BLOG : शान्ति स्थापनामा युवाको भूमिका

-  |   विश्वास लामिछाने

BLOG : शान्ति स्थापनामा युवाको भूमिका

नेपालमा अहिले राजनीतिक अस्थिरताले आक्रान्त भइरहेको छ । धेरै युवा आºनो कुनै भूमिका नै नभए जसरी चुपचाप बसिरहेका छन् । युवाहरु जाग्नुपर्छ अनि मात्र समाजमा परिवर्तन आउन सक्छ । समस्यालाई ठूलो रुपमा हेरेर मात्र हुँदैन । युवाहरुले स्थानीयस्तरबाटै शान्ति प्रकृयाका लागि आफ्नो अहम भूमिका खेल्नुपर्छ । आफूले गर्न सक्ने कामका लागि आºनै आधार खोज्नुपर्दछ । सडकमा र्याली निकालेर मात्र देशका समस्या समाधान हुँदैनन् । आºनो घरको समस्या बुझेर त्यहीँबाट समाधानका सुरु गर्नु पर्छ । सबैले आफ्ना स्थानीय समस्या समाधान गर्दै गएमा शान्ति प्रकृयामा ठूलो सहयोग पुग्छ ।

वाले मनबाटै म समाजको एक जिम्मेवार सदस्य हो र मैले देश र समाजका लागि महत्वपूर्ण काम गर्नुपर्छ भन्ने भावनाले काम गरेमा मात्र मुलुकमा परिवर्तन ल्याउन सहज हुन्छ । समाज र देशको लागि केही गर्छु भन्ने युवाहरुले आºनै घरपरिवारबाट सुरु गर्दै समाज र देशमा आमूल परिवर्तन गर्न सक्छन् । समस्त समाज वा नेताको आलोचना गर्नुूभन्दा पहिले आºनो स्थानबाट के गर्न सकिन्छ भनेर ध्यान दिनुपर्छ । शान्तिको लागि अग्रजहरुले निकै काम गरे पनि देश विकासका लागि शारीरिक र मानसिक रुपमा सक्षम जनशक्ति भनेको युवा नै भएकाले सकारात्मक विचारका साथ युवा नै अग्रपङ्क्तिमा उभिनुपर्छ । तसर्थ युवाहरु जोसिला जागरिला हुने भएकाले शान्ति स्थापनाका लागि उनीहरुको भूमिका महत्वपूर्ण हुन्छ । युवाले परिवर्तनलाई छिट्टै अपनाउन र बुझ्न सक्ने हुन्छन् । द्वन्द्वकालमा भएका जेजति पनि नकारात्मक कृयाकलाप भएका छन् तिनलाई बिसाउन र बिर्साउन पनि युवाले नै कार्य गर्नुपर्छ । संगसंगै सकारात्मक उपलब्धिलाई फैलाउँदै आºनो क्षेत्र, परिवार, समाज र देशमा सहिष्णुता कायम गराउन पहल गर्नुपर्छ । देशमा केही छैन भन्दै टीकाटिप्पणी गर्नुभन्दा अवसरको खोजी गर्दै आत्मनिर्भर बन्ने सीप सबै द्वन्द्वपीडितहरुलाई उपलब्ध गराउन सकिन्छ ।

अरुले गरेका कार्यको आलोचना गर्नुभन्दा पहिले आफूले समाजका लागि के गर्न सकेँ भनेर आत्म मूल्याङ्कन गर्नुपर्छ । अनि आफूलाई परिवर्तन गर्न सक्नुपर्छ । आºनो नैतिक र सामाजिक जिम्मेवारी बझ्न सक्नुपर्छ । आफूले जानेका कुरा व्यवहारमा उतार्न सक्नुपर्छ । अनि मात्र समाजका लागि सर्वोत्तम हितका उपाएहरु अवलम्बन गर्न र गराउन सकिन्छ । आफू सभ्य बन्दै अरुलाई पनि सभ्य शिष्ट र सम्मान गर्न सक्ने कार्य युवाहरुबाट नै सुरु गर्नुपर्छ । गाउ“ समाजमा हरेक दिन भइरहेको घरेलु हिंसा, सामाजिक झैझगडा जस्ता समाजिक वातावरण खल्बल्याउने कृयाकलापलाई मेलमिलापको रणनीति अपनाएर शान्ति सुव्यवस्था कायम गराउनु पर्छ । विभिन्न कारणबाट मानसिक विचलन भई कूलतमा फसेका युवालाई सत्मार्गको बाटोमा ल्याउनु पर्छ । यसरी नै विकास र शान्ति स्थापनाको महसुस गराई शान्ति स्थापनाको भूमिकामा समाहित गराउँदै अगाडि बड्नका लागि प्रोत्साहानसहित हातेमालो गर्दै समाज परिवर्तन र शान्ति स्थापनामा अहम भूमिका खेल्न सकिन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल