अर्थमन्त्रीलाई पाठक पत्र : औसत नेपालीले गाडी किन्ने नीति चाहियो

अर्थमन्त्रीलाई पाठक पत्र : औसत नेपालीले गाडी किन्ने नीति चाहियो

sanpunसम्मनीय उपप्रधान तथा अर्थमन्त्री ज्यू

हामी लगभग ५० लाख नेपाली विदेशमा श्रम मजदुरी गरिरहेका छौँ । हामीले कमाएर पठाएको रेमिटेन्सबाट नेपाल सरकारलाई धेरै फाइन्सियल सहयोग भएको छ । त्यसकारण हामीलाई पनि नेपाल सरकारबाट केही न केही फाइदा हुनुपर्यो ।

हाम्रो माग धेरै फरक र चुनौतिपूर्ण छैन । हामी प्रवासी नेपालीहरु लगभग ३० प्रतिशतले राम्रो चिक्तबुझ्दो पारिश्रामिक पाउने कम्पनीमा काम गर्छौँ । हामीले विदशेमा बर्षौ दुख गरेर नेपालमा २० देखि ४० लाखसम्मको मोटरकार किनेर चलाउने सपना बुनेका हुन्छौँ । अहिले म साउदी अरेवियामा छु । उदारणका लागि  Hyundai Tucson GLS Diesel 1995cc  लाई यहाँ ७२००० साउदी रियल पर्छ, यसको नेपाली मुख्य २० लाख आसपास हुन्छ । तर, नेपालमा यसको मुल्य धेरै छ ।

हामीले सोच्नै नसक्ने छ । सपना हुन्छ यो गाडी किन्ने कुरा । नेपालमा यसको मुख्य ८६ लाख पर्छ । अर्को टाटाको नानुकार भारतमा उक लाख भारतीय रुपैयाँमा आउछ । नेपालमा साढे आठ लाख नेपाली पर्छ । नेताहरुले जनताका चाहना अनुसार काम गर्न अनुरोध गर्दछौँ ।

एउटा जटिल कुरा के छ भने हामी नेपाली जनता कोरियन कार चढनका लागि कठिन छ । दलाल, तस्कर, मन्त्री, सभासद्, यात पुख्र्यौली टन्न सम्पती हुनुपर्ने हुन्छ । यसकारण नीजि गाडीको भन्सार न्यूनत हुनुपर्छ । जस्तै अहिले एक सालमा एक हजार जना दलाल, तस्कार, एनजिओ, आइएनजिलो गाडी किन्लान । राजश्व छले किन्लान । तर, हामी जस्ता सर्वसाधरणले गाडी किन्न सक्ने वातवरण भए, राजश्व आफै बढछ । यस तर्फ नवनियुक्त अर्थमन्त्रीज्यूको ध्यान जाओस ।

सन पुन
साउदी अरेविय

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल