नेताज्यू, भोट चाहिन्छ ? रोजगारीसँग साटौं !

-  |    खगेन्द्र फुयाँल

नेताज्यू, भोट चाहिन्छ ? रोजगारीसँग साटौं !

बसाई हिँड्नेको तातीले,
कसैको मन रुहाउँछ …

जेबि टुहुरेको यो गीतले भनेझै हरेक दिन बैदेशिक रोजगारीमा जानेहरुका लाम देख्दा कस्को पो मन दुख्दैन र ? बिदाईमा आफन्तहरुको मन किन पो रुदैन र ?Fullscreen capture 5212016 125328 PM

तर देशनिमार्णमा लागेकाहरुको मन अझै छुन सकेको छैन । यो चालाले देश बन्ने हैन झन् उजाड हुँदै  गईरहेको छ । दैनिक १५ सयको हाराहारीमा बैदेशिक रोजगारिमा नेपाली युवाहरु जानेगरेको तथ्याङ्कले देखाउँछ । मध्यपहाडका खेती योग्य जमिन बाँझो हुँदै झाडीमा रुपान्तरण हुदैछन् । यता सरकारसंग न युवा पलाएन रोक्ने कुनै नीति छ न रोजगार दिने उद्योग कलकारखानानै छन् ।

२०४७ सालको जनआन्दोलन बाट प्राप्त प्रजातन्त्रपछि जनतामा जुन किसिमको आशा र अपेक्षाहरु थिए, आज गणतन्त्र स्थापना हुँदासम्म हातलाग्यो शून्य भएको छ । दशबर्से माओबादी आन्दोलनको अन्त्य र राजतन्त्रको अवसान भैसकेको अवस्थामा पनि जनतामा निरासा उस्तै छ । राजनितिक अस्थिरता र घुसखोरी कार्मचारितन्त्रको चंगुलमा देश रुमल्लिरहेको छ । र त्यहि घुसखोरि कर्मचारितन्त्रको संरक्षणमा अस्थिर सरकार भैदिंदा आज सिङ्गो देशनै बिसौँ वर्ष पछाडि धकेल्लिदै गएको छ ।

एकातिर स्वदेशमै लगानिको वातावरण नाजुक छ भने अर्कोतर्फ देशमा उद्योग कलकारखानाहरु थपिनुको साटो (कति बन्द भएभने कति) बन्द हुने अवस्थामा पुगेका छन् । हिजो राजाहुँदा राजतन्त्रको बिरोधगर्नेहरु आज सत्ताका नव—राजा तथा युवराज भएर भक्तामा लठ्ठिरहेछन् । राज्यका निकायहरुमा पुराना चिन्तन भएका मुठ्ठिभर व्यक्तिहरुको निर्णयका कारण देशकै समग्र निति तथा कार्यक्रमहरु बालुवामा पनि हालेसरह भएका छन् ।
देशनिर्माणको बलियो आधार युवाशक्तिको सदुपयोग गर्नुको साटो आज देशनै बिदेशि दलालहरुलाई लालमोहर लगाउदै युवा हस्तान्तरणमा लागेको छ । सरकारको यो नितिले के प्रस्टपार्दछ भने युवाशक्ति बिदेश पठाएर राज्यको ढुकुटी दोहनको चालबाजी निहित रहेको पक्कै छ । हिजो आन्दोलनमा जनताको साथ पाएर निरञ्कुश शासनको अन्त्य भएको कुरा राजनितिक दलहरुले पक्कै बिर्सेका छैन्न होला ।

राजनीतिक दलरुले यो कुरा बुझ्न आवश्यक छ, जनता सधै जनता नै हुन चाहन्छन् । सधैभरि कुनै राजनितिक दलको कार्यकर्ता हुन चाहँदैनन् । बरु देशलाई आवश्यक परेको खण्डमा देशको निर्णायक मोडहरुमा जनताले साथ दिने हुन् । त्यसैले राजनितिक दलहरुले जनताका घाउहरुमा कतिसम्म मलमपट्टी लगाएका छन् त्यो त लोकतान्त्रिक अभ्यासका क्रममा या भनौं निर्वाचनको दौरानमा अवश्य देखाइदिने छन् ।

कोहि कसैले अमरत्व लिएर आएको छैन । लामो इतिहास बोकेको राजतन्त्रको त अन्त्य भयो भने जनताले भोटहालेर जिताएकाहरुको भविष्य कति दिन पो होला र ! एकाईसाँै सताब्दीमा जनताले दिएको अभिमतको अवमूल्यन गर्नेहरुलाई जनताले पक्कै गलत्याउने छन् चुनावको माध्यमबाट । राजनितिक दलका शीर्षस्थ नेतामाथिको आक्रमणनै जनतामाथिको अवहेलनाप्रतिको आक्रोश हो । जनताको अन्धकार भविष्य प्रतिको बदलाव अवस्य हो ।

देशनिर्माणको निम्ति गरे के सम्भव हुदैन । त्यसको उदाहरणको निम्ति धेरै टाढा जानै पर्दैन । ५० बर्षको ईतिहासमा आज छिमेकी राष्ट्र चिन दोस्रो विश्व अर्थतन्त्रका साथ सन् २०२० सम्ममा विश्वको पहिलो अर्थतन्त्रका निम्ति अघि बढिरहेछ । सन् १९६५मा मेलेसियाबाट फुटेर स्वतन्त्र भएको सिंगापुर वेरोजगार र घरवारबिहिन थियो । ७० को दशकाबाट उद्योग तथा कलकारखानाबाट उदाएको सिंगापुर २० वर्षको अबधिमा ९० को दशकमा आईपुग्दा विश्वमै समुन्नत राष्ट्र भएको थियो । एसियामै जापानपछिको दोस्रो अर्थतन्त्र हाकिरहेको छ ।

हाम्रा देशका राजनितिक दलका नेताहरुमा रहेको ईच्क्षाशक्तिको कमि र दुरदर्शिताको अज्ञानताले गर्दा देशनै अनिर्णयको बन्दी हुन पुगेको छ । अर्कातिर एकाईसौँसताव्दिमा पनि जनता रोग र भोकले मरिरहेका छन् । चुनवको क्रममा जनताको दुखमा आँसु खसाल्न पछि नपर्नै नेताहरु, जनताको भोट पाएछि जनतालाई सम्झन त परैजाओस आफ्नो चुनाव क्षेत्रमा पाईलो राख्दैनन् ।

यो अवस्था रहेसम्म न त देश बन्ला न त जनताको सपनानै साकार हुनेछ । बदलिदो समयसंगै नाना, छाना, खानाका साथै शिक्षा स्वास्थ्य रोजगार जनताका आधारभुत आवश्यक्ताहरुमा जोडिएका छन् । शिक्षित युवा वर्गमा बढ्दो बेरोजगारिले राज्यप्रति वृतिष्णा जागिरहेको छ । देशनिमार्णको बलियो आधार भनेकै रोजगारिको अवसर श्रृजना गर्नु हो । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रिले चुनावको घोषण गरिसकेका छन् । अब भोट कस्लाई दिने कसलाई नदिने अधिकार हामी जनताको ।
चेतना भया !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल