BLOG : मिलेर काम गरौँ, हाम्रो भविष्य उज्ज्वल छ

-  |   सरोज खड्का

BLOG : मिलेर काम गरौँ, हाम्रो भविष्य उज्ज्वल छ

हामी अर्काले के गर्यो भनेर टीकाटिप्पणी गर्नुभन्दा पनि के र कसरी राम्रो गर्न सक्छौँ भन्नेतिर लाग्नुपर्छ ? आफू सम्मानित हुने काम गरौँ । हामी सत्य बोलौँ, दूरदृष्टि राखौँ, ईष्र्या, डाहा र घमण्ड त्यागौँ । रिस हाम्रो ठूलो सत्रु हो । लाग्छ समयको रफ्तार हेर्दा जिन्दगी अति छोटो छ । बाँचिन्छ कहिलेसम्म त्यो पनि थाहा छैन । हाम्रो कुन दिन, कुन रात अन्तिम हो, बोलेका कुन शब्द अन्तिम हुन्छ । त्यो पनि था छैन, यो पहिले नै निर्धारण भइसकेको छ । तसर्थ अभियन्ता मित्रहरू सम्भव हुन्छ भने हामीले बोलेको बोली नै दर्शन बनोस् र युगयुगान्तर जीवित रहोस् । सम्झन र मननयोग्य रहोस ।

सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हामीले हिम्मत गर्यौँ भने अवश्य हामी नयाँ बन्न सक्छौँ । हामीले बोल्दा र लेख्दा यस्तो जनमानसले र सत्रुले पनि प्रशंसा गरोस् । चाप्लुसी गरीमाथि पुग्ने प्रणाली बसेकाले कालोलाई जबर्जस्ती सेतो भन्न लगाइन्छ । हामी बोलेका कुरालाई व्यवहारमा उतारेर सबैको अगाडि छर्लङ्ग देखाउन सक्नुपर्छ अनि मात्र हामी नयाँ हुन्छौँ । कुरा मात्र गर्ने त पुराना छँदैछन् । आउनुहोस हामी उद्देश्य प्राप्तितिर हाम्रा कदम चलाउनुपर्छ । अग्रज बुद्धिजीवी, अभियन्ता मित्रहरु हुनुहुन्छ । तपाईंहरू योजना ल्याउनुस, नियम बनाउनोस् । नियममा बाँधिएर सहभागी बनौँ । के कस्तो कामका लागि लगानी गर्नुपर्ने हो, लगानी गरौं । सक्रिय भएर काम गरौँ । हाम्रै समयमा दुनियाँ बदल्न सकिन्छ । हामी पनि दुनियाँलाई चमत्कार देखाउन सक्छौँ ।

परदेश बसाइमा आफ्ना साह्रागाह्रालाई सामना गरिरहँदा जीवनको सुख र दुःखको दोभानमा आफूलाई निरन्तर श्रमजीवी यात्रामा समाहित गरिरहँदा समाज र राष्ट्रको उत्थानप्रति एउटा सचेत नागरिकले निभाउनुपर्ने भूमिकाको आभास हुँदो रहेछ । हामी प्रवासीहरु सुखी जीवनको कल्पनामा सभ्यताको धरोहर पुण्यभूमिलाई बिरानो बनाएर प्रवासलाई जीवनको गन्तव्यसँग साइनो गासिरहेका छौं । यो हाम्रो रोजाइ भने पटक्कै होइन । तथापि यथार्थ जीवन यात्राको कटु सत्यलाई हामी स्वीकार गरिरहेका छौँ । जसरी एउटा नागरिकको देशका लागि जति ठूलो स्नेह र त्याग रहन्छ, उसले आफ्नो हकहित र सुरक्षाको अपेक्षा गर्नु स्वभाविक पनि हुन्छ । तर देशमा व्याप्त अस्थिर राजनीति व्यवस्था नै समग्र राष्ट्र निर्माणको जटिल पर्खाल बनेको छ ।

मुलुकमा जबसम्म राजनीतिक स्थिरता कायम हुन सक्दैन तबसम्म मुलुकले समृद्धिको यात्रामा गति पाउन सक्दैन । देशमा स्पष्ट र पारदर्शी राजनीतिक अवधारणाको विकास आवश्यक छ । वैकल्पिक राजनीतिक धारका रुपमा उदाएको नयाँशक्ति नेपाल पूर्ण जिम्मेवार भएर विशिष्ट बौद्धिक समुदायसँग प्रत्यक्ष संवाद गर्दै आएको छ । यसले सर्वसाधारण जनताको जीवनस्तर उकास्ने अठोट र प्रतिज्ञामा तल्लीन रहने प्रतिबद्धता जनाएको छ । पटक पटक सत्ता र सरकारको नेतृत्व गर्नेको लापरबाही र आडम्बरको सिकार बनेर अब राष्ट्र गुज्रन सक्दैन । अबको निकास आर्थिक विकास भन्ने मूल नाराको व्यावाहारिक प्रयोजनमा जोड दिन तपाईं हाम्रो सक्रिय सहभागिता चाहिन्छ । त्यसैले मेरो सबै अभियन्तालाई अनुशासित र लगनशील भएर आफ्नो बचेको समयलाई मन, वचन र कर्मले अगाडि बढ्न आह्वान गर्दछु । यो यात्रामा फुटेर होइन जुटेर, हाम्रो होइन राम्रो बनेर अगाडि बढौँ । समृद्धिको यात्राले हामीलाई स्वदेशमा अवसरहरुको सृजना हुने छ र प्रवासको बसाईबाट बिस्तारै स्वदेशको सुखमय यात्रा सुरु हुनेछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल