ब्लग : प्रचण्ड सरकारले पूरा गर्नुपर्ने १० कार्यभार

-  |   कर्ण गुरूङ

ब्लग : प्रचण्ड सरकारले पूरा गर्नुपर्ने १० कार्यभार

IMG_7929पंक्तिकार नेपालको राजनीति र पार्टीप्रति पक्ष लिने र दिने मान्छे होइन । तर, पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर निष्पक्ष रुपमा हेर्दा केही फुटेको घैँटो टाल्दा कसरी जोडिन्छ र पानी थाप्न, बोक्न र पिउन सहज र भरपर्दाे हुन्थ्यो होला भन्ने विकल्पबारे लेख्ने जमर्काे गर्दै छु ।
सबैको कमजोरी र सबैको राम्रो पक्ष
(१) केपी शर्मा ओली सरकारमा रहँदा विकासका धेरै ढोका खुलेका छन्, जसलाई प्रचण्ड नेतृत्व सरकारले अघि सारी सफल पार्न हरप्रयास गर्नुपर्छ । र, थप सम्भावनाका सबै क्षेत्र, क्रम, ठाउँ खोजी गरेर विकासमा जोड दिनुपर्छ ।

(२) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले भुलेका काम आन्तरिक समस्या मधेस, संघीयता, जनजाति, दलित, महिला, उत्पीडनमा परेका आदिका हक, अधिकार र विकासको सवालको उचित समाधान गरी देशमा शान्ति, सुरक्षा र हार्दिकता विकास गर्न सक्ने हो भने नेपालको भविष्य सुन्दर र सुनिश्चित हुनेछ । सबैको मागको उचित र चित्तबुझ्दो हिसाबले सम्बोधन भए यो बन्द–हडताल, नारा–जुलुस, झडप बन्द हुने निश्चित छ । साथै ओली सरकारले प्रस्ताव गरेका ठूला योजनामा प्रचण्ड सरकारले अग्रसरता दिने हो भने प्रतिपक्षमै बसेर पनि एमाले वा ओली समूहले पनि सरकारलाई साथ दिने निश्चित छ ।

(३) नेपालमा एकल जातीय सत्ता प्रवृत्ति र प्रचलनलाई हटाउन केही वर्षसम्म सबै जातिको प्रतिनिधित्वलाई आरक्षणमार्फत व्यवस्था गरी पछाडि परेका जाति र उनीहरुका क्षेत्रमा ठूला विकासे परियोजना र शिक्षामा पर्याप्त लगानी गर्न जरूरी छ । सबैलाई सक्षम र सचेत बनाउने हो भने कालान्तरमा आरक्षण स्वतः हटेर प्रतिस्पर्धात्मक वातावरण विकास हुने निश्चित छ । यसका लागि प्रान्तीय सरकारको ठूलो भूमिका हुनेछ । समय लागे पनि असम्भव छैन जस्तो लाग्छ ।

prachanda (2)
(४) आफ्नो गाउँ, आफै बनाऊँ सरकारको सहयोगको भूमिका, भ्रष्टाचार नियन्त्रण, सबैलाई रोजगारी अनि कानुनको कडा पालना गराई कानुनी राज्य विकास गर्ने हो भने नेपाल विश्वको शक्तिशाली र विश्वासिलो अनि भरपर्दाे देश बन्न सक्छ । नेपालबाट बिदेसिने होइन, विदेशबाट नेपालमा श्रम गर्न आउनेछन् ।

(५) विद्यार्थीलाई विद्यालयमा, राजनीतिज्ञलाई राजनीतिमा, पढेका विद्वान्लाई नेतृत्वमा, हरेक नागरिकलाई कुनै न कुनै काममा व्यस्त बनाई आफ्नो क्षेत्रमा विकासमा लगाउन जरूरी छ । युवा र कलाकार, साहित्यकार, संगीतकार, खेलाडी र शिल्पकारलाई सम्बन्धित क्षेत्रमा व्यस्त बनाउने हो भने नेपालको ढुंगे र नारे समस्या ९० प्रतिशत समाधान हुनेछ ।

(६) वृद्धवृद्धा, अशक्त, बालबालिका, अपांग, बेरोजगारलाई खान, बस्न, बाँच्न पुग्ने सुविधा दिएर राख्ने हो । स्वास्थ्य सुविधा उपलब्ध गराउने हो । बेरोजगारीलाई पहिले स्वरोजगार तालिम र शिक्षामा लगाएर दक्ष र सबल बनाउने हो भने निकै ठूलो समस्या समाधान हुनेछ ।

(७) अमेरिका, अस्ट्रेलिया र युरोपलगायतका देशमा जस्तै काम गर्ने, व्यापार गर्ने, करको दायरालाई प्रभावकारी बनाउने र राम्रा काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई दन्ड जरिवाना गर्ने हो भने नेपालले विदेशलाई गुहार्नुपर्दैन । नेपालको आर्थिक प्रणालीलाई सही किसिमले सञ्चालन गर्ने हो भने समस्या तुरून्त समाधान हुन्छ ।

(८) विद्युत् उत्पादनमा स्वदेशी र आप्रवासी नेपालीलाई लगानी गर्न सेयर खुला गरिदिने हो भने विदेशबाट लगानीको आशा गरेर हात पसारिरहनु पर्दैन ।

(९) विद्युत् व्यवस्थापन भयो भने संसारभरिका अन्य विकसित मुलुकमा झंै नेपालमा पनि २४ घन्टा काम गर्न सकिन्छ । यस्तो अवस्थामा नेपालले बृहत्तर विकास गर्न सक्छ । आर्थिक र भौतिक दुवै रुपले फड्को मारेर अमेरिका वा अन्य मुलुकभन्दा कहिल्यै पछि पर्ने छैन ।

(१०) नेपालीको सबैभन्दा ठूलो कमजोरी अनुशासन हो । उनी धैर्य गर्न सक्दैनन् भने सकारात्मक पनि छैनन् । सुरूवात आफैँबाट गर्न जरूरी छ । आफू, परिवार र समाजलाई आनुशासित, मिहिनेती, धैर्यवान् बनाउन सक्ने हो भने नेपाल सुन्दरमात्र होइन स्वर्ग बन्नेछ ।

नेब्रास्का, अमेरिका ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल