ब्लग : मैले चिनेको प्रकाश दाहाल

-  |   बलिदान मल्ल

ब्लग : मैले चिनेको प्रकाश दाहाल

prakash dahalजब कुनै व्यक्तिको व्यक्तित्व विकासमा सकारात्मक फड्को हान्ने परिस्थिति आउँछ, तब प्रायः नेपालीहरु बाल्मिकीलाई दृष्टान्तको रुपमा अघि सार्दछन् । रत्नाकर डाँकुबाट बाल्मिकी बनेको नेपाली किंवदन्तीले भन्छ, ‘कुनै पनि मानिसले आत्मसमीक्षा गरेर इतिहासका गल्तीहरु सच्चाउन सक्छ, जीवनलाई सत्कर्म र सफलताको मार्गमा समर्पित गर्न सक्छ ।’ विश्वमा यस्ता अनेकौं दृष्टान्तहरु छन्, जसले जीवनको पूर्वाद्धमा गरेका गल्तीहरु सच्चाएर आफूलाई अब्बल र उत्कृष्ट सावित गर्ने गरेका छन् ।

यतिबेला नेपाली राजनीतिका खेलाडी र देशकै शीर्ष नेता प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा छन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड यसपटक जोखिमपूर्ण परीक्षामा होमिएका छन् । प्रचण्ड भन्छन्, ‘यो मेरा लागि अन्तिम अवसर र चुनौति दुवै हो ।’ परिस्थिति हेर्दा लाग्छ, ‘सर्वहारा वर्गको पार्टी र आन्दोलनको रक्षा एवं विकास प्रचण्डका सामू उभिएको सबैभन्दा ठूलो चुनौति हो ।’ त्यसमाथि संकटमा परेको राष्ट्रलाई निकास दिने प्रयत्न गर्नु उनका लागि ठूलै चूनौति छ । १० वर्ष अघिका प्रचण्ड र अहिलेका प्रचण्ड तुलना गर्दा लाग्छ, ‘यसपालि प्रचण्डले निकै ठूलो अनुभव हासिल गरेका छन्, त्यसकारण उनी निकै गम्भीर र परिणामूखी काम गर्ने सोंचमा छन्, त्यहीअनुसार आफ्नो सल्लाहकार, सचिवालय र सहयोगीको टिम निर्माण गर्न खोज्दैछन् ।

प्रकाशलाई स्वकीय सचिव बनाएपछि ‘प्रचण्ड’ र माओवादी फोबिया’बाट ग्रसित व्यक्तिहरु नैतिकता, सभ्यता र न्यूनतम् मर्यादा लत्याएर उनीमाथि आक्रमण गरिरहेका छन् । कतिपय समर्थकहरुलाई पनि लाग्छ, ‘प्रचण्डले प्रकाशलाई सचिवालयमा नलगेको भए हुन्थ्यो ।’ तर, यसमा कति सत्यता र दम छ? यसबारे चर्चा गर्नु सान्दर्भिक होला ।

प्रचण्डले पदभार ग्रहण गरेको पाँच दिनमा उनले गरेका कामहरु हेर्दा लाग्छ, ‘उनी चुनौतिलाई अवसरमा बदल्न चाहन्छन् ।’ त्यसका लागि उनले छोरा एवं पार्टीका केन्द्रीय सदस्य प्रकाश दाहाललाई पनि स्वकीय सचिव बनाएका छन् । प्रकाशलाई स्वकीय सचिव बनाएपछि ‘प्रचण्ड’ र माओवादी फोबिया’बाट ग्रसित व्यक्तिहरु नैतिकता, सभ्यता र न्यूनतम् मर्यादा लत्याएर उनीमाथि आक्रमण गरिरहेका छन् । कतिपय समर्थकहरुलाई पनि लाग्छ, ‘प्रचण्डले प्रकाशलाई सचिवालयमा नलगेको भए हुन्थ्यो ।’ तर, यसमा कति सत्यता र दम छ? यसबारे चर्चा गर्नु सान्दर्भिक होला ।

प्रकाश दाहाल प्रचण्ड पुत्र मात्र होइनन् । बरु, सम्पूर्ण जीवन सर्वहारा वर्गको मुक्तिमा होमेका एक अथक योद्धा हुन् । कतिपय अभियोग भिराउँछन्, ‘प्रचण्ड र प्रकाशहरु काठमाडौंमा बिलासी जीवन बिताइरहेका छन् ।’ तर, के उनीहरुले प्रचण्ड र प्रकाशहरुले भोगेका कहालीलाग्दा विगत बुझेका होलान् ? आज देशको प्रमूख कार्यकारी तहमा पुगेका प्रचण्डको भूमिगत जीवननिकै कष्टकर र जोखिमपूर्ण थियो । परिस्थिति र देशको आवश्यकताले प्रचण्ड देशको सर्वोच्च निकायमा पुगे । तर, कतिपयले देशको कार्यकारी प्रमूखका लागि प्राप्त हुने स्वाभाविक र वैधानिक सुविधालाई सतही र पूर्वाग्रही रुपमा प्रचार गरिरहेका छन् ।

प्रकाश दाहालमा पनि औपचारिक डिग्री हासिल गर्ने उदत्त चाहना पक्कै थियो । तर, परिवारिक बाध्यता र जनताप्रतिको जिम्मेवारीले उनलाई युद्ध मोर्चामा डो¥यायो । उनले मुक्ति वा मृत्युको सपथ लिए । तर, उनले आफ्नो २० वर्षे राजनीतिक जीवनमा जे–जति अनुभव र शिक्षा लिए, त्यो कुनै औपचारिक विश्वविद्यालयको डिग्रीभन्दा कम छँदै छैन । युद्धकै सामिप्यताले प्रकाश दाहाल र प्रभा बोगटीबीच दाम्पात्य जीवन गाँसियो । तर, जीवनको चक्रमा दुवैका सोंच र आकांक्षामा देखिएको अन्तरले उनीहरु अलग भए । यो कुनै छलछाम, षड्यन्त्र र दवावको परिणाम थिएन । बरु, दुवैको हार्दिक समझदारीकै आधारमा उनीहरु अलग भएका थिए ।

प्रभासँगको सम्बन्धबाट अलग भएपछि प्रकाश सिर्जना त्रिपाठीसँग बैवाहिक जीवनमा बाँधिनु बिल्कूलै स्वाभाविक थियो । तर, उनीहरुको जीवन पनि हार्दिकतापूर्वक अगाडि जान सकेन । यसै सन्दर्भमा प्रकाशको बिनासँग सम्बन्ध जोडियो । यो प्रकाशको जीवनमा एउटा ठूलो प्रक्रियागत भूल थियो । राष्ट्र र जनताप्रति समर्पित भएर जब प्रकाश अगाडि बढ्न खोज्छन्, विरोधीहरु प्रकाशको मनोबल गिराउन अनेकन् हत्कण्डा अपनाउँछन् । त्यो बेला प्रकाश गम्भीर हुँदै भन्छन्, ‘सजाय गल्तीको स्तरअनुसार हुनुपर्छ, जीवनको एउटा मोडमा भएको गल्तीको आत्मसमीक्षा पनि गर्नै नपाउने यो कस्तो विरोध हो ? भनिन्छ, ‘एउटा अपराधीलाई पनि उसले गरेको अपराधमा एकपटकमा एउटा मात्र मुद्धा लाग्छ । तर, यहाँ यस्तो भइरहेको छ, प्रकाशले जब आत्मसमीक्षा गर्छन्, विरोधीहरु कमजोरी ठान्छन् । जीवनमा अगाडि बढ्ने संकल्प गर्छन्, तब उनको मृत्युमा आफ्नो जीवन देख्नेहरु चार हात उफ्रिएर उनको अन्धविरोध गर्छन्, मानौं उनीहरुको जन्म नै प्रकाश दाहालको विरोधका लागि भएको थियो ।

prakash
अहिले प्रकाश र सिर्जना सँगै छैनन् । तर, सिर्जनाले न्याय पाउनुपर्छ । सिर्जनामाथि अन्याय गरेर प्रकाशको पक्षमा उभिन सकिन्नँ । तर, के प्रचण्ड र प्रकाशले समस्या समाधानका लागि आजसम्म कुनै पहल नगरेका होलान् ? यतातिर विरोधीहरुले बुझेर पनि बुझ पचाइरहेका छन् । प्रकाश र उनको परिवारले सिर्जनासँग न्यायपूर्ण र सम्मानजनक तरिकाले समस्या समाधान गर्न दर्जनौंपटक प्रयास नगरेको होइन । तर, यहाँ राजनीति भइरहेको छ । विरोधीहरुले यसलाई आफ्नो फस्टाउँदो खेतीको रुपमा उपयोग गर्ने कुनियत राख्दा प्रकाश, सिर्जना दुवै आजपर्यन्त यातनाको शिकार भइरहेका छन् ।

जतिबेला गीरिजा–प्रचण्ड शान्ति सम्झौतामा हस्ताक्षर गर्दै थिए, त्यतिबेला एक बुद्धिजीवीले भनेका थिए, ‘अब नेपालमा मानवअधिकारको वकालत गरेर डलर पचाउनेहरुको पेसा खोसिन्छ । यिनीहरुको अब काम आफ्नो खेती जोगाउनु हुनेछ ।’ शान्ति र संविधानका विरुद्ध अन्तर्राष्ट्रिय कानुनको हवला दिँदै गरिएका हर्कत हेर्दा लाग्छ, ‘ती बुद्धिजीवी सतप्रतिशत सही थिए ।’ आज प्रकाश र सिर्जनाको सन्दर्भमा पनि यही खेतीले काम गरिरहेको छ ।

सिर्जनाप्रति कृतिम दयाभाव राख्नेहरुले एकपक्षीय कुरा मात्रै सुनिरहेका छन् । सम्बन्धमा दरार आउनुमा सिर्जनाका पनि सीमा होलान्, यसबारे उनीहरु प्रकाशको आधिकारिक धारणा सुन्नै चाहँदैनन् । त्यसमाथि प्रकाश अपमान सहेरै मौन बसिरहेका छन् । ¬जसले सिर्जनालाई उचालेर प्रकाशमाथि प्रहार गरिरहेका छन्, ‘के उनीहरु सिर्जनाको न्याय चाहन्छन् ?’ आजसम्मका गतिविधि हेर्दा उनीहरु सिर्जनाको काँधमा बन्दुक राखेर प्रकाशमाथि प्रहार गरिरहेका छन् । उनीहरु चाहन्छन्, ‘प्रकाश र सिर्जनाको सम्बन्ध राम्रो पनि नहोस्, सम्बन्ध अन्त्य पनि नहोस् । जतिञ्जेल उनीहरुको सम्बन्धमा किचलो आइरहन्छ, त्यतिञ्जेल प्रचण्ड–प्रकाशलाई देखाएर भ्रमको खेती गरिरहन सकिन्छ । तसर्थ, अहिले जसले प्रकाशको विरोध र सिर्जनाप्रति कृतिम ममता देखाइरहेका छन्, उनीहरुले प्रकाशमाथि त प्रहार गरेकै छन्, सिर्जनाको भविष्य पनि अन्धकारको भूमरिमा धकेलिरहेका छन् ।

जब एउटा प्रश्न उठ्छ, ‘सुशासनको लक्ष्यसहित सरकारमा आएका प्रचण्डले किन प्रकाशलाई स्वकीय सचिव बनाए ?’ यस प्रश्नको उत्तर खोज्न प्रकाशको विशेषता र क्षमताको यथार्थ बुझ्नैपर्छ । प्रकाश प्रचण्डका छोरा भएकै कारण माओवादी केन्द्रका नेता भएका होइनन् । बरु, प्रकाशभन्दा जुनियर नेताहरु पनि प्रकाशभन्दा माथिल्लो भूमिका छन् । बाहिरबाट हेर्दा लाग्छ, ‘प्रचण्डले छोरालाई नेता र स्वकीय सचिव बनाए ।’ तर, प्रकाशको अन्तरमनले के भन्ला ?बुवाको प्रतिष्ठा र मर्यादाका लागि कतिञ्जेल उनी खुम्चिइरहनुपर्ने हो ?यसरी हेर्दा प्रचारमा त प्रकाशले प्रचण्ड पुत्र भएका कारण चर्चामा छन् । उनी प्रचण्डको छोरा नभएको भए यसभन्दा माथिल्लो जिम्मेवारीमा पुग्न सक्थे । तर, बुवामाथि आउनसक्ने नकारात्मक टिप्पणीबाट बँच्न उनी ‘मरिच’ बन्न तयार भएका छन् ।

प्रकाश प्रचण्डको छोरा नभएको भए पनि उनी सचिवालयमा आउनैपर्ने व्यक्ति हुन् । देशभित्र र बाहिर, पार्टीभित्र र बाहिर, प्रशासन र सामाजिक क्षेत्रमा प्रकाशको जति घनिष्ठ सम्बन्ध छ, त्यस्तो सम्बन्ध माओवादीका थोरै नेताको मात्रै छ । प्रकाशले यो सम्बन्धलाई प्रचण्डको कार्याकाल सफल बनाउन प्रयोग गर्दा प्रधानमन्त्रीले गुणात्मक परिणाम निकाल्न सक्छन् । प्रकाश खुल्ला हृदयका छन् । उनी आफूलाई लागेको कुरा फ्याट्ट बोल्छन् । सबैलाई साथी ठान्छन्, देशको सर्वोच्च नेताको छोरा भएर पनि उनीमा कुनै घमण्ड छैन, उनी सामान्य मानिसलाई पनि आफ्नै दाजुभाइजस्तै व्यवहार गर्छन् । उनीमा ‘देखाउने र चपाउने दाँत’ छैन । जे देख्छन्, बोल्छन् । तर, मनमा पाप र कसैप्रति पूर्वाग्रह राख्दैनन् । कसैका कमजोरी सजिलै औल्याउँछन् र सजिलै क्षमा दिने र सहकार्य गर्ने हैसियत राख्छन् ।

उनीमा स्वाभिमानी विशेषता छ । उनी कसैसामू झुक्दैनन् । तर, सबैसँग हार्दिक सम्बन्ध पनि सँगै बनाउँछन् । समयको व्यवस्थापनमा उनी निकै सिपालु र छरितो छन् । प्रशासनिक र व्यवस्थापकीय काममा उनको छरितोपनले प्रधानमन्त्रीको समयको सदुपयोग मात्र हुँदैन, नयाँ सोंचका लागि प्रेरणा पनि मिल्छ । उनको अर्को विशेषता प्रकाश मिडियामैत्री छन् । सञ्चार माध्यममा आउने सानादेखि ठूलासम्म सबै घटना र सूचनामा उनी अपडेट हुन्छन् । सामान्य नागरिकका गुनासालाई पनि उत्तिकै प्राथमिकता दिन्छन् ।

उनको साँचो बोल्ने विशेषता कतिलाई अप्रिय लाग्छ । तर, जब निस्वार्थ भावले प्रकाशसँग सहकार्य गर्छ, यो व्यक्ति उनीबाट प्रभावित भएरै छोड्छ । उनको विरोध गर्नेहरुले कुनै पनि त्यस्तो दृष्टान्त पेश गर्न सक्दैनन्, जसले अनुकूल र प्रतिकूल दुवै परिस्थितिमा आफूलाई देश र जनताको पक्षमा समर्पित गरेको होस् । यिनै विशेषताका कारण उनी प्रधानमन्त्रीको सचिवालयमा छानिए । उनी स्वकीय सचिवमा नियुक्त हुनुमा प्रचण्डको चाहनाभन्दा प्रकाशको क्षमता बुझ्ने नेताहरुको जोड थियो भन्ने अनुमान गर्न सकिन्छ ।

रुप र अन्तर्वस्तुमा अन्तरसम्बन्ध अवश्य हुन्छ । । तर, प्रचार र यथार्थको बीचमा धेरै ठूलो खाडल पर्ने गरेको छ । प्रचण्ड र प्रकाश सिर्जनालाई न्याय र स्वाभिमान दिन चाहन्छन् । तर, सिर्जनालाई कृतिम ममता देखाएर प्रकाशको विरोध गर्नेहरु भ्रमका्े खेती गरिरहेका छन् । प्रकाशले समस्या समाधान गर्न नचाहेर होइन । बरु, उनलाई देखाएर पीडाको घाउ बल्झाइरहने आपराधिक सोंचले प्रकाश र सिर्जनालाई समान ढंगले पीडा दिइरहेको छ । तसर्थ म भन्छु, ‘प्रकाशमाथि औला उठाउनेहरुले र्सिजनालाई साँच्चै न्याय दिन चाहन्छन् ?’ कि सिर्जनालाई उचालेर प्रकाशमाथि प्रहार गर्ने र अन्तिममा सिर्जनालाई पनि रद्दिमा मिल्काउने षड्यन्त्रको प्रपञ्च रच्दैछन् ? ढिलो वा चाडो परिवार भिडाएर राजनीति गर्नेहरुको पर्दा च्यातिने छ ।
चितवन (हाल कोरिया) २०७३।०४।२६

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल