सरकार ! अझै कति पुस्ताले परदेशको माटोलाई नेपाली रगतले भिजाउनु पर्ने हो ?

-  |   सुबास शर्मा

सरकार ! अझै कति पुस्ताले परदेशको माटोलाई नेपाली रगतले भिजाउनु पर्ने हो ?

घडीको सुईले बिहानको ३ बजाउदै छ। आँखा झिम्मिक्क गर्न मान्दैन ।सायद निद्राले पनि अन्तै बसाई सार्यो क्यार । कोठामा म जस्तै आफ्नो जीवनको कुनै टुंगो नभएका ६ जना साथीहरु गहिरो निद्रामा स्वास फेरिरहेका छ्न। suvas sharma
कहिलेकाहीँ त डर लाग्छ, दिनभरको चर्को घाममा पसिना तप्पतप्प चुहाएर राति चिसो AC मा सुतेका यी साथीहरु, कतै blood सर्कुलेसन बन्द भएर सदाको लागि सुतेको सुत्यै हुन्छ्न कि भनेर। मलाई डर लाग्नु पनि स्वभाबिक हो किनकि केही बर्ष अगाडि दिनको काम सकेर राती कोठामा आफ्नो शरीरलाई आराम दिन गएको संगै काम गर्ने मेरो प्यारो साथी सिबु सदाको लागि सुतेको सुत्यै भएको त्यो दृश्य अझै पनि यी आँखाको वरिपरी फनफनी घुमिरहन्छन् ।
कठै जीवन……..।
फेसबुकको भित्ता भरी साथीहरुले ‘अफगानिस्थान’ लेखिरहेका छ्न ।अनि ती १२ जना नेपालीहरु सुतेको गुलाबी बाकसको फोटो मात्रै अपलोड गरिरहेकाछ्न।
म ती आँसु खसाल्दै भक्कनिदै रोईरहेकी दिदीको फोटो हेरिरहेको छु अनि एकनासले हेरिरहेको छु त्यो अबोध बालकलाई जस्ले आफ्नो बाबाको मिर्त शरीरलाई हेर्न घन्टौ देखि कुरिरहेको थियो। अनि मनमनै भनीरहेको छु कठै तिमी नेपाली चेलीको भाग्य ! अनि कठै हामी प्रदेशीएका अभागी युवाको जीबन। कति सस्तो हाम्रो रगत अनि कति सस्तो हाम्रो शरीर।
कैले काहीँ त यस्तो लाग्दछ कि सायद हामी नेपालीमा इमान्दारीता र बहादुरिताको रगत भएरै होला सधै यो धर्तीले हामी नेपाली कै बलि मन पराउने रहेछ! विश्वयुद्धमा विश्वका कुना कुनामा बिर गोर्खालीको रगतले भिज्यो ।
जनयुद्धमा आफ्नै देसको माटोमा रगतको खोला बग्यो । कहिले कस्मिरको धर्ती भिज्छ,कहिले इराकको,कहिले मलेसियाको धर्ती भिज्छ त कहिले अरबको ।

सोमबार अफगानिस्तानको माटोमा १३ जना हाम्रा नेपाली दाजुभाइको रगतको खोला बग्यो ।आखीर कहिले समाप्त हुन्छ होला हामी नेपालीले विश्वका कुना- कुना रगतले रङ्गगाउदै हिंड्ने दिन? एक मात्र बिमानस्थलमा बिदेसिनेहरुको लस्करले मेरो मात्रुभुमी पक्कै खुशी छैन। दिनहु फर्कने बन्द बाकसहरुले चेलीहरुको सिउदो पुछेको छ, केटा केटीहरुको खुशी र भबिस्य खोसेको छ, नेपाल आमाले हरेक दिन कर्णदार सन्तानहरु गुमाएकी छन् ।
कपालको रौं कालो हुँदै यौटा झोलामा आफ्नो सुनौलो भबिस्यको अनेक सपनाहरुलाई प्याक गरेर त्यो आकासको बाटो हुँदै बिरानो भुमिमा ल्यान्ड गरेको प्रदेशीलाइ त्यो चर्को घाम अनि उजाड भुमीमा आफ्नो निधारबाट तप्प तप्प चुहिएको पसिनालाई आफ्नो पाखुरीले पुछ्दा पुछ्दै त्यो कालो कपाल सेतै भएको पत्तो हुदैन।
अझ दिन भरीको चर्को घाममा काम गरेर राती चिसो एसीमा सुतेको मानिस बिहान जिवितै उठ्छ या सदाको लागि सुत्छ त्यस्को पनि ठेगान छैन।

त्यस्तै अन्योलको जीवन बाँचिरहेका नेपाली मध्य हिजो अनेक सपना बोकेर इराक पसेका १२ जना दाइहरु रेटीए । आज त्यस्तै सपना पालेका ती निर्दोष दाईहरु काबुलमा मारिए ।
ए मेरो देशको सरकार ! कहिलेसम्म त्यो बिमानस्थलमा गुलाबी बाकस भित्र प्याक भएर आएको लासको मात्र गिन्ती गरेर बस्छौ ? अझै कति पुस्ताले यो विदेशी भूमिलाई आफ्नो रगत अनि पसिनाले गिलो बनाईरनहु पर्ने हो सरकार ? देश छोडेर मुग्लान पसेका म जस्तै लाखौं युवाले जवाफ खोजेका छन् ।
हाल: दुबई

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल