निष्ठासँगै स्वास्थ्यसँग जोडिएको पर्व हो छठ

-  |   रञ्जन भण्डारी

निष्ठासँगै स्वास्थ्यसँग जोडिएको पर्व हो छठ

ranjan-bhandariछठ पर्व भारतको बिहार, युपीका साथै नेपालको मिथिला क्षेत्र र हालमा आएर नेपालका अधिकांश भेगमा मनाइने सर्वस्वीकार्य महान् पर्व हो । छठप्रतिको आस्था र विश्वास बढेर नै आज मिथिला लगायत नेपालका अधिकांश भेगमा यो पर्व मनाइने गरिएको छ । विभिन्न लेखकको छठ बारे आ–आफ्नै विश्लेषण र व्याख्या छन् । साथै छठ पर्व मनाइनुका विभिन्न किंवदन्ती छन् ।
कसैले श्रीराम वनवास गएका बेला उनकी आमाले छठ व्रत गरेको भनिन्छ भने कही–कही एउटा राजाले वर्षौंपछि मृत सन्तान जन्मिदा शमसानमा लगेको र सोही स्थानमा माता षष्ठीको आगमन भई ती बालक जीवित भएको र पछि ती राजाले नै रानीसहित सम्पूर्ण नगरवासीलाई माता षष्ठीको पूजा छठको रूपमा गर्न भने पछि यसको सुरुवात भएको उल्लेख छ । छठ भने हामीले चैत र कात्तिक महिना गरी दुई पटक मनाउने गरेका छौँ, जसमा कि कात्तिकमा मनाइने छठको विशेष महŒव छ ।20160412_180507

नेपाल र भारतका विभिन्न प्रान्तमा छठको आ–आफ्नै भनाइ र इतिहास रहेकोले उनीहरू निष्ठाका साथ यो पर्व मनाइरहेको पाइन्छ । यहाँ जुन कथालाई पनि आधार मानेर छठको पूजा गर्ने गरे पनि सबैमा समानता भने छ । हामी छठका विधि र प्रक्रियाले कसरी शिक्षा, स्वास्थ्य र आस्थाका साथै संयुक्त रूपमा काम गर्न र मिलेर बस्न सिकाएको छ भनी प्रस्ट पार्न खोजेको छ ।
कार्तिक शुक्ल चतुदर्शीका दिनबाट सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइने गरिएको छ । यस पर्वमा माता षष्ठीसँगै सूर्यको पूजा गरिन्छ । छठको व्रतलाई कठोर मानिएकोले यसका विधि प्रक्रिया सहज भने छैन । नेपाल र भारतको वर्तमान स्थिति हामी सबैले देखेकै छौँ । समय समयमा फोहोर र अशुद्धताले विभिन्न माहामारी फैलने क्रम जारी छ । त्यसैले हामीले छठ पर्वबाट पहिलो पाठ सरसफाइकै सिक्न जरुरी छ ।
छठ पौराणिक कालदेखि नै मनाइने भएकोले हामी सहजै विचार गर्न सक्छौँ कि आस्थाकै नाममा भए पनि यसपर्वले सरसफाइलाई कति महŒव दिएको छ भनेर यसपर्वको सुरुवातको विधि र नियम नै पूर्ण सरसफाइ हो । यो पर्व मनाउन व्रतालुदेखि भगवान्लाई अर्पन गरिने खिर, उखु, नरिवल, अदुवा, ठकुवा, भुसुवा, केरा लगायतका सम्पूर्ण सामग्रीसमेत पुर्ण शुद्ध हुनुपर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार, नयाँ माटोको भाँडामा जमाइएको दही, उखुका लाँक्रा र मौसम अनुसारका फलपूmल सूर्यलाई अर्घ दिँदा देखाइने चलन छ । साथै छठको लागि उपयुक्त र शुद्ध मानिएको शुद्धता र स्वच्छताको प्रतीक गङ्गा नदीको किनारा (घाट) वा सो नभए चलायमान नदी तथा तलाउ वा त्यो पनि उपलब्ध नभए पोखरीको घाट पूर्ण शुद्ध हुनु आवश्यक छ । यतिको शुद्धता हामीले आफ्नो दैनिक जीवनमा उतार्न सके सम्भवत अस्पतालहरूमा हामीले खर्चने आफ्नो कमाइको आधाभन्दा बढी रकम बाँच्ने थियो र हामी सदैव निरोगी भएर रहने थियौँ । त्यसैले यस पर्वले हामीलाई सफा, शुद्ध रहनुपर्ने शिक्षा दिनुका साथै हाम्रो स्वास्थ्यसँग समेत प्रत्यक्ष सरोकार राख्ने पर्व हो । छठको पहिलो दिन नहाय खाय, दोस्रो दिन खर्ना र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन पारण उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत समापन गर्ने गरिन्छ ।
नहाय खाय
छठको पहिलो दिन (कार्तिक शुक्ल चतुदर्शी)
कार्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दसैँ र तिहार लगत्तै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको सुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए भन्छन्) । बिहान सवेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइ धुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्छन् । भनिन्छ यस दिनमा व्रतालुहरूले प्रण गर्छन् म अब जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।
खर्ना
छठको दोस्रो दिन (कार्तिक शुक्ल पञ्चमी)
विधिवत रूपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सखरको खीर लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्छन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो ।
छठ
छठको तेस्रो दिन (कार्तिक शुक्ल षष्ठी)
छठको तेस्रो दिन अर्थात् छठ पर्व । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्छन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाइ सूर्य देउतालाई चढाउँछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्छन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन कीर्तन र नाचगान हुने गर्छ । घाटलाई बेहुलीझै शिङ्गारिएको हुन्छ ।
पारण
छठको चौथो दिन (कार्तिक शुक्ल सप्तमी)
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्छन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफूल र मिठाइजस्ता प्रसाद अर्पण गर्छन् । यतिको विधि पूर्ण भइसकेपछि सम्पूर्ण व्रतालु महिला गोलबद्ध भई छठी माताको कथा सुन्छन् र सो पछिमात्र छठ पूर्ण हुन्छ । कथा सुनिसकेपछि व्रतालुहरूले छोरा, छोरी, बुहारी तथा अन्य सबै आफन्तलाई टीका लगाई दिनुका साथै नवदुलहीहरूको खोईछ समेत भर्छन् । भनिन्छ खोईछ विवाहित महिलाले चाँडै सन्तान पाउन भन्ने आकाङ्क्षाका साथ भर्ने गरिन्छ ।
अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ षष्ठी शब्दको लोककरण हो । षष्ठीलाई छठ परमेश्वरीका रूपमा आराधना गरिने यो सांस्कृतिक पर्व वास्तवमा सूर्य पूजा नै हो । मनुष्यको शरीर पञ्च तŒवले बनेको हामीलाई थाहा छ र छठमा यिनै पञ्च तŒवको पूजा गर्ने गरिएको हामी सूर्यलाई अर्घ दिने बेला देख्न सक्छौँ । अर्घ दिने बेला कम्मरसम्म व्रतालुको पानी हुन्छ । खुट्टा पानीभित्रको माटोको सतहमा, आधा शरीर पानीमा, सोभन्दा माथीको शरीर हावा र सूर्यको प्रत्यक्ष तापमा हुन्छ । यसरी पञ्च तŒवसँग व्रतालुको प्रत्यक्ष सम्पर्क रहेकोले समेत यसको निक्कै महत्वपूण छ ।
यो पर्वले हामीलाई सबैसँग समान व्यवहार गर्न समेत सिकाएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो, जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरिब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीलाई समान रूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा यस पर्वमा गरिएको हो ।
छठमा भाकल गरेकाहरूले भाकल गरे अनुरूप नै सो पूरा हुुनासाथ भाकल स्वरूप पमरिया नचाउने, दण्ड प्रणाम गर्ने, घन्टौसम्म पानीमा बस्ने, माटोका विभिन्न आकृती बनाई जलबिसर्जन गर्ने समेत गरेका छन् । छठका केही कठोर नियमसमेत वर्णन गर्नु उपयुक्त देखिएकोले खासगरी भारतको बिहार र युपी राज्यमा पालना गरिने नियम बारे चर्चा गरेका छौँ ।
१. व्रतालुलाई भोजनसँगै सुत्ने ओछ्यान समेत छोडनुपर्ने हुन्छ ।
२. व्रतालुलाई सुत्नको लागि छुट्टै ओछ्यानसहित भुइँमै सुत्नुपर्ने हुन्छ ।
३. छठ पर्वमा सबैले नयाँ लुगा लगाउने भए पनि व्रतालुले विना सिलाई गरिएको लुगा लगाउनुपर्ने हुन्छ । खासगरी पुरुषले आधा धोती कम्मरमा र बाँकीको आधा धोती शरीरमा राख्नुपर्ने हुन्छ । त्यस्तै महिलाले सारी लगाउने चलन छ ।
४. एक पटक छठ सुरु गरियो भने वर्षौसम्म छोडनु हुँदैन । यो आफ्नो नयाँ पुस्ता पर्वको सङ्कल्प गर्न सक्षम छ भने ती पुस्तालाई हस्तान्तरण भने गर्न सकिन्छ ।
५. छठको केही समय अगाडि वा पर्वकै बेला परिवारमा कसैको मृत्यु भएमा छठ पर्व मनाइँदैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल