योगको महत्व र नेपालको पर्यटनमा यसको सम्भावना

-  |   अन्जन कुमार थापा, नेपाल योग एशोसिएशन, उपाध्यक्ष

योगको महत्व र नेपालको पर्यटनमा यसको सम्भावना

anjan thapaहिमालको सुन्दर देश नेपाल मनोरम हिमश्रृंखला प्राकृतिक सुन्दरता, शिवको भूमि र आदिकालदेखि ऋषिमुनि तपस्बिहरुको साधनास्थल, भगवान पशुपतिनाथको बासस्थान आदी–इत्यादी बिषयले गर्दा नेपाल पवित्र तिर्थस्थल तथा पवित्रभूमि रहेको कुरा पुराणहरुमा पनि सुन्न र पढ्न पाइन्छ ।

प्राचिन कालमा ऋषिमुनीहरुले गर्ने गरेका हरेक क्रियाकलाप प्राकृतिक उपचारको विधी तथा शारीरिक रुपमा गर्ने अभ्यास जसलाई योग भनिन्छ । योगको सान्र्दभिकता दिन दुगुना र रात चौगुनाले बढेर आजको दिनसम्म आइपुग्दा त्यसको महत्वले थप स्थान पाएको छ ।

सन् २०१५ बाट संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउने चलनको सुरुवात गरेसँगै संसारभर जुन २१ लाई करिब ७५ राष्ट्रले एकैसाथ विभिन्न कार्यक्रम, अन्र्तक्रिया, प्रणायाम तथा योग गरेर मनाए । शरिरमा रहेका विभिन्न प्रकारका समस्यालाई आफ्नै अंगहरु चलायमान गरि पाइने लाभ उठाउने पद्धतिलाई योग भन्छन् ।

मानिसको शरिरमा हुने विभिन्न प्रकारका समस्याहरुलाई प्राकृतिक रुपमा आसन र प्रणायामको माध्यमबाट निको पार्न सकिन्छ भन्ने कुरा आजको दिनमा प्रमाणित भएको छ । अस्पतालमा उपचार हुन नसक्ने बिरामीलाई फिजियोथेरापीमार्फत उपचार गराइनुले पनि योगको महत्व थप प्रष्ट पारेको छ ।

योग साधनाले व्यक्तिलाई प्रसस्त फाइदा त पु¥याउँछ, नै साथै सकारात्मक सोच, व्यक्तित्व विकास, सादगीपूर्ण जिन्दगी तथा स्वास्थ्य रहन मद्दत गर्दछ । हिमालय पर्वतको देश नेपाल, शिवको पवित्रभूमि पशुपतिनाथको वासस्थान भएकाले संसारका अन्य देशभन्दा योगको लागि नेपाल उपयुक्त हुन सक्छ । त्यसकारण नेपाललाई योगभूमिको रुपमा विकास गर्न सकिन्छ ।yoga (4)

विश्वभर योगको महत्वबारे प्रचार–प्रसार भइरहँदा अमेरिका युरोप र अस्ट्रेलियालगायत विकसीत मुलुकका नागरिकहरु योगप्रति आर्कषित भएका छन् । अहिले वार्षिक करिब दुई हजारदेखि तीन हजार पर्यटक योग र साधनाको लागि नेपाल आउने गरेको तथ्याङक छ । विभिन्न ट्रेकिङ कम्पनीहरुले योग र ट्रेकिङलाई जोडेर टुर प्याकेज प्रस्तुत गर्ने गरेका छन् । साथै काठमाडौं र पोखरा जस्ता पर्यटकीय स्थलहरुमा योग आश्रम तथा होटलहरुले समेत योग अभ्यास गराउने गरेका छन् ।

योग साधनाको लागि योगलाई महत्व दिएर योग होटल र योग रिसोर्टहरु खुल्ने क्रम जारी छ । संसारभरका पर्यटकहरु अहिले नेपालमा योग टिर्चस तालिमका लागि आर्कषित भएका छन् । विद्यार्थीका रुपमा भर्ना भएर दुई सय र पाँच सय घन्टा योग सम्बन्धी अध्ययन र अभ्यास गरि योगा मास्टर बन्न सकिन्छ । यसरी योगा मास्टर भएकाहरु संसारभर गएर योगा सिकाएर जिविकोपार्जन गर्न सक्छन् ।

नेपालमा हरियाली चौर, चारैतिर वन–जंगल, पहाड, हिमश्रृंखला र सुन्दर सफा मौसममा चराहरुको चिरविर सुन्दै सुर्योदयको समयमा गर्न पाइने योग, प्रणायाम संसारमै अद्धितिय हुन सक्छ । यो सुन्दर भूमिमा योगको माध्यमबाट आध्यात्म पर्यटनको सम्भावना देखन्छ । भविष्यमा अन्तर्राष्ट्रिय योग विश्व विद्यालयको सुरुवात गर्न सकिएको खण्डमा नेपाल योगको उद्गम स्थल बन्न सक्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल