किन बढ्दैछ बलात्कारका घटना ?

-  |   रितु बराल

किन बढ्दैछ बलात्कारका घटना ?

बलात्कार भन्ने बित्तिकै एउटा कुरा याद आइहाल्यो । सानै थिएँ म ताकी ४/५ कक्षामा पढ्थे । एक दिन म खाना खाएर बाहिर निस्कँदा टिभीमा तराईमा एक पुरुषले एक नाबालिकालाई बल्तकार गरे भन्ने समचार मेरो कानमा गुन्जियो । हजुरबुबा औंलाको कापमा चुरोट च्याप्दै ल हेर कुकुर, साला भन्दै समाचार सुनिराख्नुभएको थियो । आखिर यो बलात्कार भन्या चाहिँ के रहेछ भनेर जिज्ञासा भयो । भान्सामा भएकी आमालाई सोधे, बलात्कार भन्या के हो नि आमा ? अघि टिभीमा सुनेको थिएँ भन्दै वर्णन गरे । तँ सानै छस् नानी यस्ता कुरामा ध्यान नदिकन पढेर बस् भनेर झपार्दै भन्नुभयो ।

NP_20150826_RLRAPE_979715
बच्चामा जो कोही पनि जिज्ञासु हुन्छन् । तर उनीहरूले सोधेका प्रश्नहरूको जवाफ आफूभन्दा ठूलाबाट धेरै पाउन सक्दैनन् । यही थाहा नपाउनाले उनीहरू सानै उमेरमा कसैको सिकार बन्न पुगेका छन् ।

कुनै पनि व्यक्तिलाई शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य यातना दिनु तथा दुव्र्यहार गर्नु हिंसा हो । कुनै पनि मानिसले यौनसगँ सम्बन्धित भावना राखेर जिस्काउने, नजिक आएर छुन खोज्ने, इच्छाबिना स्पर्श गर्नु नै यौन दुव्र्यहार हो ।

२१ औं शताब्दीमा आएर पनि अझैँ महिलाहरू सुरक्षित हुन सकेका छैनन् । यो बालबालिकामाथिको दुव्र्यहार दिनौं–दिन बढ्दै गएको पाइन्छ । महिलामाथिको हिंसा बन्द गर, चेलिबेटि बेचबिखन अन्त्य गर, बालशोषण बन्द गर भन्दै नारा लगाई हिँड्न अझै बन्द भाको छैन् ।

नेपालमा हरेक बर्ष हजारौंको संख्यामा बालबालिका शारीरिक दुव्र्यहारलगायत यौनजन्य शोषणको सिकार भएको पाइन्छ । दुव्र्यहार महिलामाथि जोबाट जुनसुकै बेलामा पनि हुन सक्छ । नारीहरूमाथि दिनदिनै दुव्र्यहार भएको पाइन्छ, र यो बढ्दो क्रममा आइरहेको छ । दिनमा हामीले एउटा न एउटा नारी कि त बालबालिका शोषण भएको समचार सुनिरहेका हुन्छौं ।

आखिर नारीहरू कहाँ सुरक्षित छन् त, बाटोमा, स्कुलमा, समाजमा या घरमा ? एउटा बालिका स्कुलबाट घर आउन ढिला भयो भने डराउनुपर्छ, बाबआमा कतै केही भयो कि भनेर, छोरीले घुम्न जान्छु भन्दा, पिकनिक जान्छु भन्दा र स्कुलबाट केही दिनको लागि घुम्न जान्छु भनेर अनुमति माग्दा खुल्ला मनले जाउ भन्न सक्दैनन् । बाबु–आमाले यहाँ धेरै सोच्नुपर्छ, डराउनुपर्छ यो समाजसँग । आफन्त पनि सानी छोरीमाथि गिद्दे नजर राखेर बसिरहेका हुन्छन् ।

महिलामाथि बलात्कार त धेरै सुनियो । आजकल त बालिकाहरू पनि धेरै सिकार बनिरहेका हुन्छन् । विचारा ती बालिकालाई के थाहा यौन भनेको के हो, के थाहा बलात्कार भनेको के हो, यस्ता कुराहरू न त स्कुलमा जाने, न त घरबाट सिके । यी कुराहरू नजान्दा–नजान्दै पनि सिकार हुन्छन् । नेपालमा यस्ता बालिका सिकार भएका छन् कि जुनलाई राम्रो छुवाइ के हो र नराम्रो छुवाइ के हो थाहा छैन । को पराइ र को आफ्नो भन्ने छुट्टाउने बेला नै भाको छैन ।

आखिर के पाउँछन् ती मानिसहरू यस्ता नाबालकलाई सिकार गरेर, अरूका छोरी चेली देख्न नसक्नेले के थाहा भोलि आफ्नै छोरीमाथि पनि सिकार गर्ने छैन भनेर । हुन त बाबुले छोरीलाई बलात्कार गरेको समचार नसुनेको पनि हैन । आखिर कसरी आउँछ, यी मानिसहरू को राम्रो सोच, किन अरूको अधिकारमाथि खेलवाड गर्छन्, किन स्वतन्त्र गरि हिँड्न दिँदैनन् । कति हिँड्ने सधै नाराजुलुस लिएर । आखिर नारा जुलुस लिएर हिँडेर पनि त यो अन्त्य हुन सकेको छैन ।

बालबालिकामाथि हुने दुव्र्यहारमाथि सानैबाट स्कुलमा शिक्षा दिइनुपर्छ । घरमा आमाबाबुले पनि यस्ता कुरा सम्झाउने कोसिस गर्नुपर्दछ । अब स्कुलमा पढाई मात्र हैन टेगन्टु, कराते पनि कम्पल्सन राख्नुपर्छ । जसले गर्दा दुखको घडीमा होस वा दुव्र्यवहारमा पर्दा उनीहरु उम्किन सकुन् । दुव्र्यहार सम्बन्धि कानुन पनि बलियो हुनुपर्यो र बालिका बलात्कार गर्नेलाई सिधै फाँसी दिनुपर्दछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल