नेविसंघ अधिवेशन स्थगित गरे कांग्रेसको नर्सरी बन्द

-  |   विवेक न्यौपाने

नेविसंघ अधिवेशन स्थगित गरे कांग्रेसको नर्सरी बन्द

bibek neupaneनेपालको लोकतान्त्रिक आन्दोलनमा सदैव अग्रणी भूमिका निर्वाह गरेको संस्था नेपाल विद्यार्थी संघ आ˚्नो ११औं महाधिवेशनको संघारमा आइपुगेको छ । साउन २३ बाट २५ सम्मका लागि राजधानीमा तय भएको महाधिवेशन आठौंपटकसम्म मिति तय हुँदा पनि हुने कि नहुने अन्योलमाझ रूमलिरहेको तीतो यथार्थ हो । १० लाख विद्यार्थीले सदस्यता लिएको गौरवशाली संस्थामा माउपार्टीभित्रको अन्तरसंघर्षको चपेटामा परी झन्डै एक दशक पुग्न लाग्दा सबल र सक्षम नेतृत्व विकास हुन नर्सरीका रुपमा रहेको नेविसंघको अधिवेशन तुहिने त होइन भन्ने शंकाले मल पाउनु र पार्टीको मूल नेतृत्व आ˚्ना चाकडी, ढोके, पाले, द्वारेमा मात्र विद्यार्थी अब्बल देख्नु नै आजको शैक्षिक आन्दोलन, राजनीतिक नेतृत्वको विकास र समग्र विद्यार्थी आन्दोलन नै सुस्ताउन पुगेको छ ।

२०२७ वैशाख ६ गते लोकतन्त्र पक्षधर विद्यार्थीको साझा संस्थाका रुपमा नेपाल विद्यार्थी संघको जन्म भयो । पञ्चायती व्यवस्थाले खडा गरेको कालघेरामाझ कलम र मसालअंंकित झन्डा फर्फराउँदै विद्यार्थीको हक–हित, राष्ट्रियता र प्रजातन्त्रलाई उचाइमा पु¥याउने कार्यमा लागेको हाम्रासामु इतिहास साक्षी छ । जसअनुरुप २०२८ मा तत्कालीन शिक्षा नीतिविरूद्ध आन्दोलनले शंखघोष गरेको नेविसंघ, २०३६ को स्ववियु स्थापनाका लागि गरिएको आन्दोलनमा तत्कालीन पञ्चायतलाई घुँडा टेकाउनेमात्र होइन, २०३६ मै तत्कालीन राजा वीरेन्द्रलाई जनमतसंग्रह गराउन बाध्य तुल्याउन नेविसंघको नेतृत्वदायी भूमिका रहेको हामीमाझ छिपेको छैन । त्यस्तै २०४६ को प्रजातान्त्रिक आन्दोलन र २०६२÷०६३ को दोस्रो जनआन्दोलनको नेतृत्वदायी भूमिकाको संयोजन गरेको नेविसंघ यतिबेला ओझेलमा परेको छ वा भनु बत्तीमुनिको अँध्यारो बन्न पुगेको छ । जसले मुलुक र लोकतन्त्रलाई प्रकाश दियो, आफू भने अँध्यारोमा छाउन बाध्य र विवश छ ।

मुलुकको बदलिँदो परिवेशसँग नेविसंघमा सबल, सक्षम र दरिलो नेतृत्व अभावले पञ्चायतविरूद्ध शंखघोष गर्ने कलेजभित्रको प्रतिनिधिमुलक संस्था स्ववियुको समेत निर्वाचन हुन नसक्दा उक्त संस्था अपांग बनेसँगै विद्यार्थीको हक–हित र शैक्षिक गुणस्तरको सवाल उठाउने थलो नै निरीह बन्न पुगेको छ । नेविसंघको शिथिलतासंगै शिक्षा नीतिमाथि निगरानी र खबरदारी गर्ने दाबेदार नेतृत्व अभाव नै मुलुकको शिक्षा बिस्तारै सरकारीबाट ‘प्राइभेटाइजेसन’, ‘प्राइभेटाइजेसन’बाट ‘लिभरलाइजेसन’ हुँदै ग्लोबलाइजेसनको चरणमा उन्मुख छ । जसको गन्तव्य भनेको विदेशीको हातमा नेपालको शिक्षा नीति हुनु हो, अर्थात् आश्रित र निर्भरमुखी शिक्षा नीति हुनु हो । नेविसंघको दरिलो नेतृत्व अभावले गर्दा आफ्नो उद्देश्यमा निर्दिष्ट भएअनुरुप राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा मुलुकको धारणा वा संविधानका विषयमा आवाज बुलन्द गर्न नसक्नु नै विश्वका शक्तिराष्ट्रले वर्तमान संविधानप्रति गहिरो चासो राख्नुको अर्को कारण पनि हो । नेविसंघको बारम्वार अधिवेशन तोकी स्थगन गर्न वर्तमान कार्यसमितिको अक्षमता त छिपेको कुरा रहेन तसर्थ पार्टी नेतृत्वले सहजीकरण गरी अधिवेशनको ढोका खोल्नुपर्छ अन्यथा पार्टी नेतृत्वप्रति प्रश्न तेर्सने गरेको छ कि नेतृत्वले आफ्ना लागि बोझ र प्रतिस्पर्धा नजन्मिऊन् भन्नका लागि आफ्ना भाइछोरालाई चोरबाटोबाट स्थापित बनाउने कडीमा शंकाको बल नपुगोस् । आज तिनै विद्यार्थी आन्दोलनले खारिएर सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको सभापतिमा विराजमान पार्टी सभापतिले आफ्ना भ्रातृसंस्थाका इमानदार र कर्मठ कार्यकर्ताका लागि न्याय गर्छन् कि गर्दैनन् हेर्न बेला आएको छ ।
नेपाल विद्यार्थी संघ समयसुहाउँदो बनाउनु आजको आवश्यकता पनि हो, माइक्रो फेरी–फेरी बोहोराटार र बूढानीलकण्ठ दरबार परिक्रमा गर्न विवश गराउने, अभावले खाली पेट हिँड्ने, चिया, चुरोट र चनामा छाक टार्ने, १२÷१५ वर्ष संगठनका लागि लगानी गरेका, युवा विद्यार्थी उमेर, पारिवारिक दबाब र अभावले राजनीतिबाट पलायन हुन त्यसको प्रतिपूर्तिस्वरुप अर्को १२ वर्षका लागि खडा पारिनु नेपाली युवाको जीवनचक्र वा भनु नियति नै बनेको छ । तिनको मूल्यांकन पार्टी नेतृत्वले गर्नुपर्दैन ?

फेरि पनि अधिवेशन स्थगित वा पर धकेल्ने त्यो वा यो बहनामा सार्दा संगठनप्रतिको विश्वसनीयता नै ह्रास आउँछ । तसर्थ, पार्टी नेतृत्व बेलैमा सचेत हुन जरूरी छ । संगठन गर्छु, नेविसंघ बनेर भोट हाल्छु भन्दा निवार्चन गराउँदा कुन पहाड पल्टिने हो र । जसले जिते नि कांग्रेसी कार्यकर्ताले जित्ने हो । नेतृत्व विकास हुने हो । युवाले आ˚्नो बाटो पहिल्याउने हो । विद्यार्थी संगठनको हक–हितको सवाल उठाउने हो । बोहोराटार र बूढानीलकण्ठको तगारो बन्ने पक्कै होइन । तसर्थ, अधिवेशन स्थगित गरे कांग्रेसको नर्सरी बन्द हुनेछ । जसले कालान्तरमा गएर कांग्रेसमा नेतृत्व अभावले लोकतन्त्र र गणतन्त्रमाथि नै खतरा उत्पन्न नहोला भन्न सकिन्न ।

यसकारण ती शंकाका काला बादल मडारिनुभन्दा अगाडि नै त्यो चिर्ने र हटाउने कार्यको दायित्व नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष एवम् पार्टी सभापति शेरबहादुर देउवाको हो । हिजो पार्टीभित्रै विपक्षी बनेर आलाप गर्दा आफूले लगाएको आरोपलाई आज आफैँले कति कार्यान्वयन गर्छन्, त्यो भने साउन २३ मा देखिनेछ ।

(लेखक, नेविसंघ तनहुँ–काठमाडौं सम्पर्क समिति सभापति हुन् ।)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल