बुद्ध दर्शन र माक्र्सवाद

-  |   तारामणि सापकोटा

बुद्ध दर्शन र माक्र्सवाद

taramaniआज २५६० औ बुद्ध जयन्ती । नेपालमा जन्मिएका बुद्धका अनुयायी नेपालमा भन्दा अन्य देशमा बढी पाइन्छन् । बुद्धको सिद्धान्त, दर्शन र बिचार बास्तविक अर्थमा बुझ्ने जमास सानो छ । बुद्ध दर्शनलाई धर्मको रुपमा बुझ्ने र अर्थ लगाउनेको जमात नै ठूलो छ । बुद्धले जे नगर्नु भनेका थिए आज त्यहि भएको छ । मानिसलाई जे नगर्नु भन्यो त्यही गर्नु पर्ने । जे नमान्नु भन्यो त्यसैलाई मान्ने । गौतम बुद्धले मूर्ति पुजाको बिरोध गरे । संसारमा उनकै धेरै र ठूला मूर्ति पाइन्छन् । शास्त्राबाट होईन ज्ञान आफै भित्रबाट पाइन्छ भने तर आज सबै बौद्ध मार्गी उनका बिचारलाई सूत्रका रुपमा बुझ्दछन् । बुद्धले जीवन जिउने कला सिकाए तर मानिस त्यसलाई धर्मको रुपमा बुझ्दछ । बुद्ध दर्शन कुनै धर्म होईन तर पनि यसलाई धर्म बनाईयो । बुद्धले जीवनको सम्बन्द्धमा गरेको व्याख्या आज पनि त्यतिकै सान्दर्भिक छ । बुद्ध अघिका कपिल, कर्णाद्, चार्वाक, महावीरलाई पनि मानिसले धार्मिक गुरुको रुपमा बुझ्दै आएका छन् । चार्वाक, महावीर, बुद्ध, पतञ्जली लगायतका भारत बर्षमा जन्मिएका महापुरुष आज कुनै एक सम्प्रदायका मात्र बनेका छन् । त्यसमा पनि उनिहरुको भौतिकवादी दृष्टिकोणका आधारमा होईन धार्मिक पुरुषका रुपमा व्याख्या गरिएको छ । भारतमा हुर्किएका यि दार्शनिक दिष्टिकोण संसारमा पहिलो भौतिकवादी दृष्टिकोण भएपनि बुद्ध बाहेक अरुको प्रभाव कमजोर छ । भौकिवादी दृष्टिकोणको केन्द्र युरोपलाई मात्र स्वीकार्ने हामीमा अज्ञानता कायम छ ।
बुद्धले जीवनका सम्बन्धमा जसरी व्याख्या गरेका छन् । त्यसैगरी माक्र्सले जगतको वैज्ञानिक व्याख्या गरेका छन् । बुद्ध र माक्र्स दुबै भौतिकवादी दृष्टिकोण भएका दार्शनिक हुन् । बुद्धले जीवन बदलेर जगत बदल्ने बिचार प्रकट गरेका छन् । माक्र्सले समाज रुपान्तरणको कुरा गरेका छन् । बुद्धले साढे २५ सय बर्ष अघि भने ‘जेमा गति छ, त्यसको अस्तित्व छ, जेमा गति छनै त्यसको अस्तित्व छैन’ । माक्र्सले पदर्थ गतिशील छ मात्र भनेनन् गतिको नियम बाहेक जगतका सबै चिज गतिशील छन् भने । माक्र्सले समाज बिकासको अन्तिम चरण बैज्ञानिक साम्यवाद भनेका छन् । जहा“ मानिसको चेतनाको स्तर अति उन्नत हुन्छ । माक्र्सले भनेको बैज्ञानिक साम्यवाद बुद्धको निर्वाण प्राप्त व्यक्तिहरुको समाजमा धेरै हदसम्म समानता पाउन सकिन्छ । तर, बुद्ध र माक्र्स वीचको भेद भनेको अन्तिम लक्ष्यमा पुग्ने बाटो हो । बुद्धले शान्तिपूर्ण रुपमा मानिसलाई रुपान्तरण गर्नु पर्नेमा जोड दिएका छन् भने माक्र्सले क्रान्तिका माध्यमबाट अन्तिम लक्ष्यमा पुग्न सकिने बताएका छन् ।
बुद्ध र माक्र्स समानता र असमानताको संश्लेषण हुन आवश्यक छ । तर, आज भौतिकवादी दृष्टिकोण भएको बुद्ध दर्शनलाई जसरी धर्मको रुपमा बुझिदैछ । माक्र्सवादलाई पनि त्यही रुपमा बुझिदै गएको छ । कतिपय कम्युनिष्ट पार्टी वा तिनका नेतालाई गतिको माक्र्सवादी नियम स्वीकार्न चाह“दैनन् । उनीहरु माक्र्सवादलाई सूत्रको रुपमा व्याख्या गर्दै आएका छन् । भौतिकवादी बन्ने नाममा पश्चिमा जगतमा बिकास भएका बिज्ञान, बिचार, सिद्धान्त, संस्कृतिलाई नक्कल गर्दै आएकाछन् । युरोप अमेरिकामा बिकास भएका सबै कुरा सत्य हन् , पूर्वमा बिकास भएका सबै बिचार, सिद्धान्त गलत हुन् । बिज्ञानले सत्य भनेको तथ्य सधै सत्य नहुन सक्दछ । माक्र्सवादी नियमले सिद्धन्त पनि गतिशील हुन्छ । तर, हामी कहा“ भौतिकवादी दृष्टिकोण भएको कम्युनिष्ट होईन, कम्युनिष्ट पार्टीमा खरो ढंगले लागे भयो । बिचार सिद्धान्त नबुझे पनि हुन्छ । आज माक्र्सवादी वा कम्युनिष्ट हुनलाई माक्र्सवाद नपढे वा नबुझ पनि हुने भएको छ । जसरी हिन्दु हुनलाई हिन्दु धर्मका आचरण नभए पनि हुन्छ । हिन्दु हुनलाई वेद, मुसलमान हुनलाई कुरान, क्रिस्चियन हुनलाई वाईवल नपढे पनि हिन्दु, मुसलमान, क्रिस्चियन हुन सकिन्छ । त्यसैगरि कम्युनिष्ट हुनलाई माक्र्सको पु“जी पढिरहनु वा बुझिरहनु पर्दैन । पु“जी आधुनिक वेदको रुपमा बिकास ह“ुदै गएको छ ।
भौतिकवादको नाममा मूर्ति पुजाको तिर्व आलोचना गरिन्छ । माक्र्सले धर्मलाई अफिमको नसा हो भने संसारभरका कम्युनिष्टले यसैलाई दोहोर्याउदै धर्म र मूर्ति पुजाको बिरोध गरेका छन् । माक्र्सले धर्मलाई अफिमको नसा भनेर गलत गरेका छैनन् । तर, त्यसको व्याख्या गर्ने कम्युनिष्टले माक्र्सवादलाई धर्मका सूत्र झै पकडेका छन् । हाम्रा कम्युनिष्ट नेताले शिव, कृष्ण, बिष्णु, इन्द्रका मूर्ति पुजा गर्न छाडे । तर, माक्र्स, लेनिन, स्टालिन, माओ लगायतका मूर्तिको पुजा गरिन्छ । यो एउटालाई छाड्ने अर्कोलाई पकडने काम भयो । मन परेकालाई पकड्ने मन नपरेकालाई छाड्ने वा बिरोध गर्ने शैली के माक्र्सवाद संगत होला ? हामी कहा“ आधुनिक बन्ने नाममा पसिनाले निथ्रुक्कै भिजेपनि घाटीमा टाई लगाएर आधुनिक र बिद्धवान बनेको भ्रम पाल्ने पनि धेरै छन् । युरोपको जाडो ठाउ“मा चिसोबाट जोगिन घाटिमा बाधिने चिज आजको टाई हो । जाडो ठाउ“ वा जाडो समयमा टाई लगाउनु सान्दर्भिक होला । आधुनिक बन्ने नाममा टाई लगाएर चन्दनको बिरोध गर्नुको कुनै तुक छैन ।
चन्दन लगाउने प्रचलन दक्षिण भारतमा बिकास भएको मानिन्छ । गर्मी समयमा मष्तिस्कलाई ठन्डा र तेजिलो बनाउन चन्दनको प्रयोग गर्ने परम्परा बिकास भएको हो । चन्दन वासनेदार पनि भएकाले यसको प्रयोग वैज्ञानिक मान्न सकिन्छ । तर, आज आफुलाई धार्मिक देखाउन चन्दन लगाउने गरिन्छ । अर्कातर्फ चन्दन लगाउने रुढिवादी बिचारको ठहरिने ,उ चन्दने हुने अवस्था छ । दक्षिण भारतमा अहिले पनि निदार भरी चन्दन लगाउने परम्परा छ । तर, धर्मका नाममा ठाडा, तेर्सा धर्के चन्दनको टिका लगाउने चलन बढेको छ । निदारमा लगाएको चन्दनको टिकाका आधारमा कुन धर्म सम्प्रदायको हो भन्ने छुट्याउन सकिने अवस्था छ । चन्दन लगार जसरी धार्मिक व्यक्ति बन्न सकिदैन , त्यसैगरी टाई लगाएर पनि आधुनिक बन्न सकिदैन । त्यस्तै सच्चा हिन्दु हुने भने बेदको मर्म बुझ्नु पर्दछ । त्यस्तै माक्र्सवादी हुन कम्युनिष्ट पार्टीमा लागेर मात्र हुदैन, माक्र्सवाद बुझ्न र पढ्न जरुरी हुन्छ । सत्यकुराको बोध हुन नसक्दा अन्धविश्वास उत्पन्न हुने हो । टाई लगाएर आधुनिक वा शिक्षित बने भनि ठान्नु र चन्दन लगाएर धार्मिक हुन्छु भन्नुमा कुनै भेद छैन । टाई लगाउने आधुनिक अन्धबिश्वासि हुन् भने चन्दन लगाउने पुराना अन्धबिश्वासि हुन् । भौतिकवादी दृष्टिकोण नराख्नेले टाई र चन्दनको अर्थ नबुझ्नु स्वभाकि हुन सक्दछ ।
माक्र्सवादी दृष्टिकोणका आधारमा पुर्वमा बिकास भएको भौतिकवादी दृष्टिकोणलाई स्वीकार्न नेपाल र भारतका कम्युनिष्ट पार्टी र तिनका कार्यकर्तालाई निकै कठिन हुन्छ । नेपालमा त सवै पश्चिमा मुलुकमा बिकास भएको बिचार, सिद्धान्त देखि भौतिक बस्तु राम्रो भन्ने स्कुलिङ हुदै आएको छ । कम्युनिष्ट स्कुलिङ यसमा सबैभन्दा अघि छ । अझ क्रान्तिकारीले त पुरानो सबैलाई अस्वीकार गर्नु पर्ने अर्थमा बुझिदै आएको छ । नेपालका कम्युनिष्ट पार्टी अलग अलग मान्यतामा स्थापित र संचालित भए पनि सबैले भौतिकवादी दृष्टिकोण अपनाउने बताउ“छन् । माक्र्सवादलाई बुझ्ने कुरामा आआफ्नै तरिका भएपनि द्वन्द्धात्मक भौतिकवादी दृष्टिकोणलाई सिद्धान्तत स्वीकार्ने कुरामा कसैको बिमति छैन । भौतिकवाद भनेको जगतलाई ठिक ठिक ढंगले बुझ्नु हो । जगतलाई ठिक ढंगले बुझ्ने र व्याख्या गर्न नसक्ने माक्र्सवादी हुन सक्दैन । नेपाल र भारतका कम्युनिष्ट पार्टीले पुर्वमा बिकास भएको भौतिकवाद, त्यसले आर्थिक, सामाजि, राजनीतिको व्याख्या बिश्लेषण गर्नु पर्दछ । पश्चिमा समाज भन्दा पूर्वीय समाजको मानविय बिकास प्रकृया केही अन्तर छ । यसलाई ठिक ढगले बुझ्न हाम्रो समाजका बिभिन्न आयामलाई बुझ्नु पर्दछ । यो नै सच्चा भौतिकवादी दृष्टिकोण हुन सक्दछ । अन्यथा आज जसरी बौद्ध दर्शनलाई धर्मका रुपमा मात्र बुजिदै छ माक्र्सवादलाई पनि धर्मको रुपमा नबुझिएला भन्न सकिदैन । त्यसमा पनि नेपालका कम्युनिष्टले बुद्धको भौतिकवादी दर्शनलाई माक्र्सवादस“ग जोडेर हेर्न सक्नु पर्दछ । माक्र्सको कम्युन र बुद्धको भिछु संघ, माक्र्सको साम्यवाद र बुद्धको निर्वाण प्राप्त मानिस भएको समाजको परिकल्पना, माक्र्सको जगत बदल्ने र बुद्धको जीवन बदल्ने अभियान र दर्शन बीचको समानताको खोजी गर्नु पर्दछ । नेपाली कम्युनिष्टले माक्र्सवादी सिद्धान्त मात्र भौतिकवादी सिद्धान्त हो, अरु सबै अभौतिकवादी भन्ने अर्थमा बुझ्नु माक्र्सवाद बिरोधी बिचार हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल