म गणतन्त्र कसरि मनाउँ मनिषा ?

-  |   केबी गुरुङ

म गणतन्त्र कसरि मनाउँ मनिषा ?

तिम्रो आत्मामा शान्ति मिलोस हार्दिक श्रदान्जली मनिषा ।

परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दछु ।

11281921_1098894680137304_216413249_n

 

समबेदना र श्रद्धाञ्जली दिन सक्ने निरिह हैसियत बाहेक अरु म संग केहि छैन मनिषा । हुन त जनताको सुन्दर नयाँ संबिधानको एकथान विधानमा छौ । राजतन्त्रको अन्त्य संगै गणतन्त्र नेपालको रंगशालामा उभिएका छौ, जहाँ आज गणतन्त्रको नारा गुन्जी रहेको छ । तर म भने अहिले सिमापारीको भूमिमा उभिएर, नयाँ संविधानको विधानमा घोप्टो परेर भावविहोल भएको छु ।

देशको सबैभन्दा भन्दा संबेदनशीलत मुद्दा भनेको मानव अधिकारको मुद्दा हो नानु, जहाँ हामी स्वतन्त्र भएर जिन्दगीको अन्तिम घडी सम्म बाँच्न पाउ भन्ने हुन्छ । जुन मुद्दा भित्र सबै भन्दा छोरीहरु पिसिएको कुरा पनि सत्य छ । हिजो नेहाहरु पिसिए, आज तिमि पिसिएकी छौ । शायद भोलि म पनि पिस्सिने छु, पर्सिपल्ट देश पिसिएको हुनेछ । जे सुकै होस् देश नेपाल पिसिएको दिन सबै भन्दा ठुलो आघात हुनेछ ।

प्रिय नानु । ईतिहासलाई फर्केर हेर्दा राजतन्त्रमा देशका चेलीहरुलाई राजा महाराजाहरुले रखेल बनाई अस्मिता लुटेको कहानी भेटिन्छ र आक्रोसमा यिनै लुटिएका अस्मिताहरुलाई जोगाउन राजतन्त्रको मलामी गएको मान्छे पनि हुँ म । यिनै राजा महाराजाहरु चेलीहरुको चरित्र/अस्मिता सँग खेलवाड गर्दा राजतन्त्र प्रति अत्यन्त घृणा जागेको हो मलाई । नत्र मलाइ राजतन्त्रले खान लाउन नदिएको पनि होइन नानु । त्यो भन्दा अगाडिका साषणकालहरु तिर नजाउ । किन भने आफुले नभोगेको र नदेखेको साषण कालाहरुलाई ओकालत गर्नु व्यर्थै लाग्छ, शायद हल्लै हल्लाको संसार हो यो । जुन संसारमा सजिसजावट कहानीहरु क्यानभासमा धेरै सजिदा रहेछ जसले नवयुगका मान्छेहरुलाई मुर्ख बनाउन सिवाय अरु केहि जानेन जस्तो लाग्छ । शायद त्यो मेरो बैचारिक भुल हुनुपर्छ ।

आज गणतन्त्र आउदा देशका चेलीहरुको अस्मिता त लुटियो नै, अस्मिता संगै जिन्दगि नै लुटिने हुँदा म जस्ता दाजुहरु र आमाहरु आफैले डोली चढाएर भित्र्याएको गणतन्त्र प्रति घोर घृणा जगाउदै छन् मनिषा । भोलि गणतन्त्र इतिहास कस्तो बन्छ त्यो त थाहा भएन ।

मलाई थाहा थिएन, कुनै पापीले तिम्रो चिरहरण गरेपछी निम्तिएको शोकाकुलमा यसरि गणतन्त्रको रंगशालामा उभिएर समबेदनाका कलमहरु चलाउला भनेर । बरु सोचेको थिए मनिषा, तिम्रो दाजुले खेलाडीभै देशको सानमा तिम्रो खुसीको बहार फुर्रर फुराउने लहरहरु लाई टप्प टिपेर कलम द्वारा सजाउला भन्ने लागेको थियो । तर मलाई माफ गर मनिषा तिम्रो शोकाकुल घडीमा कलम चलाउन थालेको छु । त्यो पनि गणतन्त्र नेपालको रंगशालामा उभिएर । हामी जिन्दगीको अन्तिम सम्म स्वतन्त्र भएर बाँच्न पाउने नयाँ संविधानको विधानमा घोप्टो परेर ।

हिजो भर्खरै नेहाहरु आफ्नै धर्मदाई भनिनेहरुबाट कुदृष्टिका शिकार बनेर कलिलो जोवान गुमाउदा, आमाहरुलाई थाहा भैसकेको थियो कि यहाँ मानवताको चिरहरण हुँदैछ । मानव बिश्वासको अजम्बरी खम्बामा कालो बादलको पर्दाले लपेटिएर, त्यहि नजिक किनारामा अविस्वासको अग्लो चुली निर्माण भएको छ ।

उता मानव अधिकारका पहरेदारहरु राजधानीका होटेल भित्र हुस्किको चुस्कीमा बेहोसी छन्, अझै ब्युझेका छैनन् । त्यसैले त आज बरु फेरी तिमीले पनि यो संसार छोड्नु पर्यो । शायद उनीहरु नब्युझदा सम्म अझै तिमि जस्तै देशका चेलीहरु नचाहेर पनि यो संसारबाट छुट्टी लिउनु पर्ने छ, तर के थाहा र ति बिचारिहरुलाई ।

देशमा आज नवौ गणतन्त्र आएको छ मनिषा । प्रिय नानु तिमीले एकपटक आर्यघाटको समसानबाट उठेर हेर्नु, मानवताको चिरहरण हुने हाँडीगाउको राज्यमा गणतन्त्रको जात्रा चलेको छ । हाँडी गाउदेखि हजारौ कोष टाढा दुरदराजको तिम्रो झुपडीमा शोक छाएको छ । आमा अर्ध बेहोसी हुनुहुन्छ, दाज्युलाई १४ बर्ष पछी फेरी चोटको घाउ बल्झिएको छ तर गणतन्त्रका मालिकहरुलाई बाल छैन । तिम्रो अन्याय माथि मालिकहरुको मौनता देख्दा लाग्छ, तिमि नेपालकी छोरी हौ या होइनौ, सोच्नुपर्ने भएको छ ।

 

तिमि जस्तै साँझपख सुनौलो बिहानीको सपनामा निदाउदा कहिलै नब्युझने गरी सुतिरहेका चेलीहरु भेटिन थालेको धेरै बर्षहरु पार भैसके । रातारात देशका चेलीहरुको कलिलो जोवन हरण गर्नेहरुको जमात बढी सक्यो । शायद तिनैहरु गणतन्त्र देशका मालिक पनि भैसके होलान ।

राजधानीमा गणतन्त्रका मालिकहरु संसारकै उत्कृष्ट संबिधान बनाएको भन्दै सभा/भेलामा व्यस्त छन् । मानवधिकारको नाममा नयाँ संबिधान भित्र गणतन्त्रको ब्याज खाँदै डकारेर बसेका छन् । तिनै डकारेर बस्ने मालिकहरुलाई बलात्कारी खुनिहरु कानुनको उपहास गर्दै खुलमखुल्ला तिमि माथि धावा बोल्दैछन् ।

यस्तो लाग्दैछ, बलात्कारीहरूले निम्त्याउने घटनाहरु गणतन्त्रका राजनीतिक व्यापारीहरुलाई भृकुटी मण्डपका पसलेले झैँ मोलतोलमा वार्गेनिङ गर्ने चाइनाका सामान झैँ हुनेछन । दुइचार दिन तिम्रो मुद्दामा हानथाप हुनेछ र अमुर्त भै सुनसान हुने पनि पक्का छ ।

हिजो नेहाहरु मारिदा तिम्रो मुटुले ठाउथात छोडेको थियो होला । आज तिमि मारिदा झन् धेरै चेलीहरुले आफ्नो काँपी रहेको मुटु छाम्दै बसीरहेका छन् ।

अब तिमि भन, चेलिहरु दिनदाहाडै हत्या भैरहेको शोकाकुल घडिमा गणतन्त्र दिवस कसरी मनाउ मनिषा ? जहाँ तिमि हराउछौ, तिम्रा सपनाहरु टुट्छन र तिम्रो यो संसारबाट नचाहेर पनि सदाकोलागी छुट्टी हुन्छ ?

कोहि तिम्रो हरण गर्ने गनतन्त्रको जात्रामा छन, म भने तिम्रो शोकाकुल सन्नाटामा छु मनिषा ।

यहि शोकाकुल भएको जगमा उभिएर राज्यका मालिकहरु लाई भन्न मनलाग्छ । मानवताको अपहरण हुने तिम्रो राज्यमा यस्तो गणतन्त्र दिवस त सुहाउला तर शोकाकुल आत्माहरुलाइ चियो गर्ने चेस्टा पनि गर महाशय ।

अपराधीहरुवाट मनिषाहरु हराईरहदा औलामा गनिनसक्नु घटनाहरु भैसके । देशको दूरदराजमा दिनप्रतिदिन चेलीहरु हराई रहेको कुरा तिमीले थाहा पाएर पनि चाल नपाए जस्तो गर्दैछौ किन ? मानव अधिकारको नाममा हत्यारा बाँच्न पाउने कलंकित अधिकार अब हामी कसरि सहुला ? छोरीहरु कसरि सहलान ?

फलामले फलाम काट्छ, त्यसैले अकानुन लाई कानुनले काट्नु पर्छ । अपराधिहरुको नियन्त्रणको लागि अब विकल्प खोज्नै पर्नेछ । त्यसको अन्तिम बिकल्प दोषीलाई फाँसीको सजाय हुने व्यवस्था नहुदा सम्म अरु नेहा र मनिषाहरु मारिएका हुनेछन ।

मानव स्वतन्त्र भएर बाँच्न पाउने अधिकार सुरक्षित हुन्छ भने हत्यारालाई मृत्यदण्ड दिनु न्यायोचित हुन्छ, मानव अधिकार त्यहाँ हुन्छ । नत्र तिम्रो गणतन्त्र केवल हावा हुनेछ । मानव ब्यापारी बन्ने छ जसले छोरीहरुको यौवन लुटिरहने छ ।

हाल युएई

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल