विनोदको पल्टने सपना

-  |   खगेन्द्र फुयाँल

विनोदको पल्टने सपना

Fullscreen capture 5272016 10713 PMविनोदलाई एसएलसी परीक्षाको नतिजा आएको दिन कम्ती खुसी लागेको थिएन । खुसीले सीमा नाघेका थिए, जतिबेला उसले आपm्नो लब्धांकपत्र हेरेका थिए । हुन त उसलाई उत्तीर्णमात्रै हुँदा पनि हुने थियो । तर, परीक्षाको समयमा गरेको सानो मिहिनेतले गर्दा विशिष्ट श्रेणी नै हात पार्न सफल भएका थिए ।
एसएलसीपछि उसको सपनाको बाटो खुलेको थियो । उसलाई पनि पल्लाघरे ठूलोकान्छोझैँ लाहुरे बन्नु थियो । गोर्खाज बन्नु थियो । बेलायती सेनामा भर्ती हुनु थियो । ठूलोकान्छो पल्टने हुनुभन्दा अगाडि गाउँघरका केटा भेला पाथ्र्यो र आफू बेलायती सेनाको जम्दार भएको भान गर्दै केटाहरूलाई लामबद्ध राखेर कसरत गराउँथ्यो ।
नभन्दै ठूलोकान्छो राई बेलायती सेनामा भर्ती भयो । तालिममा उत्कृष्ट भएको भन्दै सुरुमै पुरस्कृत भयो । अफगानिस्तानको शान्ति सुव्यवस्था कायम गर्न ०६७५३—जी राइफलमेन भएर खटियो ।
यता, विनोदलाई भने ठूलोकान्छो राई बेलायती सेनामा भर्ती भएको दिनदेखि मनमा शान्ति थिएन । ठूलोकान्छो सेनामा भर्ती हुँदा आठ कक्षा उत्तीर्ण गरी नौमा उक्लेकोमात्रै थियो । बिहान बेलुका बाबुआमाको आखा छलीछली डिप पनि गर्न थालेको थियो ।
दस कक्षा पुगेपछि त सर्लक्क परेको ज्यान कसिलो जिउडाल लिम्बूको छोरो विनोद कोहीभन्दा कम थिएन । गाउँमा सबैको आशिर्वाद र हौसलाले दस कक्षापछि बेलायती सेनामा भर्ती हुने सपना देखिसकेको थियो ।
आमाबुवालाई तीन दिदीपछि जन्मिएको एक्लो छोरो, नेपालमै बसोस् भन्ने लागेको थियो । बुवाले विनोदलाई नागरिता बनाउन जाँदाखेरी धेरै सम्झाए । नेपालमै बस्, यहाँ पनि अब राम्रो जागिर पाइन्छ, देशमा गणतन्त्र आएको छ, राज्यले तिमी हामीलाई आरक्षण व्यवस्था गरेको छ । नेपालमै बसेर राम्रोसँग पढिस् भने यहाँ पनि भविष्य उज्ज्वल हुन्छ भने । फकाउनुजति फकाए तर विनोदले मानेनन् आखिर विनोद पल्टने हुने नै भयो । तयारी कक्षा लिनका लागि दिदी नित्यश्रीसँग काठमाडाँै जाने भयो । छोरो काठमाडाँै जाने भएपछि बुवालाई पैसा जुटाइदिन करै लाग्यो ।
०६८ असोज १ मा भारतको सिक्किम केन्द्रबिन्दु भएर आएको ६∙८ रेक्टरको भुइँचालोले इलामस्थित विनोदको घरमा क्षति पुगे पनि जसोतसो चलिरहेको थियो । तर, २०७२ को आगमनसँगै गएको भुइँचालोले घरमा क्षति पुगेकाले निर्माणकार्य जारी थियो । यता, बेलायती सेनाको तयारी कक्षा लिन जान लागेको छोरालाई ५० हजार पनि नदिए के काठमाडाँै पठाउनु, यता नयाँ घरमा सात लाख खर्च भइसक्दा पनि बनिसकेको थिएन । जसोतसो ५० हजार बोकेर विनोद काठमाडाँै आए दिदीकहाँ ।
पल्टने सपना बोकेर राजधानी छिरेका विनोदलाई पहिलो गाँसमै ढुंगा लागेझैँ भयो, जतिबेला कन्सल्टेन्सीमा उनको नामको स्पेलिङ नागरिकता र एसएलसीको प्रमाणपत्रमा अलग–अलग देखियो ।
विनोदले शैक्षिक प्रमाणपत्र सच्याउनुभन्दा नागरिकतामा नाम सच्याउन सजिलो ठानी काठमाडाँै आएको पर्सिपल्टै बसमा चढेर इलाम पुगे । भोलिपल्ट नागरिकतामा नाम सच्याउन विनोद नागरिकता फाँट गएर निवेदन पेस गरे तर फाँटवालाले मिल्दैन भन्यो ।
जब नागरिकता सच्याउन नमिल्ने भयो विनोदलाई बुवाले भनेकोजस्तै नेपालमै केही कोसिस गरौँ कि भन्ने सोच नआएको पनि होइन । तर, विनोदलाई ठूलोकान्छोले फेसबुकमा सैनिक पोसाकमा एके ४७ सहित राखेको फोटोले मोहित बनाएको थियो । यता, सँगैका साथीहरूको पूर्वतयारी कक्षा सुरु भइसकेको थियो ।
विनोदले अन्तिमपटक नागरिकतामा नाम सच्याउन अनुरोध गरे तर फाँटवालाले विनोदलाई हँुदैन मात्रै भनिरह्यो । यता, धेरै दिन नागरिकतामा समय खेर फाल्दा यो वर्षको बेलायती सैनिक छनोट तयारी नपुग्ने पक्का थियो । त्यसैले विनोद कसरी आफ्नो काम गर्ने भनेर चिन्तित थिए । दलालको माध्यमबाट थाहा भयो घुस दिए काम हुने रहेछ ।
यता, घुसको बार्गेनिङ चलिरहँदा काडमाडौँमा दिदी नित्यश्री सिकिस्त बिरामी भएर अस्पताल भर्ना गर्नुपर्ने भयो । बुवालाई केही पैसा छोरीको उपचारका लागि समेत पठाउनुपर्ने भार आइलाग्यो । तीन दिनको नियमित उपचारमा १२ हजार लाग्यो । बल्लबल्ल १० हजार घुस दिएर आफ्नो नागरिकतामा भएको गलत स्पेलिङ सच्याएर विनोद काठमाडाँै फर्के ।
काठमाडौँको महँगी त्यसमाथि डेराको बसाइ सामान्य जीवनयापन चलाउनै गाह्रो । घरमा बचेको सबै पैसा सकिएपछि बेलायती सेनाको तयारी कक्षाको बाटो नै बन्द भयो । आखिरीमा विनोदको पल्टने बन्ने सपना यो वर्षलाई अधुरै भयो । भर्खर १८ वर्ष पुगेको विनोदका लागि अरू चार वसन्त पूरै बाँकी छन् । शुभकामना विनोदका सपनाले छिट्टै सगरमाथा चुमून ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल