नेविसंघ महाधिवेशन : निर्वाचननै विकल्प

  |   राजीव रिमाल

नेविसंघ महाधिवेशन : निर्वाचननै विकल्प

13918563_1173500356042545_2012038932_oनेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेर स्वर्णिम इतिहास बनाउन सफल नेपाल विद्यार्थी संघ बर्तमान समयमा इतिहासकै चरम संकटको अवस्थाबाट गुज्रिरहेको छ ।

पञ्चायतकालमा राजनितिक सुचना र राजनितीक विचार जनस्तर सम्म प्रवाह गर्ने र प्रजातन्त्र पक्षीय राजनितिक आन्दोलनको दरिलो संगठक निर्माण गर्ने उद्धेश्यले निर्माण भएको नेविसंघ तात्कालिन समयको मागलाई सम्बोधन गर्न सक्ने नेतृत्वदायी संगठनका रुपमा परिचित थियो ।

विगतका आन्दोलनमा अग्रणी भुमिका खेलेर कुशल नेतृत्वको अभ्यास गरेको संगठन लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भइसकेको बर्तमान परिवर्तित परिप्रेक्षमा भने आफैभित्र हराइरहेको कुहिरोको कागको नियति भोग्न बाध्य छ । यो सिंगो लोकतन्त्र र युवा आन्दोलन एवं यस दिशामा कटिबद्ध विद्यार्थी राजनितीका निम्ति भने निकै दुखदायी र बिडम्बनापुर्ण स्थिती हो ।
२०६२र२०६३ को आन्दोलनको पृष्ठभुमिमा राजनितीक अन्यौलता र अलमलको बिचमा नेविसंघले ग्रामिण बस्तिदेखि शहरका महलसम्म, हरेक विद्यालय, विश्वविद्यालयका कक्षाकोठाबाट आन्दोलनको संखघोष गर्दै आम जनतासम्म राजतन्त्रको औचित्य र यसको सान्दर्भिकतबारे बहष सुरुवात गरेर राजनितीमा नयाँ तरङ्ग पैदा गरेको थियो ।

यो अभियानले राजनितीक नेतृत्वलाई लोतान्त्रिक गणतन्त्रको तात्कालिन माग आत्मसात गराउन कोषेढुङ्गाको काम गरेको थियो । आम जनतामा लोकतान्त्रिक गणतन्त्रको रक्तसञ्चार गराउने अहम भुमिकामा नेविसंघ अब्बल विद्यार्थी संगठनका रुपमा स्थापित भएको तथ्य हामीबाट टाढा छैन । त्यो असहज परिस्थितीमा खरो उत्रिएर लोकतान्त्रिक गणतन्त्र स्थापना गराइछाड्न प्रतिबद्ध र कटिबद्ध विद्यार्थी शक्ति यतिवेला भने दिनानुदिन कमजोर बन्दै गएको छ ।

लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको बर्तमान घडिमा जनस्तर सम्म यसको महत्व र यसको उपलब्धीबारे जानकारी गराउन आम जनतालाई जागरण गराउने दिशामा नेविसंघ असपष्ट देखिन्छ र यो ऐतिहासिक कार्यभार पुरा गर्न पुर्णत असक्षम साबित भएको छ । आफ्नो आन्तरिक जिवनको लडाँइमा अल्मलिएर यि सम्पूर्ण जिम्बेवारीबाट च्युत हुनु समग्र विद्यार्थी आन्दोलन र यसको औचित्यमा अझ ठुलो प्रश्न बनेर तेस्रिएको छ ।
नेपाल विद्यार्थी संघले विगत १० बर्षदेखि लोकतन्त्रको सबैभन्दा सुन्दर र शक्तिशाली पक्ष मानिएको निर्वाचन प्रक्रियालाई आत्मसात गर्न पाएको छैन् । यो नेविसंघ मात्र होइन समग्र लोकतान्त्रिक आन्दोलनका लागी निकै ठुलो दुर्भाग्य हो । यसले संगठनको शक्ति र बललाई निरन्तर क्षीण बनाउदै लगेको छ ।

२०६३ सालमा चितवन र नेपालगञ्जमा सम्पन्न नेविसंघको महाशिवेशन पश्चात नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बिच एकिकरण भयो ।

सो एकिकरण पछि नेविसंघ महाधिवेशन सम्पन्न हुन सकेको छैन जसका कारण नेविसंघ आन्तरिक लोकतन्त्रको अभ्यासमा निरन्तर हार्दै आइरहेको छ । नेतृत्वको झिनाझम्टी र गुटउपगुटको खिचातानीले नेविसंघ कमजोर बन्दै गइरहेको छ । उमेरले बुढ््यौली लागीसक्दा पनि नेतृत्वकै लागी मरिमेट्ने प्रबृतीले आम युवा विद्यार्थीको शक्तिशाली संगठन अशक्त र बृद्ध बन्न पुगेको छ । यो निकै नै बेथितीपुर्ण परिस्थिमा नेविसंघकै कारण विद्यार्थी आन्दोलनको प्रयाय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि विगत लामो समयसम्म हुन सकेको छैन । यसको अपजस पनि नेविसंघले नै लिनुपर्ने भएको छ ।

जसले गर्दा आम विद्यार्थी माझ नेविसंघको लोकतन्त्रप्रतिको निष्ठा र विश्वासमा तुषारपात हुँदै गइरहेको छ । विद्यार्थी आन्दोलन ध्वंसात्मक गतिविधीमा मात्र सक्रिय हुन्छन र उनिहरुको औचित्य बन्द, हड्ताल, चक्काजाम वा नाराबाजीमा मात्र सार्थक सिद्ध भएजस्तो देखिन्छ । अन्य सिर्जनात्मक गतिविधीमा शुन्यप्राय रहेका विद्यार्थी संगठनहरु माथि यस्ता कैयन आम प्रश्न उठ्न थालेको छ । नेपालका सार्वजनिक विद्यालयका सि ग्रेडका विद्यार्थीको डिस्कोर्षका रुपमा चित्रण हुदै गइरहको विद्यार्थी आन्दोलनको साख र प्रतिष्ठा निरन्तर खस्कीदै गएको छ ।
निती, संगठन र नेतृत्वका आयाममा नै आमुल परिर्वतन नगरे सम्म अहिलेको अवस्थाको नेविसंघले कुनैपनि आन्दोलनको अगुवाइ गर्न सक्दैन । बर्तमान सांगठनिक संरचनामा ब्यापक फेरबदलको आवश्यकता छ । केबल कोरा राजनितिक भाषणबाजी र नेतृत्वको दावीले मात्रै संगठन चुस्त र बलियो हुुन सक्दैन । यसकालागी स्पष्ट राजनितीक बिचार र भिजनको आवश्यकता छ ।

जसले बदलिदो विद्यार्थी आन्दोलन र फेरिएको राजनितीक रुपरेखालाई नेतृत्व प्रदान गर्न सक्छ । अहिलेकै परिस्थितीमा रुमल्लिएको नेविसंघले अबका कुनैपनि राजनितीक आन्दोलनहरुमा आफ्नो उपस्थिती जर्बजस्त बनाउन सक्दैन भन्ने कुरा सर्बवितितै छ । त्यसैले सांगठनिक पुर्नसंरचना सहित स्पष्ट राजनितीक एवं शैक्षिक कार्यदिशा अख्तियार गर्नु आवश्यक छ । जुन आसन्न महाधिवेशन मार्फत नै सुरुवात गर्न अपरिहार्य छ । यसका निमित्त नेविसंघमा रहेका विद्यमान गुटगत अस्वस्थ प्रतिष्पर्धा र अराजनैतिक गतिविधीको अन्त्य गर्दै भागबण्डा र लेनदेनका आधारमा चलेको संगठनलाई निर्वाचनको माध्यमबाट पुर्नजिवन दिनुपर्ने हुन्छ ।
विगतमा विद्यार्थी आन्दोलनको जगमा टेकेर पार्टी एवम देशको उच्च नेतृत्वमा पुगेका नेताहरु अहिलेको धरासयी विद्यार्थी आन्दोलनलाई टुलुटुलु हेर्दै केबल मुकदर्शक मात्र बन्नु निकै दुखदायी छ । केबल नेतामात्र उत्पादन गर्ने तर संगठन निर्माणमा कुनै ध्यान नदिने ब्यवहारले खोलो तर्ने तर लौरी बिर्सिने चरित्र हावी भएको भान आम युवा विद्यार्थी नेता कार्यकर्तामा पर्न गएको छ । यसलाई चिर्न पनि बर्तमान पार्टी नेतृत्वमा रहनुभएको पुर्व विद्यार्थी नेताहरुले आगामी महाधिवेशनकालागी तिव्रताका साथ अग्रसरता लिन आवश्यक छ ।

प्रदिप पौडेल नेतृत्वको निर्वाचित समिती भगं गरेको पार्टीले नै अग्रसरता लिएर गठन गरिएको बर्तमान रञ्जित कर्ण नेतृत्वको कार्यसमितीले ६ महिनामै महाधिवेशन सम्पन्न गर्नुपर्ने थियो ।

तर आठपटक सम्म पनि मिती तोकिदै महाधिवेशन स्थगीत हुनले समग्र पार्टी नेतृत्वकै क्षमतामाथि प्रश्न उठ्न थालेको छ । जसका लागी पुन एकपटक पार्टी नेतृत्वबाट नै विशेष पहलकदमी होस र महाधिवेशनकालागी केही सकारात्मक हस्तक्षेप हुन सकोस भन्ने आम विद्यार्थी नेता कार्यकर्ताको इच्छा रहेको छ । जसले महाधिवेशनको शुनिश्चिता र गर्छ नै हामी माथि तेर्सिएका तमाम प्रश्नको सपाट जवाफ पनि दिन सक्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल