अनशन कि बिरामीको उपचार ?

  |   दीर्घराम शर्मा

अनशन कि बिरामीको उपचार ?

हुन त समाजले मानिसलार्इ आफु अनुकुल परिर्वतन गर्दै लैजान्छ । मानिस पनि आफु कस्तो हुनु पर्नेभन्दा पनि के सजिलो छ त्यै गरिरहेको हुन्छ । र, समाजको पुरानै सदस्य भएर समजमा नै हराउँदछन् । समाज परिर्वतन गर्न कोहि कसैले नेतृत्व गर्नै पर्दछ बाँकी अरुले उसको कथा पढ्ने मात्र हो । तर, हाम्रो समाज आफु सबै ठिक अरुले गर्दा मैले केही गर्न सकिन भन्ने मनसिकताबाट ग्रसित छ ।download
रक्सी भट्टीमा देश बनाउने ठुला ठुला गफ हुन्छन् । अहिले त प्रविधि झन सजिलो बनाइदिएको छ सामाजिक संजालमा जे जे लेखे पनि भै हाल्यो । अहिले हाम्रा सामाजिक संजालहरुमा एकोहारो एउटा पोष्ट खुव हेर्न पार्इन छ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका एक डाक्टर गोविन्द केसीका पक्षमा लेखिएका पोष्टहरु। पोष्टहरु देख्दा लाग्दछ– नेपालमा जनमत संग्रह नै हुन गै रहेको छ । जसमा कि डाक्टर केसीका पक्षमा खुब बढार्इचढार्इ गरिएको हुन्छ कि त अख्तियर दुरूपयोग अनुसन्धान आयोगका प्रमुखको विपक्षमा कुरा काटेर लेखिएको हुन्छ ।

व्यक्तिगत रुपमा दुवै चरित्रका वारेमा थोरै मात्र थाहा भएपनि मलाइ यति चै थाहा छ । क्षेत्र अलग भएपनि दुवै जना नेपाल सरकारका सेवक हुन् ।व्यक्तिगत सम्वन्धका बारेमा मलाइ कुनै जानकारी छैन । डाक्टर केसीले भने झै मेडिकल क्षेत्रमा केहि समस्या पनि होलान् तर केहि दिन यता केहि घटनाहरु यति नियोजित रुपले घटिरहेका छन् जुन घटानाले सचेत नेपाली नागरिकमा शका उत्पन्न गरार्इ दिएको छ ।
हाम्रो समाज सानै कुरामा सजिलै बहकी हाल्ने खालको छ । केही बर्ष अगाडी एक भारतिय कलाकारले नेपाल मन पर्दैन भन्ने कुरालार्इ लिएर काठमाण्डौमा ठुलै तोडफड भए । तोडफोडमा संम्लग्न धेरैले ति कलाकारले त्यस्तो भनेको सुनेकै थिएनन् ।

प्रतिक्रया जनाउनमा हामी खुव हतारिन्छौ । तेसै गरी भारतिय प्रधानमन्त्री अएर नेपालको संसदमा सम्वोधन गरेपछि उनका पक्षमा खुब नारा लगायौ । कहि समय पछि नाकाबन्दीमा फेरि खुब सत्तो सराप गर्यौ सार्वजनिक पद धारण गरेको मान्छेलार्इ गाली गर्दा खुब आन्नद आँउदछ हामीलार्इ । कुनै राजनीीतक पार्टी वा समुहले बन्दको आयोजना गरेको छ भने अस्पताल जाँदै गरेको गाडि तोडफोड गर्न तछाड मछाड हुन्छ तर उस्को समस्या र वास्तविकता बुझ्ने जाँगर कसैले गर्दैन ।

यो आम नेपाली मनोविज्ञन हो ।यो सामजिक मनोविज्ञान धेरै नेपाली पात्रहरुले बुझेका छन् र बेला बेलामा एउटा कृत्रिम मुद्दा पैदा गर्नै अनि संगै कृतिम तर जनप्रिय लाग्ने अर्को समाधानको नारा प्रस्तुत गरेर एक ठाँउमा केन्द्रित गर्नु पर्ने ध्यान अन्तै मोडिदिन्छन् । अहिले सेरोफेरोमा जे घटना भै रहेका छन् यो सबै तै मनोविज्ञान वुझेका विद्धानहरुबाट रचिएको चक्रव्युह बाहेक केही होइन । यसका लागी केहि समय अगाडिका घटनाहरुलार्इ केलाउन जरुरी छ ।

केही समय अगाडी हिमाल मिडियाका संचालक कनकमणी दिक्षितलार्इ साझा यातायातमा भष्टाचार गरेको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बयानको लागी बोलायो तर आफ्नो मिडिया हाउस भएका ति बुज्रुकले एउटा संवैधानिक निकायको आदेश पालना गर्नु आवश्यक ठानेन् वरु आफ्नो वरिपरि भएकालार्इ लिएर खुब प्रचार बाजिमा उत्रे तर तथ्य र प्रमाण भएको अख्तियारले उनलार्इ छाड्ने कुरै भएन । पक्राउ गरेर अनुसन्धान सुरु गर्यो ।

पछि अदालतको अदेशमा उनी छुटे । हाल पनि अनुसन्धान भै रहेको छ भने राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान सुरु गरेको छ । यस घटनाले आफ्ना कुर्म लुकाएर समाजमा कथित प्रतिस्ठित बनेकाहरुमा कोलाहल मच्चियो र सबै एकजुट हुने वातावरण बन्यो । एक सुत्रिय कार्य योजना बन्यो जसरी भएपनि यो छानविनलार्इ अबरोध गर्ने । सय जना मनिसले सय पटक एउटै कुरा बोल्दै गयो भने सत्य कुरा पनि असत्य लाग्न थाल्छ । अथाव घटनाको रंग बदलिन थाल्दछ । अख्तियारको छानविन प्रकियाको ध्यान अन्तै मोड्नको लागी प्रायोजित हुने विभिन्न नाटकको निरन्तरताको रुपमा एक अर्को आन्दोलनको घोषणा भएको छ ।

यो पटक समाजमा केहि छवि कमाए जस्ता देखिने तर यर्थाथ फरक भएका व्यक्तित्वलार्इ दाउमा राखिएको छ । छानविन प्रक्रियाको ध्यान अन्यत्र मोड्न र यस प्रकियाको रंग बदल्न लागी परेका यो समुहको पछि एउटा झुन्ड संगठित रुपमा लागि परेको छ । उनीहरुसंग प्रचारका लागी प्रर्याप्त साधनहरु पनि छन् । नेपाली समाजको मनोविज्ञान बुझेका यो समुहले धेरै नेपालीको दिमाग भुट्न पनि सफल भएका छन् । अनि चाडै प्रतिकृया जनाइ हाल्ने समुहको प्रतिकृया समाजिक संजालमा प्रशस्तै छन । तिनलार्इ न सत्य तथ्य पत्ता लागाउनु छ न यी यावत घटना क्रमको फेद टुप्पो केही थाहा छ ।

खाली सार्वजानिक पद धारण गरेको व्यक्तिलार्इ गालिगलौज गरेर चर्चामा आउनु मात्र छ ।
अब प्रचारको अर्को पाटोको पनि चर्चा गर्न आवश्यक छ– जहाँ डाक्टरले उपचार गरे भन्ने विषयलार्इ खुव चर्चाको विषय वनार्इएको छ । मुलुकभरका भन्सारहरुले राजश्व उठाइ रहेका छन् , शिक्षकहरुले अध्यापन गरिरहका छन्, कर्मचारिहरु दुर दराजामा जनताका काम गरि रहेका छन ।

प्रहरीले कति अपराधिहरुलार्इ कानुनको दायरामा ल्यायो होला । यी सबैले राज्य संग म यो काम गर्दछु भनेर प्रतिवद्धता जायर गरेका हुन्छन जसको लागि राज्यले पनि जिम्मेवारी अनुसार नियमित तलव भत्ता अदिको व्यवस्था गरेको हुन्छ जो डाक्टरले पनि गरेका हुन्छन् ।

त्यसैले एकजना डाक्टरले विरामीलार्इ उपचार गर्यो भनेर खुब मिडियाबाजी गर्नु मलार्इ चाँही खासै उचित लागेन । बरु त्यो समय विरामी उचारमा लागएर धेरै नेपाली आमाका सन्तानहरुले नयाँ जीवन पाउने थिए होला । हुन त अहिले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले नेपाली डाक्टरहरुको अवस्था उदाङ्गो परीदिएको छ । सायद यो नक्कली प्रमाण पत्रधारी डाक्टर विगविगिमा सरकारी अस्पतालमा बसेर उपचार गर्ने डाक्टर पाउनु पनि ठुलै त्याग होला तै भएर यति चर्चा गरिएको बारे यसमा मेरो भन्नु केहि छैन ।
लोकतन्त्र हो बिरोध गर्नलार्इ सबैलार्इ छुट छ भन्नेहरु पनि छन् । हो म पनि भन्छु विरोध गर्न आलोचना गर्न पार्इन्छ। सबै विरोध र आलोचना खराब हुदैन्न र खराब रुपमा लिनु पनि हुदैन । तथ्य र सुर्तकमा अधारित आलोचनाले दबाव दिन्छ र समाजकलार्इ अगाडी डोर्याउने काम गर्दछ । तर विरोध र आलोचनाको उद्धेश्य के हो र कस्तो साधनको प्रयोग भैरहेको छ भन्ने कुरा महत्व पुर्ण हुन्छ । याँहा त मनगणन्ते र निन्दाले भरिएको आलोचना र अख्तियारले डामेका दाताहरुको प्रेरणाबाट राज्यलार्इ दबाव दिदै आफ्नो अभिष्ट पुरा गर्नको लागि बिरोध र आन्दोन भएको छ । अर्को स्मरणिय कुरा के छ भने प्रत्येक व्यक्तिलार्इ अधिकार मात्र हुन्न संगसंगै कर्तव्य पनि हुन्छ ।

डाक्टर केसी पनि अन्य सारकारी कर्मचारी झै राज्यकोषबाट तलब खान्छन र राज्यले पनि उनलार्इ विरामीको उपचारका लागी नियुक्त गरेको हो । समाचर भन्छ– “अस्पतालमै पटक पटक बस्ने आन्दोलनले गर्दा अस्पतालबाट सेवा लिनबाट बिरामी वञ्चित भएका छन् र अस्पतालले करोडौंको घाटा बेहोर्नु परेको छ, एउटा माग पूरा गर्ने नाममा अरूको अधिकार हनन गर्न मिल्दैन । त्यसमा केसीले पनि विचार पुर्या्उनुपर्ने समय आएको छ ।”

यसरी सरकारी कोषको तलब खाएर राज्यको जिम्मेवार व्यक्ति विरुद्ध जथाभावी बोल्ने र आन्दोलनको धम्की दिन मिल्छ र ‘ मुलुकमा अहिले २००० भन्दा बढि नक्कली डाक्टरहरु छन् भन्ने दावि भएको र ३६ जना भन्दा वढि नक्कली सर्टिफिकेटधारी डाक्टरहरु पक्राउ परेको बेला एक शव्द नबोल्ने अनि एक संबैधानिक निकायको प्रमुखले आफ्नो दायित्व निर्वाह गर्दा यो गर्यो उ गर्यो भनि अरोप लगाउनु कति न्यायोचित हो सोच्नु पर्दैन एकपटक ।

ल एकछिनको लागि मानौ डा। केसी चिकित्सा क्षेत्रको रोल मोडलले भए रे १ के उनका कदम अब सबैले नक्कल गर्न योग्य छन्रु के अब उनको नक्कल गर्दै शिक्षक, निजामती कर्मचारी , सेना, प्रहरी सबै राष्ट्र सेवकले आन्दोलन गरे भने के हुन्छ । कस्ले सोच्ने हो यो कुरा । बिरामीको उपचार गर्नु डाक्टरको कर्तव्य हो र धर्म पनि हो । सिटामोल खान नपाएका विरामीलार्इ प्लेकार्ड बोकाएर आन्दोलन गर्नु चाँही अख्तियारको दुरूपयोग हैन ।
मुलुक अहिले कानुन कार्यन्वयनको वडा अच्ममको चरणमा छ । ९३ प्रतिशत भन्दा वढिले सर्मथन गरेको संविधान कति सजिलै जल्दछ सडकमा । सरकार अशुद्द पानी बेच्नेलार्इ कार्वाही गर्न खोज्छ, व्यवसाय नै बन्द गरेर आन्दोलन गर्दैछन् –व्यवसायीहरु अनि सरकार लाचार भएर बार्ता गर्दछ । गुणस्तरहिन सिलिन्डर विस्फोटन भएर जनताको ज्यान जान्छ,सरकारकार्वाही गर्न खोज्छ, व्यवसाय नै बन्द गरेर अन्दोलन गर्दछन व्यवसायीहरु ।

सरकार अनि लाचार भएर बार्ता गर्दछ । ट्राफिक नियम उल्ङ्घन गर्नेलार्इ कार्वाहि गर्न खोज्दा व्यवसायनै बन्द गरेर आन्दोलनस यसैगरि अबैध सुन व्यापारिको आन्दोलन, कालो बजारियाहरुको आन्दोलन, बैदेशिक रोजगारीमा जानेलार्इ निशुल्क भिसा र निशुल्क टिकटको व्यवस्था गर्यो म्यानपावर व्यवसायीको आन्दोलन । हुँदा हुँदा स्वस्थ्य जस्तो संम्वेदनशिल क्षेत्रमा आफ्नो जिम्मेवारी छाडेर एक राष्ट्रसेवक विरुद्धमा आन्दोलन । ६२्\६३ सालको जनआन्दोन पश्चात नेपालमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीमा पनि आफ्नो कार्यलयहरुमा विद्रोह गर्ने लहर चल्यो । सुरुकै घटनामा राज्यले उचित कदम चालेको भए सायद पछिल्ला घटनाहरु हुने थिएन् । अहिले पनि सबै क्षेत्रमा यस्तो भै रहेको छ ,अनि मनोवल बढिरहेको छ । राज्यले समयमा नै उचित कदम चाले घाम जस्तै छर्लङ्ग विषयमा भैरहेको यो भ्रमको खेतिबाट मेडिकल क्षेत्रमा कार्यरत सबै संग संस्थाहरु, मेडिकल पढ्न चाहाने विद्यार्थी , अभिभावक, विरामी साथै आम नागरिकले यो पटक पटक हुने आन्दोलनबाट मुक्ति पाउने थिए की ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल