राष्ट्रवादी नेता स्व. राजेश्वर देवकोटाको सम्झना

-  |   शम्भुप्रसाद सापकोटा ‘अखण्ड’

राष्ट्रवादी नेता स्व. राजेश्वर देवकोटाको सम्झना

राष्ट्रवादी वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको निधन भएको आज (शुक्रबार)एक वर्ष पुरा भएको छ ।  भौतिक रुपमा यस संसारमा नरहेपनि नेपाली राजनीतिक इतिहासमा उहाँको परिचय एक राष्ट्रवादी नेताको रुपमा स्थापित रहेको छ ।

shambhu sapkota
राष्ट्रवादी नेता देवकोटाले आफ्नो जीवनकालभर राष्ट्रियता तथा राष्ट्रियता अखण्डताको रक्षाका निम्ति कसैसँग सम्झौता गर्नुभएन । उहाँले राष्ट्रिय एकता कायम गर्नका लागि राजनीतिको माध्यमबाट मात्र नभई साहित्यमार्फत पनि विषेश भूमिका खेल्नु भएको छ ।
राष्ट्रियताको सवालमा ढुलमुले र अवसरवादमा नफसेर सँधै स्पष्ट अडान राखर एक उदाहरणीय राष्ट्रवादी नेताको छबी बनाउनुभएका स्व. देवकोटाको निधनपछि देशले एक असल अभिभावक त गुमायो नै अहिलेको अवस्थामा उहाँजस्तो नेताको खाँचो समेत टड्कारो रुपमा महसुश भएको छ ।

उहाँमा राष्ट्रियताप्रति चिन्ता थियो । नेपाल र नेपालीको चिन्ता थियो । उहाँ नेपाल र नेपाली जनतालाई साध्यका रुपमा हेर्नुहुन्थ्यो भने राजनीतिलाई एक साधनको रुपमा मात्र हेर्नुहुन्थ्यो ।

उहाँमा एक असल राजनीतिज्ञमा हुनुपर्ने गुण र असल विचार थियो । तर, पछिल्लो समय उहाँ राष्ट्रवादी आन्दोलनलाई दलीय राजनीतिले खाएको टिप्पणी गर्नुहुन्थ्यो । यसमा उहाँ चिन्तित हुनुहुन्थ्यो ।

लामो समय उहाँसँग संगत गरेको नाताले उहाँ दलीय सिस्टम आएकोमा बेखुसी हुनु एउटै कारण पाएँको थियो त्यो के हो भने राष्ट्रियता कमजोर भएको महसुश हुनु ।

हुन पनि अहिले मुलुकमा जुन दलीय सिस्टम आएको छ । यो नेपाली जनताको अनुकुल छैन । यति मात्रै होइन अहिलेको राजनीति गम्भीर मुडमा छ । दलका नेताहरु नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध रहेको जस्तो दखिन्न । उहाँहरु कुर्सीको मात्रै ध्याउन्नमा देखिनुहुन्छ ।
देशमा गणतन्त्र आएसँगै थप समस्या उत्पन्न भएको छ । वास्तवमा भन्ने हो भने गणतन्त्र नेपाली माटोका लागि सहाउँदो छँदै छैन ।
दलहरु साँच्चै सुध्रन्छन् र नेपाली जनतको हित चाहन्छन् भने राष्ट्रिय एकता, अखण्डता तथा राष्ट्र निर्माणका लागि एक ठाउँमा आउनुको विकल्प छैन । राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्छ ।

समस्याको साझा मिलनबिन्दु खोजिनु पर्छ । यसो भएको खण्डमा मात्रै नेपाली जनताले साँच्चै मुक्तिको अनुभूति गर्न पाउनेछन् भने देश विकासमा पनि सहयोगी सिद्ध हुनेमा कुनै दुइमत रहँदैन । यसले नेपाली माटोको रक्षा पनि सुनिश्चित हुन्छ ।दलहरुको सँधै लुछाचुडी  चल्ने हो भने थप संकट निम्तने अवस्था मात्रै रहँदैन राष्ट्रियता नै खतरामा पर्न सक्छ ।

 

गत वर्ष गएको विनाशकारी भूकम्पले ब्यापक धनजनको क्षति भयो । अहिले पनि हजारौं नागरिक घरबारविहिन रहेका छन् । तर सरकारले उचित पुर्नस्थापना प्याकेज ल्याउन सकेको छैन । कसैले कुनै राहत पाएपनि पहुँचको आधारमा भएको छ । पहुँत नभएकाहरु कष्टकर अवस्थामा बाँच्नुपर्ने अवस्था निम्तिनु भनेको निकै दुखद कुरा हो । कुनै पनि नागरिकले राज्यले दिएका सुविधा सहज रुपमा पाउनु पर्छ । तर, बिडम्बना यो उसको अधिकार भएर पनि उपभोग गर्न पाएको छैन।rajeshwor

देश अहिलेको अवस्थामा पुग्नु दलीय सिस्टम नै हो । त्यसैले अब राजनीतिक दलहरु एकजुट हुने बेला आएको छ । सबै राजनीतिक दलहरुले माटोको कसम खाएर मुलुक जोगाउने दायित्व मेरो हो भनेर हातेमालो गर्दै अघि बढ्नुको विकल्प छैन । यस्तो हुन सके राष्ट्रवादी स्वर्गीय नेता राजेश्वर देवकोटाको आत्माले पनि शान्ति पाउँथ्यो ।

लामो समयदेखि उहाँसँग संगत गरेको हुनाले उहाँको राष्ट्रवादी छबी सम्झने कोसिस गरेको हुँ । २०५३ भेट हुँदा देखि अनन्तकालसम्म उहाँको सेवन भएको हुँ म । उहाँबाट प्रभावित हुनुको कारण नै उहाँको राष्ट्रवादी विचार हो ।

अब सच्चा देशभक्त र राष्ट्रवादी शक्तिहरु एकजुट भई राष्ट्रिय एकता गर्न ढिलाई गर्नु हुन्न । यसका लागि सम्पूर्ण युवापुस्ताले समेत खबरदारी गर्नु जरुरी रहेको छ।
राष्ट्रिय एकता कायम हुन सकेमा मात्रै पनि देवकोटाको मृत आत्माले शान्ति पाउने थियो ।

(सापकोटा राष्ट्रवादी नेता हुन्, यो लेखकको निजी विचार हो)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल