जापानमा रहेका केटालाई छोरी नदिने 
!

जापानमा रहेका केटालाई छोरी नदिने 
!

SATHISH

सफा र चम्किला कपडाले सोफा छोपिएको कोठा । बीचमा टि टेबल । टेबलमाथि पानीको घडा । त्यसमाथि फूलले सजाइएको । त्यहाँ गएका टोली सोफामा बस्दै गफ गर्न थाले । घरकाले जस्तो केटी खोजिदिनुहुन्छ त्यहीसँग बिहे गर्ने मेरो निर्णय थियो । त्यसकारण उनले केटीको फोटोमात्र हेरेका थिए । सुन्दरता ठिकै थियो । जवानीले उन्मत्त उनको शरीरको चर्चा जति गरे पनि साध्य थिएन । फोटो हेरेको भरमा उनले हुन्छ भन्ने जनाउ दिइसकेको थिएँ ।

समयको अनुकूल नमिलेको हुँदा टोकियोबाट काठमाडौंको यात्रा नै लामो भयो । बिहे भएकाले किनमेल गर्दागर्दै गाउँ पर्वत पुग्न ढिला भयो । पण्डितले घर पुगेको भोलिपल्टै टीकाटालोको साइत जुराइदिए । भोकाएको बाघले हरिण कुरेकोजस्तै मेरो नजरले सिर्फ उनलाई कुरेको थियो । सारी लगाएकी चिटिक्क परेकी उनी भित्र आई । मलाई लाग्यो उनी नै हुन् । हातमा भएको मोबाइलले मेरो फोटो खिचिन् अनि बाटो लागिन् । कतैबाट आवाज आयो, दुलहीको फुपू दिदी, उनले मनमनै थुइक्क भने । केही समयपछि दुलाही भित्र प्रवेश गरिन् । उनका आँखा रसिला थिए । आँखामा पीडा लुकेको प्रस्टै देखिन्थ्यो । टीकाटालोको साइत ढिलो भएकाले सबै गफगाफमा व्यस्त थिए । उनलाई उनीसँग बोल्न साह्रै रहर थियो । के खोज्छस् कानो आँखो भनेजस्तै मेरो र उनको एकान्तमा गफ गर्ने मौका मिल्यो ।

सुनसान कोठा । निहुरिएको उनको शिर । उनको पहिलो प्रश्न सन्चै छौ भन्दा नबोली मुन्टोमात्र हल्लाइन् । मनमनै सोचेँ कुराकानी नै त हो भनेर केही कुरा जानौँ भनेर सोधेँ कस्तो लागिरहेको छ ? विवाह गर्न आफ्नो खुसीले कि घरको भनेर सोधेँ । उनी, ज्वालामुखी विस्फोट भएजसरी पड्कन थालिन् ।

मेरो तीन वर्षअघिदेखि अर्कै केटासँग प्रेम छ । ऊ अस्ट्रेलियामा भएकाले आउन मिलेन । अर्काे मंसिरमा आउने भनेको छ । मैले जति भने पनि घरकाले मान्दैनन् । तपाईंको गलफ्रेन्ड छैन ? म त तपाईसँग विवाह गर्दिनँ । प्लिज तपाईंले केटी मन परेन भनेर रद्द गर्दिनु न भनेर रुन थालिन् । म छाँगाबाट खसेजस्तो भएँ । मेरो मुखबाट हस, हुन्छ भन्दा बढी शब्द निक्लिएन । कसोकसो कुरा मिलाएर टीकाटालो रद्द गर्दै घर फक्र्यौं । उता, वल्लोबाट पल्लो गाउँभरि टीकाटालो गर्न गएको केटा खालीहात फक्र्याे भनेर ठूलै हल्लाखल्ला भएछ । विनागल्ती उनलाई गाउँभरि नंग्याएछ । गाउँ, चोक, गल्लीदेखि चौतारासम्म पनि अनुहार देखाउन नसक्ने भएपछि गाउँमा बस्न गाह्रो भएपछि मदन पौडेल विवाह नगरी जापान फर्कन बाध्य भए । .

जापान फर्किए पनि मदनलाई घर, साथी, आफन्तबाट केटीको कुरा आउँछ । सामाजिक सञ्जाल अनि धेरै माध्यमबाट नयाँ–नयाँ फोटो साटासाट र केहीसँग धेरथोर गफ पनि भए । व्यस्तताले कत्तिको म्यासेज फिर्ता गर्यो कत्तिको त्यत्तिकै । उता म्यासेज फिर्ता नपाउनेहरू केटा घमन्डी रहेछ भनेको कुरा पनि मदनले थाहा पाए । यस्ता कुराले गाउँ–समाजमा नराम्रो हुन सक्ने डरले नचाहँदा नचाहँदै पनि सामाजिक सञ्जालबाट टाढिन थाले ।

उनी जापान फर्के पनि गाउँघरमा गफ गर्ने कारण बन्यो । गाउँको चौतारा, पँधेरासम्म उनकै नानाथरि गफ भए रे । परिवारमा पनि दुःखित बनाएको त्यो घटनापछि पर्वतबाट उनी पोखरातिर केटी खोज्न पुगे । घरबाट सबै कुराकानी भयो । बिहेको पक्कापक्की भएपछि उनी फेरि जापानबाट बिदा मिलाएर नेपाल पुगे । गाउँभरि मदनको विवाह हुने भएछ नि भनेर फेरि चर्चा चल्यो । केटी हेर्न पोखरा पुगेका उनले केटी र केटीको परिवारसँग कुराकानी भयो । उनी लभमा नपरेकी केटी परिछन् । बिहेको पक्कापक्की भएको थियो । सबै कुरा अनुकूलै थियो । एक्कासि केटीको घरबाट केटीको दाइले जापानमा हुने केटालाई हाम्रो बहिनी नदिने भनेपछि विवाह रद्द गरियो । कारण जापानमा भविष्य नभएकोले रे । धेरै दुःख गर्नुपर्छ । कारण यतिमात्र सीमित थिएन । पारिगाउँकी दुई बच्चाकी आमा जापान पुगेर बिहे नै भएको छैन भन्दा कति केटाले उनलाई पछ्याएको अनि कति केटा पैसा कमाउँदै जथाभावी रक्सी पिएर बबाल गरेको घटना नेपालसम्मै सुनिएको थियो । मदनको साथी हरिले नेपालमा रक्सी, चुरोट केही नखाने केटा जापान पुगेपछि रक्सी र चुरोट पिएको फोटो फेसबुकमा राख्ने गर्छन् । गाउँघरमा यस्ता कुरालाई धेरै ध्यान दिएर हेरिन्छ ।

पढ्न गएको केटाकेटी उतै सँगै कोठामा बसेकोसम्म पनि गाउँमा खबर पुग्छ । यी सवै कुरा सुन्दा मदनलाई कुन दिन जापान गएछुजस्तो लाग्यो । के कारणले जापान गएकै भरमा केटी नदिएको हो ? जति नै विरोध गरे पनि कारण उही जापानमा भविष्य छैन । अब गाउँ–समाजमा मुख देखाउन गाह्रो भयो । अनि कुम्लो बाँधेर छुट्टीभन्दा महिनाअघि मदन जापान फक्र्यो । परिस्थितिबाट हार खाएपछि हिजोसम्म लभ गर्नै हुन्न भन्ने उसको बाबुआमा उल्टै सोध्छन्, ‘तेरो लभ परेको छैन ?’

जापानमा रहेका केटाले केटी नपाउने नै हो त ? जापानमा नेपाल सम्बन्धित धेरै संघ–संस्था बने । विभिन्न कम्पनीको स्थापना गरिए । नेपालीलाई चाहिने नेपालमा जस्तो सबै सुविधा मिल्दै गएको छ । अब म्यारिज व्युरो पनि बनाउन सके धेरै राम्रो हुन्थ्यो । मदनजस्ता अविवाहित धेरै युवक–युवतीको सपना पुरा हुने थियो । हामी अविवाहित हु्ँदै जापान जान्छौँ । जापानमै रहेका नेपाली केटाले केटी र केटीले केटा खोजी दिने संस्था म्यारिज व्युरो भएमा मदनजस्तो अरू पुरुषले दुःख पाउदैनथे कि ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल