक्टरमा खेती गरिएको छ । त्यसबाट १ करोड २३ लाख ४ हजार ६ सय ५४ केजी चिया उत्पादन हुने गरेको छ । यी जिल्लाबाहेक १ हजार २ सय ५३ हेक्टर जमिनमा चियाखेती गरी ६८ हजार सय ६७ केजी चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डका अनुसार पकेट क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका ११ हजार ४ सय ९४ साना किसानहरुले ९ हजार १ सय ३७ हेक्टर जमिनमा लगाएको चिया खेतीबाट ८९ लाख ३१ हजार ६ सय ९४ केजी चिया उत्पादन हुने गरेको छ । यीबाहेक अन्य जिल्लाका १ हजार ६५ सानाकिसानले २ सय ६४ हेक्टर जमिनमा लगाएको चियाबाट ४९ हजार ३ सय ६४ केजी चियाउत्पादन दिँदै आएका छन् ।????????????????????????????????????

३ हजार ४ सय ८९ हेक्टरमा १० लाख ८४ हजार ९ सय ५१ केजी सी.टी.सी. चिया उत्पादन भएको पाइन्छ । साना किसानहरुले ५ हजार ४ सय ५८ हेक्टरमा २२ लाख ६४ हजार १ सय ७७ केजी अर्थोडक्स र ३ हजार ७ सय ५ हेक्टरबाट ६७ लाख १६ हजार ८ सय ८१ केजी सी.टी.सी. चिया उत्पादन गर्ने गरेका छन् । उत्पादित चियाको बजार अमेरिका, जर्मनी, जापान, अस्टे«लिया लगायतका देशमा निर्यात हुने गरेको छ । पहाडमा उत्पादन हुने अर्थोडक्स चियाको कूल उत्पादनको ९० प्रतिशत निर्यात हुने गरेपनि बङ्गलादेश र पाकिस्तानले सीटीसी चिया आयात गर्न थालेका छन् । पछिल्ला दिनमा भारत र चीनमा समेत चिया निर्यात भएपनि सी.टी.सी. चिया भने नेपालमा नै खपत हुने गरेको छ ।

नेपाली चिया स्तरीय भए पनि अन्तर्राष्ट्रिय स्तरमा स्विकार्य मापदण्ड अवलम्बन हुन नसक्दा विश्व बजारमा नेपाली चियाले राम्रो स्थान ओगटन सकेको छैन । विश्व बजारमा अर्गानिक चियाको माग बढे पनि नेपालले त्यो अवसरको सदुपयोग गर्न सकेको अवस्था छैन । सरकारी प्रयास नहुँदा खुम्चनुपर्ने अवस्था आएको चिया खेतीमा संलग्न व्यवसायीहरुको भनाइ छ ।

चिनिया शब्द अजबाट आएको चियाको विश्व इतिहास चार हजार सात सय वर्षभन्दा बढीको छ । विश्वको कूल उत्पादन ४ हजार मिलियन केजीभन्दा बढी पुगि सकेको छ । प्रतिदिन पाँच कप चिया पिउनु स्वास्थ्यबर्धक मानिए पनि विश्वमा दैनिक करिब ३ अर्ब कप चिया पिउने गरेको तथ्याङ्क छ । ग्रिनटीको नियमित सेवनले मधुमेय, उच्च रक्तचाप र मुटुको रोग लाग्नबाट बचाउने बताइन्छ ।dsc03388

चियाको प्रतिव्यक्ति खपतमा सबैभन्दा बढी आयरल्यान्डको ३ केजी छ । नेपालको प्रतिव्यक्ति खपत ३ सय ५० ग्राम मात्र भएको अनुमान गरिएको छ । विश्वको कूल उत्पादन र निर्यातमा नेपालको योगदान न्यून भए पनि इलाम र पूर्वाञ्चलका अन्य पहाडी जिल्लाको हावापानी भारतको दार्जिलिङसँग मिल्दोजुल्दो छ । नेपाली उत्पादन गुणस्तरको हुँदा–हुँदै पनि अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य मापदण्ड अवलम्बन गर्न नसक्दा नेपाली चियाको अस्तित्व मेटिने अवस्था छ । नेपाली चियालाई दार्जिलिङको भनेर बजारीकरण गरिँदा नेपाली चियाले विश्व बजारमा ठूलो हिस्सा ओगट्ने अवसर गुमेको छ । विश्व बजारमा नेपाली चिया पुर्याउन सरकारी पहल आवश्यक छ । विश्व बजारममा अर्गानिक चियाको माग बढ्दो छ । अर्गानिक चियाको उत्पादनमा नै नेपाली चियाको भविष्य गासिएको चियामा ४० वर्ष बिताएका डिल्ली बाँस्कोटा चियाखेतीमा संलग्न सबैले चिया रोपण, उत्पादन प्रतिशतदेखि बजार व्यवस्थापनसम्म गुणस्तरमा ध्यान दिन सुझाव दिन्छन् । बाँस्कोटा भन्छन्– चियाको उत्पादन र क्षेत्र बिस्तार मात्र होइन आन्तरिक बजारमा पहिचान बनाउन थालेको नेपाली चियालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधार गर्दै लान सकेमा स्थायी बजार र उपभोक्ता सुरक्षित गर्न सकिन्छ । चियाको बेर्ना लगाएको चार वर्षमा उत्पादन दिन सुरु गरे तापनि पाँच वर्षपछि राम्रो उत्पादन दिन्छ । चियाको आयु १ सय वर्षभन्दा बढी भए पनि सय वर्षपछि उत्पादनमा कमी आउँछ । चियाले चैतको पहिलो हप्तादेखि ७ महिनासम्म उत्पादन
दिन्छ । तर भूमध्य रेखाममाम भएका मूलुकहरुमा भने १२ महिना चियाको उत्पादन हुन्छ । भारतको केही भागमा पनि १२ महिना चिया उत्पादन हुने गर्दछ । चियाको पत्ती टिपेको २ देखि ४ घण्टा भित्रमा प्रोसेसिङ गरेमा उत्कृष्ट चिया बनाउन सकिन्छ । पत्ती टिपेको १२ घण्टामा प्रोसेसिङ नगरेमा त्यो पत्ती काम लाग्दैन । नेपाली चिया बगानमा करिब ४५ हजार मजदुर कार्यरत छन् । मजदुरमध्ये ९० प्रतिशत महिला मजदुर रहेका छन् । न्यून ज्यालाका कारण पुरुष मजदुर यसप्रति आकर्षित हुन सकेका छैनन् । न्यून ज्यालाका कारण कामदार पाउन मुस्किलसमेत पर्ने गरेको छ । ठूला बगानले न्यून ज्याला दिँदा लामो समयसम्म मजदुर हड्तालको समस्या पनि आउने गरेको छ । तर अहिले चिया किसानहरु सङ्गठित बनेपछि मजदुर हड्तालको सम्भावना टर्दै गएको छ ।

चिया मजदुरको अभाव भएपछि पाँचथरको कञ्चनजङ्घा टी स्टेटले मजदुरका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । पहिलो चरणा १ कक्षादेखि १० कक्षासम्म १ सय ७० मजदुरका छोराछोरी छात्तवृत्तिमा अध्ययन गर्दछन् भने दोस्रो चरणमा एसएलसी पश्चात प्राविधिक विषय पढ्नेलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यस कार्यक्रममा २७ जनाले अध्ययन गरेको टी स्टेटका प्रवन्धक बाँस्कोटा बगानमा काम गर्ने मजदुरको अभाव र हडतालको अवस्था नआएको बताउने प्रवन्धक बास्कोटा बगानमा काम गर्ने मजदुरको लागि गाई समेत वितरण गरिएकोले आय आर्जनमा थप सहयोग पुगेको दावी गर्छिन् । गाई पालनका लागि टीस्टेटले गाई किनेर मजदुरलाई दिने गर्दछ, दूध मजदुरले बजारमा बेच्ने गर्छन् भने मल टी स्टेटले खरिद गरि दिने गरेको छ । यो कार्यक्रम अनुसार २ सयभन्दा बढी गाई वितरण भएको बाँस्कोटाले बताइन ।
ठूला बगानले राम्रो मूल्य नदिएकाले साना किसानले आफै चियाको प्रशोधन
गर्न लागेका छन् । अहिले ८० वटा जति साना किसान र सहकारीले प्रशोधन कारखाना सञ्चालन गरेका छन् । यो सङ्ख्या वर्षमा १० वटाले थपिने गरेको छ । साना किसानले उत्पादन गरेको चियाको स्वादसमेत उत्तम र बजार पनि राम्रो भएको पाइन्छ । साना किसानले आफै स्पेसलिस्ट टी एसोसिएसन अफ नेपाल नामक संस्था खोली चियाको बजार प्रवर्धन गरिरहेका छन् । अहिले संस्थामा आबद्ध यस २७ वटा साना तथा मझौला प्रशोधन कारखाना सञ्चालनमा छन् । भौतिक पूर्वाधार र लगानीका कारण समस्यामा परेका साना किसानलाई मझौला प्रशोधन कारखानाले राहत प्रदान गरेको मात्र छैन पत्तीको राम्रो दामसमेत पाएका छन् । ठूला कारखानाले ३० देखि ३५ रुपियाँप्रति के.जी.मा खरिद गर्ने हरियो पत्तीको अहिले मझौला प्रशोधन कारखानाले २ सय ५० रुपियाँ प्रति केजीसम्म खरिद गर्न थालेको छ । २०६७ सालमा पहिलो पटक दिनमा २ सय ५० केजी सम्म साना किसानले सञ्चालन गरेका कारखानाले प्रशोधन गर्न थालेकोमा अहिले त्यो बढेर गएको छ । इलाममा मात्र साना किसानले सञ्चालन गरेका प्रशोधन कारखाना २७ वटा छन् । पछिल्ला दिनमा नुवाकोट, ललितपुर, रामेछाप, काभ्रेलगायतका जिल्लामा साना प्रशोधन कारखाना खुले पनि त्यहाँबाट उत्पादित चियाले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।
अर्गानिक चिया प्रतिकेजी पाँच सयदेखि ५ हजारसम्ममा बिक्री गर्दै आएका साना किसानले अहिले सङ्गठित भएर अर्गानिक प्रमाणीकरणको थालनी गरेका छन् । स्पेसलिटी टी एसोसिएसनले प्रमाणीकरणका लागि प्रकृया सुरु गरेको सो संस्थाका अध्यक्ष राजु शेर्मा लिम्बुले बताए । ब्रान्डिङ हाउस स्थापना गरी सबै किसानले उत्पादन गरेको चिया भेला पारी अर्गानिक सर्टिफिकेसन गराउन लागिएको भनाइ सेर्माको छ । अर्गानिक सर्टिफिकेसन अस्ट्रेलियाको नासा, जापानको जास र अमेरिकाको यूएसएले गर्ने गर्दछ ।picture-014

नेपालमा समुन्द्र सतहको ६२ मिटरदेखि ४ हजार ७ सय मीटरको उचाइमा चिया उत्पादन हुने गरेको छ । सम्भवत विश्वको सबैभन्दा अग्लो स्थानमा चिया उत्पादन भएको मादी हिमाली टी स्टेट हो । जहाँ वर्षमा दुई पटकभन्दा बढी हिउँ पर्ने गरेको छ । सरकारले कृषिमा ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भने पनि चिया त्यसमा पर्न सकेको छैन । ठूला व्यावसायी र साना व्यवसायीको वर्गीकरण नहुँदा सरकारी नीतिमा चिया नपरेको चिया किसानको गुनासो छ । सरकारी स्तरमा नेपाल चिया विकास निगमले सञ्चालन गरेका ७ वटा चिया बगानसमेत २०५७ सालबाट निजीकरण भएपछि चियाामम ठूला ब्यापारीको अधिपत्य रहँदै आएको
छ । चियाको उत्पादन र निर्यातसँगै चिया बगानमा रमाउन चाहनेको संस्था पनि बढ्दो छ । बिशेष गरी बिदेशी पर्यटकका लागि त यस्ता स्थान आकर्षणका केन्द्र बन्ने गरेका छन् । चिया बगान अहिले आकर्षणका केन्द्र बनी बर्षेनी हजारौं पर्यटक रमाउने गरेका छन् ।

 बयायोलिया साइनेनसिस चियाको मुख्य ३ वटा जात हुन्छन् ः
१. चिनिया जात
२. आसामी जात
३. बयोम्बोड जात

तयारी चियालाई ३ किसिममा वर्गीकरण गरिन्छ ः
१. कालो चिया

२. हरियो चिया
३. ओलाङ चिया
– कालो चिया २ प्रकारको हुन्छ
क) अर्थोडक्स चियः यसलाई पत्ती चिया पनि भनिन्छ, यो बासनादार हल्का रङको हुन्छ । विश्व प्रसिद्ध अर्थोडक्स चिया इलाम, पाँचथर, धनकुटा र अन्य पहाडी जिल्लामा उत्पादन हुन्छ ।
ख) सीटीसी चिया यसलाई धुलो दानादार चिया पनि भनिन्छ । नेपालमा झापामा मात्र यसको उत्पादन हुन्छ । यसको खपत आन्तरिक रुपमा भए पनि पछिल्ला दिनमा भारत, बङ्गलादेश र पाकिस्तान निर्यात हुन थालेको छ ।
२. हरियो चियाः ग्रीन टी उत्पादन गर्ने कारखाना इलामको पशुपति नगरमा छ । यो जापान, चीन र ताइवानमा उत्पादन तथा खपत बढी हुन्छ ।
३. ओलाङ चिया ९इलिन त्भब० यो चिया सेमी फर्मन्टेड चिया हो । यसको उत्पादन नेपाल, चीन, भारतमा भए पनि खपत ताइवान, जापानमा बढी छ ।

प्रशोधन तरिका
हरियो पत्तीलाई ल्याएर वेदरिङ ट्रफमा १०–१५ घण्टासम्म ओइलाइन्छ ।
– रोलरमा राखेर रोलिङ गरिन्छ ।
– आवश्यकता अनुसार १–२ घण्टासम्म फर्मेन्टेसन गरिन्छ ।
–त्यसपछि ड्रायरमा राखेर सुकाइन्छ ।
–हरियो पत्तीलाई हरियोपना नहराउने गरी निश्चित समय भित्रमा ओइलाउने गरिन्छ ।
–रोस्टिङ वा स्टेमिङ बिधिबाट ओइलाउने काम हुन्छ ।
–रोलरमा पठाइन्छ ।
–रोलरबाट तत्कालै ड्रायरमा पठाई चियाको गुण यथावत राखेर रोलिङ गरिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल