ब्लग : वृद्धाश्रमकी आमा

  |   शिव बगाले

ब्लग : वृद्धाश्रमकी आमा

shiva bagaleएक साँझ टहलिँदाटहलिँदै पशुपतिमात्र के पुगेको थिएँ, एक वृद्धा आमाले मलाई एकटकले हेरिरहेको देखेँ । मेरै हजुरआमा सरहकी ती वृद्धा देख्दा अझ बढी श्रद्धाभाव जागेर आयो । नजिकिन मन लाग्यो, सामिप्यमा जान मन लाग्यो । टोलाएका नयनका भाका बुझ्न मन लाग्यो । अनि उनका तीता–मीठा इतिहास जान्न मन लाग्यो । तर, उनीसामु जाऊँ कसरी ? बोलौँ कसरी ? दोधारमा परेँ । मैले केही सोद्धा उनको मनमा खाटो बस्न लागेको घाउ झन् कोट्टिने हो कि भन्ने सोचेँ । अर्काे मनले सोचेँ– होइन मैले केही सोध्दा झन् उनको मन शान्त पो हुन्छ भन्ने मनमा कल्पना गर्दै कुरा गर्ने निधो गरेँ ।

आमा सन्चै हुनुहुन्छ ? मैले प्रश्न गरेँ । उनले सुनिनन् । फेरि बोलाएँ, आमा भनेर । उनी झल्याँस्स हुदै मतिर हेर्दै नानी को ? मैले चिनिन नि भनिन् । मलाई त्यति भन्दिनु ठूलो कुरा थियो । म नि तपाईंकी नातिनीजस्तै हुँ आमा । नातिनी भने हुन्छ भने । उनी केही बोलिनन् । मलाई लाग्यो– अब आमै नबोल्ने भइन् । अनि एउटा बहाना बनाउनु नै उनीसँग बोल्ने उत्तम उपाय सोचे र झोलामा भयको पानीको बोतल निकाल्दै सोधेँ, पानी पिउनुहुन्छ आमा ? खै के सोचिछन्, घटघट पानी पिउन थालिन् । अब भने म ढुक्क भएँ । ती आमै मसँग बोल्ने भइन् भनेर ।

कुरा सुरू गर्नु थियो । मौनता भंग गर्दै सोधेँ, घर कहाँ हो आमाको ? उनले उत्तर दिइन्, ‘यो नेपाल नै मेरो घर हो । म जहाँ, जहाँ जान्छु । त्यही घर थियो । आज यहाँ छु । यही घर हो ।’ जन्मघर, कर्मघर त कतै होला नि आमा भनेको ? मेरो न घर न माइत ।’ कुरा घमाएर सोधेँ, यहाँ आउनुभन्दा पहिले कहाँ हुनुहुन्थ्यो ? म पहिले नि यस्तै ठाउँमा थिएँ भनिन् । अनि मलाई लाग्यो– केही पक्कै छ, यसको पछाडि भनेर ।

म कुरा गर्दै गएँ उनको परिवारबारे । अनि गहभरि आँसु पार्दै पोख्न थालिन् आफ्नो पीडा । सानै उमेरको बिहे, अझ भनौँ तोतेबोलीबाट साथी समूह खोज्ने उनको त्यो बेला अनि घर सम्हाल्नुपरेको बुहारीको भूमिका, कति पीडादायक रै’छ । म सोच्दै थिएँ, अहिलेको बालापन अनि त्यो बालापन । बिहे भएको करिब दुई वर्षपछि मात्र माइतीबाट घर फर्केकी ती आमाले ठूलो परिवारमा सबैको इच्छा पु¥याउँदा आफ्नो खुसी बिर्सेको, कैयौँ वर्ष बिताएको पत्तै पाइनँ । अझ काखको बालकले उनको सारा दुःख, दर्द भुलाएको थियो । कैयाँैपटक त्यही छोराको मुख हेर्दै, जीवन जिउने आधार बनाएकी थिइन् । हो, आफ्नै दुःख भुलेर, छोराको मुख हेर्दै, उसको लालनपालनमा कुनै कमी गरिएन बरू आफू भोकै बसिन् कैयौँ रात, बिहान हुने आसमा । छोरा बिरामी हुँदा कैयौँ रात नसुती काटेकी थिइन् । जब कि बुवाको पनि उत्तिकै उत्तरदायित्व हुन्थ्यो । बुवाको काम त केवल, घरबाहिरको काम, खेती, सामान्य व्यापारमात्र थियो । जे भए पनि, ती दम्पतीको जीवन सुखी थियो, खुसी थियो ।

बिस्तारै छोराले फोन गर्न कम गर्यो । आमा अलि चिन्तिथ बनिन् । अनि फेरि सोचिन्, पढाइमा व्यस्त भएर होला भनेर । तर, छोराले धेरै समयसम्म फोन गरेन । पछि धैरै समयको अन्तरालमा फोन गर्यो तैपनि आमा दंग परिन् । त्यसपछि वर्षांैसम्म छोराको फोन आउन बन्दै भयो । जसको सहारामा जिउने आस गरेको थिइन्, जसलाई आफूभन्दा धेरै माया गरेकी थिइन्, अझ भनाँै आफ्नो सर्वस्व माने कि थिइन्, उसले नै वास्ता नगरेको अब प्रस्ट बुझ्न थालेकी थिइन् ।

समय बित्दै गयो । ठूलो परिवारमा सबैको आ–आफ्नै जिम्मेवारी, अनि कामको बोझले गर्दा सबै थकित मुद्रामा बेलुका भोलिका लागि के गर्ने भन्ने योजना बुन्दै ओछ्यानमा पल्टन्थेँ । त्यसैक्रममा एक दिन उनका श्रीमान्ले छाती दुखेको कुरा गर्दै थिए । रातको बेला, न धामीकहाँ जान सके, न केही गर्न । सामान्य परिवारको मानिस, न अस्पताल जाने आँट गरे । सिंगो रात छटपटीमा बित्यो सपरिवारको । झिसमिसेमै धामीकहाँ पुगे । धामीले आफ्नो कौशल देखाउँदै, झारफुक गर्न थाले । कहिले के मन्साउने, कहिले केको बहानामा कालो बोको बलि दिँदै । केही गर्दा पनि भएन । आखिर उनको समय त्यति नै रै’छ । म बल्ल पच्चीस नाघेकी थिएँ भन्दै भक्कानिन थालिन् ती आमा । मसँग पनि उनलाई ढाडस दिने कुनै शब्द थिएनन् । केवल उनले समातेका हात अझ स्नेहपूर्ण तरिकाले समात्न पुगेँ ।

केही समयको धैर्यतापछि उनी बोलिन्, ‘उनकै नाशोलाई असिम प्यार दिए, समाजका अनेक लाञ्छना सहँदै, बाबु र आमाको संयुक्त अभिभावकत्व निर्वाह गरेँ । न दिन भनेँ, न रात । सबै समय उसैका लागि व्यतीत गरँे । छोरो हुर्किंदै गयो, म उसको सारा इच्छा पूरा गर्दै गएँ । मेलापात र उकाली–ओरालीण्का सारा थकान, स्कुलबाट झोला बोकी दौडँदै आएको छोराको त्यो अनुहार सम्झँदा नै बिर्साइदिन्थ्यो । उसका, साना ण्ज्ञछण्साना इच्छा पूरा गर्ने पाउदा, मन खुसीले फुरूङ्ङ हुन्थ्यो । सारा संसार जितेजस्तो लाग्थ्यो । छोराको भविष्यको चिन्ताले सधैँ पिरोलिरहन्थ्यो । छोरा एसएलसी पास भएको दिन, उनको जीवनको सबैभन्दा खुसीको क्षण थियो । उच्चशिक्षाका लागि गाउँकै विद्यालयमा पढाउने उनको सोच छोराले पूरा गरिदियो । जेनतेन, मिहिनेत गरेर आमाले पढाई खर्च पूरा गरिन्, अनि छोराले पनि राम्रोसँग पढेर पास गर्यो ।

छोरा उच्चशिक्षाका लागि सहर जानुपर्ने कुरा नचाहेर पनि नकार्न सकिनन् । दिन रात मिहिनेत गरिन् । जति कमाइ भए पनि त्यही छोराका लागि खर्च गरिन् । बाख्रा बेचिन् । भैँसी बेचिन् । साहुसँग ऋण मागिन् । मेलापात गरिन्, छोराको पढाइको लागि । हुन पनि छोरा त्यस्तै निस्क्यो । हरेक परीक्षामा प्रथम हुने, आमाको दुःखको मूल्य बुझ्यो । आमा झन् खुसी भइन् । स्नातक सकेपछि स्नातकोत्तर पढ्न छात्रवृत्तिमा अमेरिका गयो । छोरो पढ्ने बहानामा झन्झन् टाढा भएको महसुस भइरहेको थियो ती आमालाई । तर, विवशता र बाध्यता । उनी भन्दै थिइन्, ‘जानेबित्तिकै छोराले पुगे भनेर खबर गर्दा उनको मन हर्षले गदगद भएको थियो, अनि कताकता विदेशी भूमिमा जाँदाको डर र चिन्ता पनि सँगै थियो । जाने बेलामा छोराले भन्यो, ‘आमा राम्रो सँग बस्नुस् है म पढेर फर्किहाल्छु । तपाईंलाई सुखी राख्छु । खुसी राख्छु । म आएपछि केही कुराको पनि दुःख हुन्न ।’ नभन्दै, केही महिनामा, छोराले पैसा पठायो, साहुको केही ऋण तिर्न पुग्यो ।

बिस्तारै छोराले फोन गर्न कम गर्यो । आमा अलि चिन्तिथ बनिन् । अनि फेरि सोचिन्, पढाइमा व्यस्त भएर होला भनेर । तर, छोराले धेरै समयसम्म फोन गरेन । पछि धैरै समयको अन्तरालमा फोन गर्यो तैपनि आमा दंग परिन् । त्यसपछि वर्षांैसम्म छोराको फोन आउन बन्दै भयो । जसको सहारामा जिउने आस गरेको थिइन्, जसलाई आफूभन्दा धेरै माया गरेकी थिइन्, अझ भनाँै आफ्नो सर्वस्व माने कि थिइन्, उसले नै वास्ता नगरेको अब प्रस्ट बुझ्न थालेकी थिइन् ।

समय बित्दै गयो । महिना बित्यो । वर्ष बित्यो छोराको केही अत्तोपत्तो छैन । न फोन आउँछ । न खबर नै । केवल छोराको सम्झनामात्र बाँकी थियो । एक दिन गाउँकै एकजनाले छोरालाई भेटेको र उसले राम्रो प्रगति गरेको कुरा सुनाए । अनि उसले बिहे गरेको र सानो बच्चा भएको कुरा पनि सुनाए गाउँका बाबुले । यो सुन्दा आमा खुसी पनि दुःखी पनि भइन् । तर, उहाँको चिन्ता झन् बढ्न थाल्यो । आखिर किन छोराले वास्ता गरेन भनेर । उनी छोरा एक दिन फर्कने आसमा घाँस–दाउरा, मेलापात गरिरहिन् । सोहीक्रममै छोरा नेपाल आएको र पोखरा, लुम्बिनी कता–कता घुमेको खबर पाइन् । उनी भावविह्वल भइन्, छोराको त्यस्तो चर्तिकला देखेर । सोचिन्, आखिर कहाँ के कमीकमजोरी गरेकी थिइन्, उसको लालनपालनमा र उसले यस्तो व्यवहार देखाउँदै छ भनेर । छोराको लालनपालनका लागि गरेको मिहिनेत यसै खेर गएकोजस्तो लाग्यो उनलाई । उनले यति भन्दासम्म आमाको मायाभन्दा छोरनप्रतिको वितृष्णा बढी थियो ।

उनी भन्दै थिइन्, ‘एक दिन छोरा गाउँमा आयो र आमालाई, सन्चै छौ ? मात्र भन्यो । ऊसँग रहेकी श्रीमतीलाई न आफ्नी आमा भनेर चिनायो, न मलाई आमा भनेर सम्बोधन नै गर्यो ।’ उनी छाँगाबाट खसेजस्तै भइन् । संसार अँध्यारो भयो । जुन सोच र आशा पालेकी थिइन् । भविष्य छोरासँगै देखेकी थिइन् । ती सबै काँच फुटेसरी आफ्ना सामु चकनाचुर भएको देखिन् । त्यो लालनपालन र छोराका लागि गरेको दुःखको अपशोच मान्न थालिन् । तर, के नै गर्न सक्थिन् र विचरी आमाले । मनभरि चोट भरिए पनि म सुन्दै थिएँ, उनीसँगै बग्दै थिएँ । कति बेला हामीसँगै रून थालेछौँ, थाहै भएन ।

उनले सोचिन्, ‘आफ्नो विगत अनि भविष्य । कसका लागि, किन केही गर्ने, जिउने आधार के नै रह्यो भन्ने भावलाई मनमनै स्वीकार्दै सदा–सदाका लागि, आफ्नो विगतको याद नै नआउने ठाउँतिर जाने निश्चय गरिन् । कहिले देवघाट त कहिले पशुपति बस्न थालिन् । धर्मको नाममा आफ्नो विगत भुलाउने बहानामा ।

उनलाई धिक्कार रै’छ, आफूले सन्तान जन्माएकोमा जो देशका लागि केही गर्न नसक्ने भए । आफूले सन्तान जन्माए पनि न जन्मदाताको रेखदेख गरे, न सम्झना । उनले धेरै पीडा र व्यथा सहेर जन्माएको सन्तान न आफ्ना लागि भए न देशका लागि । म सम्झँदै थिएँ, एक नारीको जीवन कसरी, कहाँ पुग्दोरहेछ । सन्तानको मायामा आफ्नो खुसी बिर्सने आमाको यो जीवन भोगाइले धेरै आमाको कथालाई प्रतिविम्बित गरेको छ । सन्तानप्रतिको नारीको त्याग र त्यही नारीको वृद्धा अवस्थामा वृद्धाश्रमको बास धेरै नेपाली आमाको आजको यथार्थ हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल