बृहद राष्ट्रवादी एकता आजको आवश्यकता

-  |   शम्भुप्रसाद सापकोटा ‘अखण्ड’

बृहद राष्ट्रवादी एकता आजको आवश्यकता

नेपालमा लामो समयदेखि विभिन्न समस्या  छन् । दलहरुले विभिन्न आन्दोलनका बलमा देशमा गणतन्त्र घोषणा गरे । संविधान पनि जारी गरे । तर, त्यो आफैैंमा अपूरो छ । देशमा राजनीतिक दलहरुले बृहद राष्ट्रवादी एकता कायम गर्दै राष्ट्रवादी सरकार गठन गरेर अघि बढ्नुपर्नेमा त्यो हुन सकिरहेको छैन ।shambu-prasad-sapkota

नेपालमा राजनीतिक घटनाक्रमहरुबाट भएको परिवर्तनहरुलाई यथार्थ सही रुपमा प्रयोग गर्न सकिइएको छैन । विगतमा राजनीतिक दलहरुले विभिन्न आन्दोलन , जनआन्दोलन, जनयुद्ध गर्दै ०६३ सालदेखि ०७३ सालसम्म धेरै ठूला उपलब्धीहरु, राजनीतिक घटनाक्रमहरु भए । तर, राजनीतिक परिवर्तनपछि विचारको राजनीति हुनुपर्नेमा दलहरु सत्ताको खेलमा अल्झिरहेको दुःखद अवस्था रहेको छ । सोहि कारण राष्ट्रियता नै संकटमा पर्न लागेको छ । जुनसुकै दल, विचार र समुहमा रहेपनि सबैभन्दा पहिला राष्ट्रियतालाई ध्यान दिनुपर्छ ।

राष्ट्रिय सहमतिको आधारमा दलहरु अघि बढेर राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु आजको आवश्यकता हो । अहिलेको अवस्थामा मुलुकलाई नयाँ खालको परिवर्तनको महसुश दिन सक्ने खालको राष्ट्रवादी सरकार गठन हुनुपर्छ । देशमा साना ठूला गरी सय बढी दलहरु रहेका छन् । तिमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाओवादी, एमाले राप्रपा नेपाल, मालेलगायतका दलहरु सरकारमा छन् । तर उनीहरुबाट सरकार गिराउने र बनाउने खेलबाहेक केहि काम हुन सकेको छैन । यस्तो खेल देशको लागि निकै घातक हो ।

सरकाले पुर्ननिर्माण अभियान सञ्चालन दु्रतरुपमा गर्न सकिरहेको छैन । सरकार निरीह भएको छ । दैनिक महंगी, भ्रष्टाचार, कालोबजारी बढ्दो क्रममा छ । त्यसैले पनि राट्रवादी शक्तिहरु एकता हुनै पर्छ । राष्ट्रिय एकता कायम गर्दै मुलुलाई निकास दिनु आवश्यक छ ।

अबको आवश्यकता भनेको राष्ट्रवादी विचार हो । विचार राष्ट्रियतालाई केन्द्रमा राख्ने खालको हुनुपर्छ । त्यस्तो विचार राप्रपासँग छ । राप्रपा , राप्रपा नेपाल, राप्रपा समानान्तरलगायतका ससना दलहरु अहिले एकताको लागि अभियानमा लागेका छन् । त्यसमै एकताबद्ध हुनु आजको आवश्यकता मात्रै छैन नेपाली जनताको पनि त्यसमै कल्याण छ ।

विनाशकारी भुकम्प गएको एक वर्ष बितिसक्यो । अझै प्रभावित क्षेत्रका जनता घरविहिन छन् । सरकाले पुर्ननिर्माण अभियान सञ्चालन दु्रतरुपमा गर्न सकिरहेको छैन । सरकार निरीह भएको छ । दैनिक महंगी, भ्रष्टाचार, कालोबजारी बढ्दो क्रममा छ । त्यसैले पनि राट्रवादी शक्तिहरु एकता हुनै पर्छ । राष्ट्रिय एकता कायम गर्दै मुलुलाई निकास दिनु आवश्यक छ । जुन राष्ट्रवादी शक्तिहरुबाटै सम्भव छ ।

विसं २००७ सालदेखि चलिआएको राजनीतिमा सबैभन्दा पहिले समाजवादको नेतृत्व गर्ने नेपाली कांग्रेसका नेता विपी कोइरालाले जुन कदम चाल्नु भएको थियो त्यो गत असोज ३ गते घोषणा भएको छ । तर, त्यो पनि अर्थहीन संविधान भएको छ । संविधान सबैको स्वीकार्य हुनुपर्छ । त्यसमा धर्म, राजसंस्था जस्ता विषय पनि समेटिनु पर्छ । जुन नेपाली जनताको चाहना पनि हो ।

सत्ताको खेलले गर्दा नेपालमा विकास हुन सकेन । शािन्त कायम हुन सकेन । मुलुकले निकास पनि पाउन सकेन । अब नेपालका राजनीतिक दलहरुले दलीय सिस्टमलाई मुल्तबीमा राखेर बृहद राष्ट्रवादी शहिक्तहरुबीचको एकता गराएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ । यसबाटै नेपालीको समस्या समाधान हुन्छ । शान्ति, स्थिरता र विकासको बाटो खुल्छ । जबसम्म हामी अहिलेको दलीय सिस्टममा रहन्छौं, तबसम्म शान्ति, स्थिरता र विकास सम्भव हुनैसक्दैन ।

शान्ति र समृद्धिको लागि स्वदेश र विदेशमा रहेका नेपली युवाहरु एकताबद्ध हुनु जरुरी छ । अहिले मधेसी र जनजाती दलहरु विभिन्न माग राखेर आन्दोलनमा छन् । मधेसमा लामो समय आन्दोलन गरेका उनीहरु अहिले राजधानी केन्द्रित छन् । उनीहरुको केहि माग खतरनाक पनि रहेका छन् । यसले समस्याको समाधान भन्दा पनि थप संकट निम्त्याउन सक्छ । यस्तो अवस्थामा राष्ट्रवादी शक्तिहरु एकजुट हुनैपर्छ, र यसलाई अहिलेका ठूला भनिने दलहरुले पनि मनन गर्नु जरुरी छ ।

लेखक राप्रपा नेपाल समानान्तर पार्टीका केन्द्रीय सदस्य हुन् । 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल