निर्वाचनको बहसमा चरित्रहत्या

निर्वाचनको बहसमा चरित्रहत्या

हरि थापा

वैशाख ३१ अगावै सामाजिक सञ्जालमा पहुँच भएकाहरुले देश विदेशबाट विभिन्न पार्टीको नाममा खुलेर प्रसार प्रचार गरे । विभिन्न व्यक्तिले गैरजिम्मेवार भई केही पार्टी र व्यक्ति विशेषको नाममा बहस सीमा नाघेर विभिन्न अभिव्यक्ति दिए । अलिकति पनि आफूलाई मूल्याङ्कन गर्ने भ्याएनन् । आफू अनुकुल हलुका रुपमा प्रतिपक्षको तीव्र विरोध र खण्डनमा लागि परे ।

वास्तवमा मत झरिसकेको थियो । त्यसको परिणाम आउन बाँकी छ । तर मतलाई नै आधार मानेर बहस भने व्यक्तिको बारेमा भयो । आफ्नो पार्टीबाहेकका नेता, कार्यकर्ता तथा मतदातासमेतलाई तथानाम गाली गदैछन् । आखिर यो सबै किन हुँदैछ । उनीहरुले नीतिनियमलाई नै चुनौती दिँदै समाजिक वसञ्जालमा निरन्तर आरोप प्रत्यारोप, गाली गलौज गर्न लागिपरे । यस्तो कार्य सकरात्मक मान्न सकिँदैन । किनभने साधारण नागरिकदेखि ठूला दलका राजनेतासम्मको बहस भयो । के यो यतिकै साम्य होला त ? निर्वाचन आयोगको नीतिनियम उलङ्घन गरेका घटना पनि प्रशस्त देखियो । उनीहरुलाई छुट देलान त ?

केही अनलाइन मिडियाले पार्टीगत हिसाबमा समर्थन जनाउँदै आफ्नो सपोर्टिङ पार्टीको विषयमा चिल्लो गफ लगाउँदै अन्य पार्टीको दोष देखाउने कार्य गर्दै आएका पनि भेटिए । यो पार्टी, ऊ पार्टी भन्दै धेरैले यस्तो अभद्र व्यवहार देखाए । तर अन्तिम बाजी जसले मारे पनि, प्रतिनिधि जुनसुकै पार्टीको भए पनि गैरजिम्मेवार बन्न हुँदैन भन्ने सबैले जान्नुपर्ने विषय हो ।

सूर्य र रुख चिन्न भएका टिसर्ट लगाएर बियर, दारु खसीको मासु खाँदै हँसिया हथौडा, पार्टीको खिल्ली उडाएका छन् । सँगसँगै ब्यङ्ग्यात्मक हिसाबले सूर्य, हसियाँ हथौडा रुख, गाई अन्य विभिन्न किसिमको चुनावी प्रचार प्रसारमा देखिएकाहरु जो कोही पनि गैरजिम्मेवार हुन् । यसरी देखावटी गर्दा जुनसुकै पार्टीलाई पनि प्रत्यक्ष असर पर्छ नै तर व्यक्तिको कारण यो सबै भइरहेको थियो ।

राजनीतिक पार्टीमा आस्था राख्ने व्यक्ति पनि यस्ता कथित खालको प्रसार प्रचार देख्दा पक्कै पनि विश्वास गुम्न सक्छ । जनमानसमा एक प्रकारको दोधार थियो । निर्वाचन होला कि नहोला भन्नेमा धेरै शङ्का उपशङ्का थियो तर आखिर निर्वाचन भएर छाड्यो । यो पनि राजनीतिक दलहरुप्रतिको केही विश्वास गर्ने आधारको केही हिस्सा प्राप्त भएको छ ।

यसबाट लामो समयदेखि राजनीतिक अस्थिरताबाट विचलित भएका निराशा भएकाहरुले पनि हर्ष उत्साह देखाएको छन् । आम निर्वाचन नागरिकका लागि ऐतिहासिक र सुनौलो समय हो । दुई दशकपछि भएको यस निर्वाचनले जनप्रतिनिधिविहीन गाउँ नगरले आफैँले चुनेको प्रतिनिधि पाउने छन् । केही समयभित्रै सुन्दर गाउँ, नगरको निर्माण गर्ने एजेन्डा घोषणापत्रमा उल्लेख भए जस्तो पक्कै पनि नहोला । तर स्थानीय तहको निर्वाचनपछि नागरिकले सेवा प्रवाहमा फरक अनुभूति गर्ने पक्कै पाउने छन् ।

राजनीतिक दलहरुले सक्रियता देखाउने हो भने विकासका लागि असम्भव केही छैन । यो कुरा निर्वाचनले प्रमाणित गरिसकेको छ तर सामाजिक सञ्जालमा पहुँच भएका जोसुकैले यथार्थभन्दा आदर्श, व्यावहारिकभन्दा सैद्धान्तिक बहस गर्ने प्रवृत्ति हावी भएको छ । सैद्धान्तिक बहसका आधारमा राजनीतिक पार्टीको खोल ओढेर प्रतिपक्षलाई तल्लो स्तरका शब्दहरु प्रयोग गरी विरोध गर्ने उच्छृङ्खल कामलाई कदापि राम्र मान्न सकिँदैन । यस्ता कामबाट राजनीतिप्रति आम नागरिकमा नकरात्मक असर पर्न जान्छ । व्यक्तिगत चरित्रहत्या भएका छन् । चुनावी माहोलमा नै तँछाड मछाड गरी पार्टीको नाममा नै बलि दिन खोज्नेहरु पनि देखियो । हार जित पक्का छ, जसले पनि बाजी मार्न सक्छ तर मतगनणा हुनु अगावै भ्रम फैलाउने होहल्ला मच्चाउने यो अति नै नाजायज काम हो ।

चाहे प्रचण्डपुत्री हुन् वा अन्य जोकोही, कसैलाई पनि राजनीतिक मामिलामा व्यक्तिको चरित्र जोडी विभिन्न बहस गर्न नहुने हो । यहाँ यस्ता चरित्र हत्यामा उग्ररुपमा संलग्न भएको देखियो । यसले राजनीतिकभन्दा पनि व्यक्तिगत चरित्र हत्या भएको देखियो । यस्ता काम रोकिनुपर्दछ । सम्बन्धित निकायले पनि यस्ता कार्यको अनुगमन गर्न जरुरी छ ।

प्रविधिको विकासले सामाजिक सञ्जालको माध्यमबाट छिटो छरितो समाचार आदान प्रदानले ठूलो राहत भएको छ । तर यसले थोरै सकरात्मक र बढी नकरात्मक हल्ला मच्चाउने गरेको देखियो ।

राजनीतिक दलकै ठूलावडा भनिनेहरुले पनि मतगनणा गर्दै नगरेको ठाउँका बारेमा बाजी मारेको हल्ला फैलाउँदा अझ लजास्पद हल्ला मच्चाए । यस्ता घटनालाई सत्यतथ्य प्रमाणित हुनु अगावै कपोलकल्पित हिसाबले सञ्जालमा हल्ला फैलाउने कार्य भयो । यसले उनीहरु आफैलाई हलुका बनाइरहेको हुन्छ । चुनावी आवेगमा आफ्नो चरित्रको ख्याल नै नगरी प्रचार प्रसारमा लाग्नेला पक्कै पनि त्यसको पैँचो फेर्नेछन् । यस्ता कुरामा व्यक्ति अत्यन्त संवेदशील हुनुपर्छ । सूचनाको हकलाई पनि ख्याल गर्नुपर्दछ ।

व्यक्तिगत स्वार्थलाई केही हदसम्म खुम्च्याएर राजनीतिक मामिलालाई प्रथमिकतामा राख्नुपर्छ । तेरो मेरो एजेन्डा भन्दा पनि अति महत्वपूर्ण आवश्यकतालाई समय र परिवेशअनुसार जनभावनाको कदर गर्दै जानुपर्छ । आम जनताका मागहरू समेट्दै जाने हो भने यसरी रुमाल्लिएर बहसमा सीमित हुनु पर्दैन । जनताका केही माग पूरा गर्ने हो भने सहमती नहुने कुरै हुँदैन ।

निर्वाचन आम नागरिकको आवश्यकता हो, हुनु जरुरी थियो । यो त सबैका लागि हर्ष र उमङ्गको विषय हो । चुनावी नारामा जब विभिन्न सपना बाँडिए तब एकले अर्कोलाई पछार्ने उद्देश्यमा नै लाग्न थाले । जितलाई पनि जित नमानेर यसरी एकोहोरो खण्डन प्रहार मात्र गर्ने हो भने यसको अर्थ रहँने छैन ।

जसले हारे पनि सबै राजनीतिक दलहरुले एक आपसमा सहयोग त अवश्य गर्नु नै पर्छ । यसमा कुनै दुई मत छैन । हारजितको घोर विरोध गर्नुको साटो सहयोग गर्ने हो भने राजनीतिक संस्कार राम्रो बन्नेछ । चुनाव जित्दा वा हार्दा पुरानो शैलीबाटभन्दा पनि पृथक् ढङ्बाट सहयोग सदभाव गर्दै अगाडि नबढेसम्म राजनीतिक दलहरु आफै पतन भएर जानेछन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल