हिन्दुराज्यको आवश्यकता

हिन्दुराज्यको आवश्यकता

सम्पन्न पाण्डे

हिन्दू धर्म मात्र हैन, यो एउटा जीवन जिउने शैली हो । मानव सभ्यताको उत्पत्तिसँगै उत्पन्न भएको जीवन पद्धति हो । मानव जीवनको मूल आधार शान्ति र समृद्धि हो । यो धर्मले मानव जीवनलाई सहज तुल्याउँछ । यसका कतिपय दर्शन विज्ञानसम्मत देखिएका छन् ।

नेपाल विश्वमा सबैभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको देश हो । ८१.३४५ हिन्दू अनुयायीहरु रहेको हाम्रो देश हिन्दूराज्य भन्दा केही फरक पर्ने छैन । देशलाई विकसित, शान्त र समृद्धिशाली बनाउन धर्मले महत्वपूर्ण भूमिका खेल्छ । मानिसलाई अनुशासनमा हिँडाउन, सरसरफाइमा लाग्न धर्मले निकै सहयोग गर्छ । बढ्दो भ्रष्टाचार, सरकारको सुस्त कार्य, लुप्त हुन लगेको संस्कृति आदि सबै समस्यको जडबाटै सिध्याउन हिन्दुत्वको मुख्य भूमिका रहेको छ । युनेस्कोले विश्व सम्पदाको सूचीमा सूचीकृत गरेको पशुपति नाथ, बौद्धनाथ, स्वयम्भूनाथ, हनुमान ढोका, मनाकामना आदि हिन्दुधर्मका आधार हुन् । नेपाललाई हिन्दुराज्य घोषणा गर्नुपर्ने कारणहरु निम्न छन् ः

(१) देश हिन्दूराज्य भएकाले विश्वबाट लाखौँ पर्यटक हाम्रो संस्कृतिको अवलोकन गर्न नेपाल आउने छन् । यसबाट देशको अर्थतन्त्रमा वृद्धि हुनेछ ।

(२) देशको मूल समस्य ‘बेरोजगारी’लाई समेत कम गर्न मद्दत पुर्याउँछ । लाखौं पर्यटक देश भित्रिनुले देशमा नयाँ होटेल, मोटेल, बजार बिस्तार, संस्कृति प्रदर्शन आदिलाई प्रोत्साहन मिल्दछ । यसले लाखौं युवालाई स्वदेशमै रोजगारी दिनेछ ।
(३) अन्य राष्ट्रभन्दा भिन्न पहिचान दिलाउने हाम्रो संस्कृति, सभ्यता, कला आदिको प्रचार प्रसारले सानो देश नेपाललाई विश्व प्रख्यात बनाउन मद्दत पुर्याउँछ।

(४) धार्मिक अनुशासनले जीवन शैलीमा सकारात्मक परिवर्तन ल्याउँछ । यले हाम्रो मनस्थितिलाई सही दिशा प्रदान गर्छ । सकारात्मक मनस्थितिले हामीमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ र गलत कार्य गर्नसमेत रोक्दछ । यसबाट भ्रष्टाचारमा कमी आउँछ ।

(५) जीवन शैली सुधारी राम्रो काम गर्न प्रोत्साहित गर्द्छ । यसबाट देशमा आपराधिक क्रियाकलाप न्यून हुन्छ ।

(६) नेपाललाई विश्वमै ख्याति दिलाउने सांस्कृतिक सम्पदाको सरक्षण हुन्छ ।
हिन्दू संस्कृतिका फाइदा धेरै भएकाले पनि देशमा यसको स्थापना महत्वपूर्ण छ । त्यसैले देशमा सच्चा हिन्दू संस्कृति संरक्षवादी नेताको धेरै आवश्यकता छ । जसले नाममा मात्र हैन, आफ्नो जीवनमा पनि हिन्दुत्वलाई महत्वपूर्ण स्थान दिन सकोस् र धर्मकै मर्यादामा रही हिन्दुत्वको रक्षा गरि देशलाई बिकासको मार्गमा पुर्याउन सकोस् । हुन त राप्रपाका राष्ट्रिय अध्यक्ष एवम् उप्रधानमन्त्री कमल थापाले हिन्दुत्व बोकेको एजेन्डालाई प्राथमिकता दिएका छन तर उनी पटकपटक सरकारमा भएर पनि हिन्दुत्वका लागि केही गरेको कुरा सुन्न पाइएको छैन ।
(यो लेखकको नीजि विचार हो)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल