BLOG : फेरि अर्काे ‘पागल’ महावीरको महाअभियान

-  |   सज्जनकुमार सिंह

BLOG : फेरि अर्काे ‘पागल’ महावीरको महाअभियान

महावीर पुनसँगका ५ घण्टा

देशमा फेरि एउटा पागलको आवाज गुन्जिँदै गएको छ । त्यो पागल जसले नेपालमा आविष्कार केन्द्र खोलेर नयाँ वैज्ञानिक र नयाँ नयाँ विज्ञान प्रविधिको खोजी गर्दै देशलाई उन्नति पथमा लम्काउन चाहन्छ । देशमा राम्रो र फरक काम गर्न खोज्नेलाई प्रायः पागल भनिएको छ ।
डा. केसीजस्तै अर्काे पागल महावीर पुन । आजकाल मिडिया र सामाजिक सञ्जलमा गुहार मागिरहेका छन् । यो देश अब धेरैपछि पर्यो । हामी धेरै पछि पर्यौं, अब केही गरौं । देशमा बिकासको लहर आविष्कार केन्द्र मार्फत आउँछ भन्दै गाउँ गाउँ गल्लीगल्ली र विद्यालयमा सहयोग उठाउँदै हिँडिरहेछन् । आविष्कार केन्द्रका लागि उनले पाँच वर्षको समय बिताए तर उनी सरकार र नेताले गरेको बेवास्ताप्रति आक्रोशित छन् ।
अमेरिकाको सुखलाई लात हानेर, पारिवारिक जिन्दगीलाई चटक्कै भुलेर आविष्कार केन्द्रका लागि हिँडिरहेका सामाजिक अभियान्ता महावीर १० वर्षमा देशको मुहार फेर्न सकिने बताइरहेका छन् । अहिले आएर सरकारसँग सहयोग नमागी MAHABIR PUN‘नागरिक तहबाटै आविष्कार केन्द्र खोलेर देखाउने च्यालेन्ज पनि उनले गरेका छन् । आविष्कार केन्द्रबाट देश विकास गरिदिने एउटा दरिलो आशा अघि सारिदिएका छन् ।
आफ्नो भएभरको जग्गा आविष्कार केन्द्रलाई दान दिएर देशलाई विज्ञान प्रविधिको विकास मार्फत उन्नतिको बाटोमा शयर बनाउने योजनाको कठिन भारी बोकेर हिँडिरहेका पुन केही समय अगाडि कोरिया आएका थिए ।
सोमबारको दिन थियो । सार्वजनिक बिदा परेकाले सउलतिरै बसाइ लम्बियो एक दिन । बागलुङ सम्पर्क समितिका अध्यक्ष याम श्रीसले फोन गर्नुभयो र चाङगाकस्थित दुर्गा रेस्टुरेन्टमा म्यागासेसे विजेता महावीर पुनसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनुभयो । पहिलेदेखि पुनबारे समचार सुने र पढे पनि छिमेकी जिल्ला म्याग्दी निवासी पुनसँग भेट्ने अवसर मिलिरहेको थिएन ।
कोरिया पनि धेरै पटक आएका थिए तर भेट्ने उचित अवसर मिलेको थिएन । पुनलाई भेट्न र उनको अन्तक्रियामा सहभागी हुन भनी म र क्यामराम्यान दीपकजी चोङगाकतिर हानियौं ।
उनी त्यहाँ थिएनन्, कार्यक्रम इन्छनतिर नेपाली विद्यार्थी समाजले राखेको रहेछ । एनसीसी प्रतिनिधि विनोद कुँवर, जनजाति महासङ्घका निवर्तमान अध्यक्ष भक्त शेरचन, एनआरएन कोरियाकि अपाध्यक्ष जुनु गुरुङ ,बागलुङ सम्पर्क समितिका अध्यक्ष तथा पत्रकार याम श्रीस लगायतको टोलि त्यस तर्फ लागियो ।
एयरपिस विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले महावीर पुनसँग सामान्य भेटघाट र अन्तक्र्रिया कार्यक्रम राखेको थियो ।
पुन एउटा ठूलो उद्देश्य लिएर देश विदेशमा दौडधुप सुरु गरेका रहेछन् । त्यहाँ पुगेर मात्र थाहा भयो, एउटा होचो होचो कदको हँसिलो चेहेराको कालेकाले साधरण मान्छे, तिनै थिए महावीर पुन ।
म सानैदेखिको लिँडेढिपी गर्ने मान्छे हुँ । ठूलाठूला सपना देख्ने खराब मान्छे रहेछु । नेपालमा सपना देख्न डराइन्छ, कहाँबाट होस् विकास ? उनले प्रश्न गरे ।

रोमन म्यागासेसेबाट पुरस्कृत महावीर व्यक्तिगत रुपमा सुखसयलको जीवन बिताउन चाहेको भए उनमा त्यस्तो कुनै कुराको कमी थिएन । तर गरिब, निमुखा र अविकसित देशको नागरिक भनेर बाच्नुपर्दाको पीडाले व्यक्तिगत संसारमा उनी रम्न चाहेनन् ।

। अहिलेसम्मको समय किन यसरी खेर गयो ? देशका अवस्था उस्तै दुखदायी किन भयो ? किन केही गरेनन् नेतृत्वमा रहनेले उनको पीडाको पारो निकै चढेको छ ।
सहयोगका लागि मन्त्री नेताको घर चाहारेर हार खाएका पुनले केही गर्ने सपना नेपाली नेतामा नदेखिएको बताए । एकै पटक करोडौँ रकम माग गरिरहेका पुनको माग सुनेर वाह वाह गरे पनि सबैल हात झिकेको उनको दुखेसो थियो । हामी नेपालीमा रहेको प्रमुख सङ्कट विश्वासको सङ्कट हो । हामिले विश्वास गरिरहेका छैनौँ । सरकारले विश्वास गरेको छैन । यो सपनाा पूरा गर्न जति कठिन भए पनि असम्भव छैन ।
अमेरिकाबाट गाउँ फर्केर विद्यालय निर्माण शैक्षिक अभियानलाई अगाडि बढाउन उनको ठूलो योगदान रह्यो भने प्रदेशिएका गाउँलेको चिठीको खोस्टा कुरेर जिन्दगी फालेका त्यो भेगका नागरिकहरुको पीडा स्वयंले भोगे थिए ।
अमेरिका छिरेका मान्छेहरु उतै पलायन हुन्छन् । डा. इन्जिनियर र अन्य क्षेत्रमा त्यतातिर जति माथि भए पनि स्वदेश फर्केर सेवा कमैले मात्र गर्छन् ।
महावीरलाई आफ्नो गाउँको पछौटेपन र दुखदायी जिन्दगीले सन्तोषको सास फेर्न दिएन उनी अमेरिकाबाट नेपाल आए ।
गाउँको मुहारमा विकासको बुट्टा भरिदिने उनको चाहनाले आफैभित्र घनघोर उतलकुथल ल्याइदियो । नभन्दै उनले आफ्नो गाउँ ग्रामीण भेगमा बेतारे इन्टरनेट जोड्ने काम गरे ।
उनको यो कामले मान्छेका मन जोडिए, विकासका यावत सम्बन्ध र चाहना जोडिए । जसका कारण उनलाई एसियाको नोबेल पुरस्कार दिइयो ।

रोमन म्यागासेसेबाट पुरस्कृत महावीर व्यक्तिगत रुपमा सुखसयलको जीवन बिताउन चाहेको भए उनमा त्यस्तो कुनै कुराको कमी थिएन । तर गरिब, निमुखा र अविकसित देशको नागरिक भनेर बाच्नुपर्दाको पीडाले व्यक्तिगत संसारमा उनी रम्न चाहेनन् ।
यो माटोमा जन्मिएपछि जन्मदिने माटोलाई सिगार्ने हाम्रो काम हो । प्रयत्न र सङ्घर्ष गरे असम्भव केही छैन भन्ने बुझेका महावीर छोटो समयमा विकास गरिरहेका देशमा पुगे र अध्ययन पनि गरेका रहेछन् ।
कुनै पनि देश विज्ञान र प्रविधिको विकासविना विकासको खुड्किला उक्लिन सक्दैन । सामान्य मैनबत्तिदेखि सियोसम्म विदेशीको प्रयोग गर्ने हामीले देशमा उत्पादनमूलक कार्यमा कुनै प्रयास गरेनौँ । सामान्य कृषि औजार र घरायसी सामान पनि हामीले बाहिरबाट आयात गरिरहेका छौँ । विदेशमा मरीमरी कमाएको रेमिट्यान्स पनि यसरी खर्च भएको छ । सम्भावना भएका अति सामान्य चिज त हामिले उत्पादन गर्न सक्छौं
किन बाहिरबाट मगाउने ? उनको तर्क चित्त बुझ्दो छ ।
यो मानेमा पुनको सपनामा युगौँ युगको हाम्रो विकासको चाहना सल्बलाएको छ । यति मात्र होइन उनको चाहनामा देशलाई समृद्धिमा उचाल्ने उपायहरु पनि छन् ।
गरिब र अविकसितको कोटिमा रहेका हामी र हाम्रो परिचय फेरेर, विकसित र सबल देश बनाउन उनले देखेको सपना सानो र कमजोर छैन । ठूला सपना देख्न नचाहने र कसैलेदेखि हाल्यो भने पनि नपत्याएर उडाउने हाम्रो समाज र मनस्थिति छ । हिजो जहाज उडाउदा राइट दाजुभाइ, रेल गुडाउँदा, कम्प्युटर आउँदा र विभिन्न विज्ञान प्रविधिको परीक्षण गर्दा ती व्यक्ति हासोको पात्र भएका थिए तर निरन्तरको प्रयासले सफलता हात लाग्छ ।
। यो सम्भावना हामिले पूरा गर्न सके हाम्रो देशमा विज्ञान र प्रविधिमा अनुसन्धान गर्ने, वैज्ञानिक उत्पादन गर्नेलगायतका काम हुने छ । तिनै खोज अनुसन्धानबाट हाम्रा हरेक आवश्यकता पूरा गराउने प्रविधि विकास हुने छ, जसका कारण हामी सहज रुपमा जीवन काट्न सक्ने छौँ, परानिर्भर भएर बाच्नुपर्ने छैन ।
६० हजार नेपालीले १० हजारको दरले सहयोग गरेमा सो रकम हाइड्रोपावरमा लगाई उक्त हाइड्रोपावर मार्फत आविष्कार केन्द्र सञ्चालन गर्न सकिने उनको भनाइ छ । मानव स्रोतले धनी हामी र हाम्रा युवालाई यही माटोमा पसिना पोख्ने आवसर मिल्ने छ ।
पचास वर्षअघि हाम्रै हाराहारिमा विकास सूचकाङ्क रहेको दक्षिण कोरियाले पाच दशकमा ३५ हजारभन्दा बढी डलर पुर्याउँदा हामी अझे २५०० मै अल्झिरहेका छौँ । विश्वको मानव विकास सूचकाङ्कको आधारमा हामी १२२औं स्थानमा छौँ । हामी यतिसम्म निरिह छौं अन्य देशबाट तेल नआए हाम्रो राजमार्गहरु बन्द हुन्छन् । औषधी नआए हाम्रो जिन्दगी बन्द हुन्छ ।
देशको विकास सूचना र प्रविधिबिना हुन सक्दैन । मानवीय स्रोत प्रयोग गरी विज्ञान प्रविधिको विकाससँगै गरिएको सही सदुयोगले देशको विकास भएको छ ।
साउदी कतारका मरुभूमिमा सिन्कीको मोलमा बेचिएका २० लाखभन्दा बढी युवाहरु मानव संसाधनको महत्व बारे पनि गम्भीर तर्क अघि सारे । देशमा भएको मानव स्रोतलाई देशमै लगाउन देशमै उत्पादन वातावरण जरुरी छ । त्यो उत्पादनका लागि विज्ञान र प्रविधिको विकासविना सम्भव नै । हामीसँग कृषियोग्य जमिन भएर पनि समयअनुसारको प्रविधि र औजार प्रयोग नभएर नै यस्तो भएको हो ।
अतः महावीरको यो अभियान सफल पार्न एक्लैले भन्दा पनि विशेष विज्ञ टोली बनाएर देशविदेशमा अभियान थाल्न र यो अभियान सफल पार्न तपाईं हामी सबैको सहयोग आवश्यक छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल