मलाइ यसकारण विद्या भण्डारी मन पर्दैन

  |   मिन बहादुर पण्डित

मलाइ यसकारण विद्या भण्डारी मन पर्दैन

नेपाली राजनीतिका सबै भन्दा लोकप्रिय र प्रतिभावान व्यक्ति मदन भण्डारीलाई २०५१ जेष्ठ ३ गते दासढुंगामा रहस्यमए ढंगले हत्त्या गराइयो । जसले गर्दा विद्या भण्डारीका सम्पूर्ण खुसीहरु खोसिए, उनको सिन्दुर पुछियो । श्रीमान् गुमाउनुको पिडा साएद शब्दमा बयान गर्न सम्भव छैन होला ।min-bahadur-pandit

त्यो भन्दा पनि ठूलो घाटा त नेपाल र नेपाली जनतालाइ भयो । मुलुक समृद्ध पार्ने मदन भण्डारीको योजनाको पनि त्यहि दिन हत्त्या भयो । यदी मदन भण्डारी जीवित हुनु भएको भए आज मुलुकले यो दुर्दशा भोग्नुपर्ने थिएन र सत्र हजार नेपालीको अकालमा ज्यान पनि जाने थिएन ।

आजको विसम परिस्थितिमा मदन भण्डारीको अभाव झन् खड्कीएको छ । मदन भण्डारीले भारतीय विस्तारवाद र हेपाह प्रवृति बुझेर स्पस्ट नीति र कार्यदिशा तय गर्नुभएको थियो । सायद भारतलार्इ यो कुरा पट्टकै मन परेको थिएन । तर अहिलेका नेता भारत परस्त भएर नै मुलुक झन् झन् संकटमा फस्दैछ । त्यसैले आज पनि हामी दुस्ख र श्रद्धाका साथ् बेला बखतमा मदन भण्डारीलाई सम्झिने गर्दछौ ।

विभिन्न तथ्य र घटना क्रमले पनि मदन भण्डारीको दुर्घटना होइन हत्त्या नै भएको हो भन्ने कुराको पुस्टि गरेकको छ । घटना पश्चात एमालेद्वारा गठित २ वटा भिन्नाभिन्नै आयोगले पनि हत्त्या नै हो भन्ने ठहर गर्यो । एमालेले सत्यतथ्य बाहिर ल्याउन र हत्यारा पत्ता लगाउनका लागि तत्कालिन गिरिजा सरकारलार्इ दबाब दिन देशभर भिषण आन्दोलन चलायो ।

आफू सरकारमा गए हत्यारा पत्ता लगाई छाड्ने उदघोस पनि गर्यो । हत्याराको घर कता फर्केको छ हामीलाई थाहा छ, हामी सत्तामा पुगेपछि तिनलाई छोड्दैनौ भनेर केहि एमाले नेताहरुले भाषण पनि गरे रे । बिडम्बना मदनको नाम बेचेर एमाले धेरै चोटी सत्तामा पुग्यो, तर छानबिनका लागि कुनै ठोस पहल गर्न सकेन वा गर्न चाहेन ।

यदी एमाले देश बनाउने संकल्प गर्छ र देशको सबै भन्दा ठूलो र जिम्मेबार पार्टी बन्न चाहन्छ भने मदन भण्डारीको हत्त्याको बिषयमा आफूलाई स्पस्ट पार्नै पर्छ । यदी मदनको हत्त्याको छानबिन नगर्ने हो भने सबै भन्दा ठूलो घाटा एमालेलाइ नै हुनेछ र छानबिन गर्ने हो भने सबै भन्दा ठूलो फाइदा एमालेलाइ नै हुनेछ र

किनकि छानबिनले एमालेको इज्जत अझै बढ्नेछ र जनताको नजरमा जिम्मेबार पार्टी देखाउनेछ, जसले गर्दा मतदाता पनि बढ्ने छन् ।

मदन भण्डारीले पार्टीमा पुर्याएको योगदानको कदर गर्दै एमालेले मदन श्रीमती विद्यालाई सांसद उमेरद्वार बनायो । जनताले मदन भण्डारीलाई गरेको मायाले होला विद्याले धेरै चोटी चुनाव जितिन र आज मदनकी धर्मपत्नी स्वयं देशको राष्ट्रपति छिन् । तर, छानबिनका लागि कुनै आवाज उठाउदिनन् ।

सिन्दुर ठूलो कि पद ठूलो बुझ्नै सकिएन । जब जब जेठ ३ गते आउँछ एमाले जबजका प्रबदक मदन भण्डारीलाई सम्झिने गर्छ र घटनाको छानबिन गर्ने उदघोस पनि गर्छ । अनि दुइ चार दिन पछि सम्पूर्ण कुरा बिर्सन्छ वा बिर्सेको भान पार्छ ।

एमालेले छानबिन गर्न नचाहनुको पछाडी के कारण हुन् सक्ला ? आफ्नै पार्टीका महासचिवको हत्याको छानबिन गर्न नसक्ने पार्टीले नेपाली जनतालार्इ कसरी न्याय दिलाउला ? यस्तो प्रवृतिले एमालेको उचाइ बढ्न दिदैंन । नेपाली जनताले एमालेसँग सोध्दैछन् मदन भण्डारीको हत्त्याको छानबिन किन नगरेको भनेर ?

यसले एमालेका आलोचकहरुलाई कुरा काट्ने मौका दिन्छ र एमालेको नीति र नियतमाथि शंका गर्ने ठाउँ बनाउँछ । यदी एमाले आफूलाई देशको जिम्मेवार र नम्बर १ पार्टी बनाउन चाहन्छ भने जनतालाई यो कुराको जवाफ दिनैपर्छ । आफ्ना पुज्य नेताको हत्याको छानबिन नगर्ने हो भने मदनको आत्माले शान्ति पाउला ? एमालेको बोलि र आचरणमाथि जनताको विश्वास रहला ? विद्या भण्डारीज्यू केहि त बोलिदिनुहोस । मलाइ हजुरको खामुसी पट्टकै मनपर्दैन । संविधान बनाउन र शान्ति प्रक्रियामा तपाईको पनि ठूलो योगदान छ, यस कुराको भने कदर गर्नैपर्छ ।bidhya bhandari

कांग्रेस, फोरम र मावोवादीप्रति जनताको विश्वास पट्टकै छैन, अनि एमालेले पनि आफूलाई देश र जनताप्रति जिम्मेबार बनाउन सकेन भने अब कसको भरोसा गर्ने ? यो देश कसले चलाउने ? यो देश कसले बनाउने ? त्यसैले कि एमालेले भन्न सक्नुपर्यो, हत्त्या होइन दुर्घटना रहेछ भनेर, होइन भने छानबिनका लागि पहल गर्नुपर्यो ।

मदन भण्डारीले नेपाली राजनीतिको कहिले नभत्किने बलियो जग त् बनाइदिनुभयो तर बलियो घर बनाउन पाउनुभएन । २०४६ सालको जनाअन्दोलनका परिकल्पनाकार पनि मदन भण्डारी नै हुनुहुन्थ्यो । जसले भण्डारीको हत्त्या गरायो त्यो नै जिम्मेबार छ नेपाल गरिब हुनुमा । किनकि जबजको सिदान्त नै प्रयाप्त थियो नेपालको आधुनिक विकासका लागि ।

नेपाल नबन्नुको दुइटा मात्र कारण छ । त्यो हो हाम्रा नेताहरुमा इमान्दारिता र क्षमता नहुनु । मदन भण्डारीमा इमान्दारिता पनि थियो र क्षमता पनि थियो अनि देश बनाउने दृढ संकल्प पनि थियो । माक्सबाद, लेनिनबाद र मावोबाद भन्दा जबज नेपाली माटो सुहाउँदो छ । त्यसैले यस्तो अमुल्य योगदान पुर्याएका मदन भण्डारीको हत्त्या जति ढिला भए पनि छानबिन हुनैपर्छ । देशको सबैभन्दा जिम्मेबार पार्टी ठान्ने एमालेले आफूलाई अब्बल साबित गर्ने हो भने आफ्नो प्रिय नेताको हत्यारा पत्ता लगाउन पहल कदमी लिनैपर्छ । र राष्टको सर्बोच्च पदमा आसिन विद्या भण्डारीले पनि मुख खोल्नैपर्छ ।

उल्टो मन्दिरमा जुत्ता लगाएर गएको अनि आफ्नो सुरक्षा गार्डलाइ जुत्ता बोकाएको जस्तो विवादमा तानिनुभयो । जुन पार्टीको भएपनि राष्टपति भनेको सम्पूर्ण देशबासीको हो । त्यसैले मलाई राष्ट«पति विवादमा तानिएको र कसैले कुरा काटेको पट्टकै मन पर्दैन ।

विरोधीहरु एक एक कमजोरी खोजेर बदनाम गर्नका लागि तयार भएर बसेका छन्, राष्ट«पति ज्यू सजक रहनुहोला । हरेक मान्छेका गल्ति, कमजोरी र विवसताहरु हुन्छन, तर राष्ट«पति हुँदा पनि हत्याको बिषयमा छानबिन गराउन नसके फेरी कहिले गराउनु हुन्छ त ? राष्ट«पति हुँदा पनि मदन भण्डारीको हत्त्याको बिषयमा आवाज उठाउन सक्नुभएन र पहल कदमी लिन सक्नुभएन भने तपाईंको इज्जत र प्रतिष्ठामा आँच आउँदैन र ? अनि जनताले किन छानबिन हुन सकेन भनेर सोधे भने के जावाफ दिनुहुन्छ त् ? त्यसकारण मलाइ विद्या भण्डारी मन पर्दैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल