वैदेशिक रोजगारीका बाध्यता

-  |   सुदीप सुवेदी

वैदेशिक रोजगारीका बाध्यता

40857 sudeepआर्थिक वर्ष २०७३÷७४ को आय–व्ययले कल्पनासम्म गर्न गाह्रो हुने न्यून आर्थिक वृद्घि तथा न्यून कुल ग्राहस्थ उत्पादनलाई प्रतिविम्बित गरेको छ । देशको आम्दानीको स्रोतमध्ये विप्रेषणको ३० प्रतिशतले कुल ग्राहस्थ उत्पादनमा योगदान रहेको तथ्याङ्कले देखाउँ छ । अन्य क्षेत्रको तुलनामा विप्रेशण कृषि प्रधान मुलुकका लागि धेरै हो । त्यसैले कृषि प्रधान मुलुकबाट श्रम प्रधान मुलुकमा परिणत भइसकेको हामीले पत्तै पाएका छैनौं ।

विगत १०÷१५ वर्षलाई हेर्ने हो भने यो देशको अर्थतन्त्रको चालकको रुपमा रामशरण महत, भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे, बाबुराम भट्टराई, वर्षमान पुन, महेश आचार्य, प्रकाशचन्द्र लोहनी, शङ्करप्रसाद कोइराला, विष्णु पौडेल, आदि अर्थमन्त्रीले मुलुकको अर्थव्यवस्थाको तालाचाबी लिएर बसे । सबै अर्थमन्त्रीलाई तिनका दलले सफल अर्थमन्त्रीको रुपमा दलिल पेश गरे । कसैले राजस्व सङ्कलनमा ऐतिहासिक सफलता हात पारे त कसैले करको दायरा फराकिलो पारे । कसैले राजस्व चुवावट नियन्त्रण गरे त कसैले बजेट मकै बाँढेसरी वितरण गरेर इतिहास रचे ।

वैचारिक दृष्टिबाट माथि उल्लेखित अर्थमन्त्रीहरूलाई दुई भागमा बाँढ्दा, एउटा समाजवादी÷साम्यवादी अर्थमन्त्रीहरू, अर्का पुुँजीवादी अर्थमन्त्रीहरू । यद्घपि दुवै व्यवस्था मुलुकमा नरहे पनि उनीहरूले बोकेको राजनीतिक सिद्घान्त र अर्थव्यवस्थाको सामान्य विभाजन मात्र हो । समाजवादीहरूको आफ्नै मान्यता होलान्, त्यस्तै प“ूजीवादीहरूका पनि आआफ्नै मान्यता । तर एउटै स्वार्थ मिल्न त जरुरी थियो, त्यो हो—राष्ट्र र त्यसको अर्थतन्त्र । अर्थतन्त्र बलियो बनाउन सकेको भए मात्र आगामी पुस्ताले स्वर्णीम हृदयले श्रद्घापूर्वक जपिने नाममा दर्ज हुन पाइन्थ्यो ।

समाजवादी व्यवस्थामा कल्याणकारी राज्यको कल्पना त गरिएको हुन्छ । राज्यद्वारा सम्पूर्ण व्यवस्था गरिनुपर्दछ । जस्तो शिक्षा, स्वास्थ्य, रोजगार, बेरोजगार भए बेरोजगार भत्ता, वृद्घ भएपछि वृद्घभत्ता आदि आदि । समाजवादी अर्थतन्त्रको अभ्यास समाजवादमा मुलुक पुगेपछि मात्र गर्नुपर्छ भन्ने होइन । राज्यको अभिमुखीकरणतर्फ पनि ध्यान दिनुपर्छ । जनताको जनसङ्ख्याको अवस्थालाई हेर्ने हो भने उत्पादनशील उमेर (२०—४० वर्ष) समूहका युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा श्रम बेच्न बाध्य छन् । किन यो उमेरका युवाहरू विदेशिन बाध्य छन् त ? २०४६ साल पछाडिका अर्थमन्त्रीहरूले यसको जस अपजस दामासाही हिसाबले जिम्मा लिनुपर्दछ । अबका अर्थमन्त्रीहरू या कार्याकारी प्रमुखहरू पनि यसैको निरन्तरता हुने कुरामा दुई मत छैन । किनभने व्यवस्था र प्रवृत्ति पुरानै छन् । संरचना परिवर्तन गर्ने हिम्मतवाला राजनेता जन्मिन निकै गाह्रो भइरहेको छ । खोक्रो राष्ट्रियता, भोको राष्ट्रियता र लासको राष्ट्रियता तथा आफ्नो दलको नेता वा मन्त्री, प्रधानमन्त्री राष्ट्रवादी अरु सबै दलाल एजेन्ट आदि ।
राष्ट्रियता संवर्धन, राष्ट्रिय स्वाभिमानको लडाइँमा म पनि सहमत छु । तर राष्ट्रियताको नाममा ढोँग पिट्न र राष्ट्रिय स्वाभिमानको नाममा अरुलाई चित्त दुखाउने अधिकार कसैलाई छैन । कुनै पनि अर्थमन्त्रीले राष्ट्रिय स्वाभिमान झल्कने र वैदेशिक रोजगारीमा कमी गर्ने योजना ल्याउन सकेको भए आज यो विकराल स्थिति आउँदैनथ्यो । आर्थिक उत्पीडनले गर्दा वैदेशिक रोजगारीमा जान बाध्य हुन सक्छ । तर मुलुकले अल्पकालीन विप्रेषणबाट के गर्न सक्छ ? यसको चित्त बुझ्दो उत्तर पाइँदैन ।
हरेक वर्ष वितरणमुखी र ठूलो आकारको बजेट बन्छ, सस्तो लोकप्रियताको लागि गरिव, जेहेन्दार, दलित, वृद्घ, विधवा, बेरोजगार, एकल महिला… अब शीर्षक खोज्दैछन् भत्ताको । बेरोजगार अबको पालो, यसले मुलुकलाई कता लाँदैछ ?

कल्याणकारी राज्यमा सम्पूर्ण कुरा राज्यले व्यवस्था गर्दछ तर कल्याणकारी राज्य बन्न राष्ट्रिय पूँजीको अधिकतम परिचालन गरेर, पूँजी निर्माण यसको पहिलो शर्त हो । पूँजी निर्माण गर्न राष्ट्रिग उद्योग, राष्ट्रिय उत्पादन र राष्ट्रिय पूँजीबाट कुल ग्राहस्थ उत्पादनमा ठूलो हिस्सा बनाउन सकेमा मात्र कल्पनालाई यथार्थमा बदल्न सकिन्छ । दीर्घकालीन सोच र योजनाको अभावमा मुलुक छटपटाइरहेको छ । आफ्नो दल वा राजनीतिक स्वार्थभन्दा माथि उठ्न नसक्नाले राज्य कमजोर बन्दै गइरहेको छ ।

त्यसको प्रभावका रुपमा विदेश पलायन तथा वैदेशिक रोजगारीमा आश्रित जनसङ्ख्याको उच्च वृद्घि भइरहेको छ । अबका पुस्ताले कमसेकम विदेश जान्न र मेरै देशमा केही गर्न चाहन्छु भन्ने वातावरण बनाउन बजेट केन्द्रित हुनुपर्छ । युवाशक्ति पलायनको शृङ्खला रोक्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन बजेट निर्माण गरी तुरुन्तै कार्यआरम्भ गर्नेगरी नीतिनिर्माण गर्नुपर्छ । हैनभने वैदेशिक रोजगारीमा जान उत्पे्ररित गर्ने अनि त्यसैको सिलसिलामा ज्यान गुमाउनेका परिवारलाई समवेदना दिने छुट कसैलाई छैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल