वस्त्र परिवर्तन र मधेसका मुद्दा

वस्त्र परिवर्तन र मधेसका मुद्दा

मणिकुमार श्रेष्ठ सिजन

नेकपा एमालेले २०७३ फागुन २१ गतेबाट सुरु गरेको मेची–महाकाली अभियानका बारेमा विभिन्न प्रकारका टीकाटिप्पणी आइरहेका छन् । जतिजति एमालेको अभिायनले तीव्रता पाइरहेको छ त्यतित्यति नै यसले चर्चा बटुल्ने काम गरिरहेको छ ।

यसै सन्दर्भमा २३ गते सोमबारका दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको इनरुवामा सधैँ लागाइरहने पोसाकमा परिवर्तन गरी मधेसमा लगाइने धोती कुर्तामा सजिएको देख्दा बोक्रे कुरामा एमाले निकै अगाडि रहेको प्रष्ट देखिएको छ ।

केपी ओलीले लगाउनुभएको धोती कुर्ताले मधेस र मधेसीप्रति हल्का रुपमा प्रस्तुत भएको देखाएको छ । किनभने उनले नेपालको जुनसुकै ठाउँमा गए पनि वस्त्र परिवर्तन गरिहनुपर्दैन । एमालेले सञ्चालन गरेको मेची–महाकाली अभियानमा नेताहरुको यस प्रकारको चरित्रले पक्कै पनि मधेसमा शान्ति होइन अशान्ति फैलाइरहेको छ । केपी ओलीले वस्त्र परिवर्तन गरेर मधेसमा उत्रनु त्यसको नमुना हो । मधेसीका मुद्दा केपी ओलीले वस्त्र परिवर्तन गरेर पूरा हुनेछैन । मधेसीको माग उनका वस्त्र परिवर्तन होइन । तसर्थ ओलीज्यको वस्त्र परिवर्तनले मधेसलाई सम्बोधन गदैन ।

यसरी नेपालका राष्ट्रिय व्यक्तिहरु तराईका जिल्लामा जाँदा तराईका बासिन्दा खुसी हुनुपर्नेमा उनीहरुले राष्ट्रिय व्यक्तिहरुको नै विरोध गरिरहका छन् । तराईका बासिन्दालई यो राज्यदेखि निकै निरासा जागेर आएको छ । अनि आक्रोशको ज्वाला उठेको छ ।

तराई केन्द्रित दलहरुले एमालेको कार्यक्रम विथोल्ने कुनै कार्यक्रम नभएको कुरा गरिहँदा तराईवासीले स्वतः स्फूर्त रुपमा एमाले नेता केपी ओलीको विरोध गरेको देखिन्छ । उनीहरुले एमालेका सबै नेताको विरोध गरेको देखिँदैन । एमालेका नेताहरुको विरोध गरेको भए पनि सबैभन्दा बढी एमाले अध्यक्ष केपी ओलीको विरोध गरेको देखिन्छ ।

यस्तो अवस्थालाई मध्यनजर गरेर नै होला सायद ओलीले मधेस मुलका नागरीकहरुले लगाउने धोती कुर्ता लगाएर देवाउटी रुपमा म पनि मधेसी नै हो भन्न खोजेका होलान् । ओलीले इनरुवामा भएको कार्यक्रममा कुर्ता सुरुवाल र गाम्चा लागाएका थिए भने उनीसँगै गएका अन्य नेताहरुले भने सदाकै पोसाकमा देखिएका थिए । वास्तवमा नै यो पोसाक लगाइरहँदा ओलीजी उखान टुक्का मात्र होइन अब पोसाकबाट नै उखान टुक्का भन्ने प्रयास गरिरहेका देखिन्छन् । एमालेको मेची–महाकाली अभियानले विभिन्न प्रकारका तरङ पैदा गरेको छ । एमाले मधेसका मुद्दामा कति गम्भीर छ भन्ने कुरा प्रष्ट भएको छ । त्यसको बारेमा सबैले सचेत हुने बेला पनि भएको छ ।

पछिल्लो समय सरकारले संविधान संशोधनको प्रस्ताव ल्यायो । त्यसमा एमालेलगायतका विपक्षमा रहेको दलहरुले समर्र्थन नगर्दा संशोधन प्रस्ताव पारित हुन सकिरहेको छैन । मधेस केन्द्रित दलहरुको मुख्य एजेन्डा भनेको नै मधेसमा रहेको आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको अधिकार ग्यारेन्टी हो । त्यसमा पनि उनीहरुले विशेषगरी राज्य पुनःसंरचना गर्दा मधेसको माग सम्बोधन नभएका आवाज उठाइरहेका छन् । यस्तो परिस्थितिमा एमालेको मेची–महाकाली अभियान भइरहेको छ ।

अभियानलाई एमालेका नेताहरुले राष्ट्रियता बलियो बनाउने अस्त्रको रुपमा व्याख्या गरिरहेका छन् । के यो अभियान साँच्चै नै राष्ट्रियतालाई सवल बनाउने अस्त्र बन्छ कि बन्दैन त्यो त हेर्न बाँकी नै छ । त्यही एमालेको जुनवेला महाकाली सन्धी गर्दा विभाजन भएको थियो । एकाथरीले महाकाली सन्धि ठीक हो भनेको थिए भने एकाथरीले त्यसको विरोध गरेका थिए । यो कुरा नमिल्दा एमाले नै विभाजन हुनपुग्यो । आज त्यही एमालेले मेची–महाकाली अभिायन चलाइरहेको छ । जुन अभिायनको समया मधेसमा केन्द्रित रहेको राजनीतिक दलका कार्यकर्ता तथा नेताहरुले यस अभिायनलाई विरोध गरिहेका छन् । ठाउँ–ठाउँमा झडप तथा विभिन्न प्रकारका विवादहरु आएका छन् ।

यस प्रकारको विवाद हुँदाहुँदै पनि एमालेको अभियानलाई सबैले महत्वका साथ हेरेका छन् । अहिले सबैदलहरुले मधेसको मुद्दालाई छिनोफानो गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेको बेला एमाले भने सरकारले निर्वाचनको मिति तोकिसकेको हुँदा जसरी पनि निर्वाचनलाई सफल बनाउने कुरा गरिरहेका छन् ।

एमाले अभियानका क्रममा रहेको बेलामा कतिपय ठाउँमा त एमालेको झण्डा र एमालेको विरोध गर्दै आएको मधेसका स्थानीयवासीले तयार पारेको कालो झण्डा एकै ठाउँमा राखेको समेत पाइन्थ्यो । यसले के देखाउँछ भने एमालेले मधेसलाई चिड्याएको छ । अनि मधेसीहरु एमालेसँग रिसाएका छन् । यसै कारण एमालेले सप्तरीका गर्न लागेको कार्यक्रमको पूर्वनिर्धारित स्थलसमेत परिवर्तन गर्नुपर्यो ।
त्यसैले गर्दा एमालेले मधेसको मुद्दालाई जतिसक्दो राष्ट्रिय मुद्दाको रुपमा लिई यसको समाधान गर्नेतर्फ लाग्नुपर्दछ । दुईचार जना एमालेको नेताहरुले मधेसमा जाँदा धोती कुर्ता र गाम्चा लगाएर मेधशीले अधिकार प्राप्त गर्दैनन् । उनीहरुको अधिकारलाई संविधानमा नै सुरक्षित गर्नका लागि एमालेले मधेसलाई हेर्ने विचार परिवर्तन गर्नुपर्छ । होइन भने एमालेको मेची–महाकाली अभियान विष्णुले जालन्धरको भेष धारण जालन्धरकी धर्मपत्नी वृन्दाको सतित्वको नष्ट गरेजस्तो मात्र हुनेछ ।
केन्द्रीय सदस्य, प्रेस सेन्टर नेपाल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल