नेविसंघमा नयाँ पुस्ता

  |   राजीव रिमाल

नेविसंघमा नयाँ पुस्ता

Rajeev Rimalनेपाल विद्यार्थी संघ नेपालको पुरानो र ठुलो बिद्यार्थी संगठन हो । नेपाली कांग्रेसको बलियो र शसक्त भातृसंस्था नेविसंघ तत्कालिन पञ्चायत विरुद्ध लड्ने हतियारका रुपमा विपी कोइरालाले स्थापना गरेका थिए । तत्कालिन समयमा निकै नै आक्रामक र बलियो संगठनका रुपमा परिचित नेविसंघ पञ्चायत देखि राजतन्त्र सम्म सबै किसिमका निरंकुशताको निशाना बनिरह्यो । बिगतमा हरेक परिवर्तनलाई आत्मसाथ गदै निरन्तर र अविचलित यात्रारत नेविसंघ बर्तमानमा भने कमजोर र गतिहिन बन्दै गएको छ । माउ पार्टिको अनावश्यक हस्तक्षेप, नेतृत्वको अदुरदर्शीता र संगठन भित्रको आन्तरिक खिचातानीले थिलोथिलो नेविसंघको ११ औँ महाधिवेशन अहिले संघारमा छ । पटक पटक मिति तोकिदै स्थगित महाधिवेशन आगामी साउन २३,२४,२५ गते काठमाण्डौमा हँुदैछ । विद्यार्थीहरुको संगठनका रुपमा स्थापित नेविसंघ भित्र अहिले पनि करिब ४० बर्ष उमेर समुहका नेताहरुनै नेतृत्वको होडबाजीमा छन् । सबै पुरानै अनुहार र केश पाकिसकेका नेताहरुनै महत्वपुर्ण पदको दाबा गरिरहेको समयमा केहि तन्नेरी हरु पनि साहस गरेर नेतृत्वको प्रतिष्पर्धामा आएका छन । नेविसंघको बर्तमान सांगठनिक अर्कमण्यताका बिचमा नया युवा विद्यार्थीहरु यसरि मैदानमा होमिनु निकैनै सकारात्मक कदमका रुपमा लिन सकिन्छ ।
बर्तमान पुस्ता अहिलेको नेतृत्व संग निकैनै फ्रस्टेटेड छ । जसका कारण उनिहरुलाई विद्यमान राजनिती प्रति ठुलो बितृष्ण पैदा भएको छ । विश्व बजार संग प्रत्यक्ष साक्षात्कार गर्न सक्ने बर्तमान पुस्ता हाम्रो अतिनै परम्पराबादी राजनितिक संस्कार र प्रक्रिया प्रति न त कुनै आस्था राख्छन्, न त उनिहरुमा यस प्रति कुनै आशा नै छ । एडभान्सड प्रविधि र सोचले प्रशिक्षित युवाहरु यहाँको समग्र प्रणालीमा नै आफुलाई इनकम्प्याटिबल ठान्छन् । सोहि कारण उनिहरु राजनिती बुझ्न जरुरी ठान्दैनन्, राजनितीमा आउनु त निकै परको कुरा राजनिती परिर्वतनको खास नेतृत्व गर्न सक्ने खेलाडिहरुको एउटा शक्तिशाली टिम हो । राजनितिक खेलाडिहरु गोल गर्ने उद्धेश्य लिएर मैदान छिरेका हुन्छन । कुनै निश्चित समयको माग र आवश्यकता तत्कालिन समयको नेतृत्वले पुरा गर्न सकेको खण्डमा त्यसलाई गोलका रुपमा लिन सकिन्छ । तर हामी राजनितिलाई केबल शत्ता प्राप्ति र शत्ता ढाल्ने खेलका रुपमा मात्र बझ्यौ अथवा हामी त्यसै अनुसार प्रशिक्षित भइरह्यौँ । त्यसैले आम युवा र तन्नेरीहरुमा यो खेल प्रति निरन्तर बितृष्णा जागीरह्यो ।
अहिलेका अधिकांश युवा विद्यार्थीहरु विश्व विद्यालयको डिग्री लिएर विदेश पलायन हुने दौडमा देखिन्छन् । ब्रेन ड्रेन नेपालको सबैभन्दा ठुलो चुनौतिको बिषय हो । समाजका हरेक क्षेत्रमा ब्याप्त अनावश्यक राजनितीक हस्तक्षेपको परिणाम स्वरुप उत्पन्न भएको निराशाजनक वातावरण र यसले सिर्जना गरेको अनिश्चित र अन्योलपूर्ण भविष्यका कारण आम युवाहरु देश छोड्न बाध्य छन् । यो अत्यन्त पट्यारलाग्दो स्थिती हो । यसको समाधानका लागी राजनितीक स्तर बाटै केहि उत्साहजनक निर्णयहरु आउनु आवश्यक छ । जुन अहिलेको सिस्टम बाट सम्भव नै देखिदैन । त्यसैले अहिलेको यो सिस्टममा नै प्याराडाइम सिफ्टको आवश्यकता देखिन्छ । जसको अगुवाइका लागी अहिलेको नयाँ पुस्ता राजनिती मार्फत मुलुकको समग्र परिर्वतनको पक्षमा उभिनु जरुरी छ । यो केहि अस्वभाविक देखिएला तर समयको कठोर सत्य पनि के हो भने तत्कालिन समयको नेतृत्व लिने ब्यक्तिले यस्ता जोखिम सहजै उठाउन सक्नुपर्छ । तर बिडम्बना अहिले नेतृत्वको दावी गर्ने हरु हाम्रो पुस्ता भन्दा धेरै सिनियर छन । उनिहरुको उर्वर समयको लगानीलाई सम्मान त गर्न सकिन्छ तर नेतृत्व ब्यवस्थापनको नाममा अहिलेको नया र फ्रेस पुस्ताको जोश, जाँगर, क्षमता र क्रियाशिलतालाई सेलाउन दिन हुदैन भन्ने मान्यता हो । हाम्रो पुस्ताको समग्र प्रतिनिधित्वको सवाल पनि अहिले नेविसंघ भित्रको ज्वलन्त सबाल हो ।
अहिलेको विद्यार्थी आन्दोलनको औचित्यमाथि बारम्बार प्रश्न उठिरहन्छ । स्थापनकाल देखिका नारा र आदर्शलाई मात्र भजाएर हामी यहाँ सम्म आइपुगेका छौँ । अबको बाटो के भन्नेमा कोहिपनि त्यति धेरै प्रष्ट देखिदैनन् । राजनितीमा युवा आकर्षण बढाउन बर्तमान नेतृत्व पूर्ण असफल छ । शैक्षिक क्षेत्रमा राजनितीक हस्तक्षेप धेरै नै हुन्छ, विद्यार्थी भर्ना देखि प्रध्यापक नियुक्ति गर्ने सम्ममा विद्यार्थी संगठनहरुको हालिमुहाली हुनुे अहिलेको पेचिलो प्रश्न हो । अहिलेको नेतृत्व राजनितीको नाममा शक्ति अपचलनको मार्गमा उद्यत छ । हाम्रो अभ्यास विशुद्ध शैक्षिक र प्राज्ञिक हुनुपर्ने हो । तर विधि, विधानको उलंघन गर्ने पहिलो शक्ति विद्यार्थी संगठन नै हुनु निकै दुखद छ । विद्यार्थी भर्ना, विद्यालय ब्यवस्थापन समितीको सवाल होस या अन्य नियुक्तिका बिषयहरु यि सबैमा बिद्यार्थी संगठनको भुमिका अत्यन्तै अस्वभाविक र अप्राकृतिक देखिन्छ । त्यसैले चन्दा उठाउने र संगठन चलाउने प्रबृत्तीको अन्त्य गरि उत्पादनमुलक संगठनको निर्माणमा जुट्नुपर्छ । धम्काएर पैशा संकलन गर्ने र त्यसको क्षतिपुर्ति स्वरुप पदको दुरुपयोग गर्ने संस्कार जबसम्म संगठनबाट निर्मुल हुदैन तबसम्म हामी ब्यवसायिक र परिस्कृत हुन सक्दैनौ । त्यसैले यस्तो संस्कार र शैलीबाट संञ्चालित सांगठनिक संरचनमा नै आमुल परिर्वतनको पक्षमा आवाज उठाउनका लागी पनि यो पुस्ताको महत्वपूर्ण र जर्बजस्त उपस्थिती हुनु आवश्यक छ । जसका कारण आम युवा हरुमा आशा एवं उत्साहको रक्तसंञ्चार हुन सक्छ भन्नेमा म आशावादी छु ।

राजीव रिमाल
सचिव, नेविसंघ, ईन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरा ।

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल