शिक्षाका नाममा लुट

-  |   राम कटवाल

शिक्षाका नाममा लुट

शिक्षा ज्ञान, सीप सिक्ने तथा सिकाउने पद्धति हो । यो निरन्तर चलिरहेने प्रक्रिया भएकाले भविष्यको बाटो निर्माण गर्न सिकाउँछ । आपm्नो जीवनलाई सार्थक तुल्याई भविष्य उज्ज्वल बनाउनका लागि विद्यार्थीहरुले रुचि अनुसारको शिक्षा लिन्छन् ।

R.B pp size

पारिवारिक कारण, आर्थिक अवस्था, अन्धविश्वास, नजिकै विद्यालय तथा कलेज नहुनु तथा गरिबी आदि कारणले अझै पनि धेरै व्यक्ति अध्ययनबाट वञ्चित छन् । नेपालको शिक्षा नीति कमजोर हुँदा र विद्यालयमा व्यस्थापन कमजोर हुँदा दिन प्रतिदिन शिक्षाको नतिजा खस्किरहेको छ । यो कुरा विगतका विभिन्न परिणामहरुले देखाइसकेको छ । निजी विद्यालय तथा कलेज आजभोलि व्यापारिक थलो बन्दै गएका छन् । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेभन्दा कुन सेवासुविधाको नाममा अभिभावकको ढाड सेक्ने गरी शुल्क लिने भन्ने विषयमा बढी केन्द्रित हुँदैछन् निजी कलेजहरु ।

विशेषगरी शिक्षकहरु राजनीतिमा लाग्नु, शिक्षकहरुले सामुदायिकसँगै निजी विद्यालयमा समय दिनु, समयमा विद्यार्थीले पाठ्यपुस्ताक नपाउनु आदि कारणले सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्न नसकेको हो । सरकारले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार गर्न बालमैत्री विद्यालय, विद्यालय शान्ति क्षेत्र, भयरहित कक्षालगायतका कार्यक्रम तथा अभियान चलाए पनि नतिजामा भने सुधार गर्न सकेको छैन । एक त सामुदायिक विद्यालयबाट एसएलसी परीक्षामा नतिजा कमजोर निस्किरहेको छ भने अर्कोतर्फ सामुदायिक उच्च माविहरुको अवस्था निकै नाजुक रहेको छ । एसएलसीदेखि स्नातक तहसम्मको नतिजा निजी विद्यालय तथा कलेजहरुमा राम्रो निस्केकाले पनि विद्यार्थीहरुमा निजी कलेजहरुप्रतिको आकर्षण बढ्दो छ । उनीहरुको घर छेउमै सामुदायिक उच्च मावि भए पनि ग्रामीण क्षेत्रबाट कलेजका लागि सहर आउनेको माहोल त्यतिकै छ । यसरी आपm्नो गाउँमा रहेका सामुदायिक उच्च माविमा अध्ययन नगर्नुको कारण खोजी त्यसमा सुधार नगर्ने हो भने एक दिन सामुदायिक उच्च मावि बन्दै गर्नुपर्ने अवस्था आउँछ ।

वार्षिक रुपमा निजी कलेजले लिने चर्को शुल्कका कारण कलेजका विद्यार्थीहरु कहिलेकाहीँ आक्रोशित हुने गरेका छन् । भर्ना हुन आउँदा कलेजले जेजति सेवासुविधा दिने भनेको हुन्छ र शुल्क पनि तोकिन्छ तर व्यवहारमा भने विशेषगरी केलजहरुले न त सेवासुविधा नै राम्रो दिन्छन, न त शुल्क नै भनेजति मात्र लिन्छन् । कुनै समयमा गुरुकुल शिक्षा प्रणाली शिष्यहरुलाई राम्रो शिक्षा दिन्थ्यो । उनीहरु गुरुकहाँ गएर अनुशाशित तरिकामा अध्ययन गर्दथे । त्यस समयमा जति शिष्यहरुलाई ज्ञान बाढ्यो त्यति नै राम्रो हुन्छ भन्ने सिद्धान्त थियो तर आज ठीक त्यसको विपरीत हुँदैछ । आजभोलिका कलेजहरुको ध्यान शिक्षा बाँढ्ने र विद्यार्थीहरुलाई ज्ञान दिनेभन्दा पनि जति सक्दो धेरै विद्यार्थीहरुलाई कलेजमा ल्याएर पैसा कमाउने हुन्छ । विद्यार्थीहरुले आफूले रोजेको विषय पढ्न सबै सामुदायिक कलेजमा सम्भव नहुने भएपछि निजी कलेज नै रोज्छन् र अध्ययन गर्न थाल्छन् । तर कहिलेकाहीँ सेवासुविधाको नाममा मनपरी चर्को शुल्क लिएको कारण नै विद्यार्थीहरु तनावमा आउने गर्दछन् ।

विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि निजी कलेजहरुले शिक्षाको नाममा विज्ञापन गर्ने गरेका छन् । जसका कारण राम्रो कलेज छान्न खोजरहेका विद्यार्थीहरु सजिलै आकर्षित हुन्छन् । उच्च माविमै पुगेर सुन्ने कुरा त छँदैछ, छापा र विद्युतीय सञ्चारमाध्यममा आएका विज्ञापनले पनि विद्यार्थीलाई कम्ती रणभुल्लमा पारेका छैनन् । हो, प्रतिस्पर्धाको युग छ, विज्ञापन गर्नुपर्छ तर विज्ञापन मात्र गर्ने तर सेवा सुविधा पनि नदिने अनि चर्को शुल्क लिने । के यही हो कलेजको जिम्मेवारी ?

यसरी विज्ञापनकै भरमा विद्यार्थीहरुले आफ्नो अध्ययन केन्द्रको छनौट गर्दा कत्तिको प्रभावकारी हुन्छ, त्यस विषयमा पहिले नै जान्न आवश्यक छ । शिक्षाको लागि सरकारले कति लगानी ग¥यो, शिक्षकको तलबभत्तामा कति खर्च हुन्छ, वर्षमा कति दिन विद्यालय पढाउँछन् लेखाजोखा राख्ने काम सरकारकै हो । निजी क्षेत्रका विद्यालय, उच्च माध्यमिक विद्यालयहरू पनि वर्ष्दिनभरि तोकिएको शैक्षिक क्यालेन्डरअनुसार पूरै दिन कक्षा सञ्चालन भएको देखिँदैन । सरकारले तोकेका सबै सार्वजनिक बिदामा यी सरकारी निजी सबै शैक्षिक संस्था पनि बन्द गरिन्छन् ।

कुनै पनि कलेजले विज्ञापनमा भने जति सेवासुविधा अध्ययन गर्दा दिँदैनन् । राम्रो कलेजको छनौट गर्न लागेका अधिकांश विद्यार्थीहरुमा अन्यौल सिर्जना भइरहेको बेला विज्ञापनमा भर पर्दछन् र धेरैले त निर्णय पनि लिने गर्छन् । निजी उच्च मावि तथा केलजले विज्ञापनमा सेवासुविधा जस्तै छात्रवृत्ति, अतिरिक्त कक्षा, साप्ताहिक तथा मासिक प्रगति विवरण, खेल मैदान, फ्री इन्टरनेट तथा वाइफाई, कम्प्युटर ल्याब, शान्त वातावरणलगायतका सुविधाहरु प्रदान गर्ने भने पनि विद्यार्थीहरुले अधिकांश उच्च माविहरुमा सो सुविधा पाउने गरेका छैनन् । तर विद्यार्थीहरुले यी सुविधाहरुको लोभमा नजिकैको सामुदायिक कलेज छाडेर निजी वा सुविधामुखी कलेज छान्दा र पछि ती सुविधा नपाउँदा कहिलेकाहीँ विद्यार्थीहरु आक्रोशित हुने गरेका छन् । शिक्षाका लागि सरकारले कति लगानी ग¥यो, शिक्षकको तलबभत्तामा कति खर्च हुन्छ, वर्षमा कति दिन विद्यालय पढाउँछन् लेखाजोखा राख्ने काम सरकारकै हो । निजी क्षेत्रका विद्यालय, उच्च माध्यमिक विद्यालयहरू पनि वर्षदिनभरि तोकिएको शैक्षिक क्यालेन्डरअनुसार पूरै दिन कक्षा सञ्चालन भएको देखिँदैन । सरकारले तोकेका सबै सार्वजनिक बिदामा यी सरकारी निजी सबै शैक्षिक संस्था पनि बन्द गरिन्छन् । मूल्यवृद्धि चर्को भइरहदा अभिभावकहरु शुल्क घटाउनुपर्ने माग गर्दछन् तर उत कलेज सञ्चालकहरु पटक्कै मान्दैनन् ।

दोष विद्यालय सञ्चालकको मात्रै पनि छैन, अभिभावकहरुको पनि छ । अभिभावकहरु महँगो विद्यालयको पढाइ राम्रो हुन्छ भन्ने ठान्छन्, पढाइमा रुचि नै नभए पनि मैले त छोराछोरीको विद्यलायमा मासिक मोटो रकम तिर्छु भनेर घमण्ड देखाउँछन । कम शुल्क तिर्ने विद्यालयमा पढाउने अभिभावकहरुको खिसिट्युरी गर्छन् । प्रशासनलाई निजी कलेजले जे गर्दा पनि हुन्छ भन्ने घमण्ड छ । अझ विद्यार्थीले पढ्ने कोर्स नयाँ छ र त्यो कोर्ष अन्यत्र छैन भने त झन के खोज्छस कानो आँखो भनेझैं कलेजको मनपरी चल्छ । प्रयोगात्मक कक्षा भएका विषयहरु पढ्ने कलेजमा कलेज प्रशासनले विद्यार्थीहरुलाई समयमा शुल्क नदिँदा, कलेज अनुपस्थित हुँदा, आन्तरिक परीक्षामा कुनैै विषयमा पास नहँुदालगायतका निहँुमा प्रयोगात्मक परीक्षामा नम्बर नदिने भनाई पनि भन्ने गरेको पाइन्छ, जसबाट विद्यार्थीहरुको मनोविज्ञानमा कत्ति असर पार्छ ? सो
विषयमा पनि सोच्ने हो कि ?

यसरी जथाभावी किलेजले विज्ञापन गर्दा विद्यार्थीहरुको भविष्य नै अन्यौलमा पर्छ । आपm्नो कलेजमा भएको भन्दा बढी सुविधाको नाममा विज्ञापन गर्नु भनेको विद्यार्थीहरुलाई जबरजस्ती आफ्नो कलेज भर्ना गराउनु हो । यति मात्र नभई उच्च माध्यमिक शिक्षा परिषदले तोकेभन्दा बढी शुल्क लिएर आवेदन फारम भराउने र प्रवेश परीक्षाको नाममा अत्यधिक शुल्क लिने कलेजको पनि कमी छैन । सामुदायिक होस् या निजी उच्च मावि अधिकांशले विद्यार्थीलाई कसरी राम्रो शिक्षा प्रदान गर्नेभन्दा पनि कुन सेवाको नाममा कति शुल्क लिने भन्ने कुरामा बढी जोड दिएको पाइन्छ । भर्ना शुल्क, आवेदन फारम शुल्क, परीक्षा शुल्कको उच्च माशि परिषदले तोके पनि व्यवहारमा भने कुनै पनि कलेज प्रशासनले लागू गर्दैनन् । त्यति मात्र नभई आन्तरिक परीक्षा शुल्क, हिसान÷टीयू परीक्षा शुल्क, रजिस्ट्रेसन फारम शुल्क, फाइनल परीक्षा शुल्क, प्रयोगात्मक विषयमा लाग्ने शुल्क, यातायात शुल्क आदिमा पनि जथाभावी शुल्क लिइरहेको पाइएको छ । विशेष गरेर सामुदायिकभन्दा निजी कलेजमा नै यस किसिमको काम भइरहेको छ । तर यस किसिमको झुठो विज्ञापन गर्ने, तोकेको भन्दा बढी शुल्क लिने उच्च मावि तथा कलेजहरुलाई स्वतन्त्र छाड्दा भविष्यमा कुनै पनि कलेज शिक्षामा भन्दा पैसामा बढी ध्यान नदेलान् भन्न सकिन्न ।

सामुदायिक विद्यालयहरूको अवस्था एकातिर छ भने निजी विद्यालयहरू अत्यधिक व्यापारीकरणमा फसेका छन् । तावाबाट उम्केको माछो भुङ्ग्रोमा भनेझैं माध्यमिक तहको शिक्षाबाट उम्केको विद्यार्थी एसएलसीपछि निजी उच्च माविकै घेरामा पुग्छ, जहाँको व्यापार फस्टाउँदो छ । शिक्षाको नाममा पैसाको व्यापार गर्ने उच्च मावि तथा कलेजहरुलाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न आवश्यक छ । यसरी निजी कलेज हो, जे पनि गर्न पाउछन् भनी सरकारी पक्षबाट बेवास्ता गर्ने हो भने समग्र विद्यार्थीको भविष्य विग्रने निश्चित छ । विद्यार्थीहरुले कलेज छनौट गर्दा विज्ञापनमा भर पर्नुभन्दा पनि त्यस कलेजको शैक्षिक अवस्था बुझेर, अगाडि अध्ययन गरिरहेका विद्यार्थीलाई सोधेर वा त्यस कलेजको नतिजा हेरेर छनौट गर्दा राम्रो हुन्छ । त्यसैले समग्ररुपमा देशको खस्किँदो शिक्षा पद्धतीलाई सुधार गर्नुका साथै निजी उच्च माविमा भइरहेको व्यवसायलाई रोकी सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल