बाबुराम ठीक कि महरा ठीक ?

-  |   निमकान्त पाण्डे

बाबुराम ठीक कि महरा ठीक ?

गतसाता यो पंक्तिकारलाई एउटा समाचार प्राप्त भयो । समाचार आफ्नै मित्रविरुद्ध थियो । ती मित्र भने हाल माओवादी केन्द्रका नेता हुन् । क्याम्पस पढ्ने समय २०३६ सालतिरका ती मित्र क्याम्पस पढ्दा नेपाली कांग्रेसका कार्यकर्ता थिए ।nimkanta
पंक्तिकार भने तत्कालीन अखिल छैठौको कार्यकर्ताका रूपमा क्रियाशील थियो । ३७ वर्ष अगाडिको क्याम्पस जीवनको मित्रका विरुद्धमा आएको समाचार भने उनको हालको दिनचर्या र जिम्मेवारीसँग जोडिएको थियो । मैले समाचार पढेपछि समाचारको सत्यताप्रति विश्वास गर्न नसकेर प्रकाशन गर्न उपयुक्त लागेन । समाचारलाई थन्क्याएर राखें ।
तत्कालका लागि समाचार थन्क्याएर राखे पनि आफ्नो धेरै पुरानो मित्र त्यसैमा पनि माओवादी केन्द्रजस्तो राष्ट्रिय स्वाधीनता र जनजीविकाका लागि दश वर्षसम्म सशस्त्र युद्ध लडेर लगभग १६ हजार जनताको रगत बगाएर आएको पार्टीको वरियताक्रममा दोस्रो र तेस्रोको प्रतिस्पर्धामा रहेको व्यक्तित्वका विरुद्धको समाचारलाई थन्क्याएरै राख्न नहुने निष्कर्ष निकालेर सम्बन्धित ती मित्रलाई नै समाचारबारे टेलिफोनमार्फत जानकारी गराएँ । ती मित्रले आपूmबारे भ्रम फैलाउन केही व्यक्तिहरू निरन्तर रूपमा लागिरहेको भनेर मलाई ढुक्क गराए । म केही दिन समाचारको सोधखोजमै लागें, तर पनि आधार केही पाउन सकेको थिएन ।

समाचार प्रकाशन नभएपछि समाचारको स्रोतले ममाथि नै केरकार सुरु ग¥यो । ‘किन समाचार प्रकाशित भएन ?’ मैले समाचार सत्य हो भन्ने प्रमाण नभएकाले प्रकाशन गर्न नचाहेको भनेर जवाफ दिएँ । ‘समाचारको सत्यताका लागि के चाहियो ?’ भनेर मलाई सोधियो । मैले प्रमाण चाहियो भनेर जवाफ दिएँ । ‘भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान गर्न बोलाएको छ, बयानका क्रमा आपूmले राजनीतिमा लागेको दश वर्षमा ९७ लाख रुपियाँ जोडेको स्वीकार गरेको छ । अनि कस्तो प्रमाण चाहियो ? समाचारको स्रोतले मसँग स्पष्टीकरण माग्यो । मैले समाचारमा उल्लेख भएझै ७८ करोड रुपियाँ बराबरको आयस्रोत नखुलेको सम्पत्ति माओवादी नेता कृष्णबहादुर महरासँग छ भन्ने प्रमाण तपाईसँग के छ ? भनेर प्रतिप्रश्न गरें । ‘त्यो प्रमाण पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही समयमै सार्वजनिक गर्दैछ, प्रतिक्षा गर्नुस्’ भनेर समाचारको स्रोतले मलाई चेतावनीयुक्त शैलीमा भन्यो ।

समाचार असत्य ठहरियो भने यस्तो समाचारले समाचारसँग सम्बन्धित व्यक्तिको प्रतिष्ठामा आघात पार्छ भन्ने मलाई विश्वास छ । परन्तु कुनै पनि व्यक्तिको प्रतिष्ठा उसको क्रियाकलापमा नै निर्भर रहन्छ भन्ने सत्यलाई अस्वीकार गर्न सकिन्न । नेपालको राजनीतिमा कृष्णबहादुर महरा शीर्ष नेताहरूमा गणना हुने व्यक्ति हुन् । उनका क्रियाकलापबारे जनचासो हुनु स्वाभाविक हो । उनले गर्ने कामहरू राष्ट्र र जनताको हितमा हुनुपर्छ भन्ने जनचाहना हुनु पनि स्वाभाविक हो । महरा दशवर्षसम्म देशमा भएको उथलपुथलकारी सशस्त्र युद्धका अग्रणी नेता थिए । उनको व्यक्तित्व बनाउन १६ हजार नेपाली जनताको रगत बगेको छ । यस्तो मूल्यवान व्यक्तित्व नेपाली कांग्रेस र पञ्चायती नेताहरूझैं आर्थिक अनियमिततामा लागेर जनताप्रति गद्दारी गर्न सक्दैन भन्ने मान्यता महराका हरेक शुभेच्छुकहरूले राख्नुलाई अन्यथा मान्न सकिंदैन ।
हुन त दशवर्षे सशस्त्र युद्धका अग्रणीमध्येका एक नेता डा.बाबुराम भट्टराईले आपूmलाई फरक राजनीतिक कित्तामा उभ्याएर जनयुद्धकालको जनताको बलिदानीको उपहास गरिसकेका छन् । भट्टराईसँग लामबद्ध भएका देवेन्द्र पौडेलहरू युद्धकालको सुनकाण्डमा कुख्याती कमाइसकेका व्यक्तिहरू हुन् । राजनीतिमा लागेपछि कमाउनै पर्छ भन्ने मान्यताले जरो गाडिसकेको हाम्रो समाजमा महरा मात्रै कसरी पो अछुतो रहन सक्लान् र ? तथापि आर्थिक सवालमा माओवादी छोडेका बाबुराम ठीक कि माओवादीमै रहेका महरा ठीक भन्ने प्रश्न जटिल रूपमा उठेको छ । माओवादी पार्टी छोडे पनि बाबुरामाथि आर्थिक विचलनको अभियोग लागेको छैन । त्यसैले युद्ध थालनी गर्दा माओवादी पार्टीका तर्पmबाट गरिएका प्रतिबद्धताहरूलाई माओवादी नेताहरूले अब पालना गर्नु पर्दैन भनेर कसरी जनताले मान्न सक्छन् ? कसरी नेताहरूले जनताबाट माफी पाउलान् ? महरा मात्रै हैन बाबुरामले पनि माफी पाउने छैनन् ।
युद्धकालको माओवादी पार्टी टुक्रा–टुक्रामा विभाजित भएर गयो । विभाजित अवस्थामै दोस्रो संविधानसभाको चुनावमा जाँदा संविधानसभामा संख्या न्यून भएपछि पार्टी कमजोर भएको आँकलन गरियो । यतिबेला विभाजित पार्टी एकीकृत हुने अभियानले तीव्रता पाएको छ । विभाजित दश वटा समूहहरू एकीकृत भएका छन् । अरु पनि एकीकृत हुँदै जालान् । परन्तु माओवादी धार एकीकृत भएरै मात्र हुँदैन, एकीकृत पार्टीको कार्यदिशा ठीक हुनु जरुरी हुन्छ । पार्टीको कार्यदिशा ठीक हुनका लागि नेताहरू सत्तामै पुग्नुपर्छ भन्ने मान्यतामा रहनु हुन्न । सत्ताले नै नेताहरूलाई बदनाम गराएको छ र जनताबाट पार्टीलाई टाढा गराएको पनि छ । युद्धकालमा माओवादी नेताहरूले पाउने गरेको सम्मान आजका दिनहरूमा पाउन नसक्नुको कारण सत्तालोलुपता र आर्थिक विचलन नै हो भन्ने कुरा ठोकुवा गर्न सकिन्छ ।
देश भारतीय नाकाबन्दीको चेपुवामा परेर दैनिक उपभोग्य वस्तुहरूको अभावले आक्रान्त छ, भ्रष्टाचार र महँगी वृद्धिले जनताको ढाडै भाँच्ने काम गरिरहेको छ । राष्ट्र बिखण्डनको प्रयास भइरहेको छ । यस्तो अवस्थामा महराजस्ता शालिन व्यक्तित्वका रूपमा चर्चा कमाएका नेताले कांग्रेसको काँधमा चढेर सत्तारोहणको प्रयासमा माओवादी पार्टीलाई बदनाम गराइरहेका छन् । हालैका सरकारमा महत्वपूर्ण मन्त्रालयहरूमा माओवादी नेताहरू बिराजमान छन् । ती मन्त्रालयहरूबाट देश र जनताका पक्षमा काम गर्न चाहने हो भने जति पनि सकारात्मक कामहरू गर्न सकिन्छ । आफ्नो पार्टीका मन्त्रीहरूबाट राम्रा कामहरू गराउनतर्पm पार्टीको ध्यान केन्द्रित हुनुपर्नेमा उल्टो काम भइरहेको छ । विगतमा कृष्णबहादुर महरा गृहमन्त्री हुँदा र हाल शक्ति बस्नेत गृहमन्त्री हुँदाको अवस्थामा के भिन्नता छ ? आपूm नै सत्तामा पुग्नुपर्छ भन्ने आग्रह किन ? राम्रो कामका लागि सत्ताको जरुरत पर्दैन, बरु गलत कामका लागि मात्र सत्ताको आवश्यकता हुन्छ भन्ने कुरा घटनाक्रमहरूले पुष्टि गरिरहेका छन् । महराजस्ता शालिन व्यक्तित्वमाथि गैरकानुनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नुका पछाडि सत्तालोलुपताले नै काम गरेको हो भन्ने पुष्टि भइरहेको छ । आगे नेताजीहरूकै मर्जी !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल