देशको बृहत्तर हित र रक्षाका लागि एकजुट हौं

-  |   अजय सोडारी

देशको बृहत्तर हित र रक्षाका लागि एकजुट हौं

सहिदको रगतले सजिएको देश नेपालले प्राचीनकालदेखि नै अफ्नो शिर विश्वको सर्वोच्च शिर सगरमाथाझैं स्थिर राख्दै आएको छ । यो देशकहिले कसैको नियन्त्रणमा रहेन ।C360_2016-06-26-13-21-24-530-1

विश्व र¨मञ्चमा चलेका प्रथम विश्वयुद्ध र दोस्रो विश्व युद्धलाई सहजै आत्मसाथ गरिसकेका वीर गोर्खालीले यो देशलाई कहिलै पनि कसैको उपनिवेश हुन दिएनन् । बेलायती साम्राज्यवादले विश्वका शक्तिशाली देशलाई आफ्नो पन्जामा पारेका बेला यो देशलाई रतिभर छुन सकेन । अम्मरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापाजस्ता वीरयोद्धाले यस भूमिमा कुदृष्टि राख्ने पराइलाई पाइला टेक्नसम्म दिएनन् । हार्न नजानेका वीर गोरखाहरु सधैँ स्वाभिमानमा बाँचिरहे र देशलाई पनि बचाइराखे ।

म ती गोर्खाली नायकहरूको स्वाभिमानलाई सलाम गनर्छु । जसले नेपाल र नेपालीलाई बचाए, विश्वको सर्वोच्च शिर सगरमाथालाई बचाए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थललाई बचाए । बह्रैमास अनवरत रुपमा बग्ने कोशी, कर्णाली र गण्डकीलाई बचाए । तिनै बलभद्र कुँवर, अम्मरसिंह थापाले बचाएको देशका स्वतन्त्र नागरिक हामी । नेपाल रहे नेपाली रहन्छन्, नेपाली रहे हाम्रो संस्कृति र परम्परा रहन्छ भन्ने रङ्गीन नारा हामीले भुलेका छैनौँ । भुल्ने दुष्प्रयास पनि गरेका छैनौँ । संसारका दुई ठूला देश चीन र भारतको बीचमा रहेका हामी समानतामा बाचेका छौँ । अखण्डतामा बाँचेका छौँ । हामी उनीहरुमाथि जाइलागेका पनि छैनौँ । उनीहरु हामीमाथि आइलागेका पनि छैनन् ।
विडम्बना आज हाम्रो देश जासुसीको चङ्गुलमा फसेको छ । नेपाल राष्ट्रका नाममा बहुराष्ट्रका नारा लागिरहेका छन् । सुशासनका नाममा क्रूद्ध आन्दोलनहरु भइरहेका छन् । द्विदेशीय सम्बन्धका नाममा सीमाक्षेत्रका जङ्गे पिल्लरहरु भाँचिएका छन् । अफ्नो स्वार्थको नाममा नाकाबन्दी भएका छन् । जात, धर्म, वर्ग, क्षेत्रका नाममा हाम्रो सामाजिक सद्भाव बिथोलिएका छन् । हाम्रो भौगोलिक, भाषिक, न्यायिक समानतामा दाग लागेको छ । हाम्रो सदियौंदेखि मिलेर बसेको सदाचारी समाजमाथि अनेक तत्वका विखण्डन र छड्के हातहरु प्रहार भएका छन् । हाम्रो मिलेर बसेको समाजलाई भत्काउन अनेक तत्वहरु सल्बलाउन खोजिरहेका छन् । हाम्रो राष्ट्रिय संवेन्दनशील विषयलाई अनेक एजेन्टले बेच्ने कोसिस गरिरहेका छन् । खबदार अब राष्ट्रियताको रक्षाका निम्ति हामी नेपाली युवा एकजुट भइसकेका छौँ । हाम्रो देश नेपालको अस्मितामाथि कुनै प्रकारको धावा बोलिन्छ भने त्यसको प्रतिकार गर्न तयर छौँ । नेपालको भूगोलभित्र बसेर देश नै बेच्ने कोसिस कसैबाट हुन्छ भने त्यो हाम्रा लागि स्वीकार्य हुने छैन । नागरिकका लागि ज्यानभन्दा ठूलो देश हो । देशकै कारण आज हरेक नेपाली आत्मस्वभिमानमा बाँचिरहेको हुन्छ । हाम्रो देशले नयाँ संविधानमार्फत अन्य देशलाई नेपाली हुनुको छुट्टै पहिचान दिन खोजेको छ ।
हाम्रा सहिदको रगतको एक–एक मूल्य खोज्ने बेला आएको छ । भारतसँग भएको अपमानकारी सुगौली सन्धि खारेजका लागि आवाज बुलन्द गर्नेबेला आएको छ । पूर्वको टिस्टा र पश्चिमको काँगडा खोज्ने बेला आएको छ । हाम्रो हडपिएको भूमिको एक–एक इन्चको पनि लेखाजोखा राख्नेबेला आएको छ । नेपालका करिब तीन करोड जनताले त्यो लडाइँ लड्नेबेला आएको छ । अदरणीय दाजु तथा दिदी बहिनीहरु देशको वृहत हित र रक्षाको निम्ति आपmू मर्ने कि त सत्रुलाई मार्ने वाचा गरेर उठौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल