राष्ट्रपतिज्यू गृहजिल्लालाई पूर्वको कर्णालीको रुपमा कहिलेसम्म परिचित गर्ने ?

-  |   सुनिल सापकोटा

राष्ट्रपतिज्यू गृहजिल्लालाई पूर्वको कर्णालीको रुपमा कहिलेसम्म परिचित गर्ने ?

sunil sapkotaभोजपुरको बन्ने वित्तिकै सबैले भन्छन् ‘देश भोजपुरेले खाएँ । जे छ भोजपुरेकै छ देशमा । अहिले माथि पुग्न कि भोजपुरको हुनुपर्छ । कि झापाको’ । अधिकांशको मुखबाट सुनिने सब्द हो यो । हुन पनि राष्ट्रपतिको गृहजिल्ला भोजपुर नै भएकाले त्यसो भन्नु पनि स्वाभाविक होला । झापाको प्रधानमन्त्री भएको सरकारमा संचारमन्त्री पनि भोजपुरकै छन्  ।

FB_IMG_1463533610878

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तर भएपछि हरेक पटक सरकार परिवर्तन हुँदा भोजपुरबाट क्याबिनेट स्तरको मन्त्री नबनेको मन्त्रिपरिषद् बिरलै होला । शाही शासनकालमा टंक ढकाल जस्ता शक्तिशाली मन्त्री पनि हामीसँग नै थिएँ । गणतन्त्रको स्थापना भएपछि गठन भएको पहिलो मन्त्री मण्डलामा ज्ञानेन्द्रबहादुर कार्की जलस्रोतमन्त्री भएका थिएँ । उनैको पहलमा बहुचर्चित अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजना अगाडि बढाउने पहल भएको थियो ।

कार्कीले नै भोजपुरलाई केन्द्रीय प्रशारण लाइनसँग जोडेका थिएँ । पूर्वको कर्णालीको रुपमा मात्र नभई उज्यालोबाट समेत बन्चित रहेको भोजपुरलाई विद्युतीकरण गर्नका लागि कार्कीले बहन गरेको जिम्मेवारी एकदमै प्रशंसनीय छ।  कार्कीले अगाडि बढाएको बहुचर्चित अरुण देस्रो जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी सतलज विद्युत निगमसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा पिडीए भएर निर्माणको अन्तिम तयारीमा पुगेको छ भन्दा फरक नपर्ला ।

संविधानसभाको निर्वाचनपछि भोजपुरले क्याबिनेटमा आफ्नो स्थान सुरक्षित गर्न सकेन । पहिलो संविधानसभा संविधान नै दिन नसकी विघटन भएपछि खिलराज रेग्मीको नेतृत्वमा बनेको सरकारको अर्थमन्त्रीको भूमिका शंकरप्रसाद कोइरालाले निर्वाह गरेका थिएँ । कोइराला कुनै राजनीतिक दलको नेता भएर मन्त्री भएका होइनन् । उनि नेपाल सरकारका पूर्व सचिव थिएँ ।

रेग्मीसँगको भेटमा कोइरालालाई कुनै पार्टीको सिफारिसमा मन्त्री बनाएको नभै कानून पृष्ठभूमिको भोजपुर कै कुनै व्यक्तिले आफूलाई  आग्रह गरेपछि आफू पनि  कन्भिन्स भएकाले आफ्नै  व्यक्तिगत रुचिमा अर्थमन्त्रीको  जिम्मेवारी दिएको पटकपटक भन्ने गरेका छन् । राजनीतिक नभैकन प्रशासनिक पृष्ठभूमिबाट मन्त्री बनेको भएपनि कोइरालाले भोजपुरको विकास र समृद्धिको लागि राजनीतिक पृष्ठभूमिबाट मन्त्री भएकाहरुले भन्दा धेरै योगदान गरेका छन् ।

तत्कालिन अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट भाषण गर्दा  भोजपुरको नाम  पटकपटक उच्चारण गरेका थिएँ । त्यो पनि महत्त्वपूर्ण आयोजनाहरुमा बजेट बिनियोजन गरेको छु भनेको सुन्दा आनन्द हुन्थ्यो । कोइरालाले बिजियोगन गरेको बजेट मध्ये हिले –भोजपुर नारदमुनि थुलुङ्ग राजमार्गको पिच गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु भनेको सुनिएको थियो । तर उक्त सडकको हालत खराब भएकाले यातायात व्यवसायीले नै बन्द गर्ने घोषणा गरेका छन् ।

ठेकेदारको चरम लापरवाही भनौं या राजनीतिक दलको बेवास्ताको कारण भनौं अहिले हिले – भोजपुर राजमार्गको लेगुवा भोजपुर खण्ड एकदमै नाजुक अवस्थामा रहेको छ । मान्छे चढेर हिड्ने गाडीलाई मान्छेले नै तानेर लग्नुपर्ने अवस्था भएपछि त्यो भन्दा नाजुक अवस्था के हुन्छ ? असारे विकासको  मारमासमेत परेको उक्त सडक खण्डमा धान रोपाइँ गर्ने जस्तो अवस्था बनेको छ ।

FB_IMG_1464526305987कोइराला पछि मन्त्री बनेका कृपासुर शेर्पा काममा भन्दा पनि बढी बिबादमा आए जिल्लाको लागि केहिपनि नगरी त्यसै गएँ । अहिलेको मन्त्रिपरिषद्मा पनि भोजपुरबाट शेरधन राई मन्त्री बनेका छन् । जो सुकै मन्त्री बनेपनि जिल्लाको लागि केहि गर्न नसक्नेको हिसाब किताब नागरिकले राख्नै पर्छ । सरकारको शक्तिशाली मन्त्रीमा रहँदा पनि बजेट भाषणमा जिल्लाको एउटा पनि योजना समावेश गर्न नसक्नु त्यो मन्त्री जिल्लाको विकास नारामा असफल दरिनु हो ।

मन्त्रीले जिल्लाको  विकासमा भन्दा पनि पद ,प्रतिष्ठा र पैसामा जोड  दिँदा जिल्लामा जानु पर्ने आयोजन लान नसकेको र जिल्लाको विकास ओझेलमा परेको जानकारहरु बताउँछन् । को के भयो भन्दा पनि कसले के गर्यो भन्ने कुरा महत्त्वपूर्ण हुँदो रहेछ । राष्ट्रपतिको जिल्ला विकासको दृष्टिकोणले पूर्वकै  सबैभन्दा पछाडि पर्नु दुखद कुरा हो । यो सरकारले पनि  बुझ्नुपर्ने कुरा हो ।

अहिले भोजपुर  पूर्वाञ्चल विकास क्षेत्रमा रहेका १६ जिल्ल्ला मध्ये  सबैभन्दा अविकसित र अबहेलित जिल्ला समेत भएको छ । सरकारमा रहेका व्यक्तिहरुको उदासीनता र बेवास्ताका कारण जिल्लाका बासिन्दाले पीडादायी जीवन जीउनु परेको छ । खानेपानीको समस्या उस्तै छ । सडकको निर्माण जथाभावी गर्नाले भूक्षय हुने सम्भावना बढेको छ । डोजर ड्राइभर आफै  इन्जीनियर बनेर मनलाग्दी बाटो बनाएपछि बाटोको मात्र होइन जमिनको पनि आयु समाप्त हुन् आँटेको छ ।

मध्यपहाडी लोकमार्गको सडक खण्ड समेत रहेको लेगुवा भोजपुर सडक मार्गको त झन् कुरै नगरौं । भोजपुरको समृद्धि र सुगमताको प्रमुख आधार र पूर्वाधार समेत रहेको यो सडक मार्ग बन्द हुँदा र सडक नै धान खेत जस्तो रोपाइँ गर्नका लागि उपयुक्त हुँदा समेत जिम्मेवार निकाय र जनप्रतिनिधिहरु बेखबर बनेका छन् ।

विकासलाई राजनीतिबाट टाढा राख्न जरुरी छ । तिम्रा कांग्रेस ,एमाले , माओवादी ,राप्रपा तिमीसँगै राख हामीलाई जिल्लाको विकास देऊ अनि समृद्धि र निकास देऊ । अब हामीलाई कर्यकर्ता र जनता होइन नागरिक बन्ने अधिकार छ । त्यो अधिकार हामीलाई  देऊ। भोजपुरमा विकास बिरोधि र मानवता बिरोधिहरुको पनि उत्तिकै पहुँच र प्रभुत्व रहेको छ । खानेपानी आयोजना असफल बनाउने देखि विकास बजेट खाने उपभोक्ता समिति समेत जिल्लाको विकासका लागि धमिरा हुन् । विकास निर्माणका लागि कानून समेत यति कमजोर छ कि एकजना व्यक्तिले बिरोध गरेकै भरमा आयोजना क्यान्सिल हुँदो रहेछ ।

हाम्रै पहलमा समाबेश गरिएको चम्पे गाबिस स्थित रहेको भाङटार खानेपानी समेत एकजना व्यक्तिका बिरोधाका कारण असफल भयो । पाँच करोड भन्दा बढी रकम फ्रिज भएर आयो । तर याङपाङ  स्थानीय बासिन्दा पानी खान नपाएर काकाकुल बनेका छन् । खानेपानीको समस्याका कारण पुरै बस्तिनै बसाई सर्ने अवस्थामा पुगेको छ । के पानी खान नदिने नियत चाहिं मानवता बिरुद्धको अपराध होइन ?

मन्त्री र सांसदहरुले जिल्लाको विकासलागि ध्यान नदिंदा र विकास निर्माणका कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्न नसक्दा जिल्लामा विकासनिर्माणको कार्यहरु ओझेलमा परेका हुन् । लौन राष्ट्रपतिज्यू हामी कहिलेसम्म पूर्वको कर्णालीमा बसिराख्नु पर्ने हो । पश्चिमको कर्णालीमा त सबैको ध्यान जान्छ । तर पूर्वको कर्णालीको याचना र बेदना कसले सुन्ने ।

राष्ट्रपतिको गृहजिल्ला पूर्वको कर्णालीको रुपमा परिचित हुनु त्यति राम्रो होइन कि ? जनताले कहिलेसम्म सास्ती खेप्ने । यसमा सोच्ने बेला आएको छ । किनकि बुख्याँचा मन्त्रीहरुको कुनै भर छैन राष्ट्रपतिज्यू ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल