सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गर्न तीन नेताको प्रबल दाबेदारी (को कति उपयुक्त ?)

-  |   सन्तोष गौतम

सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गर्न तीन नेताको प्रबल दाबेदारी (को कति उपयुक्त ?)

santosh gautamओली सरकारको बहिर्गमनपछि बन्न लागेको प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट कसले नेतृत्व गरेर जाला ? हाल कांग्रेस वृत्त र समग्र राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको छ ।

सभापतिमा देउवा निर्वाचित भएसंगै एकातिर उनलाई आफ्नै पुराना सहयोगीहरूका अपेक्षा पुरा गर्ने बाध्यता छ भने अर्कोतिर निर्वाचनका बेला अर्को क्याम्पबाट उनको पक्षमा आइ निर्वाचित हुन सघाउनेहरुसँग गरेका प्रतिबद्धता पुरा गर्नुपर्ने तथा गुन तिर्नुपर्ने बेला आएको छ ।

तेसो त पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मा पनि उनकै काँधमा छ । राष्ट्रका सामु रहेका संविधान कार्यान्यन, प्राकृतिक प्रकोप पीडितका समस्या, अन्तर्राष्ट्रिय सम्बन्धको रणनैतिक सन्तुलनक साथै २१ औं शताव्दीका नेपालीका विकासका अपेक्षाहरु पुरा गर्न आगामी सरकारले धेरै कष्ट गर्नुपर्ने छ । त्यसको लागि देशलाई नै एकढिक्का बनाएर जनताका सम्वृद्धिका सपनाहरु सकार पार्नेतर्फ महत्वपूर्ण कार्यहरु निसन्देह गर्नु नै पर्ने हुन्छ ।

कांग्रेस भित्रका हालका जोडघटाउहरु र रस्साकस्सीहरु हेर्दा अर्जुन नरसिंह केसी बिमलेन्द्र निधि, कृष्ण सिटौलालगायतका नामहरु सरकारमा कांग्रेसको नेतृत्व गर्ने सम्भाव्य नामहरु व्यापक रुपमा चर्चामा रहेका छन् । बिमलेन्द्र निधि क्षेत्रियता, पार्टीमा त्याग, देउवासँगको निकटता तथा हालको सत्ता समीकरण निर्माणमा खेलेको भूमिकाको आधारमा चर्चामा रहेका छन् भने सिटौलाले शान्ति प्रक्रियामा खेलेको भूमिका, माओवादीसँगको लामो अनुभव र महाधिवेशनमा देउवालाई पुर्याएको सहयोगको हिसाबमा चर्चामा रहेका छन् ।nidhi-kc-sitoula

तथापी बौद्धिक क्षमता, विगत लामो समयदेखि कुनै लाभको पद बिना राजनीतिमा निरन्तर सक्रियता, त्याग र कुटनैतिक चातुर्यको आधारमा अर्जुन नरसिंह केसीले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जानुपर्ने आवाज आम कांग्रेस कार्यकर्ताहरुमा रहेको पाइन्छ ।
एकातिर माओवादी नेतृत्वको सरकारमा देखिन सक्ने विविध जटिलताहरुको साहसिक र बौद्धिक रुपमा निकाल्नुपर्ने चुनौती छ भने अर्कोतिर ओली सरकारले गरेको सपनाको उधारो ब्यापारको सन्दर्भमा जनापेक्षाको सम्बोधन गर्नुपर्ने बाध्यता छ ।

यो अवस्थामा नेता केसीको नेतृत्व सबल हुनसक्ने बुझाइ आम कांग्रेसजनमा छ । केसीको परिपक्वता र सुझबुझ एवं चुनौतीहरुसँग जुध्नसक्ने जुझारुपन उनले द्वन्द्वकालमा कांग्रेस कार्यकर्ताहरुको संरक्षणमा देखाएको सक्रियताले उजागर गरेका छन् ।

यसको बाबजुत पार्टीको केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय विगत अठार बर्षदेखि कुनै मन्त्रालयको जिम्मेवारी नसम्हालेका केसी उनको व्यक्तित्वको उचाई, क्षमता र त्यागको आधारमा उपप्रधानमन्त्रीको स्वाभाविक दाबेदार बनेका छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल