सडक दुर्घटनाको भयावह स्थिति कहिलेसम्म ?

-  |   राज्यलक्ष्मी शाक्य

सडक दुर्घटनाको भयावह स्थिति कहिलेसम्म ?

photo rajyalaxmi copyगत साता मैले हवाई दुर्घटनालाई लक्षित गरी नेपालको आकाश असुरक्षित रहेको बारे लेखेको थिएँ, यो साता कहालीलाग्दो सडक दुर्घटनाले मलाई गम्भीर बनाएको छ । हालैमात्र काभ्रे र बैतडीमा भएको सडक दुर्घटनामा परी झण्डै तीन दर्जन नागरिकहरूले ज्यान गुमाएका छन् । दुर्घटनामा परी एकैदिन ठूलो संख्यामा सर्वसाधारणहरूको ज्यान गएपछि सिंगो मुलुक नै शोकमा डुबेको छ । दुर्घटनाका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको छ तर पनि यो नौलो विषय भनें रहेन । नेपालमा प्रत्येक वर्ष सडक दुर्घटनाका कारण हजाराँै मानिसहरूले ज्यान गुमाइरहेका छन् भनें हजाराँैको संख्यामा अंगभंग हुने गरेका छन् । सडक दुर्घटनाका कारण हुने मानीवयबाहेकका अन्य क्षतिको त कुनै लेखाजोखा नै हुने गरेको छैन ।
यथार्थमा भन्ने हो भने नेपालमा हुने अघिकांश दुर्घटनाहरू मानवीय त्रुटिका कारण हुने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्ने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, सडक नियमको पालना नगर्ने र सवारी चालक अनुमति नलिएरै शिकारु अवस्थाकै चालकले सवारी चलाउनेलगायतका विविध मानवीय त्रुटिसँगै सडकको कमजोर अवस्था तथा सवारी साधनको अवस्थाका कारण समेत ठूलाठूला सडक दुर्घटनाहरू हुने गरेका छन् । त्यस्तै सडक दुर्घटनाका पछाडि यात्रुहरूका पनि केही कमजोरीहरू हुने गरेका छन् । जस्तोसुकै सवारी साधनमा यात्रा गर्न तयार हुनु, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चालकले सवारी चलाउनु, छिटो पुग्ने आशामा आवश्यकताभन्दा छिटो कुदाउन चालकलाई दबाब दिने लगायतका कारणले समेत दुर्घटनाहरू निम्तिने गरेको पाइन्छ । तर यात्रुका हकमा कहिलेकाहीँ जोखिमको यात्रा गर्नु रहरभन्दा पनि बाध्यता हुने गरेको छ । सडक सिन्डिकेटको कारणले गर्र्दा पर्याप्त मात्रामा सवारी साधन नहुँदा जोखिम मोलेर यात्रा गर्नु उनीहरूको बाध्यता हुने गरेको छ । त्यस्तै समयमा सडकको अवस्था सुधार नहुनु, सडकमा दुर्घटना निम्तिन सक्ने सम्भावना भएका क्षेत्रमा सम्बन्धित निकायको ध्यान नजानु लगायतका कुराहरू पनि दुर्घटनका कारणहरू हुने गरेका छन् ।
अब कुरा गराँै नियामक निकाय अथवा नेपाल सरकारको, जसले अलिकति पनि होसियारी र सडक नियमलाई व्यवस्थित गर्ने हो भने सडक दुर्घटनामा परी ज्यान गुमाउने सर्वसाधारणहरूको संख्यामा निकै कमी आउन सक्थ्यो । दुर्घटनाका कारण र रोकथामका उपायहरू थाहा हुँदाहुँदै पनि सरकार नागरिकहरूको मृत्युलाई रोक्ने तत्परता देखाउँदैन । केबल नागरिकहरू दुर्घटनामा परेर ज्यान गुमाउन बाध्य भइरहँदा तत्कालका लागि सहानुभूति देखाएजस्तो नाटक गर्नमात्र सरकार लाचार देखिन्छ । यो विषयलाई यहाँ किन उल्लेख गरिएको हो भने धेरै कारणले गर्दा दुर्घटना हुने गरेका छन् जस्तो कि क्षमताभन्दा बढी यात्रु बोक्दा हुन सक्ने दुर्घटनालाई रोक्नका लागि सरकारी सेवा सुविधा लिएका ट्राफिक प्रहरीहरू ख्टिइरहेका हुन्छन् । तर उनीहरू क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कुनै कारबाही गर्न तयार हुँदैनन् । बरु त्यस्ता सवारी साधनहरूले आफ्ना अगाडि यात्रु झारेर केही पर गएपछि पनि पुनः क्षमताभन्दा बढी यात्रु राख्छन् । तर ट्राफिक प्रहरीहरू मुकदर्शक मात्र बनिरहन्छन् । सडकमा यातायात व्यवसायीहरूको सिन्डिकेटका कारण सीमित मात्रामा सवारी साधन उपलब्ध हुन्छन् । सर्वसाधारणहरूले उपलब्ध भएका यातायातका साधनमा जसरी पनि यात्रा गर्नुपर्ने हुन्छ तर सरकार सिन्डिकेट हटाउने तत्परता देखाउँदैन, बरु आफ्नो पार्टी र फलानो पार्टीको भनेर उल्टै समस्या सिर्जना गरिदिने मात्र काम गर्छ । सडकको अवस्था सुधार गर्नका लागि छुट्टै सरकारी निकायहरू गठन गरिएको छ तर उनीहरू वर्षायाम सुरु हुनुभन्दा पहिले टालटुलको काम बाहेक अरु केही गर्दैनन् । जबकि अधिकांश सडकहरूको अवस्था बाहै्र महिना दुरावस्था हुने गर्छ । त्यही सडक भएर सरकारका जिम्मेवार अधिकारीहरू ओहोरदोहोर गर्छन् तर सडकको अवस्थाका बारेमा कुनै चासो देखाउँदैनन । दशकौंदेखि सञ्चालन हुँदै आएका सवारी साधनहरूका कारण दुर्घटनाहरू बढ्ने गर्छन् । तर सरकार त्यस्ता सवारी साधनको व्यवस्थापनमा निरीह मात्र सावित हुन्छन् । सरकारका यस्ता कैयौं कमजोरी छन् । तर सरकार यस्ता कमजोरी सच्याउन तयार नै हुँदैन बरु दुर्घटना भएपछि अरुलाई दोष लगाएर उम्किने प्रयास मात्र गर्छ ।
राज्यले चाहेमा असम्भव भन्ने कुरा केही हुँदैन । जबकि दुर्घटनाका कारणहरूलाई निर्मुल गर्न राज्यले सामान्य तत्परता मात्र देखाए पनि पर्याप्त हुन्छ । तर राज्यको अस्तित्व भए पनि उसको उपस्थिति र विशेष गरी उसको कमजोर भूमिकाका कारण वर्षेनी हजाराँै नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको छ । यस्ता विषयमा राज्य गम्भीर बन्दै दुर्घटना न्युनीकरणका लागि पहलकदमी अघि बढाउनु जरुरी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल